Nepali Christian Song 2022 | सक्तैनन् मानवजातिले आफ्नो नियतिलाई नियन्त्रण गर्न | with lyrics
13 जनवरी 2022
पद १
यो संसारमा हरदिन तिमी कहाँ जाने छौ?
के भन्नेछौ वा गर्नेछौ?
कसको वा केको सामना गर्नेछौ?
के यो कहिल्यै भविष्यवाणी गर्न सकिन्छ?
के तिमीले हुनेवाला घटना पहिले नै देख्नेछौ?
ती कसरी घट्लान् नियन्त्रण गर्न सक्छौ?
अहँ, सक्ने छैनौँ, न देख्ने नै छौ।
हुन्छन् धेरै कुरा सोचे भन्दा फरक।
छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।
पद २
दैनिक घटनाका विकासक्रमले
या तिनीहरूले पछ्याउने ढाँचाहरूले
स्मरण गराइरहन्छ मानवलाई सधैँ कि
जथाभावी हुँदैनन् केही कुरा,
जसरी विकास हुन्छन् यी कुरा
र तिनका अपरिहार्यता,
सकिँदैन मानव इच्छाले बदल्न।
यो तिनको क्षमता बाहिरको कुरा हो।
छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।
पूर्व कोरस
तुच्छ कुरादेखि मानिसको सम्पूर्ण जीवनको नियतिसम्म।
कोरस
सृष्टिकर्ताको योजना र सार्वभौमिकता
प्रकट नगर्ने त्यस्तो छैन केही
र उहाँको अख्तियारलाई नाघ्न सकिन्न,
सर्वोच्च छ उहाँको अख्तियार शक्ति।
सत्य यही हो, रहन्छ अनन्तकालसम्म।
सृष्टिकर्ताको योजना र सार्वभौमिकता
नदेखिने केही छैन यो संसारमा।
छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।
पद ३
हरेक घटनाले दिन्छ कडा चेतावनी
मानवजातिलाई सृष्टिकर्ताको।
मानवले आफ्नै नियति नियन्त्रण गर्न सक्तैनन्
भन्ने सन्देश दिन्छ यसले।
सँगसँगै हरेक घटना
खण्डन हो मानव महत्वकांक्षाको,
जुन छ व्यर्थ, अनियन्त्रित, इच्छाले भरिपूर्ण,
आफ्नो जीवन आफ्नै हातमा लिनका लागि।
छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।
पूर्व कोरस
तुच्छ कुरादेखि मानिसको सम्पूर्ण जीवनको नियतिसम्म।
कोरस
सृष्टिकर्ताको योजना र सार्वभौमिकता
प्रकट नगर्ने त्यस्तो छैन केही
र उहाँको अख्तियारलाई नाघ्न सकिन्न,
सर्वोच्च छ उहाँको अख्तियार शक्ति।
सत्य यही हो, रहन्छ अनन्तकालसम्म।
सृष्टिकर्ताको योजना र सार्वभौमिकता
नदेखिने केही छैन यो संसारमा।
छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।
ब्रिज
हुन् ती मानव अनुहारमा प्रहार हुने थप्पड
एकपछि अर्को गर्दै बज्रने।
हुन् ती मानव अनुहारमा प्रहार हुने थप्पड
मानिसलाई पुनर्विचार गर्न बाध्य बनाउने
कि अन्तमा कसले तिनको नियतिमा शासन र नियन्त्रण गर्छ भनेर।
उनीहरूका सबै चाहना बारम्बार चकनाचुर हुन्छन्।
सबै महत्वकांक्षाहरू विफल हुन्छन्।
आफ्नो नियति र वास्तविकता सबैले स्वीकार्नै पर्छ।
तिनीहरूले स्वर्गको इच्छा
र सृष्टिकर्ताको सार्वभौमिकता स्वीकार्नै पर्छ।
कोरस
सृष्टिकर्ताको योजना र सार्वभौमिकता
प्रकट नगर्ने त्यस्तो छैन केही
र उहाँको अख्तियारलाई नाघ्न सकिन्न,
सर्वोच्च छ उहाँको अख्तियार शक्ति।
सत्य यही हो, रहन्छ अनन्तकालसम्म।
सृष्टिकर्ताको योजना र सार्वभौमिकता
नदेखिने केही छैन यो संसारमा।
छैन मानवको आफ्नै नियतिमाथि नियन्त्रण।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू