Christian Dance | परमेश्वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन् | Praise Song
19 मे 2024
१
परमेश्वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;
तिनीहरूले पवित्र आत्माको काम र मार्गदर्शनको आनन्द लिन्छन्।
परमेश्वरका वचन पढेर, तिनीहरूले अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्;
तिनीहरूको हृदयमा ज्योति हुन्छ, र तिनीहरूसँग पछ्याउने मार्ग हुन्छ।
तिनीहरूले देह विरुद्ध विरोध गर्छन् र अधर्मी संसारलाई पछाडि छोड्छन्;
परमेश्वरसामु जिउनु कति खुसीको कुरा हो।
परमेश्वरको हृदयको ख्याल राख्दै, आफ्नो कर्तव्य राम्ररी निभाउँदै,
तिनीहरूको आत्मा सन्तुष्ट र शान्त हुन्छ।
परमेश्वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;
तिनीहरूलाई प्रायः न्याय र सजाय गरिन्छ।
न्याय स्विकार्दै, तिनीहरू धोइन्छन्,
र तिनीहरूको स्वभावमा आउने परिवर्तनले परमेश्वरलाई महिमित तुल्याउँछ।
परमेश्वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;
तिनीहरूले उहाँको इच्छा पछ्याउनुलाई आफ्नो स्वर्गीय पेशा मान्छन्।
सत्यता अभ्यास गर्दै र परमेश्वरमा समर्पित हुँदै,
तिनीहरू परमेश्वरको डर मान्छन् र ज्योतिमाझ जिउँछन्।
परमेश्वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्।
२
परमेश्वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;
तिनीहरूले उहाँको जाँच र सिद्धता पाउँछन्।
पीडा र अप्ठ्यारोमा उहाँ तिनीहरूको साथमा हुनुहुँदा,
तिनीहरूले उहाँको प्रेम कति वास्तविक छ भनी चाख्छन्।
शैतानको प्रभावबाट उम्केर, तिनीहरू परमेश्वरसँग एउटै हृदय र मनका बन्छन्।
शोधनद्वारा, तिनीहरूको प्रेम अझ बढी शुद्ध बन्छ,
र तिनीहरूले सदा-सर्वदा परमेश्वरलाई उच्च पार्छन् र उहाँको गवाही दिन्छन्।
परमेश्वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;
तिनीहरू सुख-दुःखमा उहाँका बन्दोबस्तमा आफूलाई समर्पण गर्छन्।
तिनीहरू मृत्युसम्मै निष्ठापूर्वक परमेश्वरलाई पछ्याउँछन्
र आफ्नो पूरै जीवन उहाँमा समर्पित गर्छन्।
परमेश्वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्;
तिनीहरू हृदय र इमानदारीताका साथ उहाँको आराधना गर्छन्।
तिनीहरू उहाँका प्रियजन बन्छन्,
तिनीहरूले उहाँका प्रतिज्ञा र आशिष् प्राप्त गर्छन्।
परमेश्वरलाई प्रेम गर्नेहरू कति आनन्दित हुन्छन्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू