Nepali Christian Song | सिद्ध कसरी पारिन सकिन्छ? | with lyrics

25 जनवरी 2022

पद १

यदि परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छौ भने,

बाटोमा अघि बढेर मात्र हुँदैन

न आफूलाई समर्पित गरेर हुन्छ।

उहाँद्वारा सिद्ध पारिन तिमीसँग धेरै कुरा हुनुपर्छ।

दु:खको सामना गर्दा देहको चिन्ता नगर्न,

उहाँ विरुद्ध गुनासो नगर्न सक्नुपर्छ।

उहाँले आफैलाई लुकाउनुहुँदा, पछ्याउने विश्‍वास हुनुपर्छ।

आफ्नो प्रेमलाई मर्न दिनु हुँदैन, कायम राख्नुपर्छ।

कोरस

उहाँद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छौ भने,

तिमीमा सबै कुरा हुनुपर्छ:

दु:ख भोग्ने इच्छा, विश्‍वास, सहनशीलता,

आज्ञापालन र उहाँको कामको अनुभव,

उहाँको इच्छा र दु:ख बुझ्ने क्षमता।

तिमीले अनुभव गर्ने हरेक शोधनमा

तिम्रो विश्‍वास र प्रेम चाहिन्छ।

पद २

उहाँले जे गर्नुभएपनि तिमीले उहाँको योजना स्वीकार्नु पर्छ,

उहाँ विरुद्ध गुनासो गर्नुअघि आफ्नै देहलाई सराप।

जाँचमा उहाँलाई खुशी बनाऊ,

तिमी रोए वा तिमीले माया गर्ने कुरा गुमाएपनि;

यो हो साँचो प्रेम र विश्‍वास।

तिम्रो कद जे भएपनि, तिम्रो विश्‍वास साँचो हुनुपर्छ,

दु:ख भोग्ने र देहलाई त्याग्ने इच्छा हुनुपर्छ।

उहाँको इच्छालाई सन्तुष्ट गर्न तिमी गुमाउन

र दु:ख भोग्न तयार हुनुपर्छ।

ब्रिज

विगतमा उहाँलाई सन्तुष्ट गर्न नसकेकोमा

पछुतो गर्ने एउटा हृदय हुनुपर्छ।

सिद्ध पारिन तिमीमा केही कमी हुनुहुँदैन।

कमी भएमा तिमी सिद्ध पारिन सकिदैनौ।

कोरस

उहाँद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छौ भने,

तिमीमा सबै कुरा हुनुपर्छ:

दु:ख भोग्ने इच्छा, विश्‍वास, सहनशीलता,

आज्ञापालन र उहाँको कामको अनुभव,

उहाँको इच्छा र दु:ख बुझ्ने क्षमता।

तिमीले अनुभव गर्ने हरेक शोधनमा

तिम्रो विश्‍वास र प्रेम चाहिन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्