परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८०

25 फेब्रुअरी 2022

कतिपय मानिसहरूले भन्छन्, “पावलले निकै धेरै मात्रामा काम गरे, र मण्डलीहरूका लागि उनले निकै ठूलो भार थामे र तिनीहरूका निम्ति धेरै योगदान दिए। २,००० वर्षको अनुग्रहको युगमा पावलका तेह्र वटा पत्रहरूलाई समर्थन गरियो, र तिनलाई चार वटा सुसमाचारपछि दोस्रोमा गनिन्छ। कसलाई तिनीसित तुलना गर्न सक्छ? यूहन्‍नाको प्रकाशको पुस्तकलाई कसैले पनि अर्थ्याउन सक्दैन, जबकी पावलका पत्रहरूले जीवन प्रदान गर्छन्, र तिनले गरेको काम मण्डलीहरूका लागि लाभदायक थियो। अरू कसले यस्ता कुराहरू हासिल गर्न सक्थ्यो र? अनि पत्रुसले के काम गर्‍यो र?” जब मानिसले अरूको लेखा-जोखा गर्छ, उसले तिनीहरूको योगदानअनुसार नै त्यसो गर्छ। जब परमेश्‍वरले मानिसको लेखा-जोखा गर्नुहुन्छ, उहाँले मानिसको प्रकृतिअनुसार त्यसो गर्नुहुन्छ। जीवनको खोजी गर्नेहरूमध्ये, पावल त्यो व्यक्ति थिए जसलाई आफ्‍नै सार थाहा थिएन। तिनी कुनै पनि हालतमा नम्र वा आज्ञाकारी थिएनन्, न त तिनलाई परमेश्‍वरको विरोधमा रहेको उसको सारबारे नै थाहा थियो। त्यसकारण तिनी विस्तृत अनुभवहरूबाट गुज्रेर नगएका व्यक्ति, र सत्यतालाई अभ्यास नगरेका व्यक्ति थिए। पत्रुस फरक थिए। तिनलाई आफ्‍ना असिद्धताहरू, कमजोरीहरू, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो भ्रष्ट स्वभावको बारेमा थाहा थियो, र त्यसकारण उनमा आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि अभ्यासको मार्ग थियो; तिनी धर्मसिद्धान्त मात्रै भएका तर कुनै वास्तविकता नभएकाहरूमध्ये एक थिएनन्। परिवर्तन हुनेहरू मुक्ति पाएका नयाँ मानिसहरू हुन्, तिनीहरू सत्यताको खोजी गर्नको लागि सुयोग्य मानिसहरू हुन्। परिवर्तन नहुने मानिसहरू स्वभाविक रूपमै थोत्रा मानिसहरू हुन्; तिनीहरू मुक्ति नपाएका, अर्थात् परमेश्‍वरले तिरस्कार र इन्कार गर्नुहुने मानिसहरू हुन्। तिनीहरूको काम जति नै ठूलो भए तापनि तिनीहरूलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछैन। जब तँ यसलाई तेरो आफ्‍नै खोजीसँग तुलना गर्छस्, तब तँ आखिरमा पत्रुस जस्तो व्यक्ति हो कि पावल जस्तो व्यक्ति होस् त्यो आफै स्पष्ट हुन्छ। तैँले जे खोजी गर्छस् त्यसमा अझै कुनै सत्यता छैन भने, र आज समेत तँ पावलजस्तै अहङ्कारी र अटेरी छस्, र तिनीजस्तै अझै पनि गफ हाँक्ने र घमण्डी छस् भने, तँ असफल हुने अपभ्रष्ट व्यक्ति होस् भन्‍नेमा कुनै शङ्‍का छैन। यदि तँ पत्रुसले खोजी गरेकै कुरा खोज्छस्, यदि तँ अभ्यासहरू र साँचो परिवर्तनहरूको खोजी गर्छस्, अनि तँ अहङ्कारी वा मनोमानी गर्ने छैनस्, तर तैँले आफ्‍नो कर्तव्य पूरा गर्छस् भने, तँ परमेश्‍वरको विजय हासिल गर्न सक्‍ने सृष्टि बन्‍नेछस्। उसको आफ्‍नो सार वा भ्रष्टताको बारेमा पावललाई थाहा थिएन, तिनलाई आफ्‍नै अनाज्ञाकारीताको बारेमा थाहा हुने कुरा त परै जाओस्। ख्रीष्‍टप्रतिको तिनको घृणित अनाज्ञाकारितालाई तिनले कहिल्यै उल्‍लेख गरेनन्, न त तिनी अत्यन्तै अपसोसी नै थिए। तिनले छोटो स्पष्टीकरण मात्रै दिए र, आफ्‍नो हृदयको अन्तस्करणमा, तिनी परमेश्‍वरमा पूर्ण रूपमा समर्पित भएनन्। तिनी दमस्कसको बाटोमा लडेको भए तापनि, तिनले आफैभित्रको गहिराइमा हेरेनन्। तिनी निरन्तर काम गरिरहनमा नै सन्तुष्ट थिए, र तिनले आफैलाई चिन्‍नु र आफ्‍नो पुरानो स्वभावलाई परिवर्तन गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण समस्याको रूपमा लिएनन्। तिनी सत्यता बोल्‍नुमा, उसको आफ्‍नो विवेकको मलमको रूपमा अरूको लागि जुटाउनुमा, र आफ्‍नो विगतको पापहरूको लागि आफैलाई सान्त्वना दिन र आफैलाई क्षमा दिन येशूका चेलाहरूलाई त्यस उप्रान्त नसताउनुमा मात्रै सन्तुष्ट थिए। तिनले पछ्याएको उद्देश्य भविष्यको मुकुट र परिवर्तनात्मक कार्यभन्दा बढी केही पनि थिएन, उनले पछ्याएको उद्देश्य प्रशस्‍त अनुग्रह थियो। तिनले पर्‍याप्त सत्यतालाई खोजी गरेनन्, न त तिनी पहिले तिनले नबुझेको सत्यतामा अझै गहन रूपमा अघि बढ्न नै खोजे? त्यसकारण आफ्‍नो बारेमा रहेको तिनको ज्ञानलाई झूट भनेर भन्‍न सकिन्छ, र तिनले सजाय वा न्यायलाई स्वीकार गरेनन्। तिनले काम गर्न सके भन्दैमा तिनलाई आफ्‍नो प्रकृति वा सारको ज्ञान थियो भन्‍ने होइन; तिनको ध्यान भनेको बाहिरी अभ्यासहरूमा मात्रै केन्द्रित थियो। यसको साथै, तिनी जेको लागि मरिमेट्थे त्यो परिवर्तन होइन, तर ज्ञान थियो। तिनको काम पूर्ण रूपमा दमस्कसको बाटोमा येशू देखा पर्नुभएको घटनाको परिणाम थियो। यो तिनले मूल रूपमा गर्ने भनी अठोट गरेको कुरा थिएन, न त उसको पुरानो स्वभावलाई काट-छाँट गर्ने कार्यलाई तिनले स्वीकार गरिसकेपछि गरिएको कार्य नै थियो। तिनले जसरी काम गरेको भए तापनि, तिनको पुरानो स्वभाव परिवर्तन भएन, र त्यसकारण तिनको कार्यले तिनलाई तिनको पापहरूबाट प्रायश्‍चित गरेन तर त्यो समयका निश्‍चित मण्डलीहरूका बीचमा निश्‍चित भूमिका मात्रै निर्वाह गर्‍यो। यस्तो कुनै व्यक्ति, जसको पुरानो स्वभाव परिवर्तन भएन—भन्‍नुको अर्थ, तिनले मुक्ति प्राप्त गरेनन्, र तिनमा सत्यताको अझै कमी थियो—तिनी प्रभु येशूले स्वीकार गरेकाहरूमध्ये एक बन्‍न सक्दैन थिए। तिनी येशू ख्रीष्‍टप्रतिको प्रेम र श्रद्धाले भरिएको व्यक्ति थिएनन्, न त तिनी सत्यताको खोजी गर्नमा सिपालु व्यक्ति नै थिए, तिनी देहधारणको रहस्यलाई खोज्‍ने व्यक्ति थिए भन्‍ने त कुरै नगरौं। तिनी त्यो व्यक्ति मात्रै थिए जो दर्शनवादमा निपुर्ण थिए, र जो तिनीभन्दा उच्‍च वा सत्यता भएका कसैप्रति पनि समर्पित नहुने व्यक्ति थिए। उनको विपरीत रहेका वा उनीप्रति शत्रुवत रहेका मानिसहरू वा सत्यताहरूप्रति तिनी डाहा गर्थे, यसरी तिनले महान् छवि प्रस्तुत गर्ने र गहन ज्ञान भएका वरदान प्राप्त मानिसहरूलाई रुचाउथे। साँचो मार्गको खोजी गर्ने र सत्यता बाहेक केही कुराको चासो नगर्ने गरिब मानिसहरूसँग कुराकानी गर्न तिनलाई मन पर्दैन थियो, र बरु धर्मसिद्धान्तहरूको बारेमा मात्रै कुरा गर्ने र प्रशस्‍त ज्ञान भएका धार्मिक संस्थाका माथिल्‍ला पदका धार्मिक व्यक्तिहरूसँग आफैलाई उठबस गराउँथे। पवित्र आत्माको नयाँ कार्यप्रति तिनीसँग कुनै प्रेम थिएन र पवित्र आत्माको नयाँ कार्यको अभियानको उनलाई चासो थिएन। बरु, आधारभूत सत्यताहरूभन्दा माथि रहेका नियम र धर्मसिद्धान्तहरूलाई नै तिनी मन पराउँथे। तिनको जन्मजात सार र तिनले जे कुराको खोजी गरे त्यसको सम्पूर्णतामा, तिनलाई सत्यताको खोजी गर्ने इसाई भनेर भन्‍नु योग्य छैन, परमेश्‍वरको घरको विश्‍वासयोग्य सेवक भनेर भन्‍ने कुरा त परै जाओस्, किनभने तिनको ढोङ्गीपन अत्यन्तै धेरै थियो, र तिनको अनाज्ञाकारीता अत्यन्तै ठूलो थियो। तिनी प्रभु येशूको सेवकको रूपमा चिनिए तापनि, तिनी स्वर्गको राज्यको द्वारमा प्रवेश गर्न योग्य थिएनन्, किनभने सुरुदेखि अन्त्यसम्‍मका तिनका कार्यहरूलाई धर्मी भनेर भन्‍न सकिँदैन। तिनलाई पाखण्डी, र अधर्म गर्ने, तैपनि ख्रीष्टको लागि काम गर्ने व्यक्तिको रूपमा मात्रै हेर्न सकिन्छ। तिनलाई दुष्ट भनेर भन्‍न नसकिए तापनि, तिनलाई अधर्म गर्ने मानिस भनेर उपयुक्त रूपमै भन्‍न सकिन्छ। तिनले धेरै काम गरे, तैपनि तिनलाई तिनले गरेको कामको मात्राको आधारमा होइन, तर त्यसको गुणस्तर र सारको आधारमा मात्रै मूल्याङ्कन गरिनुपर्छ। यसरी मात्रै यस विषयको पिँधमा पुग्‍न सम्‍भव हुन्छ। तिनले सधैँ यो विश्‍वास गरे: “म काम गर्न सक्षम छु; म धेरैजसो मानिसहरूभन्दा उत्तम छु; मैले प्रभुको बोझलाई जति बुझ्‍न सक्छु त्यति कसैले पनि बुझ्‍न सक्दैन, र मैले जत्तिको गहन रूपमा कसैले पनि पश्‍चात्ताप गर्दैन, किनभने मलाई ठूलो ज्योति ममाथि चम्किएको छ, र मैले ठूलो ज्योति देखेको छु, र त्यसकारण मेरो पश्‍चात्ताप अरू कसैको भन्दा गहन छ।” त्यो बेला, उनले आफ्‍नो हृदयमा यही सोचे। आफ्‍नो कामको अन्त्यतिर, पावलले भने: “मैले लडाइ लडेको छु, मैले मेरो दौड सिध्याएको छु, र मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।” तिनको लडाइ, काम, र यात्रा पूर्ण रूपमा धार्मिकताको मुकुटकै खातिर थियो, र तिनी सक्रिय रूपमा अघि बढेनन्। आफ्‍नो काममा तिनी लापरवाही नरहेको भए तापनि, आफ्‍ना गल्तीहरूलाई पूर्ति गर्न, उसका विवेकका दोषहरूलाई पूर्ति गर्नको लागि मात्रै उनले काम गरेका थिए भनेर भन्‍न सकिन्छ। तिनले आफूले तृष्णा गरेको तिनको धार्मिकताको मुकुटलाई चाँडोभन्दा चाँडो प्राप्त गर्न सकूँ भनेर जतिसक्दो चाँडो आफ्‍नो काम पूरा गर्ने, आफ्‍नो दौड पूरा गर्ने, र लडाइ लड्ने आशा मात्रै गरेका थिए। तिनले आफ्‍ना अनुभवहरू र साँचो ज्ञानद्वारा प्रभु येशूलाई भेट्ने होइन, तर तिनको कामले तिनको लागि कमाएका इनामहरू प्रभु येशूलाई भेट्ने बित्तिकै प्राप्त गर्नको लागि जति सक्दो चाँडो आफ्‍नो काम समाप्त गर्ने तृष्णा गरे। तिनले आफैलाई सान्त्वना दिन, र आफ्‍नो भविष्यको मुकुटको साटो सम्झौता गर्नको लागि आफ्‍नो कामको प्रयोग गरे। तिनले सत्यता वा परमेश्‍वरलाई होइन, तर मुकुटलाई मात्रै खोजे। त्यस्तो खोजी कसरी मापदण्डको स्तरमा पुग्‍न सक्छ? तिनको उत्प्रेरणा, तिनको कार्य, तिनले चुकाएको मूल्य, र तिनका सबै प्रयासहरू—ती सबै नै तिनका सुन्दर कल्‍पनाहरूले व्याप्त थिए, र तिनले पूर्ण रूपमा आफ्‍नै चाहनाहरू अनुसार काम गरे। तिनको कामको सम्पूर्णतामा, तिनले चुकाएको मूल्यमा अलिकति पनि तत्परता थिएन; तिनी सम्झौता गर्ने कार्यमा मात्रै संलग्‍न भएका थिए। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि मात्रै तिनले स्वेच्‍छाले प्रयासहरू गरेका थिएनन्, तर सम्झौताको उद्देश्यलाई हासिल गर्नको लागि मात्रै स्वेच्‍छाले ती गरेका थिए। के त्यस्ता प्रयासहरूको कुनै मूल्य छ र? तिनका अशुद्ध प्रयासहरूलाई कसले तारिफ गर्ने थियो र? त्यस्ता प्रयासहरूप्रति कसैसँग कुनै चासो छ र? तिनको काम भविष्यका सपनाहरूले भरिपूर्ण थिए, सुन्दर योजनाले भरिपूर्ण थिए, र मानव स्वभावलाई परिवर्तन गर्ने कुनै मार्ग समावेश थिएन। तिनका धेरैजसो उपकारहरू बहाना मात्रै थिए; तिनको कार्यले जीवन प्रदान गरेन, तर त्यो देखावटी शिष्टाचार मात्रै थियो; यो सम्झौता गर्ने कार्य मात्रै थियो। यस्तो कार्यले मानिसलाई कसरी आफ्‍नो मूल कर्तव्य पुनःप्राप्ति गर्ने मार्गमा डोर्याउन सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्