परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४१

30 अप्रिल 2021

यी समयहरूमा परमेश्‍वरको काम बुझ्नु भनेको, सामान्यतया, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरको मुख्य सेवकाइ के हो, र पृथ्वीमा उहाँ के गर्न आउनुभएको हो सो बुझ्नु हो। बिदा हुनु अघि पृथ्वीमा (आखिरी दिनहरूकोअवधिमा) एउटा उदाहरण प्रस्तुत गर्न परमेश्‍वर आउनुभएको हो भनेर मैले मेरा वचनहरूमा पहिले नै उल्लेख गरेको छु। परमेश्‍वरले कसरी यो उदाहरण प्रस्तुत गर्नुहुन्छ? वचनहरू बोलेर, र धरतीभरि नै काम गर्दै र बोल्दै उहाँले त्यसो गर्नुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वरको काम यही नै हो; पृथ्वीलाई वचनहरूको संसार बनाउन मात्र उहाँ बोल्नुहुन्छ, ताकि उहाँका वचनहरूद्वारा हरेक व्यक्तिलाई भरणपोषण र अन्तर्ज्ञान प्राप्त होस्, र ताकि मानिसको आत्मा ब्यूँझिओस् र उसले दर्शनहरूबारे स्पष्टता प्राप्त गरोस्। आखिरी दिनहरूमा, मुख्यतया वचनहरू बोल्‍नको लागि देहधारी परमेश्‍वर पृथ्वीमा आउनुभएको छ। जब येशू आउनुभयो, उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो, र उहाँले क्रूसीकरणको छुटकाराको काम पुरा गर्नुभयो। उहाँले व्यवस्थाको युगको अन्त्य गर्नुभयो र पुराना सबै उन्मूलन गर्नुभयो। येशूको आगमनले व्यवस्थाको युगको अन्त्य गर्यो र अनुग्रहको युग आरम्भ गर्यो; आखिरी दिनहरूका देहधारी परमेश्‍वरको आगमनले अनुग्रहको युगको अन्त्य गरेको छ। उहाँ मुख्य रूपमा आफ्‍ना वचनहरू बोल्न, मानिसलाई सिद्ध पार्नको लागि वचनहरूको प्रयोग गर्न, मानिसलाई ज्योति र अन्तर्ज्ञान दिन, र मानिसको हृदयभित्रको अस्पष्ट परमेश्‍वरको स्थानलाई हटाउन आउनुभएको हो। येशूले उहाँ आउँदा गर्नुभएको कामको चरण यो होइन। जब येशू आउनुभयो, उहाँले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो, उहाँले बिरामीलाई निको पार्नुभयो र भूतप्रेतहरुलाई निकाल्‍नुभयो, र उहाँले क्रूसीकरणको छुटकाराको काम गर्नुभयो। परिणामस्वरूप, मानिसहरूका धारणाहरूमा, परमेश्‍वर यस्तै हुनुपर्छ भन्ने तिनीहरूले विश्‍वास गरे। किनकि जब येशू आउनुभयो, उहाँले मानिसका हृदयबाट अस्पष्ट परमेश्‍वरको प्रतिरूप हटाउने काम गर्नुभएन; जब उहाँ आउनुभयो, उहाँ क्रूसमा टाँगिनुभयो, उहाँले बिरामीलाई निको पार्नुभयो र भूतप्रेतहरुलाई निकाल्‍नुभयो, र उहाँले स्वर्गको राज्यको सुसमाचार फैलाउनुभयो। एक हिसाबमा, आखिरी दिनहरूका परमेश्‍वरको देहधारणले मानिसका धारणाहरूमा अस्पष्ट परमेश्‍वरले ओगटेको ठाउँ हटाउनुहुन्छ, ताकि मानिसका हृदयमा अस्पष्ट परमेश्‍वरको प्रतिरूप नरहोस्। उहाँका यथार्थ वचनहरू र यथार्थ काम, सबै ठाउँहरूमा उहाँको गतिविधि, र उहाँले मानिसको बीचमा गर्नुहुने उल्‍लेखनीय रूपमा यथार्थ र सामान्य कामद्वारा, उहाँले मानिसलाई परमेश्‍वरको वास्तविकता बुझ्ने तुल्याउनुहुन्छ, र मानिसका हृदयमा अस्पष्ट परमेश्‍वरको स्थान हटाउनुहुन्छ। अर्को हिसाबमा, मानिसलाई पूर्ण पार्न, र सबै काम-कुराहरूलाई समाप्त पार्न परमेश्‍वरले उहाँको देहले बोलेका वचनहरू प्रयोग गर्नुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वरले समाप्त गर्नुहुने काम यही हो।

तिमीहरूले के थाहा पाउनैपर्छ:

१. परमेश्‍वरको काम अलौकिक छैन, र तिमीहरूले यसबारे मनमा धारणाहरू राख्नुहुँदैन।

२. यस पटक देहधारी परमेश्‍वरले गर्न आउनुभएको मुख्य काम तिमीहरूले बुझ्नैपर्छ।

उहाँ बिरामीलाई निको पार्न, वा भूतप्रेतहरूलाई निकाल्न वा आश्‍चर्यकर्महरू गर्न आउनुभएको होइन, र उहाँ पश्‍चात्तापको सुसमाचार प्रचार गर्न, वा मानिसलाई छुटकारा दिन आउनुभएको होइन। यसको कारण के हो भने येशूले यो काम पहिले नै गरिसक्नुभएको छ, र परमेश्‍वरले उही काम दोहोर्याउनुहुन्न। आज, परमेश्‍वर अनुग्रहको युगलाई अन्त्य गर्न र अनुग्रहको युगका सबै अभ्यासहरूलाई फाल्न आउनुभएको छ। उहाँ वास्तविक हुनुहुन्छ भन्ने देखाउन नै व्यवहारिक परमेश्‍वर मुख्य रूपमा आउनुभएको हो। जब येशू आउनुभयो, उहाँले थोरै वचनहरू बोल्नुभयो; उहाँले मुख्य रूपमा आश्‍चर्यकर्महरू प्रदर्शन गर्नुभयो, चिन्‍हहरू र अचम्‍मका कामहरू प्रस्तुत गर्नुभयो र बिरामीलाई निको पार्नुभयो र भूतप्रेतहरूलाई निकाल्नुभयो, वा अतिरिक्त उहाँले उहाँ साँच्चिकै परमेश्‍वर हुनुहुन्छ, र उहाँ निष्पक्ष परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई विश्‍वस्त तुल्याउन र सो उनीहरूलाई देखाउनको लागि उहाँले भविष्यवाणीहरू गर्नुभयो। आखिरमा, उहाँले क्रूसीकरणको काम पूरा गर्नुभयो। आजको परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्न, न त उहाँले बिरामीलाई निको पार्ने र दुष्ट आत्माहरूलाई निकाल्ने नै गर्नुहुन्छ। जब येशू आउनुभयो, उहाँले गर्नुभएको कामले परमेश्‍वरको एक भागलाई प्रतिनिधित्व गर्यो, तर यस पटक परमेश्‍वर त्यो चरणको काम गर्न आउनुभएको हो जुन गर्न बाँकी छ, किनकि परमेश्‍वरले एउटै काम दोहोर्याउनुहुन्न; उहाँ सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ, र त्यसैले तिमीले आज जे जति देख्छौ त्यो व्यावहारिक परमेश्‍वरका वचनहरू र काम हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

आखिरी दिनहरूको देहधारी परमेश्‍वरले मुख्यतः वचनहरूको काम गर्नुहुन्छ

पद १

परमेश्‍वरले आखिरी दिनहरूमा अनुग्रहको युग सकाउनुहुन्छ सिद्ध पार्ने, अन्तर्दृष्टि दिने वचन बोल्नुहुन्छ जसले मानिसको हृदयको अस्पष्ट परमेश्‍वर हटाउँछन्। येशूले गर्नुभएको काम फरक थियो; चमत्कार गर्नुभयो, बिरामी निको पार्नुभयो, स्वर्गको राज्यको सुसमाचार फैलाउनु भयो र सबैलाई छुटकारा दिन क्रूसमा टाँगिनुभयो।

पूर्व कोरस १

उहाँ सधैँ यस्तै हुनुहुनेछ भन्ने धारणा मानिसले बनायो।

कोरस

आखिरी दिनहरूको देहधारी परमेश्‍वरले वचनले सबै पूरा र प्रकट गर्नुहुन्छ। वचनमा उहाँ के हुनुहुन्छ भनी देख्छौ; वचनमा उहाँ परमेश्‍वर हुनुहुन्छ भनी देख्छौ।

पद २

देहधारी परमेश्‍वरले मानिसका धारणाका अस्पष्ट परमेश्‍वर हटाउनुहुन्छ। उहाँका वचन, कार्य, मानिसमाझ यथार्थ, सामान्य कामद्वारा मानिसले उहाँको वास्तविकता जान्नेछ, अस्पष्ट परमेश्‍वरमा विश्‍वास नगरी। देहधारी परमेश्‍वरले वचनको माध्यमबाट मानिसलाई पूर्ण पार्नुहुन्छ र सबै कुरा पूरा गर्नुहुन्छ।

पूर्व कोरस २

यो अन्तिम दिनहरूमा परमेश्‍वरले गर्नुहुने काम हो।

कोरस

आखिरी दिनहरूको देहधारी परमेश्‍वरले वचनले सबै पूरा र प्रकट गर्नुहुन्छ। वचनमा उहाँ के हुनुहुन्छ भनी देख्छौ; वचनमा उहाँ परमेश्‍वर हुनुहुन्छ भनी देख्छौ।

ब्रिज

देहको परमेश्‍वरले वचन मात्र बोल्नुहुन्छ किनकि पृथ्वीमा उहाँको काम यही हो। देख्नेछौ वचनद्वारा उहाँको सम्पूर्णता शक्तिशाली, विनम्र, सर्वोच्च। देहको परमेश्‍वरले वचन मात्र बोल्नुहुन्छ किनकि पृथ्वीमा उहाँको काम यही हो। देख्नेछौ वचनद्वारा उहाँको सम्पूर्णता शक्तिशाली, विनम्र, सर्वोच्च।

कोरस

आखिरी दिनहरूको देहधारी परमेश्‍वरले वचनले सबै पूरा र प्रकट गर्नुहुन्छ। वचनमा उहाँ के हुनुहुन्छ भनी देख्छौ; वचनमा उहाँ परमेश्‍वर हुनुहुन्छ भनी देख्छौ। आखिरी दिनहरूको देहधारी परमेश्‍वरले वचनले सबै पूरा र प्रकट गर्नुहुन्छ। वचनमा उहाँ के हुनुहुन्छ भनी देख्छौ; वचनमा उहाँ परमेश्‍वर हुनुहुन्छ भनी देख्छौ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्