परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०८

26 जुन 2021

यदि मानिसहरू शैतानको प्रभावमा परे भने, तिनीहरूभित्र परमेश्‍वरप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूको पहिलेको दर्शन, प्रेम, र सङ्कल्प हराइसकेको हुन्छ। मानिसहरूले आफूले परमेश्‍वरको लागि कष्ट भोग्नुपर्छ भन्‍ने महसुस गर्थे, तर आज तिनीहरू त्यसो गर्नु लाजमर्दो कुरा हो भन्‍ने ठान्छन्, र तिनीहरूसित गुनासोहरूको कुनै कमी हुँदैन। यो शैतानको काम हो, मानिस शैतानको अधीनमा परेको छ भन्‍ने कुराको एउटा चिह्न हो। यदि यस्तो अवस्थाको सामना गरिस् भने, तैंले प्रार्थना गर्नैपर्छ, र सकेसम्म त्यसलाई समाधान गर्नुपर्छ—यसले तँलाई शैतानको आक्रमणबाट रक्षा गर्नेछ। यो तीतो शोधनको समयमा नै मानिस सबैभन्दा सजिलोसँग शैतानको प्रभावमा पर्न सक्छ, त्यसैले त्यस्तो शोधनको अवधिमा तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? तैँले आफ्‍नो हृदय परमेश्‍वरसामु राख्दै र तेरो अन्तिम समय उहाँमा समर्पण गर्दै आफ्‍नो इच्‍छालाई पुकार्नुपर्छ। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि तैँले परमेश्‍वरको इच्छा पूरा गर्नका लागि सत्यताको अभ्यास गर्न सक्नुपर्दछ र परमेश्‍वरलाई खोज्ने र बातचित गर्ने काम तँ आफैले गर्नुपर्छ। यस्ता समयमा, तँ जति धेरै निष्क्रिय बन्छस्, त्यति नै धेरै नकारात्मक बन्नेछस् र त्यति नै सहजै पछि हट्नेछस्। तैँले राम्ररी काम नगरे पनि जब तैँले आफ्नो काम गर्नुपर्ने हुन्छ, तैँले आफूले गर्न सक्‍नेजति गर्छस्, र परमेश्‍वरप्रतिको तेरो प्रेमबाहेक अरू केही प्रयोग नगरी त्यसो गर्न सक्छस्; अरूले जे भने पनि—तिनीहरूले तैँले राम्रो गरिस् वा नराम्रो गरिस् भनेर भने पनि—तेरा अभिप्रायहरू सही हुन्छन्, र तँ आत्म-धर्मी हुँदैनस्, किनकि तैँले परमेश्‍वरको तर्फबाट काम गरिरहेको हुन्छस्। जब अरूले तँलाई गलत अर्थ लगाउँछन्, तैँले परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भन्न सक्छस्: “हे परमेश्‍वर! अरूले मलाई सहून् वा राम्रो व्यवहार गरून् भनी म भन्दिनँ, न त तिनीहरूले मलाई बुझून् वा स्वीकार गरून् नै भन्छु। म केवल यति भन्छु, कि मैले आफ्नो हृदयमा तपाईंलाई प्रेम गर्न सकूँ, मैले मेरो हृदयमा आराम पाउन सकूँ, र मेरो अन्तस्करण शुद्ध होस्। म अरूले मेरो प्रशंसा गरून् वा मलाई उच्च सम्मान गरून् भनी भन्दिनँ; म केवल मेरो हृदयदेखि नै तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; म आफूले सक्दो गरेर आफ्नो भूमिका निर्वाह गर्छु, र म मूर्ख, अबुझ, कम क्षमताको र अन्धो भए पनि तपाईं प्रेमिलो हुनुहुन्छ भन्‍ने म जान्दछु, र म आफूसँग भएका सबै कुरा तपाईंमा समर्पण गर्न इच्छुक छु।” तैँले यस्तो प्रकारले प्रार्थना गर्नसाथ, परमेश्‍वरप्रतिको तेरो प्रेम देखा पर्दछ, र तैँले आफ्नो हृदयमा धेरै ढुक्क महसुस गर्छस्। परमेश्‍वरको प्रेम अभ्यास गर्नु भनेको यही हो। तैँले अनुभव गर्ने क्रममा, तँ दुई पटक असफल र एक पटक सफल हुनेछस्, वा पाँच पटक असफल र दुई पटक सफल हुनेछस्, र यसरी अनुभव गर्ने क्रममा तैँले असफलताबीच मात्र परमेश्‍वरको प्रेमिलोपनलाई देख्न सक्‍नेछस् र तँभित्र के कुराको कमी छ सो कुरा पत्ता लगाउन सक्छस्। जब तैँले अर्को पटक त्यस्ता परिस्थितिहरूको सामना गर्छस्, आफैलाई होसियार बनाउनुपर्छ, तेरा पाइलाहरूलाई धीमा बनाउनुपर्छ, र बारम्बार प्रार्थना गर्नुपर्छ। तैँले बिस्तारै यस्तो अवस्थामा विजय पाउने क्षमताको विकास गर्नेछस्। जब त्यस्तो हुन्छ, तेरा प्रार्थनाहरू प्रभावकारी भएका हुन्छन्। जब तँ यस पटक आफूलाई सफल भएको देख्छस्, तँ भित्री रूपमा खुसी हुनेछस्, र जब तैँले प्रार्थना गर्छस् तब परमेश्‍वरलाई महसुस गर्न सक्‍नेछस्, र पवित्र आत्माको उपस्थितिले तँलाई छोड्नुभएको हुनेछैन—तब मात्रै तैँले परमेश्‍वरले कसरी तँभित्र काम गर्नुहुन्छ सो जान्‍नेछस्। यसप्रकारको अभ्यासले तँलाई अनुभवको मार्ग दिनेछ। यदि तैंले सत्यता अभ्यास गरिनस् भने, तब तँभित्र पवित्र आत्माको उपस्थिति हुनेछैन। तर जब तैँले कुनै कुरालाई जस्ताको त्यस्तै सामना गर्दा सत्यता अभ्यास गरिस् भने, त्यसबेला त्यसले तँलाई भित्र चोट पुर्‍याए पनि, पछि पवित्र आत्मा तेरो साथमा हुनुहुनेछ, तैंले प्रार्थना गर्दा परमेश्‍वरको उपस्थितिलाई महसुस गर्न सक्नेछस्, तँसँग परमेश्‍वरका वचनहरू अभ्यास गर्ने शक्ति हुनेछ, र तेरा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग कुराकानी गर्दा, तेरो विवेकमा कुनै कुराको बोझ हुनेछैन र तैँले शान्ति महसुस गर्नेछस्, र यसरी तैँले आफूले गरेका कामहरूलाई प्रकाशमा ल्याउन सक्नेछस्। अरूले जेसुकै भने पनि, तैँले परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न सक्नेछस्, तँ अरूको करमा पर्नेछैनस्, सबै कुराभन्दा माथि उठ्नेछस्—र यसमा, तैंले गरेको परमेश्‍वरको वचनको अभ्यास प्रभावकारी भएको छ भनेर प्रदर्शन गर्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्