Christian Dance | हर्ष र शोकका मिश्रित भावना | Praise Song
10 फेब्रुअरी 2025
१
परमेश्वर सियोनमा फर्कँदै हुनुहुन्छ र हामी चाँडै बिछोडिनु छ।
शोक र हर्ष अन्य मिश्रित भावनाका शृङ्खलाहरूसँगै मेरो हृदयमा मिसिन्छन्।
परमेश्वरका वचनहरूबारे सोच्दै, जुन आमाका झैँ गम्भीर र प्रेमिला छन्,
मेरो हृदय उहाँसँग अत्यन्तै नजिक महसुस गर्छ।
हे … हामी बारम्बार भेट्न सक्दैनौँ, हे … म तपाईँलाई प्रायः सम्झन मात्र सक्छु।
हे सर्वशक्तिमान् परमेश्वर, म तपाईँलाई सम्झन्छु, र मैले तपाईँको मुहार पर्याप्त देखेको छैनँ।
२
परमेश्वरसँगको मेरो समयबारे चिन्तन गर्दा, मैले अत्यन्तै विद्रोह प्रकट गरेको छु,
र उहाँको हृदयलाई निकै शोक दिएको छु,
मेरो हृदय पछुतोले भरिन्छ र म मौन आँसु बगाउँछु।
उहाँप्रतिका पछुतोका कारण मलाई ग्लानि हुन्छ।
हे … ती सम्झनाहरू सम्झँदै, हे … मेरो हृदय निकै दुख्छ।
हे सर्वशक्तिमान् परमेश्वर, म तपाईँलाई सम्झन्छु, र तपाईँको प्रेम तिर्न आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु।
३
अब जब परमेश्वर प्रस्थान गर्दै हुनुहुन्छ, मेरो तृषित हृदय उहाँबाट मोडिन सङ्घर्ष गर्छ
र यादहरू स्पष्ट रूपमा पुनः आउँछन्।
परमेश्वरले मलाई अनगिन्ती दिन र रातहरूमा,
हाँसो र आँसुमा साथ दिनुभयो।
हे … म प्रायः नकारात्मक भए पनि, हे … परमेश्वरले मलाई कहिल्यै त्याग्नुभएन।
सर्वशक्तिमान् परमेश्वर, म तपाईँलाई सम्झन्छु, र तपाईँलाई थाहा छ कि मेरो हृदयले तपाईँलाई प्रेम गर्छ।
४
परमेश्वर सियोनमा फर्कनुहुँदै गर्दा, यो बिछोडको समयमा,
म उहाँका आज्ञहरू याद राख्ने सङ्कल्प गर्छु।
म परमेश्वरको गवाही दिन सुसमाचार फैलाउनेछु,
यात्राको अन्तिम खण्ड राम्ररी हिँड्नेछु र उहाँलाई सन्तुष्ट पार्न असल गवाही दिनेछु।
हे … स्वर्गको राज्यको मार्ग खतरनाक भए पनि, हे … परमेश्वरका वचनहरू मसँग छन्।
हे सर्वशक्तिमान् परमेश्वर, म तपाईँलाई सम्झन्छु, र म तपाईँलाई आमने-सामने भेट्न प्रार्थना मात्र गर्न सक्छु।
५
परमेश्वर स्वर्गमा हुनुहुन्छ, हामी पृथ्वीमा छौँ।
हामीले सँगै बिताएका वर्षका यादहरू रहिरहन्छन्,
र उहाँका कोमल वचनहरू कहिल्यै बिर्सिइनेछैनन्।
परमेश्वको प्रेमिलो स्वभाव बारम्बार मनमा आउँछ,
उहाँको धर्मी स्वभाव मेरो हृदयमा रहनेछ,
र उहाँको प्रेमले मलाई सदैव अघि बढ्न प्रेरित गर्नेछ।
हे … मेरो हृदयले परमेश्वरलाई अत्यन्तै प्रेम गर्छ,
हे … म आफ्नो बफादारी अर्पण गर्ने वाचा गर्छु।
पृथ्वी हल्लाउने परिवर्तनहरू भए पनि, मेरो हृदय उस्तै रहनेछ।
म परमेश्वरका वचनहरूद्वारा जिउनेछु, र म सदैव परमेश्वरको गवाही दिनेछु।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू