परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३०

21 जुन 2022

परमेश्‍वरले मानिसहरूमा वास्तविकताबारे कुरा गर्ने क्षमता होस् भन्ने मात्र चाहनुहुन्न; त्यो त धेरै सजिलो हुनेछ, होइन र? त्यसोभए, परमेश्‍वरले किन जीवनमा प्रवेश गर्नेबारे कुरा गर्नुहुन्छ? किन उहाँले रूपान्तरणको कुरा गर्नुहुन्छ? यदि मानिसहरू वास्तविकताको बारेमा खोक्रो कुरा गर्न मात्र सक्षम छन् भने, के तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्? राज्यका असल सिपाहीहरूलाई केवल वास्तविकताको बारेमा कुरा गर्न वा घमण्ड गर्न सक्ने मानिसहरूको समूह हुनका निम्ति मात्र तालिम दिइँदैन; बरु, हरसमय परमेश्‍वरको वचन अनुसार जिउन, जस्तोसुकै अवरोधहरूको सामना गर्नु परे पनि अटल रहन, र निरन्तर परमेश्‍वरको वचनअनुसार जिउन र संसारमा नफर्कनको लागि तिनीहरूलाई तालिम दिइन्छ। परमेश्‍वरले बताउनुभएको वास्तविकता यही हो; परमेश्‍वरले मानिससँग गर्नुभएको माग यही हो। यसैले, परमेश्‍वरले बताउनुभएको वास्तविकतालाई अति नै साधारण नठान। पवित्र आत्माबाट अन्तर्दृष्टि मात्रै प्राप्त गर्नु वास्तविकता धारण गर्नु बराबर होइन। मानिसको कद यस्तो छैन—यो परमेश्‍वरको अनुग्रह हो, जसमा मानिसको कुनै योगदान छैन। प्रत्येक व्यक्तिले पत्रुसको कष्ट सहनुपर्छ, यति मात्र होइन, तिनीहरूले पत्रुसको महिमा धारण गर्नुपर्दछ, जसमा तिनीहरू परमेश्‍वरको काम प्राप्त गरेपछि जिउँछन्। यसलाई मात्र वास्तविकता भन्न सकिन्छ। तैँले वास्तविकताको विषयमा कुरा गर्न सक्छस् भन्दैमा तँसँग त्यो छ भन्ने नसोच्; त्यो गलत हो। त्यस्ता विचारहरू परमेश्‍वरको इच्छासँग मेल खाँदैनन् र ती कुराको कुनै वास्तविक महत्त्व हुँदैन। भविष्यमा यस्ता कुरा नगर्—त्यस्ता भनाइहरूलाई समाप्त गर्। परमेश्‍वरका वचनहरूको बारेमा गलत बुझाइ भएकाहरू सबै अविश्‍वासीहरू हुन्। तिनीहरूसँग कुनै वास्तविक ज्ञान हुँदैन, वास्तविक कद हुने कुरा त परै जाओस्; तिनीहरू अज्ञानी मानिसहरू हुन् जसमा वास्तविकताको कमी हुन्छ। अर्को शब्दमा, परमेश्‍वरका वचनहरूको सारभन्दा बाहिर जिउनेहरू सबै अविश्‍वासीहरू हुन्। मानिसहरूले अविश्‍वासीहरू ठानेका व्यक्तिहरू परमेश्‍वरको नजरमा जनावरहरू हुन्, र परमेश्‍वरले अविश्‍वासीहरू ठान्नुभएका मानिसहरू त्यस्ता व्यक्तिहरू हुन् जसको जीवनमा परमेश्‍वरका वचनहरू हुँदैनन्। त्यसकारण जुन मानिसहरूसँग परमेश्‍वरको वचनको वास्तविकता हुँदैन र जो उहाँको वचनअनुसार जिउन असफल हुन्छन् तिनीहरू अविश्‍वासीहरू हुन् भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको उद्देश्य भनेको सबैलाई उहाँको वचनको वास्तविकता अनुसार जिउन लगाउनु हो—सबै जनालाई वास्तविकताको बारेमा कुरा गर्न लगाउनु मात्र होइन, तर, त्योभन्दा बढी, सबैलाई उहाँका वचनहरूको वास्तविकता अनुसार जिउन सक्ने तुल्याउनु हो। मानिसले बुझ्ने वास्तविकता अत्यन्त सतही हुन्छ; यसको कुनै मूल्य हुँदैन र यसले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन। यो अति तुच्छ छ र उल्लेख गर्न पनि लायक छैन। यसमा धेरै कुराको कमी छ र यो परमेश्‍वरका आवश्यकताहरूको मापदण्डबाट धेरै चुकेको छ। तिमीहरूमध्ये कसले बाटो देखाउन सक्ने नभई आफ्नो बुझाइको बारेमा कुरा गर्न सक्छ सो हेर्न, साथै तिमीहरूमध्ये कोचाहिँ फाल्न योग्य फोहोर जस्ता छौ सो पत्ता लगाउनको लागि तिमीहरू प्रत्येकलाई एउटा ठूलो निरीक्षणमा राखिनेछ। अबदेखि उसो यो याद राख! खोक्रो ज्ञानको कुरा नगर; केवल अभ्यासको मार्ग र वास्तविकताको बारेमा कुरा गर। वास्तविक ज्ञानबाट वास्तविक अभ्यासमा सर, त्यसपछि अभ्यासबाट वास्तविक जीवनमा सर। अरूलाई भाषण नदे, र वास्तविक ज्ञानको कुरा नगर्। यदि तैँले मार्गको बारेमा बुझेको छस् भने, तेरा शब्दहरूलाई स्वतन्त्र रूपमा यसमा जान दे; यदि यो बुझाइ मार्गको बारेमा होइन भने, तेरो मुख बन्द गर् र बोल्‍न छोड्! तैंले भन्ने कुरा व्यर्थको हुन्छ। तँ परमेश्‍वरलाई धोका दिन र अरूलाई ईर्ष्यालु बनाउनका लागि ज्ञानको कुरा गर्छस्। के त्यो तेरो महत्वाकांक्षा होइन र? के तैँले जानाजानी अरूसँग खेलबाड गरिरहेको छैनस् र? के यसमा कुनै मूल्य छ? यदि तैंले अनुभव गरिसकेपछि ज्ञानको बारेमा कुरा गरिस् भने तैंले घमण्ड गरेको रूपमा हेरिनेछैन। अन्यथा, तँ अहङ्कारी वचनहरू बोल्ने व्यक्ति होस्। तेरो वास्तविक अनुभवमा धेरै यस्ता कुराहरू छन् जसलाई तैँले विजय गर्न सक्दैनस्, र तैँले आफ्नै देहको विरुद्ध विद्रोह गर्न सक्दैनस्; तँ जहिले पनि आफूले चाहेको कुरा गरिरहन्छस्, परमेश्‍वरको इच्छा कहिल्यै पूरा गर्दैनस्—तापनि तँ अझै सैद्धान्तिक ज्ञानको कुरा गर्ने आँट गर्छस्। तँ निर्लज्ज छस्! तँ अझै पनि परमेश्‍वरका वचनहरू सम्बन्धी आफ्नो ज्ञानको कुरा बोल्ने साहस गर्छस्। तँ कति निर्लज्ज छस्! भाषण दिनु र गर्व गर्नु तेरो प्रकृति नै भएको छ, र तँलाई त्यसो गर्ने बानी भएको छ। जब-जब तँ बोल्न चाहन्छस्, तँ सजिलैसँग बोल्छस्, तर जब अभ्यास गर्ने कुरा आउँछ तब तँ अलङ्कारतिर लाग्छस्। के यो अरूलाई मूर्ख तुल्याउने तरिका होइन र? तैँले मानिसहरूलाई छल गर्न सक्लास्, तर परमेश्‍वरलाई धोका दिन सकिँदैन। मानिसहरू अनजान छन् र उनीहरूमा कुनै समझशक्ति छैन, तर परमेश्‍वर त्यस्ता विषयहरूमा गम्भीर हुनुहुन्छ, र उहाँले तँलाई बचाउनुहुनेछैन। तेरा भाइ-बहिनीहरूले तेरो निम्ति वकालत गर्न सक्नेछन्, तेरो समझशक्ति र तेरो ज्ञानको प्रशंसा र तेरो सराहना गर्न सक्छन्, तर यदि तँसँग कुनै वास्तविकता छैन भने, पवित्र आत्माले तँलाई बचाउनुहुनेछैन। सायद व्यावहारिक परमेश्‍वरले तेरा गल्तीहरू खोज्नुहुनेछैन, तर परमेश्‍वरका आत्माले तँलाई बेवास्ता गर्नुहुनेछ, र तँलाई यो कुरा सहन कठिन हुनेछ। के तँ यो कुरा विश्‍वास गर्छस्? अभ्यास गर्ने वास्तविकताको बारेमा धेरै कुरा गर्; के तैंले पहिले नै बिर्सी सकिस्? व्यावहारिक मार्गहरूको बारेमा धेरै कुरा गर्; के तैंले पहिले नै बिर्सी सकिस्? “उत्कृष्ट सिद्धान्तहरू र बेकम्मा, घमण्डी कुराहरू थोरै देऊ; अहिले नै अभ्यास गर्न सुरु गर्नु उत्तम हुन्छ।” के तैंले यी वचनहरू बिर्सिस्? के तँ केही पनि बुझ्दैनस्? के तँलाई परमेश्‍वरको इच्छाको बारेमा कुनै बुझाइ छैन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्