“परमेश्वरमाथिको तपाईंको विश्वासमा तपाईंले परमेश्वरको आज्ञापालन गर्नैपर्छ” | अंश ४८४

“परमेश्वरमाथिको तपाईंको विश्वासमा तपाईंले परमेश्वरको आज्ञापालन गर्नैपर्छ” | अंश ४८४

0 |16 सेप्टेम्बर 2020

यदि तपाईं परमेश्वरबाटको नयाँ ज्योति स्वीकार गर्न सक्नुहुन्न, र परमेश्वरले आज गर्नुहुने सबै कार्यलाई बुझ्न सक्नुहुन्न र तपाईं यसलाई खोजी गर्नुहुन्न, वा यसलाई तपाईं शङ्का गर्नुहुन्छ, यसको न्याय गर्नुहुन्छ, वा यसलाई जाँच र विश्लेषण गर्नुहुन्छ भने, परमेश्वरको आज्ञापालन गर्ने मन तपाईंसँग छैन। यहाँ र अहिलेको ज्योति प्रकट हुँदा, तपाईंले हिजोको ज्योतिलाई मात्र बहुमूल्य ठानिराख्नुहुन्छ र परमेश्वरको नयाँ कार्यलाई विरोध गर्नुहुन्छ भने, तपाईं मूर्खभन्दा बढी केही हुनुहुन्न—तपाईं जानीजानी परमेश्वरलाई विरोध गर्ने व्यक्ति हुनुहुन्छ। परमेश्वरको आज्ञाकारी हुने कार्यको चावीचाहिँ नयाँ ज्योतिप्रति कृतज्ञ हुनु, र यसलाई स्वीकार गर्नसक्नु र यसलाई व्यवहारमा लागू गर्न सक्नु हो। यही नै साँचो आज्ञाकारिता हो। परमेश्वरप्रति तृषित नहुनेहरू नै उद्देश्यका साथ उहाँमा समर्पित हुन नसक्ने मानिसहरू हुन्, र आफ्ना यथास्थितिमा सन्तुष्ट भएको फलस्वरूप तिनीहरूले परमेश्वरको विरोध मात्र गर्न सक्छन्। त्यस मानिसहरूले परमेश्वरको आज्ञालाई पालन गर्न नसक्नुको कारण के हो भने, ऊ पहिले आएको कुराको बन्धनमा बाँधिएको हुन्छ। पहिले आएका कुराहरूले मानिसहरूलाई परमेश्वरका बारेमा अनेक किसिमका धारणाहरू र अनुमानहरू प्रदान गरेका छन्, र तिनीहरूका मनमा यी कुराहरू परमेश्वरको स्वरूप बनेको छ। यसरी, तिनीहरूले विश्वास गर्ने कुराहरू आफ्नै धारणाहरू र तिनीहरूका आफ्नै कल्पनाका मापदण्डहरू हुन्। यदि तपाईंले आज वास्तविक काम गर्नुहुने परमेश्वरलाई तपाईंको कल्पनाको परमेश्वरसँग तुलान गर्नुहुन्छ भने, तपाईंको विश्वास शैतानबाट आउँछ, र तपाईंका आफ्नै प्राथमिकताहरूद्वारा दूषित पारिएको हुन्छ, परमेश्वरले यस किसिमको विश्वास चाहनुहुन्न। तिनीहरूका योग्यताहरू जति नै उच्च भए पनि, र तिनीहरू समर्पित नै भएपनि—तिनीहरूले उहाँका काममा पूरै जीवनका प्रयासहरू समर्पण गरेका भएपनि, तिनीहरूले आफैलाई शहीद तुल्याएका भएपनि—यस किसिमको विश्वास भएको कुनै पनि व्यक्तिलाई परमेश्वरले स्वीकार गर्नुहुन्न। उहाँले तिनीहरूमाथि थोरै अनुग्रह मात्र दिनुहुन्छ र केही समयका लागि यसको आनन्द लिन दिनुहुन्छ। यस किसिमका व्यक्तिहरू सत्यतालाई व्यवहारमा लागू गर्न असक्षम हुन्छन्। पवित्र आत्माले तिनीहरूभित्र काम गर्नुहुन्न, र परमेश्वरले तिनीहरू प्रत्येकलाई हटाउनुहुनेछ। जवान र वृद्ध जो भए पनि, आफ्नो विश्वासमा परमेश्वरको आज्ञापालन नगर्ने र गलत अभिप्राय बोकेर हिँड्ने मानिसहरू विरोध गर्ने र बाधा दिने मानिसहरू हुन् र त्यस्ता मानिसहरूलाई परमेश्वरले हटाउनुहुनेछ भन्नेमा कुनै प्रश्न छैन। जो परमेश्वरप्रति अलिकति पनि आज्ञाकारी छैनन्, जसले उहाँको नामलाई त्यतिकै स्वीकार गर्छन्, र परमेश्वरको दया र प्रेमको बारेमा केही जानेका हुन्छन्, र पनि पवित्र आत्माका कदमहरूलाई पछ्याउँदैनन्, र पवित्र आत्माका वर्तमान कार्य र वचनहरूलाई पालना गर्दैनन् भने—यस्ता मानिसहरू परमेश्वरको अनुग्रहले मात्र बाँचेका हुन्छन्, र तिनीहरूलाई उहाँले लिनुहुनेछैन वा सिद्ध पार्नुहुनेछैन। परमेश्वरले मानिसहरूका आज्ञाकारिताद्वारा, परमेश्वरको वचनलाई खाने, पिउने र यसमा आनन्द मनाउने, र तिनीहरूका कार्यद्वारा, र तिनीहरूका जीवनमा आउने दुःख र शोधनद्वारा परमेश्वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्छ। यस किसिमको विश्वासद्वारा मात्र मानिसहरूका भित्री स्वभाव परिवर्तन हुनेछ, र त्यसपछि मात्र तिनीहरूले परमेश्वरको साँचो ज्ञान प्राप्त गर्नेछन्। परमेश्वरको अनुग्रहामा बाँचेर मात्र सन्तुष्ट नभई, सक्रिय रूपमा सत्यतालाई चाहने र खोज्ने, र परमेश्वरद्वारा केही कुरा प्राप्तिका लागि खोजी गर्ने—सचेत भएर परमेश्वरको आज्ञा पालन गर्नु भनेको यही नै हो र उहाँले चाहनुहुने विश्वास पनि यही नै हो। परमेश्वरको अनुग्रहमा आनन्द गर्ने बाहेक अरू केही कुरा नगर्ने व्यक्तिहरूलाई सिद्ध पार्न वा परिवर्तन गर्न सकिँदैन। अनि तिनीहरूका आज्ञाकारिता, भक्ति, प्रेम, र धैर्यता सबै सतही मात्र हुन्। परमेश्वरको अनुग्रहमा मात्र रमाउनेहरूले परमेश्वरलाई साँचो रूपमा चिन्न सक्दैनन्, अनि तिनीहरूले परमेश्वरलाई चिने भने पनि, तिनीहरूको ज्ञान सतही हुन्छ, र “परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,” वा “परमेश्वर मानिहरूप्रति करुणामय हुनुहुन्छ” भन्ने जस्ता कुराहरू तिनीहरू गर्छन्। यसले मानिसको जीवनलाई प्रतिनिधित्व गर्दैन, र मानिसहरूले साँच्चै परमेश्वरलाई चिनेका छन् भन्ने कुरालाई पनि देखाउँदैन। जब परमेश्वरको वचनले तिनीहरूलाई शोधन गर्छ, वा उहाँका जाँचहरू तिनीहरूमाथि आउँछन्, मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न सक्दैनन्—बरू, तिनीहरू शङ्कालु हुन्छन्, र पतन हुन्छन्—तब तिनीहरू अलिकति पनि आज्ञाकारी भएका हुँदैनन्। तिनीहरूभित्र, परमेश्वरमा राखिएको विश्वास सम्बन्धी धेरै नियमहरू र प्रतिबन्धहरू, धेरै वर्षको विश्वासका नतिजास्वरूप आएका पुराना अनुभवहरू, वा बाइबलमा आधारित विभिन्न सिद्धान्तहरू हुन्छन्। के यस किसिमका मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्नसक्छन्? यी मानिसहरू मानवीय कुराहरूले भरिएका हुन्छन्—तिनीहरूले कसरी परमेश्वरको आज्ञा पालन गर्नसक्छन्? तिनीहरूका “आज्ञाकारिता” व्यक्तिगत प्राथमिकता अनुसार हुन्छन्—के परमेश्वरले यस किसिमको आज्ञाकारिता चाहनुहुन्छ? यो परमेश्वरमा भएको आज्ञाकारिता होइन, तर सिद्धान्तप्रतिको भक्ति हो। यो आत्म-सन्तुष्टि र आत्म-कृतज्ञता हो। यदि यो परमेश्वरप्रति गरिएको आज्ञाकारिता हो भनी तपाईंले भन्नुहुन्छ भने, के तपाईंले उहाँको निन्दा गर्नुभएको हुँदैन र? तपाईं मिश्री फारोजस्तो हुनुभयो। तपाईंले दुष्ट काम गरिरहनुभएको छ, र तपाईंले विशेषगरी आफैलाई परमेश्वरको विरोध गर्ने काममा लगाउनुभएको छ—के तपाईंले परमेश्वरलाई यसरी नै सेवा गर्नुभएको उहाँले चाहनुहुन्छ? तपाईंले तुरून्तै पश्चाताप गरेर केही स्वचेतना प्राप्त गर्ने प्रयास गर्नु नै राम्रो हुन्छ। यसमा तपाईं असफल हुनुभयो भने, तपाईं टाढा जानु नै असल हुन्छ; परमेश्वरप्रतिको तपाईंको सेवा सम्बन्धी झूटो घोषणाले भन्दा त्यसले तपाईंलाई बढी फाइदा गर्नेछ। तपाईं बाधा र अवरोध बन्नुहुनेछैन; तपाईंलाई आफ्नो स्थान थाहा हुन्छ, र त्यहाँ राम्रोसँग जिउनुहुन्छ—के त्यो तपाईंका लागि अझै असल हुँदैन र? परमेश्वरको विरोध गरेकोमा तपाईंले दण्ड पनि पाउनुहुनेछैन!

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप देखाउनुहोस्

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्