परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८५

20 अक्टोबर 2021

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को कदम गर्दै अझ माथि चढ्दै जान्छ। परमेश्‍वरले जुन कामद्वारा मानिसलाई सिद्ध पार्नुहुन्छ त्यो यस्तै हुन्छ। यदि मानिसहरूले कदममा कदम मिलाउन सकेनन् भने, तिनीहरू जुनसुकै बेला परित्याग हुन सक्छन्। यदि तिनीहरूसँग आज्ञाकारी हृदय छैन भने तिनीहरूले आखिरीसम्म पछ्याउन सक्‍नेछैनन्। अघिल्लो युग समाप्त भइसकेको छ: यो नयाँ युग हो। अनि नयाँ युगमा नयाँ काम गरिनुपर्छ। खासगरी मानिसहरूलाई सिद्ध पारिने अन्तिम युगमा, परमेश्‍वरले अझ नयाँ काम, अझ छिटोसँग गर्नुहुन्छ, त्यसैले मानिसहरूलाई तिनीहरूको हृदयमा आज्ञाकारीता नभईकन परमेश्‍वरका कदमहरू पछ्याउन मुस्किल पर्नेछ। परमेश्‍वर कुनै पनि नियमहरूमा बाँधिनुहुन्न, न त उहाँले उहाँको कामको कुनै चरणलाई नै अपरिवर्तनीय रूपमा लिनुहुन्छ। बरु, उहाँले गर्नुहुने काम सधैँ नै पहिलेभन्दा नयाँ अनि पहिलेभन्दा उच्‍च हुन्छ। हरेक चरणमा, उहाँको काम झन्-झन् व्यावहारिक बन्छ, अनि झन्-झन् मानिसको वास्तविक आवश्यकताहरू अनुरूप हुँदै जान्छ। त्यस्तो कामको अनुभव गरिसकेपछि मात्र मानिसहरूले आफ्नो स्वभावको अन्तिम रूपान्तरण प्राप्त गर्न सक्छन्। जीवन सम्‍बन्धी मानिसको ज्ञान झन्-झन् उच्च स्तरमा पुग्छ, त्यसै गरी, परमेश्‍वरको काम पनि झन्-झन् उच्च स्तरमा पुग्छ। यसरी मात्र मानिस सिद्ध हुन र परमेश्‍वरको प्रयोगको लागि योग्य बन्‍न सक्छ। एकतर्फ मानिसका धारणाहरूको प्रतिरोध गर्न र तिनलाई उल्ट्याउनको लागि अनि अर्कोतर्फ मानिसलाई अझ उच्चस्तरीय र अझै वास्तविक स्थितितर्फ डोर्‍याउँदै परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा उच्च क्षेत्रभित्र लैजानको लागि परमेश्‍वरले यसप्रकारले काम गर्नुहुन्छ ताकि आखिरमा परमेश्‍वरको इच्छा पूरा गर्न सकियोस्। जानाजान विरोध गर्ने अवज्ञाकारी प्रकृति भएका सबै व्यक्तिहरूलाई परमेश्‍वरको छिटोछरितो अनि क्रोधपूर्ण अग्रगामी कामको यो चरणद्वारा परित्याग गरिनेछ; इच्छा पूर्वक आज्ञापालन गर्ने अनि खुशीसाथ आफूलाई विनम्र तुल्याउने व्यक्तिहरू मात्रै मार्गको अन्त्यसम्म पुग्न सक्छन्। यस प्रकारको काममा, तिमीहरू सबैले कसरी समर्पित हुने र कसरी आफ्ना धारणाहरूलाई पन्छाउने सो कुरा सिक्नुपर्छ। तिमीहरूले चाल्‍ने हरेक कदममा तिमीहरू सतर्क हुनुपर्छ। यदि तिमीहरू लापर्बाही भयौ भने अवश्य पनि तिमीहरू पवित्र आत्माद्वारा धिक्कारिने व्यक्ति बन्नेछौ, परमेश्‍वरको कामलाई भङ्ग गर्ने व्यक्ति। कामको यो चरणबाट भएर जानुभन्दा पहिले, मानिसका पुरानो नियम र कानुनहरू यति धेरै थिए कि ऊ बहकिएर गयो, अनि त्यसैको फलस्वरूप ऊ अभिमानी बन्यो र आफूले आफैलाई बिर्सियो। यी सबै कुराहरू मानिसलाई परमेश्‍वरको कामलाई स्वीकार गर्नबाट रोक्‍ने वाधाहरू हुन्; यी कुराहरू परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानका शत्रुहरू हुन्। आफ्नो हृदयमा आज्ञाकारीता पनि नहुनु अनि सत्यताको चाहना पनि नहुनु भनेको मानिसहरूको लागि खतरनाक कुरा हो। यदि तँ सरल काम र वचनहरूमा मात्र समर्पित हुन्छस् अनि कुनै पनि गहन कुराहरू स्वीकार गर्न असक्षम छस् भने, तँ त्यो व्यक्ति होस् जो पुराना तौरतरिकाहरूमा अल्झिन्छ र जो पवित्र आत्माको कामको गतिमा हिँड्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

अन्त्यसम्म पछ्याउन पवित्र आत्माको कामको पालन गर

पद १

पवित्र आत्माको काम दैनिक परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि उठ्छ, भोलिको प्रकाश, आजको भन्दा अझ माथि हुन्छ, एकपछि अर्को कदम गर्दै झन् झन् माथि चढ्छ। यसरी नै उहाँले मानिसलाई सिद्ध पार्नुहुन्छ।

पूर्व कोरस १

मानिसले कदममा कदम मिलाउन नसकेमा उनीहरू हटाइनेछन्। आज्ञापालन गर्ने हृदय नभएमा, अन्तिमसम्म पछ्याउन मुश्किल पर्नेछ।

कोरस १

अघिल्लो युग समाप्त भइसकेको छ; यो नयाँ युग हो। नयाँ युगमा नयाँ काम गरिनुपर्छ। खासगरी मानिसहरूलाई सिद्ध बनाइने अन्तिम युगमा, परमेश्‍वरले नयाँ काम, झन् छिटो गर्नुहुनेछ, त्यसैले हृदयमा अनाज्ञाकारीता भए, मानिसलाई उहाँको पाइला पछ्याउन गाह्रो हुनेछ।

पद २

परमेश्‍वर कुनैपनि नियममा बाँधिनु हुन्न, न त उहाँ आफ्नो कामको कुनै चरणलाई अपरिवर्तनीय मान्नुहुन्छ। बरु, उहाँको काम झन् झन् नयाँ र उच्च हुन्छ। बरु, उहाँको काम झन् झन् नयाँ र उच्च हुन्छ।

पूर्व कोरस २

हरेक चरणमा उहाँको काम झन् झन् व्यावहारिक र मानिसको वास्तविक आवश्यकता अनुरूप हुन्छ। यस्तो कामको अनुभूतिपछि मात्र मानिसहरू आफ्नो स्वभावको अन्तिम रूपान्तरण पाउँछन्।

कोरस २

मानिसको जीवन ज्ञान झन् उँचाइमा पुग्छ, त्यसैगरि परमेश्‍वरको काम पनि झन् उँचाइमा पुग्छ। यसरी मात्र मानिसलाई सिद्ध पार्न सकिन्छ र परमेश्‍वरको प्रयोगलायक बन्नसक्छ।

पद ३

परमेश्‍वरले एकातिर मानिसको धारणाहरू उल्टाइदिनुहुन्छ, र अर्कोतिर मानिसलाई झन् उच्च र वास्तविक स्थितिमा पुर्याउनुहुन्छ, उहाँमाथिको विश्‍वासको उच्चतम क्षेत्रमा डोर्याउनु हुन्छ, ताकि अन्त्यमा, उहाँको इच्छा पूरा गर्न सकियोस्।

कोरस ३

अनाज्ञाकारी प्रकृतिका, जो जानाजान विरोध गर्छन् द्रुत र उग्र गतिले अगाडि बढिरहेको कामको यस चरणद्वारा हटाइनेछन्; केवल ती जो स्वेच्छाले आज्ञापालन गर्छन् र विनम्र हुन्छन् मार्गको अन्त्यसम्म पुग्न सक्छन्। मार्गको अन्त्यसम्म पुग्न सक्छन्। मार्गको अन्त्यसम्म पुग्न सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्