परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७९

24 जुलाई 2021

उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू

यूहन्‍ना २०:२६-२९ अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग थिए: तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बीचमा खडा भएर भन्‍नुभयो, तिमीहरूलाई शान्ति होस्। तब उहाँले थोमालाई भन्‍नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरा हातहरू हेर; र तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ। अनि थोमाले उहाँलाई जवाफ दिएर भने, मेरा प्रभु र मेरा परमेश्‍वर। येशूले तिनलाई भन्‍नुभयो, थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू आशिषित् हुन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।

यूहन्‍ना २१:१६-१७ उहाँले तिनलाई फेरि दोस्रोपटक भन्‍नुभयो, यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? तिनले उहाँलाई भने, हो, प्रभु; तपाईंलाई थाहा छ म तपाईंलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्‍नुभयो, मेरा भेडालाई खुवाऊ। उहाँले तिनलाई तेस्रोपटक भन्‍नुभयो, यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुःखित भए किनभने उहाँले तिनलाई तेस्रोपटक “के तिमी मलाई प्रेम गर्छौ?” भनेर भन्‍नुभयो। अनि तिनले उहाँलाई भने, प्रभु, तपाईंलाई सबै कुरा थाहा छ; तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु। येशूले तिनलाई भन्‍नुभयो, मेरा भेडालाई खुवाऊ।

यी खण्डहरूले प्रभु येशूले उहाँको पुनरुत्थानपछि आफ्ना चेलाहरूलाई गर्नुभएका र भन्‍नुभएका निश्‍चित कुराहरू बयान गरेका छन्। पहिले, हामी पुनरुत्थानअघि र पुनरुत्थानपछि प्रभु येशूमा हुन सक्‍ने कुनै पनि भिन्‍नताहरूलाई हेरौं। के उहाँ केही दिनहरूअघिको त्यही प्रभु येशू हुनुहुन्थ्यो त? धर्मशास्‍त्रमा पुनरुत्थानपछिका प्रभु येशूलाई बयान गर्ने निम्‍न पङ्क्ति छ: “तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बीचमा खडा भएर भन्‍नुभयो, तिमीहरूलाई शान्ति होस्।” यो एकदमै स्पष्ट छ कि त्यस बेला प्रभु येशू अबउप्रान्त देहको शरीरमा हुनुहुन्‍नथ्यो, उहाँ त अब आत्मिक शरीरमा हुनुहुन्थ्यो। किनभने उहाँले देहका सीमाहरूलाई पार गरिसक्‍नुभएको थियो; ढोका बन्द भए पनि, उहाँ मानिसहरूको माझमा आउन सक्‍नुभयो र तिनीहरूले उहाँलाई देख्‍न सके। पुनरुत्थानपछिका प्रभु येशू र पुनरुत्थानअघि देहमा जिइरहनुभएका प्रभु येशूबीचको सबैभन्दा ठूलो भिन्‍नता यही नै हो। त्यस क्षणको आत्मिक शरीरको रूप र त्यसभन्दा अघिका प्रभु येशूको रूपबीच कुनै भिन्‍नता नभएको भए पनि, त्यस क्षणमा प्रभु येशू मानिसहरूका निम्ति पराईजस्तो महसुस हुने व्यक्ति हुनुभएको थियो, किनकि मृतकहरूबाट पुनरुत्थान हुनुभएपछि उहाँ एउटा आत्मिक शरीर हुनुभएको थियो, र उहाँको पहिलेको देहको तुलनामा, उहाँको यो आत्मिक शरीर धेरै अलमल र अन्योलमा पार्ने खालको थियो। यसले पनि प्रभु येशू ख्रीष्ट र मानिसहरूबीचमा धेरै ठूलो दूरी सृजना गर्‍यो, र त्यस क्षणमा प्रभु येशू ख्रीष्ट धेरै रहस्यमय हुनुभएको छ भन्‍ने मानिसहरूले आफ्नो हृदयमा महसुस गरे। मानिसहरूले गरेका यी अनुभूति र भावनाहरूले अकस्मात् तिनीहरूलाई देख्‍न वा छुन नसकिने परमेश्‍वरमा विश्‍वास गर्ने युगमा फर्काइल्यायो। त्यसैले, आफ्नो पुनरुत्थानपछि प्रभु येशूले गर्नुभएको पहिलो कुरा सबैको सामुन्‍ने आफूलाई देखाउनु, उहाँ अस्तित्वमा हुनुहुन्छ भनी पुष्टि गर्नु र उहाँको पुनरुत्थानको तथ्यलाई पुष्टि गर्नु थियो। यसका अतिरिक्त, यस कार्यले मानिसहरूसितको उहाँको सम्बन्धलाई उहाँले देहमा काम गर्नुहुँदा, उहाँ तिनीहरूले देख्‍न र छुन सक्‍ने ख्रीष्ट हुनुहुँदा जस्तो थियो त्यस्तै अवस्थामा पुनर्स्थापित गरिदियो। यसको एउटा परिणाम के थियो भने, प्रभु येशू क्रूसमा टाँगिनुभएपछि उहाँ बौरी उठ्नुभएको थियो भन्‍ने सम्बन्धमा मानिसहरूसित कुनै पनि शङ्का रहेन, र मानवजातिलाई उद्धार गर्ने प्रभु येशूको कामको बारेमा पनि तिनीहरूसित कुनै शङ्का रहेन। अर्को परिणाम के थियो भने, प्रभु येशू उहाँको पुनरुत्थानपछि मानिसहरूकहाँ देखापर्नुभएको र मानिसहरूलाई उहाँले आफूलाई देख्‍न र छुन दिनुभएको तथ्यले मानवजातिलाई अनुग्रहको युगमा दृढतापूर्वक सुरक्षित गर्‍यो, र प्रभु येशू “हराउनुभयो” वा उहाँ “एक शब्द नबोली जानुभयो” भन्‍ने कथित आधारमा अबउप्रान्त मानिसहरू पहिलेको व्यवस्थाको युगमा फर्कनेछैनन् भन्‍ने कुरा पनि सुनिश्‍चित गर्‍यो। यसरी प्रभु येशूले उहाँका शिक्षाहरू तथा उहाँले गर्नुभएका कामलाई तिनीहरूले पछ्याउनेछन् भन्‍ने कुरा पनि सुनिश्‍चित गर्नुभयो। यसरी, अनुग्रहको युगको काममा एउटा नयाँ चरणको औपचारिक सुरुवात भयो, अनि त्यस क्षणदेखि यता, व्यवस्थामुनि जिउँदै आइरहेका मानिसहरू औपचारिक रूपले व्यवस्थाबाट माथि उठे र नयाँ युगमा, नयाँ सुरुवातभित्र प्रवेश गरे। पुनरुत्थानपछि मानवजातिकहाँ प्रभु येशू देखा पर्नुभएको घटनाका बहुमुखी अर्थहरू यिनै हुन्।

प्रभु येशू अहिले आत्मिक शरीरमा वास गरिरहनुभएको थियो, त्यसकारण कसरी मानिसहरूले उहाँलाई छुन र देख्‍न सक्थे? यो प्रश्‍न मानवजातिकहाँ प्रभु येशू देखा पर्नुभएको घटनाको महत्त्वसँग सम्बन्धित छ। हामीले भर्खरै पढेका धर्मशास्‍त्रका खण्डहरूमा तिमीहरूले कुनै कुरा याद गर्‍यौ? सामान्यतया आत्मिक शरीरहरूलाई देख्‍न वा छुन सकिँदैन, र प्रभु येशूले जिम्मा लिनुभएको काम पुनरुत्थानपश्‍चात पूरा भइसकेको थियो। त्यसैले, सैद्धान्तिक हिसाबमा, उहाँ मानिसहरूलाई भेट्न तिनीहरूमाझ आफ्नो मूल स्वरूपमा फर्किजानु बिलकुलै आवश्यक थिएन, तर थोमाजस्ता मानिसहरूकहाँ प्रभु येशूको आत्मिक शरीर देखा पर्नुले उहाँ देखा पर्नुको महत्त्वलाई अझ बढी ठोस बनायो, त्यसैले यसले मानिसहरूको हृदयलाई अझ बढी गहिरो गरी छेड्यो। जब उहाँ थोमाकहाँ आउनुभयो, तब उहाँले शङ्कालु थोमालाई उहाँको हात छुन दिनुभयो र भन्‍नुभयो: “तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ।” यी वचन र कार्यहरू उहाँ पुनरुत्थान भएपछि मात्र प्रभु येशूले भन्‍न र गर्न चाहनुभएका कुराहरू थिएनन्; वास्तवमा, ती उहाँ क्रूसमा टाँगिनुभन्दा अघि उहाँले गर्न चाहनुभएका कुराहरू थिए। यो स्पष्ट छ कि उहाँ क्रूसमा टाँगिनुभन्दा अघि नै प्रभु येशूले थोमाजस्ता मानिसहरूको बारेमा बुझिसक्‍नुभएको थियो। अनि, यसबाट हामी के देख्‍न सक्छौँ? उहाँ पुनरुत्थानपछि पनि अझै उही प्रभु येशू हुनुहुन्थ्यो। उहाँको सार परिवर्तन भएको थिएन। थोमाका शङ्काहरू त्यस बेला मात्र सुरु भएका थिएनन्, उसका शङ्काहरू त उसले प्रभु येशूलाई पछ्याइरहेको सम्पूर्ण समयमा ऊसितै थिए। तथापि, प्रभु येशू मरेकाहरूबाट जिई उठ्नुभएको अनि आफ्नो मूल स्वरूप, आफ्नो मूल स्वभावमा आत्मिक संसारबाट फर्कनुभएको, साथै उहाँ देहमा रहनुभएको समयमा प्राप्त भएको मानवजातिको बुझाइसहित फर्कनुभएको थियो, त्यसैले थोमालाई उहाँको आत्मिक शरीर देखाउनको लागि मात्रै नभई उहाँको आत्मिक शरीर छुन र त्यसको अस्तित्व अनुभव गर्न दिन, र उसका शङ्काहरू पूर्ण रूपले हटाउनको निम्ति उहाँ पहिले थोमाकहाँ जानुभयो। प्रभु येशू क्रूसमा टाँगिनुभन्दा अघि, थोमा उहाँ ख्रीष्ट हुनुहुन्छ भन्‍ने कुरामा सधैँ शङ्का गर्थे र विश्‍वास गर्न असमर्थ थिए। उसले आफ्नो आँखाले जे देख्‍न सक्थ्यो, उसले आफ्नो हातले जे छुन सक्थ्यो, त्यसको आधारमा मात्रै परमेश्‍वरमाथिको उसको विश्‍वास स्थापित थियो। यस प्रकारको व्यक्तिको विश्‍वासको बारेमा प्रभु येशूलाई राम्ररी थाहा थियो। त्यस्ता व्यक्तिहरूले केवल स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्थे, तर परमेश्‍वरले पठाउनुभएका एक मात्र पुत्रलाई वा देहमा आउनुभएका ख्रीष्टलाई बिलकुलै विश्‍वास गर्दैनथे, न त तिनीहरूले उहाँलाई स्वीकार नै गर्थे। थोमाले प्रभु येशू ख्रीष्टको अस्तित्व र उहाँ साँच्‍चिकै देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार र विश्‍वास गर्न सकोस् भनेर उहाँले थोमालाई हात बढाएर उहाँको करङ छुन दिनुभयो। के प्रभु येशूको पुनरुत्थानभन्दा अघि र पछिको थोमाको शङ्कामा कुनै भिन्‍नता थियो र? उसले सधैँ शङ्का गरिरहेको थियो अनि प्रभु येशूको आत्मिक शरीर व्यक्तिगत रूपमा ऊकहाँ प्रकट नभएसम्म र उसलाई उहाँको शरीरमा भएका कीलाका डोबहरू छुन नदिएसम्म कसैले पनि उसका शङ्काहरू निवारण गर्न र उसलाई शङ्का गर्न छोड्न लगाउन सक्दैनथ्यो। त्यसैले, प्रभु येशूले थोमालाई उहाँको करङ छुन र कीलाका डोबहरूको अस्तित्व साँच्‍चिकै महसुस गर्न दिनुभएको समयपछि, थोमाको शङ्का हट्यो, अनि उसले प्रभु येशू बौरी उठ्नुभएको हो भनी साँचो रीतिले जान्‍न सक्‍यो, अनि उसले प्रभु येशू साँचो ख्रीष्ट र देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार र विश्‍वास गर्‍यो। यस समयमा, थोमाले अब फेरि कुनै शङ्का नगरेको भए पनि, उसले ख्रीष्टलाई भेट्ने अवसर सधैँका निम्ति गुमाइसकेको थियो। उसले उहाँको साथमा रहने, उहाँलाई पछ्याउने, उहाँलाई चिन्‍ने अवसर सधैँका लागि गुमाइसकेको थियो। उसले आफू ख्रीष्टद्वारा सिद्ध पारिइने मौका गुमाइसकेको थियो। प्रभु येशू देखा पर्नुभएको घटना र उहाँका वचनहरूले शङ्काले भरिएकाहरूको विश्‍वासमा एउटा निष्कर्ष र फैसला प्रदान गर्‍यो। स्वर्गका परमेश्‍वरलाई मात्र विश्‍वास गर्ने र ख्रीष्टलाई विश्‍वास नगर्ने शङ्कालुहरूलाई यो कुरा बताउन उहाँले आफ्नो वास्तविक वचन र कार्यहरू प्रयोग गर्नुभयो: परमेश्‍वरले तिनीहरूको विश्‍वासको तारिफ गर्नुभएन, न त शङ्का गर्दै उहाँलाई पछ्याएकोमा तिनीहरूको तारिफ नै गर्नुभयो। तिनीहरूले परमेश्‍वर र ख्रीष्टलाई पूर्ण रीतिले विश्‍वास गर्ने दिन मात्रै परमेश्‍वरले आफ्‍नो महान् काम पूरा गर्नुभएको दिन हुन सक्थ्यो। अवश्य नै, त्यो दिन तिनीहरूको शङ्कामाथि फैसला गरिने दिन पनि थियो। ख्रीष्टप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरूको नियति निर्धारण गर्‍यो, र तिनीहरूसँग हठी शङ्का हुनुको अर्थ तिनीहरूको विश्‍वासले तिनीहरूको निम्ति कुनै फल फलाएन, र तिनीहरूमा कठोरता हुनुको अर्थ तिनीहरूका आशाहरू व्यर्थ भए। स्वर्गका परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास भ्रमहरूमा आधारित थियो, अनि ख्रीष्टप्रतिको तिनीहरूको शङ्का वास्तवमा ख्रीष्टप्रतिको तिनीहरूको साँचो मनोवृत्ति थियो, तिनीहरूले प्रभु येशूको शरीरमा भएका कीलाका डोबहरू छोएको भए तापनि, तिनीहरूको विश्‍वास अझै पनि व्यर्थको थियो र तिनीहरूको परिणाम इनारबाट डोकोमा पानी निकाल्‍नुझैँ थियो भनेर भन्‍न सकिन्छ—सबै व्यर्थ थियो। प्रभु येशूले थोमालाई जे भन्‍नुभयो, त्यो हरेक मानिसलाई यो कुरा बताउने उहाँको तरिका थियो भन्‍ने स्पष्ट छ: बौरी उठ्नुभएका प्रभु येशू नै मानिसहरूको माझमा काम गर्दै साढे तेत्तीस वर्ष बिताउनुहुने प्रभु येशू हुनुहुन्छ। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्युछायाको घाटी अनुभव गर्नुभएको भए तापनि, र उहाँले पुनरुत्थानको अनुभव गर्नुभएको भए तापनि, उहाँले कुनै पनि पक्षमा कुनै परिवर्तन अनुभव गर्नुभएन। अहिले उहाँको शरीरमा कीलाका डोबहरू भए तापनि, र उहाँ पुनरुत्थान भई र चिहानबाट बाहिर निस्कनुभएको भए तापनि, उहाँको स्वभाव, मानवजातिसम्‍बन्धी उहाँको बुझाइ, र मानवजातिप्रतिका उहाँका अभिप्रायहरू अलिकति पनि बदलिएको थिएन। साथै, उहाँले मानिसहरूलाई उहाँ क्रूसबाट तल ओर्लेर आउनुभएको छ, पापमाथि विजयी हुनुभएको छ, कठिनाइहरूबाट पार पाउनुभएको छ, र मृत्युमाथि विजयी हुनुभएको छ भनी बताउँदै हुनुहुन्थ्यो। कीलाका डोबहरू शैतानमाथिको उहाँको विजयको प्रमाण, सारा मानवजातिलाई सफलतापूर्वक छुटकारा दिनको लागि पापबलि बन्‍नुभएको प्रमाण थियो। उहाँले पहिले नै मानवजातिको पाप लिइसक्‍नुभएको छ र उहाँले छुटकाराको आफ्‍नो काम पूरा गरिसक्‍नुभएको छ भनेर मानिसहरूलाई बताइरहनुभएको थियो। जब उहाँ आफ्ना चेलाहरूलाई भेट्न फर्कनुभयो, तब उहाँले आफ्नो उपस्थितिद्वारा तिनीहरूलाई यो सन्देश दिनुभयो: “म अझै जीवित छु, म अझै अस्तित्वमा छु; आज म साँच्‍चिकै तिमीहरूको माझमा उभिरहेको छु ताकि तिमीहरूले मलाई देख्‍न र छुन सक। म तिमीहरूको साथमा सधैँ हुनेछु।” प्रभु येशूले थोमाको उदाहरणलाई भविष्यका मानिसहरूका निम्ति चेतावनीको रूपमा पनि प्रयोग गर्न चाहनुहुन्थ्यो: तैँले प्रभु येशूमाथिको विश्‍वासमा उहाँलाई देख्‍न वा छुन नसके पनि, तेरो साँचो विश्‍वासको कारणले तँ धन्यको छस्, अनि तेरो साँचो विश्‍वासको कारणले तैँले प्रभु येशूलाई देख्‍न सक्छस्, अनि यस्तो प्रकारको व्यक्ति धन्यको हुन्छ।

थोमाकहाँ प्रकट हुनुहुँदा प्रभु येशूले बोल्नुभएको भनी बाइबलमा लेखिएका यी वचनहरू अनुग्रहको युगका सबै मानिसहरूको निम्ति अत्यन्तै उपयोगी छन्। उहाँ थोमाकहाँ देखा पर्नुभएको घटना र उहाँले तिनलाई भन्‍नुभएका वचनहरूले त्यसपछिका पुस्ताहरूमाथि गहिरो प्रभाव पारेको छ; ती दुवै कुराको अनन्त महत्त्व छ। परमेश्‍वरलाई विश्‍वास गरे पनि, परमेश्‍वरलाई शङ्का गर्ने व्यक्तिलाई थोमाले प्रतिनिधित्व गर्छ। तिनीहरू शङ्कालु प्रकृतिका हुन्छन्, तिनीहरूमा कुटिल हृदय हुन्छ, तिनीहरू विश्‍वासघाती हुन्छन्, र परमेश्‍वरले पूरा गर्न सक्‍नुहुने कुराहरूमा तिनीहरू विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता तथा उहाँको सम्प्रभुतामा विश्‍वास गर्दैनन्, न त तिनीहरूले देहधारी परमेश्‍वरमा नै विश्‍वास गर्छन्। तैपनि, प्रभु येशूको पुनरुत्थानले तिनीहरूका यी गुणहरूलाई प्रहार गर्‍यो, र यसले तिनीहरूलाई आफ्नो शङ्का पत्ता लगाउने, आफ्नो शङ्का पहिचान गर्ने, र आफ्नो विश्‍वासघातलाई स्वीकार गर्ने अवसर पनि प्रदान गर्‍यो, र यसरी तिनीहरू प्रभु येशूको अस्तित्व र पुनरुत्थानमा साँचो रीतिले विश्‍वास गर्ने अवस्थामा आइपुगे। थोमालाई जे भएको थियो, त्यो पछिका पुस्ताहरूको निम्ति एउटा चेतावनी र सावधानी थियो ताकि धेरै मानिसहरूले आफैलाई थोमाजस्तो शङ्कालु नहुन, र यदि तिनीहरू शङ्काले भरिए भने तिनीहरू अन्धकारभित्र डुब्‍नेछन् भनी चेतावनी दिन सकून्। यदि तँ परमेश्‍वरलाई पछ्याउँछस् तर थोमाले जस्तै, परमेश्‍वरको अस्तित्व छ कि छैन भनेर पुष्टि, प्रमाणित र अनुमान गर्न सधैँ प्रभुको करङ र उहाँका कीलाका डोबहरू छुन चाहन्छस् भने परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछ। त्यसैले, मानिसहरू थोमाजस्तो आफ्नै आँखाले देख्‍न सकेपछि मात्र विश्‍वास गर्ने नबनून् तर शुद्ध, इमानदार मानिसहरू बनून्, परमेश्‍वरप्रति शङ्काहरू नपालून्, केवल उहाँलाई विश्‍वास गरून् र पछ्याऊन् भन्‍ने चाहना प्रभु येशूको हुन्छ। यस्ता मानिसहरू धन्यका हुन्छन्। यो उहाँले मानिसहरूबाट गर्नुभएको एउटा सानो अपेक्षा हो, र यो उहाँका अनुयायीहरूको निम्ति एउटा चेतावनी हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्