“परमेश्वरमाथिको तपाईंको विश्वासमा तपाईंले परमेश्वरको आज्ञापालन गर्नैपर्छ” | अंश ४८३

“परमेश्वरमाथिको तपाईंको विश्वासमा तपाईंले परमेश्वरको आज्ञापालन गर्नैपर्छ” | अंश ४८३

0 |16 सेप्टेम्बर 2020

तपाईंले किन परमेश्वरमा विश्वास गर्नुहुन्छ? धेरै व्यक्तिहरू यस प्रश्नद्वारा अलमलमा पर्छन्। व्यावहारिक परमेश्वर र स्वर्गमा हुनुहुने परमेश्वरका बारेमा तिनीहरूमा सधैँभरि दुईवटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोणहरू छन्, जसले के देखाउँछ भने तिनीहरूले परमेश्वरको आज्ञापालन गर्नका लागि होइन, तर अरू केही फाइदाहरू पाउन, वा विपत्तिले ल्याउने कष्टबाट बच्नका लागि तिनीहरूले उहाँमा विश्वास गरेका हुन्छन्। त्यसपछि मात्र तिनीहरू केही हदसम्म आज्ञाकारी भएका हुन्छन्। तिनीहरूको आज्ञाकारिता सर्तसहितको हुन्छ। यो तिनीहरूका आफ्नै व्यक्तिगत अपेक्षाहरूका खातिर गरिएको हुन्छ, र यो जबरजस्ती गरिएको आज्ञापालन मात्रै हुन्छ। यसैले, आखिर तपाईं किन परमेश्वरमा विश्वास गर्नुहुन्छ? यदि यो तपाईंका अपेक्षाहरू र भवितव्यको खातिर मात्र हो भने, तपाईंले विश्वास नै नगर्नुभएको भए अझ असल हुन्थ्यो। यस किसिमको विश्वासचाहिँ आफैलाई धोका दिने, आफैलाई दृढ पार्ने, र आफैलाई बढाइचढाइ गर्ने कुरा हो। यदि तपाईंको विश्वास परमेश्वरमाथिको आज्ञाकारितामा निर्माण भएको छैन भने, तपाईंले उहाँको विरोध गर्नुभएकोमा अन्त्यमा तपाईंलाई दण्ड दिइनेछ। आफ्ना विश्वासमा परमेश्वरमा आज्ञाकारी हुन नखोज्नेहरूले उहाँको विरोध गरेका हुन्छन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँका वचनमा तिर्खाउन्, उहाँका वचनलाई खाऊन् र पिऊन्, र त्यसलाई व्यवहारमा प्रयोग गरून् भनी परमेश्वर चाहनुहुन्छ, यसरी तिनीहरूले परमेश्वरप्रतिको आज्ञाकारितालाई प्राप्त गर्न सक्नेछन्। यदि तपाईंका सच्चा अभिप्रायहरू यी नै हुन् भने, अवश्य पनि परमेश्वरले तपाईंलाई माथि उठाउनुहुनेछ, र अवश्य पनि तपाईंप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तपाईं परमेश्वरको आज्ञा पालन नगर्ने अभिप्राय राख्नुहुन्छ, अनि तपाईंका लक्ष्यहरू अरू नै छन् भने, तपाईंले भनेका र गरेका सबै कुराहरू-परमेश्वरको सामु गरेका प्रार्थनाहरू, र तपाईंको प्रत्येक कार्य समेत—उहाँका विरोधमा हुनेछन्। सायद तपाईं नम्र भएर बोल्ने र सहज व्यवहार गर्ने व्यक्ति हुनुहुन्छ होला, तपाईंको प्रत्येक कार्य र अभिव्यक्ति उचित देखिन सक्छ होला, अनि आज्ञा पालन गर्ने व्यक्तिजस्तो देखिनुहुन्छ होला, तर जब परमेश्वरमाथिको तपाईंको विश्वासका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछन्, तब तपाईंले गर्नुभएका ती सबै कुराहरू परमेश्वरका विरोधमा हुन्छन्। तपाईंले गर्नुभएका सबै कुराहरू दुःष्ट हुन्छन्। भेडाजस्तै आज्ञाकारी देखिने, तर जसका ह्रदयमा भने दुष्ट उद्देश्यहरू बोकेर हिँड्ने, मानिसहरू भेडाका भेषमा देखिने ब्याँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्वरलाई चिढ्याउँछन्, र परमश्वरले तिनीहरू मध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई प्रकाश गर्नुहुनेछ र ढोँङ्गीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले घृणा गर्नुहुनेछ र अस्वीकार गर्नुहुनेछ भन्ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्नुहोस्: परमेश्वरले तिनीहरू प्रत्येकबाट लेखा लिनुहुनेछ र तिनीहरू प्रत्येकलाई त्याग्नुहुनेछ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप देखाउनुहोस्

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्