परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११४

8 डिसेम्बर 2022

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्। त्यसैले योना उठे, र यहोवाको वचनअनुसार निनवे गए। अब निनवे तीन दिनको यात्रा लाग्‍ने एउटा अत्यन्त ठूलो सहर थियो। अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ। त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्। कतै परमेश्‍वर मोडिनुहुन्छ र उहाँले मन फर्काउनुहुन्छ र उहाँ आफ्नो भयानक क्रोधबाट फर्कन सक्नुहुन्छ र हामी नष्ट नहौँला भनी कसले भन्‍नसक्छ? अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन।

यदि परमेश्‍वरमाथिको तेरो विश्‍वास साँचो छ भने, तैँले अक्सर उहाँको हेरचाह प्राप्त गर्नेछस्

निनवेका मानिसहरूप्रति परमेश्‍वरले आफ्‍ना अभिप्राय परिवर्तन गर्नुहुँदा यसमा कुनै हिचकिचाहट वा कुनै अस्पष्ट वा धमिलो कुरा समावेश थिएन। बरु, यो त विशुद्ध रिसबाट विशुद्ध सहनशीलतामा भएको रूपान्तरण थियो। यो, परमेश्‍वरको सारको साँचो प्रकाश हो। आफ्‍ना कार्यहरूमा परमेश्‍वर कहिल्यै पनि ढलपल हुने वा हिचकिचाउने गर्नुहुन्‍न; उहाँका कार्य पछाडिका सिद्धान्त र उद्देश्य सबै स्पष्ट र पारदर्शी, विशुद्ध र त्रुटिविहीन हुन्छन्, तिनमा कुनै पनि चालबाजी वा युक्तिहरू मिश्रित भएका हुँदैनन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सारमा कुनै पनि अन्धकार वा दुष्टता हुँदैन। निनवेवासीका दुष्ट कार्यहरू उहाँको नजरमा परेको हुनाले परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभयो; त्यसबेला उहाँको रिस उहाँको सारबाट आएको थियो। तथापि, परमेश्‍वरले आफ्‍नो रिस नियन्त्रण गरेर निनवेका मानिसहरूलाई फेरि एक पटक सहनशीलता प्रदान गर्नुभएको बेला, उहाँले प्रकट गर्नुभएका सबै कुरा पनि उहाँको आफ्‍नै सार नै थिए। सम्पूर्ण रूपमा यो परिवर्तन परमेश्‍वरप्रतिको मानिसको मनोवृत्तिमा आएको परिवर्तनको कारणले गर्दा थियो। यो पूरै समयावधिमा, परमेश्‍वरको चिढ्याउन नसकिने स्वभाव परिवर्तन भएन, परमेश्‍वरको सहनशील सार परिवर्तन भएन, अनि परमेश्‍वरको प्रेमिलो र कृपालु सार परिवर्तन भएन। जब मानिसहरूले दुष्ट कार्यहरू गर्छन् र परमेश्‍वरलाई रिस उठाउँछन्, उहाँले तिनीहरूमाथि आफ्‍नो रिस वर्साउनुहुन्छ। जब मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन्, परमेश्‍वरको हृदय परिवर्तन हुनेछ, अनि उहाँको रिस हट्नेछ। जब मानिसहरूले जिद्दी भई परमेश्‍वरको निरन्तर विरोध गर्छन्, उहाँको रिस रोकिनेछैन, र तिनीहरू नष्ट भइञ्‍जेलसम्म तिनीहरूमाथि उहाँको क्रोध एक-एक गरी आइरहनेछ। परमेश्‍वरको स्वभावको सार यही हो। परमेश्‍वरले क्रोध वा कृपा र प्रेमिलो दयालुपन जे व्यक्त गरिरहनुभएको भए तापनि, परमेश्‍वरको स्वभावको प्रकाशमार्फत कुनचाहिँलाई व्यक्त गरिन्छ भन्‍ने कुरा मानिसले आफ्‍नो हृदयभित्र राख्‍ने परमेश्‍वरप्रतिको चालचलन, बानीबेहोरा, र मनोवृत्तिले नै तय गर्छ। यदि परमेश्‍वरले कुनै व्यक्तिमा निरन्तर आफ्‍नो रिस पोखाउनुहुन्छ भने, त्यस व्यक्तिको हृदयले परमेश्‍वरको विरोध गर्छ भन्‍ने कुरामा कुनै शङ्का हुँदैन। यो व्यक्तिले साँचो रूपमा कहिल्यै पनि पश्‍चात्ताप गरेको, परमेश्‍वरको अघि आफ्‍नो शिर निहुराएको वा परमेश्‍वरमाथि साँचो विश्‍वास गरेको हुँदैन, त्यसकारण त्यस्ता व्यक्तिहरूले परमेश्‍वरको कृपा र सहनशीलतालाई कहिल्यै प्राप्त गरेका हुँदैनन्। यदि कसैले बारम्बार परमेश्‍वरको हेरचाह, कृपा, र सहनशीलता प्राप्त गर्छ भने, निःसन्देह यो व्यक्तिको हृदयमा परमेश्‍वरमाथिको साँचो विश्‍वास हुन्छ, र तिनीहरूको हृदयले परमेश्‍वरको विरोध गर्दैन। यो व्यक्तिले बारम्बार परमेश्‍वरसामु साँचो रूपमा पश्‍चात्ताप गर्छ; त्यसकारण, यो व्यक्तिमा बारम्बार परमेश्‍वरको अनुशासन आइपर्ने भए तापनि, उहाँको क्रोध कहिल्यै आइपर्नेछैन।

यो छोटो विवरणले मानिसहरूलाई परमेश्‍वरको हृदय, उहाँको सारको यथार्थपन, उहाँको रिस र उहाँको हृदय परिवर्तन कारणविहीन हुँदैन भन्‍ने कुरा देख्‍न सहयोग गर्छ। उहाँ क्रोधित हुनुहुँदा र उहाँको हृदय परिवर्तन भएको बेला परमेश्‍वरले प्रदर्शन गर्नुभएका फरक-फरक आचरणले मानिसहरूलाई परमेश्‍वरको सारका यी दुई पक्ष, अर्थात् उहाँको रिस र उहाँको सहनशीलताबीचमा ठूलो भिन्‍नता छ भन्‍ने विश्‍वास दिलाउँछन्—तर यस ठूलो भिन्‍नताको बाबजुद, निनवेवासीको पश्‍चात्तापप्रति परमेश्‍वरको मनोवृत्तिले मानिसहरूलाई फेरि उहाँको साँचो स्वभावको अर्को पक्षलाई देखाउँछ। परमेश्‍वरको परिवर्तन भएको हृदयले साँच्‍चै नै मानवजातिलाई फेरि पनि उहाँको कृपा र प्रेमिलो दयालुपनको सत्यता, र परमेश्‍वरको सारको साँचो प्रकाशलाई देख्‍ने तुल्याउँछ। परमेश्‍वरको कृपा र प्रेमिलो दयालुपन मिथ्या होइनन्, न त ती कुनै झूटो हल्‍ला नै हुन् भन्‍ने कुरालाई स्वीकार गर्नेबाहेक मानवजातिसँग कुनै विकल्‍प छैन। किनभने त्यतिबेला परमेश्‍वरको अनुभूति साँचो थियो, र उहाँको हृदय परिवर्तन पनि साँचो थियो—परमेश्‍वरले वास्तवमा मानवजातिमाथि फेरि पनि आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्नुभयो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरका कार्यहरूका उद्देश्यहरू र सिद्धान्तहरू स्पष्ट छन्

पद १

निनवेका मानिसप्रति परमेश्‍वरको अभिप्रायको बदलीमा सङ्कोच वा अस्पष्टता थिएन। यो क्रोधबाट सहनशीलतामा विशुद्ध रुपान्तरण थियो, उहाँको सारको साँचो प्रकटीकरण।

कोरस

उहाँ कहिल्यै अनिर्णयकारी वा सङ्कोची हुनुहुन्न। उहाँका सिद्धान्त र उद्देश्य सधैँ शुद्ध र स्पष्ट हुन्छन्। उहाँमा कुनै अन्धकार वा दुष्टता छैन। उहाँका कार्यमा कुनै चालबाजी वा युक्ति छैन।

पद २

दुष्ट निनवेवासी माथि उहाँ क्रोधित हुनुभयो; त्यो बेला उहाँको क्रोध उहाँको सारबाट आयो। तर जब उहाँले निनवेवासीमाथि सहनशीलता प्रकट गर्नुभयो, त्यो पनि उहाँको सार नै थियो।

कोरस

उहाँ कहिल्यै अनिर्णयकारी वा सङ्कोची हुनुहुन्न। उहाँका सिद्धान्त र उद्देश्य सधैँ शुद्ध र स्पष्ट हुन्छन्। उहाँमा कुनै अन्धकार वा दुष्टता छैन। उहाँका कार्यमा कुनै चालबाजी वा युक्ति छैन।

पद ३

मानिसको बदलावसँगै उहाँले आफ्नो मनोवृत्ति बदल्नुभयो। तर अनुल्‍लङ्घनीय स्वभाव अझै बदलिएन; उहाँले सहनशीलताको सार बदल्नुभएन, न आफ्नो प्रेमिलो र कृपालु सार बदल्नुभयो।

कोरस

उहाँ कहिल्यै अनिर्णयकारी वा सङ्कोची हुनुहुन्न। उहाँका सिद्धान्त र उद्देश्य सधैँ शुद्ध र स्पष्ट हुन्छन्। उहाँमा कुनै अन्धकार वा दुष्टता छैन। उहाँका कार्यमा कुनै चालबाजी वा युक्ति छैन।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्