परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९९

2 मे 2021

उनीहरूका पूर्ण रूपमा अविश्‍वासी बालबालिकाहरू र नातेदारहरूलाई मण्डलीतिर खिँचेर लानेहरू अत्यन्त स्वार्थीहरू हुन् र उनीहरूले केवल दया देखाइरहेका हुन्छन्। उनीहरूले विश्‍वास गरे पनि नगरे पनि, यो परमेश्‍वरको इच्छा होस् वा नहोस्, यी मानिसहरू प्रेमिलो हुने कुरामा मात्र केन्द्रित हुन्छन्। केहीले आफ्ना पत्‍नीहरूलाई परमेश्‍वरको सामु ल्याउँछन्, वा आफ्ना आमाबुबाहरूलाई परमेश्‍वरको सामु खिँचेर ल्याउँछन् अनि पवित्र आत्मा यसमा सहमत हुनुभएको छ वा छैन, वा उनीहरूमा काम गरिरहनुभएको छ वा छैन, उनीहरूले “प्रतिभाशाली मानिसहरूलाई” परमेश्‍वरको निम्ति अन्धाधुन्ध रूपमा अपनाई रहन्छन्। यी अविश्‍वासीहरूप्रति दया अघि सारेर के फाइदा लिन सकिन्छ? ती पवित्र आत्माको उपस्थिति नभएकाहरूले परमेश्‍वरलाई पछ्याउने संघर्ष गरे तापनि, कसैले विश्‍वास गरेजस्तो उनीहरूलाई अझै मुक्त गर्न सकिँदैन। उनीहरू जसले मुक्ति पाउन सक्छन्, वास्तवमा उनीहरूलाई पाउन त्यत्ति सजिलो छैन। ती मानिसहरू जो पवित्र आत्माको काम र जाँचहरू भएर गुज्रेका छैनन् र देहधारी परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको छैनन्, उनीहरूलाई पूर्ण बनाइन सर्वथा अयोग्य हुन्छन्। यसकारण, उनीहरूले सामान्य रूपमा परमेश्‍वरलाई पछ्याउन सुरु गरेदेखि नै, ती मानिसहरूमा पवित्र आत्माको उपस्थितिको कमी हुन्छ। उनीहरूको अवस्थाहरू र वास्तविक स्थितिहरूको प्रकाशमा, उनीहरूलाई केवल पूर्ण बनाउन सकिँदैन। त्यस्तै, पवित्र आत्माले उनीहरूमाथि धेरै सामर्थ्य नखर्चने निर्णय गर्नुहुन्छ, न त उहाँले उनीहरूलाई कुनै किसिमको प्रकाश वा मार्गदर्शन प्रदान गर्नुहुन्छ; उहाँले उनीहरूलाई केवल पछ्याउन मात्र दिनुहुन्छ र अन्तमा उनीहरूका परिणामहरू प्रकट गर्नुहुनेछ—यो नै पर्याप्‍त छ। मानवजातिको जोश र इरादाहरू शैतानबाट आउँछन्, र यी कुराहरूले कुनै पनि हालतमा पवित्र आत्माको काम पूरा गर्न सक्दैनन्। मानिसहरू जस्तोसुकै होऊन्, उनीहरूमा पवित्र आत्माको काम हुनु नै पर्छ। के मानवले मानवलाई पूर्ण बनाउन सक्छन्? पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्‌? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र? के उनीहरूको आशय साँच्चै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्‍वरको कार्यको खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको मनसाय सृष्टि गरिएका प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त? उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको क्षणदेखि नै पवित्र आत्माको उपस्थिति हासिल गर्न असक्षम हुनेहरूले पवित्र आत्माको काम कहिल्यै पनि हासिल गर्न सक्दैनन्; यी मानिसहरूलाई नष्ट पारिने पात्रहरूको रूपमा निर्दिष्ट गरिएका छन्। कसैले उनीहरूलाई जति धेरै प्रेम गरे तापनि, यसले पवित्र आत्माको कामलाई प्रतिस्थापन गर्न सक्दैन। मानिसहरूको जोश र प्रेमले मानव मनसायहरूको प्रतिनिधित्व गर्छन्, तर परमेश्‍वरका अभिप्रायहरूको प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरू परमेश्‍वरको कामको प्रतिस्थापन हुन नै सक्छन्। नामधारी रूपमा परमेश्‍वरमा विश्‍वास गर्नेहरू र परमेश्‍वरमा विश्‍वास गर्नुको वास्तविक अर्थ के हो सो नजानिकन नै उहाँलाई पछ्याउनेहरूप्रति कसैले सम्भावित महान्‌ प्रेम वा कृपा अघि सारे, तापनि उनीहरूले अझै परमेश्‍वरको सहानुभूति पाउनेछैनन् न त उनीहरूले पवित्र आत्माको काम नै प्राप्‍त गर्नेछन्। ईमानदार रूपमा परमेश्‍वरलाई पछ्याउने मानिसहरू कमजोर क्षमता भएका र धेरै सत्यताहरू बुझ्न असक्षम भए तापनि उनीहरू कहिलेकाहीँ पवित्र आत्माको काम अझ पनि हासिल गर्न सक्छन्; यद्यपि, सापेक्षित रूपमा असल क्षमता भएका तर ईमानदार रूपमा विश्‍वास नगर्नेहरूले पवित्र आत्माको उपस्थिति पाउन सक्दैनन्। यस्ता मानिसहरूलाई निश्‍चय नै मुक्तिको निम्ति कुनै सम्भावना हुँदैन। उनीहरूले परमेश्‍वरको वचनहरू पढे तापनि वा कहिलेकाहीँ वचनहरू प्रचार गरेको सुने तापनि वा परमेश्‍वरको प्रशंसा गाए तापनि उनीहरू अन्तमा विश्रामको समयसम्म बाँच्न सक्षम हुँदैनन्। मानिसहरूले जोशका साथ खोजी गर्छन् वा गर्दैनन् भन्ने कुरा अरूहरूले कसरी न्याय गर्छन् वा वरिपरिकाहरूले कसरी उनीहरूलाई हेर्छन् भन्ने कुराले निर्धारण गर्दैन, तर पवित्र आत्माले उनीहरूमा काम गर्नुहुन्छ वा गर्नुहुन्न र उनीहरूसँग पवित्र आत्माको उपस्थिति छ वा छैन भन्ने कुराद्वारा निर्धारण गरिन्छ। यसको अतिरिक्त, कुनै अवधिभरि पवित्र आत्माको काम भएर गुज्रेपछि उनीहरूको स्वभाव परिवर्तन भएको छ वा छैन र उनीहरूले परमेश्‍वरको बारे कुनै ज्ञान हासिल गरेका छन् वा छैनन् त्यसमा निर्भर हुन्छ। यदि कुनै व्यक्तिमा पवित्र आत्माले काम गर्नुहुन्छ भने, यो व्यक्तिको स्वभाव क्रमिक रूपमा परिवर्तन हुनेछ, र परमेश्‍वरमा विश्‍वास गर्ने उनीहरूको दृष्टिकोण क्रमिक रूपमा शुद्ध हुँदै जानेछ। मानिसहरूले परमेश्‍वरलाई पछ्याएको जति लामो समय भए तापनि उनीहरू परिवर्तन भएसम्म, यसको अर्थ पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छ भन्ने हो। यदि उनीहरूमा परिवर्तन आएको छैन भने, पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छैन। यी मानिसहरूले केही सेवाहरू गरे तापनि उनीहरूलाई यसो गर्न लगाउने कुराचाहिँ असल भाग्य हासिल गर्ने इच्छा नै हो। कहिलेकाहीँ सेवाकर्ता कुराले उनीहरूको स्वभावहरूमा हुने परिवर्तनको अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। अन्तमा उनीहरूलाई अझ पनि नष्ट गरिनेछ, किनभने राज्यमा सेवा गर्नेहरूको आवश्यक हुँदैन, न त त्यहाँ सिद्ध बनाइएका र परमेश्‍वरप्रति विश्‍वासयोग्य हुने मानिसहरूका निम्ति सेवा गर्नलाई स्वभाव परिवर्तन नभएकाहरू आवश्यक नै पर्नेछ। “जब कसैले परमेश्‍वरमा विश्‍वास गर्छ, भाग्य पुरै परिवारमाथि मुस्कुराउँछ” भनी विगतका भनिएका ती शब्दहरू अनुग्रहको युगको निम्ति उपयुक्त छन्, तर मानव गन्तव्यसँग असम्बन्धित छन्। तिनीहरू अनुग्रहको युगको एउटा चरणभरि मात्र उपयुक्त थिए। ती शब्दहरूका आशयचाँहि मानिसहरूले उपभोग गरेका शान्ति र भौतिक आशिष्‌हरूप्रति लक्षित थियो; एक जनाले प्रभुमा विश्‍वास गर्दा समग्र परिवार नै प्रभुमा मुक्त हुनेछ भन्ने उनीहरूको आशय थिएन, न त एक जनाले असल भाग्य हासिल गर्दा उसको समग्र परिवारलाई नै विश्राममा ल्याइन्छ भन्ने नै उनीहरूको आशय थियो। कसैले आशिष्‌ पाउँछ वा दुर्गति भोग्छ भन्ने कुरा उसको सार बमोजिम निर्धारण गरिन्छ, कसैको अरूहरूसँग बाँड्न सक्ने कुनै पनि साझा सार बमोजिम होइन। त्यस किसिमको भनाइ वा नियमको राज्यमा कुनै स्थान छैन। यदि कुनै व्यक्ति अन्तमा बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्‍वरका मापदण्डहरू पुरा गरेको कारणले हो, र यदि उनीहरू अन्तमा विश्रामको समयसम्म रहन असक्षम भए भने, उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएकाले र उनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेकको सारअनुसार निर्धारण गरिन्छ र यसको अरू मानिसहरूसँग कुनै सरोकार छैन। एउटा बालक दुष्ट आचरण उनीहरूको बुबाआमाहरूमा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको बुबाआमासँग बाँड्न नै सकिन्छ, एउटा बुबाआमाको दुष्ट आचरण उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन न त एउटा बुबाआमाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। हरेकले आ-आफ्नै पापहरू बहन गर्छन्, र हरेकले आ-आफ्नो भाग्य भोग्छन्। कोही पनि अर्को व्यक्तिको प्रतिस्थापन हुन सक्दैन; यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि बुबाआमाको कल्याण हुन्छ भने, उनीहरूका छोराछोरीहरूको पनि कल्याण हुनुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छन् भने, उनीहरूलाई बुबाआमाहरूले ती पापहरूका निम्ति प्रायश्‍चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्‍वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति बुबाआमाहरूका स्‍नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धार्मिक कामहरू गर्न सक्छन् भन्ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका बुबाआमाहरूप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका बुबाआमाहरूको सट्टामा धार्मिक कामहरू गर्न सक्छन् भन्ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।” मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त उनीहरूको धार्मिक आचरणको आधारमा उनीहरूका पति वा पत्‍नीलाई विश्राममा लान सक्छन्। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्ट काम गर्नेहरू दुष्ट काम गर्नेहरू नै हुन्। धर्मीहरूलाई अन्तमा बाँच्न दिइनेछ, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्रहरू नै हुन्; उनीहरू अपवित्र होइनन्। अपवित्रहरू अपवित्र नै हुन्, र उनीहरूका एक अंश पनि पवित्र होइनन्। नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू धर्मीहरू हुन्—यद्यपि दुष्टहरूका छोराछोरीहरूले धर्मी कामहरू नै गरे पनि, र यद्यपि धर्मीका बुबाआमाहरूले दुष्ट काम गरे पनि। विश्‍वास गर्ने पति र अविश्‍वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र विश्‍वास नगर्ने बुबाआमाहरू बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्नु अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैनन्। उनीहरूका कर्तव्य पूरा गर्नेहरू उनीहरूका कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई अमिल्दो किसिमका प्राणीहरू हुन्। उनीहरूका कर्तव्यहरू पूरा गर्ने प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पतिलाई प्रेम गर्छस्? के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पत्नीलाई प्रेम गर्छस्? के तँ सृष्टि गरिएको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्ना अविश्‍वासी बुबाआमाप्रति कर्तव्यनिष्ठा छस्? के परमेश्‍वरमा विश्‍वास गर्ने बारेको मानवीय धारणा सही वा गलत छ? तैँले परमेश्‍वरमा किन विश्‍वास गर्छस्? तैँले के पाउन चाहन्छस्? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्छस्? सृष्टि गरिएका सृष्टिहरूको रूपमा उनीहरूका कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्‍यानले प्रयास नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्। अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नेछन्, र परमेश्‍वरको अधीनमा रहनेछन्, जबकि परमेश्‍वरप्रति अनाज्ञाकारीहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ बुबाआमाहरू वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्‍वास र अविश्‍वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्