परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६३

8 डिसेम्बर 2022

यदि मानिसहरूले ज्ञान हासिल गरेको र समझ प्राप्त गरेको कुरा परमेश्‍वरको स्वभावको बारेमा हो अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा हो भने तिनीहरूले हासिल गर्ने कुरा परमेश्‍वरबाट आएको जीवन हुनेछ। जब यो जीवन तँभित्र बनिनेछ, तब परमेश्‍वरप्रतिको तेरो भय झन्-झन् ठूलो हुँदै जानेछ। यो अत्यन्तै स्वभाविक रूपमा आउने प्राप्ति हो। यदि तँ परमेश्‍वरको स्वभाव वा उहाँको सारतत्व बुझ्न वा जान्न चाहँदैनस् भने, यदि तँ यी कुराहरूमाथि मनन वा ध्यान केन्द्रित नै गर्न चाहँदैनस् भने, म निश्‍चयता पूर्वक भन्न सक्छु, कि तैँले परमेश्‍वरमा अहिले जुन विश्‍वासलाई अनुसरण गर्दैछस्, त्यसले तँलाई कहिल्यै उहाँको इच्छा पूरा गर्न वा उहाँको प्रशंसा हासिल गर्न दिनेछैन। अझ त्यसभन्दा बढी, तैँले कहिल्यै साँचो उद्धार प्राप्त गर्नेछैनस्—यी नै अन्तिम परिणामहरू हुन्। जब मानिसहरूले परमेश्‍वरलाई बुझ्दैनन् अनि उहाँको स्वभावलाई जान्दैनन्, तब तिनीहरूको हृदय उहाँप्रति कहिल्यै साँचो रीतिले खुल्न सक्दैन। जब तिनीहरूले परमेश्‍वरलाई चिनेका हुन्छन्, तब तिनीहरूले उहाँको हृदयभित्र जे छ, त्यसलाई अभिरुचि र विश्‍वासका साथ सराहना गर्न अनि त्यसको आनन्द लिन थाल्नेछन्। जब तैँले परमेश्‍वरको हृदयमा जे छ, त्यसलाई सराहना गर्न अनि त्यसको आनन्द लिन थाल्छस्, तब तेरो हृदय बिस्तारै अलि-अलि गर्दै उहाँप्रति खुल्दै जानेछ। जब तेरो हृदय उहाँप्रति खुल्नेछ, तब परमेश्‍वरसितको तेरा कुराकानीहरू, परमेश्‍वरसितको तेरा मागहरू, अनि तेरा आफ्नै अनावश्यक चाहनाहरू कति घिनलाग्दा र तुच्छ रहेछन् भनी तैँले महसुस गर्नेछस्। जब तेरो हृदय परमेश्‍वरप्रति साँचो रीतिले खुल्दछ, तब तैँले उहाँको हृदय त एउटा अनन्त संसार नै रहेछ भनी देख्‍नेछस्, अनि तँ आफूले पहिले कहिल्यै अनुभव नगरेको राज्यभित्र प्रवेश गर्नेछस्। यस राज्यमा कुनै धोका हुँदैन, कुनै छल हुँदैन, कुनै अन्धकार अनि कुनै खराबी हुँदैन। त्यहाँ केवल निष्कपटता र विश्‍वासयोग्यता मात्रै हुन्छ; केवल ज्योति र सच्चाइ हुन्छ; केवल धार्मिकता र दया हुन्छ। यो प्रेम र वास्ताले भरिपूर्ण हुन्छ, करुणा र सहिष्णुताले भरिपूर्ण हुन्छ, अनि यसद्वारा तैँले जीवित हुनुको खुशी र आनन्दलाई अनुभव गर्छस्। जब तैँले परमेश्‍वरप्रति आफ्‍नो हृदय खोल्छस्, तब परमेश्‍वरले यिनै कुराहरू तँलाई प्रकट गरिदिनुहुनेछ। यो अनन्त संसार परमेश्‍वरको बुद्धि तथा सर्वशक्तिमान्‌ताले भरिपूर्ण छ; यो उहाँको प्रेम तथा अख्तियारले पनि भरिपूर्ण छ। यहाँ तैँले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, कुन कुराले उहाँलाई आनन्द ल्याउँछ, किन उहाँ चिन्ता गर्नुहुन्छ अनि उहाँ किन दुःखी बन्‍नुहुन्छ, उहाँ किन रिसाउनुहुन्छ त्यसको हरेक पक्षलाई देख्‍न सक्छस्…। आफ्नो हृदय परमेश्‍वरको निम्ति खोल्ने र उहाँलाई भित्र आउन दिने हरेक व्यक्तिले यो कुरा देख्न सक्छ। यदि तैँले आफ्नो हृदय परमेश्‍वरको निम्ति खोलिस् भने मात्र परमेश्‍वर तेरो हृदयमा आउन सक्‍नुहुन्छ। यदि उहाँ तेरो हृदयमा आउनुभएको छ भने तैँले उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ, त्यसलाई मात्र देख्न सक्छस्, तँप्रतिको उहाँका अभिप्रायहरू मात्र तैँले देख्न सक्छस्। त्यस समयमा, परमेश्‍वरको बारेमा सबै कुरा बहुमूल्य छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यो मूल्यवान् ठानेर जोगाउन लायकको छ भनी तैँले पत्ता लगाउनेछस्। त्यसको तुलनामा, तेरो वरिपरि रहेका मानिसहरू, तेरो जीवनमा रहेका थोक तथा घटनाहरू, तेरा प्रियजनहरू समेत पनि, तेरो जीवनसाथी, अनि तैँले प्रेम गर्ने थोकहरू पनि मुस्किलले उल्लेखनीय हुन्छन्। तिनीहरू साह्रै सानो हुन्छन्, साह्रै नीच हुन्छन्; कुनै भौतिक वस्तुले तँलाई फेरि खिँच्न सक्नेछैन, अथवा कुनै भौतिक वस्तुले तँलाई कहिल्यै लोभ्याएर त्यसको निम्ति कुनै मूल्य चुकाउन लगाउनेछैन भन्‍ने तैँले महसुस गर्नेछस्। परमेश्‍वरको नम्रतामा तैँले उहाँको महान्‌ता र उहाँको सर्वोच्‍चतालाई देख्‍नेछस्। यसको साथै, तैँले पहिले एकदम सानो ठानेको परमेश्‍वरको कुनै काममा तैँले उहाँको अनन्त बुद्धि तथा उहाँको सहनशीलता देख्‍नेछस्, तैँले उहाँको धैर्य, उहाँको सहिष्णुता, तँप्रतिको उहाँको बुझाइलाई देख्‍नेछस्। यसले तँभित्र उहाँको निम्ति श्रद्धा उत्पन्न गर्नेछ। त्यस दिन, मानवजाति कस्तो अशुद्ध संसारमा बाँचिरहेका रहेछन्, अनि तेरो पक्षमा रहेका मानिसहरू अनि तेरो जीवनमा घट्ने घटनाहरू, तैँले प्रेम गर्ने मानिसहरू समेत, तेरो निम्ति तिनीहरूको प्रेम, अनि तेरो निम्ति तिनीहरूको कथित सुरक्षा वा वास्ता समेत पनि उल्लेखनीय छैनन् भन्‍ने तैँले महसुस गर्नेछस्—केवल परमेश्‍वर मात्र तेरो प्रिय हुन्छ, अनि केवल परमेश्‍वरलाई मात्रै तैँले सबैभन्दा बढी मूल्यवान् ठान्छस्। जब त्यो दिन आउँछ, तब यसो भन्ने केही मानिसहरू हुनेछन् भन्‍ने म विश्‍वास गर्छु: परमेश्‍वरको प्रेम अत्यन्त महान् छ, अनि उहाँको सारतत्व अत्यन्त पवित्र छ—परमेश्‍वरमा कुनै छल छैन, कुनै खराबी, कुनै ईर्ष्या, कुनै कलह छैन, तर केवल धार्मिकता र विश्‍वसनीयता मात्रै छ, अनि परमेश्‍वरमा जे छ र उहाँ जे हुनुहुन्छ, ती हरेक कुरालाई मानिसहरूले चाहना गर्नुपर्छ। मानिसहरूले त्यसको निम्ति संघर्ष गर्नुपर्छ। यो प्राप्त गर्ने मानवजातिको क्षमता कुन आधारमाथि बनिएको हुन्छ? यो परमेश्‍वरको स्वभावबारे तिनीहरूको बुझाइमाथि, परमेश्‍वरको सारबारे तिनीहरूको बुझाइमाथि बनिएको हुन्छ। त्यसैले, परमेश्‍वरको स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्नु हरेक व्यक्तिको निम्ति एउटा जीवनभरिको पाठ हो; आफ्नो स्वभावलाई परिवर्तन गर्न र परमेश्‍वरलाई चिन्न संघर्ष गर्ने हरेक व्यक्तिले यो जीवनभरिको पाठलाई अनुसरण गर्नुपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्