परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २५

3 डिसेम्बर 2022

परमेश्‍वरले आदम र हव्वाको निम्ति छालाका लुगा बनाउनुहुन्छ

उत्पत्ति ३:२०-२१ अनि आदमले आफ्नी पत्‍नीको नाउँ हव्वा राखे; किनभने तिनी सारा जीवितहरूकी आमा थिइन्। यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।

“यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” यस दृश्यमा, परमेश्‍वरले आदम र हव्‍वासँग हुँदा कस्तो भूमिका लिनुभयो भन्‍ने हामी देख्छौँ? यस संसारमा दुई मानवजातिद्वारा मात्र परमेश्‍वरले आफैलाई कसरी प्रकट गर्नुहुन्छ? के उहाँले आफैलाई परमेश्‍वरको भूमिकामा प्रकट गर्नुहुन्छ? हङकङका दाजुभाइ र दिदीबहिनीहरू, जवाफ देऊ। (बाबुआमाको भूमिकामा।) दक्षिण कोरियाका भाइ-बहिनीहरू, परमेश्‍वर कस्तो भूमिकामा देखा पर्नुहुन्छ भनी तिमीहरू सोच्छौ? (परिवारको शिर।) ताइवानका भाइ-बहिनीहरू, तिमीहरू के सोच्छौ? (आदम र हव्वाको परिवारको सदस्यको भूमिका।) परमेश्‍वर आदम र हव्वाको परिवारको सदस्यको रूपमा देखा पर्नुहुन्छ भनेर तिमीहरूमध्ये केहीले सोच्छौ भने, केहीले परमेश्‍वर परिवारको शिरको रूपमा देखा पर्नुहुन्छ भनी भन्छन् र अन्यले उहाँ बाबुआमाको रूपमा देखा पर्नुहुन्छ भनी भन्छन्। यी सबै धेरै नै उचित छन्। तर म के भन्‍न खोज्दैछु भन्‍ने के तिमीहरू देख्छौ? परमेश्‍वरले यी दुई मानिसको सृष्टि गर्नुभयो र तिनीहरूलाई आफ्नै सङ्गीहरूको रूपमा व्यवहार गर्नुभयो। तिनीहरूको एक मात्र परिवारको रूपमा परमेश्‍वरले तिनीहरूको जीवनको हेरचाह गर्नुभयो र तिनीहरूको गाँस, बास र कपासका आवश्यकताहरू पूरा गर्नुभयो। यहाँ, परमेश्‍वर आदम र हव्वाको बाबुआमाको रूपमा देखापर्नुहुन्छ। जब परमेश्‍वरले यसो गर्नुहुन्छ, मानिसले परमेश्‍वर कति उच्च हुनुहुन्छ भन्‍ने देख्दैन; उसले परमेश्‍वरको सर्व-श्रेष्ठता, उहाँको रहस्य र विशेष गरी उहाँको क्रोध वा प्रतापलाई देख्दैन। उसले मानिसप्रतिको परमेश्‍वरको विनम्रता, उहाँको स्‍नेह, उहाँको चासो र उसको निम्ति उहाँको जिम्‍मेवारी र वास्ता मात्र देख्छ। आदम र हव्‍वासँग परमेश्‍वरले गर्नुभएको व्यवहारको आचरण र तरिका आमाबुबाले आफ्ना छोराछोरीहरूलाई गर्ने व्यवहारसँग मेल खान्छन्। आमाबाबुले आफ्ना छोरा-छोरीहरूलाई कसरी प्रेम, हेरचाह र वास्ता गर्छन् यो त्यस्तै पनि छ—वास्तविक, देख्‍न सकिने र मूर्त। आफैलाई उच्च र शक्तिशाली स्थानमा उठाउनुको साटो, परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको लागि पहिरन बनाउन छालाको प्रयोग गर्नुभयो। यो जनावरको रौँको लुगा तिनीहरूको लाज ढाक्‍नको लागि थियो कि तिनीहरूलाई जाडोबाट बचाउनका लागि थियो त्यो महत्त्वपूर्ण छैन। मानिसको शरीर ढाक्‍ने यो पहिरन परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नै हातले बनाउनुभएको थियो भन्‍ने कुरा चाहिँ महत्त्वपूर्ण छ। परमेश्‍वरले गर्नुहुन्छ भनी मानिसहरूले कल्पना गरे जस्तो पहिरनलाई अस्तित्वमा ल्याउन वा अन्य आश्‍चर्यजनक माध्यमको प्रयोग गर्ने बारेमा सोच्‍नु भन्दा पनि परमेश्‍वरले गर्नुहुन्‍न होला वा उहाँले यसो गर्नु हुँदैन भनेर मानिसले सोच्‍ने किसिमको काम नै परमेश्‍वरले वैधानिक रूपमा गर्नुभयो। यो सानो कुरा जस्तो देखिन्छ—यो कुरा उल्लेखनीय छ भन्‍ने समेत कतिपय मानिसहरूलाई लाग्दैन—तर यसले उहाँको बारेमा अस्पष्ट धारणाहरू बोकेर परमेश्‍वरलाई पछ्याउने कुनै पनि व्यक्तिलाई उहाँको सच्चाइ र सुन्दरताको बारेमा अन्तर्दृष्टि प्राप्त गर्ने र उहाँको विश्‍वासयोग्यता र विनम्रता देख्‍ने तुल्याउँछ। यसले आफैलाई उच्च र शक्तिशाली ठान्‍ने अत्यन्तै अहङ्कारी मानिसहरूलाई परमेश्‍वरको सच्चाइ र विनम्रताको सामुन्‍ने आफ्ना घमण्डी शिरहरू लाजले झुकाउने बनाउँछ। यहाँ परमेश्‍वरको सच्चाइ र विनम्रताले मानिसहरूलाई परमेश्‍वर कति स्‍नेही हुनुहुन्छ भन्‍ने कुरा देख्‍न थप सक्षम बनाउँछ। यसको विपरीत, मानिसहरूले आफ्ना हृदयमा राखेका “अपार” परमेश्‍वर, “स्‍नेही” परमेश्‍वर र “सर्वशक्तिमान्” परमेश्‍वर तुच्छ र कुरूप बनेको छ र सानो छुवाइले पनि चकनाचूर हुन्छ। जब तैँले यो पद देख्छस् र यो कथा सुन्छस्, परमेश्‍वरले यस्तो कुरा गर्नुभएको कारण के तैँले परमेश्‍वरलाई तिरस्कार गर्छस्? केही मानिसहरूले त्यसो गर्लान्, तर अरूले फरक प्रतिक्रिया दिनेछन्। तिनीहरूले परमेश्‍वर सच्‍चा र स्‍नेही हुनुहुन्छ र परमेश्‍वरको सच्चाइ र सुन्दरताले नै तिनीहरूलाई द्रवीभूत पार्छ। तिनीहरूले परमेश्‍वरको वास्तविक पक्ष जति धेरै देख्छन्, तिनीहरूले त्यति नै धेरै परमेश्‍वरको प्रेमको साँचो अस्तित्व, आफ्ना हृदयमा परमेश्‍वरको महत्त्व, र उहाँ हरेक क्षण कसरी तिनीहरूको छेउमा खडा हुनुहुन्छ भन्‍ने कुराको सराहना गर्न सक्छन्।

अब, हाम्रो छलफललाई वर्तमानसँग जोडौँ। यदि परमेश्‍वरले आफूले सुरुमा सृष्टि गर्नुभएका मानिसहरूको निम्ति मानिसहरूले सोच्‍न वा अपेक्षा गर्न पनि हिम्मत गर्न नसक्‍ने यी विभिन्‍न साना कुराहरू गर्न सक्‍नुहुन्छ भने, के परमेश्‍वरले आजका मानिसहरूको निम्ति पनि यस्ता कुराहरू गर्न सक्‍नुहुन्छ? केहीले भन्छन्, “सक्‍नुहुन्छ!” किन सक्‍नुहुन्छ त? किनकि परमेश्‍वरको सार बहाना होइन र उहाँको सुन्दरता बहाना होइन। परमेश्‍वरको सार वास्तवमा नै अस्तित्वमा छ र यो अरूले थप्‍ने कुरा होइन, र फरक समय, ठाउँ र युगहरू अनुसार बदलिने कुरा होइन। मानिसहरूले सामान्य र नगण्य सोचेका कुराहरू गरेर मात्र परमेश्‍वरको सच्चाइ र सुन्दरतालाई साँचो रूपमा बाहिर ल्याउन सकिन्छ—यो यति सामान्य हुन्छ कि उहाँले यो कुरा गर्न सक्नुहुन्छ भन्‍ने कुरा मानिसहरूले सोच्‍न पनि सक्दैनन्। परमेश्‍वर कपटी हुनुहुन्न। उहाँको स्वभाव र सारमा कुनै पनि अतिशयोक्ति, भेष बदल्ने कुरा, घमण्ड वा अहङ्कार छैन। उहाँले कहिले पनि सेखी गर्नुहुन्‍न, तर उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई विश्‍वासयोग्यता र निष्कपटताका साथ प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, हेरचाह गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ। परमेश्‍वरले गर्नुहुने कामलाई मानिसहरूले जति थोरै सराहना, अनुभव गरे पनि वा देखे पनि, उहाँले यो कार्य निश्‍चय नै गर्दै हुनुहुन्छ। परमेश्‍वरसँग यस्तो सार छ भन्‍ने कुरा जानेर के यसले परमेश्‍वरप्रति भएको मानिसहरूको प्रेमलाई प्रभाव पार्छ? के यसले परमेश्‍वरप्रति भएको तिनीहरूको भयलाई प्रभाव पार्छ? मलाई आशा छ तैँले परमेश्‍वरको वास्तविक पक्ष बुझेपछि, तँ अझ उहाँको नजिक जानेछस् र मानवजातिप्रतिको उहाँको प्रेम र वास्तालाई साँचो रूपले सराहना गर्न सक्‍नेछस्, साथै तेरो हृदय परमेश्‍वरलाई दिन सक्‍नेछस् र उहाँ बारेका सन्देह र शङ्काहरूदेखि छुटकारा पाउनेछस्। परमेश्‍वरले मानिसको निम्ति सबै कुरा चुपचाप गर्दैहुनुहुन्छ, सबै कुरा उहाँको निष्कपटता, विश्‍वासयोग्यता र प्रेमका साथ शान्तिपूर्वक तरिकाले गर्दैहुनुहुन्छ। तर उहाँले गर्नुहुने कुराहरूप्रति उहाँमा कुनै आशङ्का वा पछुतोहरू छैनन्, न त कसैले कुनै पनि तरिकाले उहाँले गर्नुभएका कुराको मूल्य चुकाउन नै आवश्यक छ वा मानवजातिबाट केही प्राप्त गर्ने अभिप्राय नै उहाँसँग छ। मानवजातिको साँचो विश्‍वास र प्रेम प्राप्त गर्नु नै उहाँले गर्नुभएका सबै कुराको एक मात्र उद्देश्य हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्