
Christian Dance | हर्ष र शोकका मिश्रित भावना | Praise Song
10 फेब्रुअरी 2025
१
परमेश्वर सियोनमा फर्कँदै हुनुहुन्छ र हामी चाँडै बिछोडिनु छ।
शोक र हर्ष अन्य मिश्रित भावनाका शृङ्खलाहरूसँगै मेरो हृदयमा मिसिन्छन्।
परमेश्वरका वचनहरूबारे सोच्दै, जुन आमाका झैँ गम्भीर र प्रेमिला छन्,
मेरो हृदय उहाँसँग अत्यन्तै नजिक महसुस गर्छ।
हे … हामी बारम्बार भेट्न सक्दैनौँ, हे … म तपाईँलाई प्रायः सम्झन मात्र सक्छु।
हे सर्वशक्तिमान् परमेश्वर, म तपाईँलाई सम्झन्छु, र मैले तपाईँको मुहार पर्याप्त देखेको छैनँ।
२
परमेश्वरसँगको मेरो समयबारे चिन्तन गर्दा, मैले अत्यन्तै विद्रोह प्रकट गरेको छु,
र उहाँको हृदयलाई निकै शोक दिएको छु,
मेरो हृदय पछुतोले भरिन्छ र म मौन आँसु बगाउँछु।
उहाँप्रतिका पछुतोका कारण मलाई ग्लानि हुन्छ।
हे … ती सम्झनाहरू सम्झँदै, हे … मेरो हृदय निकै दुख्छ।
हे सर्वशक्तिमान् परमेश्वर, म तपाईँलाई सम्झन्छु, र तपाईँको प्रेम तिर्न आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु।
३
अब जब परमेश्वर प्रस्थान गर्दै हुनुहुन्छ, मेरो तृषित हृदय उहाँबाट मोडिन सङ्घर्ष गर्छ
र यादहरू स्पष्ट रूपमा पुनः आउँछन्।
परमेश्वरले मलाई अनगिन्ती दिन र रातहरूमा,
हाँसो र आँसुमा साथ दिनुभयो।
हे … म प्रायः नकारात्मक भए पनि, हे … परमेश्वरले मलाई कहिल्यै त्याग्नुभएन।
सर्वशक्तिमान् परमेश्वर, म तपाईँलाई सम्झन्छु, र तपाईँलाई थाहा छ कि मेरो हृदयले तपाईँलाई प्रेम गर्छ।
४
परमेश्वर सियोनमा फर्कनुहुँदै गर्दा, यो बिछोडको समयमा,
म उहाँका आज्ञहरू याद राख्ने सङ्कल्प गर्छु।
म परमेश्वरको गवाही दिन सुसमाचार फैलाउनेछु,
यात्राको अन्तिम खण्ड राम्ररी हिँड्नेछु र उहाँलाई सन्तुष्ट पार्न असल गवाही दिनेछु।
हे … स्वर्गको राज्यको मार्ग खतरनाक भए पनि, हे … परमेश्वरका वचनहरू मसँग छन्।
हे सर्वशक्तिमान् परमेश्वर, म तपाईँलाई सम्झन्छु, र म तपाईँलाई आमने-सामने भेट्न प्रार्थना मात्र गर्न सक्छु।
५
परमेश्वर स्वर्गमा हुनुहुन्छ, हामी पृथ्वीमा छौँ।
हामीले सँगै बिताएका वर्षका यादहरू रहिरहन्छन्,
र उहाँका कोमल वचनहरू कहिल्यै बिर्सिइनेछैनन्।
परमेश्वको प्रेमिलो स्वभाव बारम्बार मनमा आउँछ,
उहाँको धर्मी स्वभाव मेरो हृदयमा रहनेछ,
र उहाँको प्रेमले मलाई सदैव अघि बढ्न प्रेरित गर्नेछ।
हे … मेरो हृदयले परमेश्वरलाई अत्यन्तै प्रेम गर्छ,
हे … म आफ्नो बफादारी अर्पण गर्ने वाचा गर्छु।
पृथ्वी हल्लाउने परिवर्तनहरू भए पनि, मेरो हृदय उस्तै रहनेछ।
म परमेश्वरका वचनहरूद्वारा जिउनेछु, र म सदैव परमेश्वरको गवाही दिनेछु।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू