परमेश्‍वरका दैनिक वचनहरू | “सामान्य स्थितिमा कसरी प्रवेश गर्ने” | अंश ४१२

परमेश्‍वरका दैनिक वचनहरू | “सामान्य स्थितिमा कसरी प्रवेश गर्ने” | अंश ४१२

0 |16 सेप्टेम्बर 2020

मानिसहरूले परमेश्वरका वचन जति धेरै ग्रहण गर्दछन्, उनीहरू त्यति नै धेरै प्रबुद्ध हुन्छन् र परमेश्वरलाई चिन्ने आफ्ना खोजमा तिनीहरू त्यति नै धेरै भोकाउँछन् र तिर्खाउँछन्। परमेश्वरका वचन आत्मसात गर्नेहरू मात्र प्रचुर र धेरै गहन अनुभवहरू प्राप्त गर्न योग्यका हुन्छन्, र केवल त्यस्ताहरूका जीवन मात्र तिलका फूल झैं निरन्तर फक्रिँदै जान सक्छन्। जीवनको पछि लाग्ने सबैले यसलाई आफ्नो पूर्णकालीन कामका रूपमा लिनुपर्दछ; उनीहरूले “परमेश्वरविना, म जिउन सक्दिनँ; परमेश्वरविना, म कुनै काम गर्न सक्दिनँ; परमेश्वरविना, सबैथोक शून्य छन्” भन्ने अनुभूति गर्नुपर्दछ। यसकारण, तिनीहरूले यो पनि संकल्प गर्नुपर्दछ कि “पवित्र आत्माको उपस्थितिविना, म केही गर्नेछैन, यदि परमेश्वरका वचनहरू पढ्दा कुनै प्रभाव परेन भने, तब म कुनै पनि कुरा गर्न उदासिन हुन्छु”। तपाईले आफैलाई लिप्त नबनाउनुहोस्। जीवनसम्बन्धी अनुभवहरू परमेश्वरले प्रदान गर्नुभएको ज्ञान र मार्गदर्शनबाट आउँछन् र तिनीहरू तपाईहरूका व्यक्तिपरक प्रयत्नहरूमा छर्लङ देखिने हुन्छन्। तपाईहरूले आफ्ना लागि के माग गर्नुपर्दछ भने, “जब जीवनका अनुभवको कुरा आउँछ, मैले आफैलाई स्वतन्त्र पास दिन सक्दिनँ”।

कहिलेकाहीँ, असामान्य परिस्थितिहरूका कारण, तपाईले परमेश्वरको उपस्थिति गुमाउनुहुन्छ र प्रार्थना गर्दा तपाई परमेश्वरको अनुभूति गर्न असक्षम हुनुहुन्छ। त्यस्तो समयमा, डरको अनुभव गर्नु सामान्य हो। तपाईले तत्कालै उहाँलाई खोज्न शुरू गर्नुपर्दछ। यदि तपाईले यसो गर्नुहुन्न भने, परमेश्वर तपाईबाट टाढा हुनुहुनेछ र तपाई एक दिन, दुई दिन, एक महिना वा दुई महिनासम्म पनि पवित्र आत्माको उपस्थितिविना र यसको अतिरिक्त, पवित्र आत्माको कामविना नै रहनुहुनेछ। यस्ता परिस्थितिहरूमा, तपाई एकदमै अविश्वसनीय रूपमा चेतनाशून्य बन्नुहुन्छ र जब तपाई सबै प्रकारका काम गर्न सक्षम हुनुहुन्छ, तब एकपटक फेरि शैतानद्वारा बन्दी बनाइनुहुन्छ। तपाईले धनसम्पत्तिको लोभ गर्नुहुन्छ, तपाईका भाई-बहिनीहरूलाई धोका दिनुहुन्छ, चलचित्र र भिडियोहरू हेर्नुहुन्छ, महजोङ्ग खेल्नुहुन्छ र अनुशासनहीन भई धुम्रपान र मद्यपान पनि गर्नुहुन्छ। तपाईको हृदय परमेश्वरबाट टाढा भइसकेको छ, तपाई गोप्य रूपमा आफ्नै बाटोमा गइसक्नुभएको छ र तपाईले स्वेच्छाचारी रूपमा परमेश्वरको कामको न्याय पार गर्नुभएको छ। केही घटनाहरूमा मानिसहरू निकृष्टताको यति गहिराइसम्म डुब्छन् कि तिनीहरू यौनजन्य प्रकृतिको पापहरू गर्न समेत कुनै लज्जा वा सङ्कोचको अनुभूति नै गर्दैनन्। यस्तो प्रकारका व्यक्तिलाई पवित्र आत्माद्वारा परित्याग गरिएका हुन्छन्; वास्तवमा, त्यस्ता व्यक्तिमा पवित्र आत्माको काम लामो समयदेखि अनुपस्थित रहेको हुन्छ। त्यस्ता मानिसहरू दुष्टका हातहरूले तिनीहरूलाई अझ धेरै तानिरहदा भ्रष्टताको झन गहिराइमा डुबेको मात्र देखिन्छन्। अन्त्यमा, तिनीहरू यस मार्गको अस्तित्व अस्वीकार गर्दछन् र तिनीहरू शैतानद्वारा बन्दी बनाइएका छन् किनभने तिनीहरूले पाप गरेका छन्। यदि तपाईले यो पहिचान गर्नुहुन्छ कि केवल तपाईसँग पवित्र आत्माको उपस्थिति मात्र छ, तैपनि पवित्र आत्माको कामको अभाव छ भने, यो पहिला देखि नै एक खतरनाक अवस्थामा छ। जब तपाई पवित्र आत्माको उपस्थिति पनि महसुस गर्न सक्नुहुन्न, तब तपाई मृत्युको मुखमा हुनुहुन्छ। यदि तपाई प्रायश्चित गर्नुहुन्न भने, तब तपाई पूर्णतया शैतानतर्फ गइसकेको हुनेछ र तपाई हटाइएका तिनीहरूमध्ये एक हुनुहुनेछ। यसकारण, जब तपाईले यो थाहा गर्नुहुन्छ कि तपाई यस्तो स्थितिमा हुनुहुन्छ, जहाँ केवल पवित्र आत्माको उपस्थिति छ, (तपाईले पाप गर्नुहुन्न, तपाई आफूले आफैलाई नियन्त्रणमा राख्नुहुन्न र तपाई परमेश्वरका विरूद्ध तपाईले कुनै आडम्बर देखाउनुहुन्न) तर तपाईसँग पवित्र आत्माको कामको अभाव छ (तपाई प्रार्थना गर्दा आफू भावभेग भएको अनुभव गर्नुहुन्न, जब तपाईले परमेश्वरका वचनहरू खानुहुन्छ र पिउनुहुन्छ, तब तपाईले स्पष्ट ज्ञान र ज्योति प्राप्त गर्नुहुन्न, तपाई परमेश्वरका वचनहरू खाने र पिउने कुरामा अनिच्छुक हुनुहुन्छ, तपाईको जीवनमा कहिल्यै कुनै वृद्धि हुँदैन र तपाई लामो समयदेखि ठूलो ज्योति हराएकोमा दुःखी हुनुहुन्छ)—यस्तो समयमा, तपाई धेरै सतर्क हुनुपर्दछ। तपाईले आफैलाई लिप्त नबनाउनुहोस्, तपाईले आफ्नो चरित्रलाई आफैले यो भन्दा धेरै लगाम लगाएर स्वतन्त्र नबनाउनुहोस्। पवित्र आत्माको उपस्थिति जुनसुकै बखत पनि हराउन सक्छ। त्यसकारण यस्तो स्थिति निकै खतरनाक हुन्छ। यदि तपाईले आफूलाई यस्तो स्थितिमा पाउनुहुन्छ भने जति सक्दो चाँडो चिजहरू फर्काउने प्रयत्न गर्नुहोस्। सर्वप्रथम, तपाईले पश्चातापको प्रार्थना गर्नुपर्दछ र परमेश्वरलाई तपाईमाथि उहाँको कृपा एकपटक फेरि बढाइदिन आग्रह गर्नुपर्दछ। अझ धेरै उत्साहकासाथ प्रार्थना गर्नुहोस्, परमेश्वरका वचनहरू अझ धेरै खान र पिउन तपाईको हृदयलाई शान्त बनाउनुहोस्। यसका आधारमा, तपाईले धेरै समय प्रार्थना गर्नमा खर्च गर्नुपर्दछ; गाउन, प्रार्थना गर्न, परमेश्वरका वचनहरू खान र पिउन र आफ्नो कर्तव्य पूरा गर्नमा तपाईको दुई गुणा प्रयत्न गर्नुहोस्। तपाई जब आफ्नो सबैभन्दा कमजोर अवस्थामा हुनुहुन्छ, तब तपाईको हृदय सजिलैसँग शैतानले अधिनमा लिन्छ। जब त्यसो हुन्छ, तपाईको हृदय परमेश्वरबाट लिइन्छ र शैतानलाई फिर्ता दिइन्छ, त्यस पछि तपाई पवित्र आत्माको उपस्थितिरहित रहनुहुन्छ। त्यस्तो समयमा, पवित्र आत्माको काम पुनःप्राप्त गर्न दुई गुणा कठिन हुन्छ। पवित्र आत्मा अझै तपाईसँगै हुनुहुँदा उहाँका कामको खोजी गर्नु धेरै उपयुक्त हुन्छ, जसले परमेश्वरलाई तपाईमाथि अझै बढी उहाँको ज्ञान प्रदान गर्न र उहाँले तपाईलाई नत्याग्ने तुल्याउने अनुमति दिनेछ। प्रार्थना गर्ने, भजनहरू गाउने, तपाईंको समारोहको सेवा गर्ने र परमेश्वरका वचनहरू खाने र पिउने कार्य—यी सबै काम गरिन्छन् ताकि शैतानले आफ्नो काम गर्ने कुनै अवसर नपाओस्, ताकि पवित्र आत्माले तपाईभित्र काम गरिरहोस्। यस तरिकाले यदि तपाईले पवित्र आत्माको काम पुनःप्राप्त गर्नुहुन्न र यदि तपाई केवल पर्खेर मात्र बस्नुहुन्छ भने, पवित्र आत्माको पुनःप्राप्ति सहज हुनेछैन जब तपाईले पवित्र आत्माको उपस्थिति गुमाउनुहुन्छ, पवित्र आत्मा विशेषरूपले तपाईतिर नफर्किएसम्म वा विशेषगरी परमेश्वरले तपाईलाई ज्योति र ज्ञान प्रदान नगरेसम्म। तथापि, तपाईको स्थितिको पुनःप्राप्तिका लागि केवल एक वा दुई दिन मात्र लाग्दैन; कहिलेकाहीँ त कुनै पुनः प्राप्तिविना नै छ महिना पनि बित्न सक्छन्। यो सबै यस्तो छ किनभने मानिसहरू आफैमा धेरै सजिला छन्, सामान्य तरिकामा चिजहरू पनि अनुभव गर्न असक्षम छन् र त्यसकारण पवित्र आत्माद्वारा त्यागिएका छन्। यद्धपि तपाईले पवित्र आत्माको काम पुनःप्राप्त गर्नुहुन्छ भने पनि, परमेश्वरको वर्तमान काम तपाईलाई अझै स्पष्ट नहुन सक्छ, किनभने तपाई आफ्ना जीवन अनुभवमा धेरै पछाडि जानुभएको छ, मानौं कि तपाई दशौं हजार माइल पछाडि जानुभएको छ। के यो त्रासदीपूर्ण कुरा होइन र? यद्धपि म त्यस्ता मानिसहरूलाई भन्छु, कि अहिले पश्चाताप गर्न धेरै विलम्ब भएको छैन, तर एउटा शर्त छ; तपाईले अझ धेरै कडा परिश्रम गर्नुपर्दछ, र अल्छीपनमा लिप्त हुनुहुँदैन। यदि अरू मानिसहरूले एक दिनमा पाँच पटक प्रार्थना गर्दछन् भने, तपाईले दश पटक गर्नुपर्दछ; यदि अरू मानिसहरूले एक दिनमा दुई घण्टा परमेश्वरका वचन खान्छन् र पिउछन् भने, तपाईले यो काम चार वा छ घण्टा गर्नुपर्नेछ; र यदि अरू मानिसहरूले दुई घण्टा भजन सुन्दछन् भने तपाईले कम्तिमा पनि आधा दिनसम्म सुन्नुपर्दछ। तपाई परमेश्वरका सामु सधैं शान्तिमय हुनुहोस् र परमेश्वरको प्रेमका बारेमा सोच्नुहोस्, तपाई भागवेग नभएसम्म र तपाईको हृदय परमेश्वरतर्फ नफर्किएसम्म र तपाई परमेश्वरबाट टाढा हुने साहस नगरेसम्म, त्यसपछि मात्र तपाईको परिश्रमको प्रतिफल प्राप्त हुनेछ; अनि मात्र तपाई तपाईको पहिलाको, सामान्य स्थिति पुनःप्राप्त गर्न सक्नुहुनेछ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप देखाउनुहोस्

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्