परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५५

19 जुन 2022

मानिसको कारणले गर्दा मात्रै व्यवस्थापनको कार्य आयो, जसको अर्थ मानवजातिको अस्तित्वको कारणले मात्रै यो खडा भयो। मानवजाति हुनुभन्दा पहिले वा सुरुमा, जब स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गरियो, त्यो बेला कुनै व्यवस्थापन थिएन। यदि, परमेश्‍वरको सारा काममा, मानिसको लागि लाभदायक कुनै अभ्यास थिएन भने, अर्थात् भ्रष्ट मानवजातिलाई परमेश्‍वरले उचित मागहरू नदिनुभएको भए (यदि, परमेश्‍वरले गर्नुभएको काममा, मानिसको अभ्यासको लागि कुनै उपयुक्त मार्ग थिएन भने), यो कार्यलाई परमेश्‍वरको व्यवस्थापन भनेर भन्‍न सकिने थिएन। यदि परमेश्‍वरको कार्यको सम्पूर्णतामा भ्रष्ट मानवजातिलाई तिनीहरूले आफ्‍नो अभ्यासलाई कसरी अघि बढाउनुपर्छ भन्‍ने बारेमा बताउने कार्य मात्रै समावेश थियो भने, र परमेश्‍वरले आफ्‍नो कुनै पनि कार्य-कुशलतालाई अघि नबढाउनुभएको भए, र आफ्‍नो सर्व-शक्ति वा बुद्धिको एउटा भाग पनि प्रदर्शन नगर्नुभएको भए, परमेश्‍वरले मानिसलाई दिनुभएको मागहरू जति उच्‍च भए पनि, मानिसको बीचमा परमेश्‍वर जति लामो समय बस्‍नुभएको भए तापनि, मानिसले परमेश्‍वरको स्वभावको बारेमा केही पनि जान्‍ने थिएन; यदि त्यसो भएको भए, यस प्रकारको कामलाई परमेश्‍वरको व्यवस्थापन भन्‍न अझै अयोग्य हुनेथियो। सरल रूपमा भन्दा, परमेश्‍वरको व्यवस्थापनको काम भनेको परमेश्‍वरले गर्नुभएका, साथै परमेश्‍वरद्वारा प्राप्त गरिएकाहरूले परमेश्‍वरको अगुवाइमा गरेका सबै काम हो। त्यस प्रकारको कामलाई व्यवस्थापनको रूपमा सार-सङ्क्षेप गर्न सकिन्छ। अर्को शब्‍दमा भन्दा, मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने काम, साथै उहाँलाई पछ्याउनेहरूले उहाँसँग गर्ने सहकार्य सबैलाई समग्रमा व्यवस्थापन भनिन्छ। यहाँ, परमेश्‍वरको कार्यलाई दर्शनहरू भनिएको छ र मानिसको सहकार्यलाई अभ्यास भनिएको छ। परमेश्‍वरको कार्य जति उच्‍च छ (अर्थात् दर्शनहरू जति उच्‍च छन्), परमेश्‍वरको स्वभावलाई मानिसको लागि त्यति नै सरल तुल्याइन्छ, यो मानिसका धारणाहरूसँग त्यति नै अमिल्दो हुन्छ र मानिसको अभ्यास र सहकार्य त्यति नै उच्‍च बन्छ। मानिसलाई दिइएका मापदण्डहरू जति उच्‍च छन्, मानिसका धारणाहरूसँग परमेश्‍वरको कार्य त्यति नै अमिल्दो हुन्छ, जसको परिणामस्वरूप, मानिसका परीक्षाहरू र उसले पूरा गर्नुपर्ने मापदण्डहरू पनि उच्‍च बन्छन्। यो कामको समाप्तिमा, सारा दर्शनहरू पूरा गरिएका हुनेछन् र मानिसले जुन कुरालाई अभ्यास गर्नुपर्ने छ त्यो सिद्धताको शिखरमा पुगेको हुनेछ। यो हरेकलाई यसका प्रकारअनुसार वर्गीकरण गरिने समय पनि हुनेछ, किनभने मानिसले जान्‍नु आवश्यक कुरा मानिसलाई देखाइएको हुनेछ। त्यसकारण, जब दर्शनहरू चरम विन्दुमा पुग्छन्, सोहीअनुसार काम पनि यसको समाप्तिमा पुग्‍नेछ र मानिसको अभ्यास पनि यसको शीर्ष विन्दुमा पुगेको हुनेछ। मानिसको अभ्यास परमेश्‍वरको काममा आधारित हुन्छ र परमेश्‍वरको व्यवस्थापन मानिसको अभ्यास र सहकार्यमा मात्रै पूर्ण रूपमा व्यक्त हुन्छ। मानिस परमेश्‍वरको कामको प्रदर्शन-नमुना र परमेश्‍वरको सारा व्यवस्थापन कार्यको लक्ष्य, साथै परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको परिणाम पनि हो। यदि परमेश्‍वरले मानिसको सहकार्यविना नै काम गर्नुभयो भने, उहाँको सम्पूर्ण कार्यको उत्कृष्टताको रूपमा रहन सक्‍ने केही पनि हुनेथिएन र परमेश्‍वरको व्यवस्थापनको अलिकति पनि महत्त्व हुनेथिएन। परमेश्‍वरको कामको अतिरिक्त, आफ्‍नो कामलाई व्यक्त गर्न र यसको सर्व-शक्ति र बुद्धिलाई प्रमाणित गर्नको लागि परमेश्‍वरले उचित पात्रहरूलाई छनौट गरेर मात्रै, आफ्‍नो व्यवस्थापनको उद्देश्यलाई पूरा गर्न र शैतानलाई पूर्ण रूपमा पराजित गर्न यी सबै कार्यको प्रयोग गर्नुको आफ्‍नो लक्ष्‍यलाई हासिल गर्न सक्‍नुहुन्छ। त्यसकारण, मानिस परमेश्‍वरको व्यवस्थापनको कामको अपरिहार्य भाग हो र परमेश्‍वरको व्यवस्थापनलाई फल फलाउने र यसको अन्तिम लक्ष्‍यलाई हासिल गर्ने बनाउन सक्‍ने मानिस मात्रै हो; मानिसबाहेक, अरू कुनै पनि प्राणीले त्यस किसिमको भूमिकालाई निर्वाह गर्न सक्दैन। यदि मानिस परमेश्‍वरको व्यवस्थापन कार्यको साँचो उत्कृष्टता हुनु छ भने, भ्रष्ट मानवजातिको अनाज्ञाकारीतालाई पूर्ण रूपमा हटाइनुपर्छ। यसको लागि के आवश्यक पर्छ भने, मानिसलाई फरक-फरक समयको लागि उपयुक्त अभ्यास दिइनुपर्छ र परमेश्‍वरले मानिसको बीचमा त्यसैअनुरूपको कार्य गर्नुपर्छ। यसरी मात्रै आखिरमा मानिसहरूको त्यो समूहलाई प्राप्त गरिनेछ जो परमेश्‍वरको व्यवस्थापन कार्यको उत्कृष्टता हुन्। परमेश्‍वरको कार्यद्वारा मात्रै मानिसको बीचमा परमेश्‍वरले गर्नुभएको कार्यले परमेश्‍वरको गवाही दिन सक्दैन; त्यस्तो गवाही हासिल गर्न उहाँको कामको निम्ति उपयुक्त जीवित मानवजातिको आवश्यकता पर्छ। परमेश्‍वरले सुरुमा यी मानिसहरूमा काम गर्नुहुन्छ, त्यसपछि त्यसद्वारा उहाँको कामलाई व्यक्त गरिनेछ र यसरी उहाँको त्यस्तो गवाहीलाई प्राणीहरूका बीचमा वहन गरिनेछ र यसमा परमेश्‍वरले आफ्‍नो कामको लक्ष्‍यलाई हासिल गर्नुभएको हुनेछ। शैतानलाई हराउनको लागि परमेश्‍वरले एकलै काम गर्नुहुन्‍न किनभने उहाँले सारा प्राणीहरूका बीचमा आफ्‍नो गवाही आफै दिन सक्‍नुहुन्‍न। यदि उहाँले त्यसो गर्नुभयो भने, मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउनु असम्‍भव हुनेथियो, त्यसकारण त्यसलाई जित्‍नको लागि परमेश्‍वरले मानिसमा काम गर्नैपर्छ, त्यसपछि मात्रै उहाँले सारा प्राणीहरूका बीचमा आफ्‍नो गवाही प्राप्त गर्न सक्‍नुहुनेछ। यदि मानिसको सहकार्यविना परमेश्‍वरले मात्रै काम गर्नुभयो भने, वा यदि मानिसले सहकार्य गर्नु आवश्यक थिएन भने, मानिसले परमेश्‍वरको स्वभावलाई कहिल्यै पनि जान्‍न सक्‍नेथिएन र ऊ परमेश्‍वरको इच्छाबारे सदासर्वदा नै अनभिज्ञ हुनेथियो; त्यसपछि परमेश्‍वरको कामलाई परमेश्‍वरको व्यवस्थापनको काम भनेर भन्‍न सकिने थिएन। यदि परमेश्‍वरको कामलाई नबुझीकन मानिसले आफै प्रयास गरेको र खोजी गरेको र कठिन परिश्रम गरेको भए, मानिसले मजाक गरिरहेको हुनेथियो। पवित्र आत्माको कार्यविना, मानिसले गर्ने कुरा शैतानकै हुन्छ, ऊ विद्रोही र दुष्ट काम गर्ने हुन्छ; भ्रष्ट मानिसले गर्ने सबै कुरामा शैतानलाई प्रकट गरिन्छ र परमेश्‍वरको अनुरूप केही पनि हुँदैन र मानिसले गर्ने सबै कुरा शैतानको प्रकटीकरण नै हुन्छ। बोलिएका सबै कुरामा दर्शनहरू र अभ्यासबाट कुनै पनि कुरा अलग छैनन्। दर्शनहरूका जगमा मानिसले अभ्यास र आज्ञापालनको मार्ग भेट्टाउँछ, ताकि उसले आफ्‍ना धारणाहरूलाई पन्छ्याएर विगतमा उसँग नभएका कुराहरूलाई प्राप्त गर्न सकोस्। मानिसले उहाँसँग सहकार्य गरोस्, उहाँका मागहरूमा मानिस पूर्ण रूपमा समर्पित होस् भनेर परमेश्‍वरले माग गर्नुहुन्छ र मानिसले परमेश्‍वर स्वयमले गर्नुभएको कामलाई हेर्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ शक्तिलाई अनुभव गर्न र परमेश्‍वरको स्वभावलाई जान्‍नको लागि अनुरोध गर्छ। सारांशमा, यी परमेश्‍वरका व्यवस्थापन हुन्। मानिससँगको परमेश्‍वरको मिलाप नै व्यवस्थापन हो र यो सबैभन्दा ठूलो व्यवस्थापन हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्