Christian Movie | पासो तोडाइ (Nepali Subtitles)

Christian Movie | पासो तोडाइ (Nepali Subtitles)

23 |13 मे 2021

२,००० वर्ष पहिले, जब प्रभु येशूले छुटकाराको काम गर्नुभयो, उहाँले यहूदी धार्मिक समुदायबाट निकै उग्र निन्दा र दोषारोपण सहनुभयो। यहूदी अगुवाहरूले रोमी सरकारसँग साठगाँठ गरेर उहाँलाई क्रूसमा टाँगे। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वर अर्थात् देहमा फर्कनुभएका प्रभु येशू न्यायको काम गर्न चीनमा आइपुग्‍नुभएको छ। फेरि पनि, उहाँले चिनियाँ कम्युनिस्ट सरकार र धार्मिक संसारको अनियन्त्रित दोषारोपण, दमन, र पक्राउको सामना गर्नुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई दोषी ठहराउन र बदनाम गर्नको लागि फैलाइएका व्यापक झूटा हल्‍ला र भ्रमहरू कैयौं विश्‍वासीहरूलाई बन्धनमा र नियन्त्रणमा राख्‍ने अदृश्य पासो जस्तै छन्। दुःखद इतिहास आफै दोहोरिएको छ …

यस चलचित्रको मुख्य पात्र तिनै असङ्ख्य विश्‍वासीहरूमध्येकी एक हुन्। जब तिनले पहिलोपटक सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनिन्, तब तिनी चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक अगुवाहरूका झूटा हल्‍लाहरूले अन्योलमा परिन्। तिनी फन्दामा परिन्, आफ्‍नो अन्योलतामा हराइन् … धेरैपटक तीव्र रूपमा बहस गरिसकेपछि, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले तिनलाई सत्यता महसुस गर्न सहयोग गर्‍यो, र आखिरमा तिनले झूटा हल्‍लाहरूपछाडिका वास्तविक तथ्यहरूलाई देख्‍न सकिन्। तिनले पासो तोडिन् र साँचो परमेश्‍वर देखा पर्नुभएको घटनालाई देखिन् …

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्