Christian Dance | परमेश्‍वरको प्रेम भोजमा सहभागी हुनु निकै मिठो हुन्छ | Praise Song

18 अक्टोबर 2024

परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै, हामी परमेश्‍वरको प्रेम भोजमा सहभागी हुन्छौँ;

त्यो कति मिठो कुरा हो!

हाम्रा हृदय हर्षित छन्, हाम्रा आत्मा खुसी छन्; त्यो वर्णन नै गर्न नमिल्ने गरी सुन्दर छ।

न्याय पछि सत्यताको बुझाइ आउँछ, तीतोपनलाई मिठासले प्रतिस्थापन गर्छ;

हाम्रा आत्मा जाग्छन्, हाम्रा हृदय उज्यालो हुन्छन् अनि हामी परमेश्‍वरको प्रेम चिन्छौँ।

ओह, परमेश्‍वरका वचनहरूले मानिसहरूलाई सिद्ध पार्छन्!

तिनले मलाई पखाल्छन् र रूपान्तरण गर्छन्।

मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्दैनन् भने, तिनीहरूमा अलिकति पनि विवेक हुँदैन।

हामी सबैले परमेश्‍वरका अभिप्रायहरू ख्याल गर्नैपर्छ,

आफ्नो बफादारी अर्पण, र आफ्ना कर्तव्य पूरा गर्नैपर्छ।

परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई वास्तविकतामा अगुवाइ गर्नुहुन्छ।

परमेश्‍वरका वचनहरूको न्याय र खुलासाले मलाई आफैलाई चिन्ने तुल्याउँछ;

उहाँका वचनहरू अभ्यास र अनुभव गर्दा, मेरा स्वभाव परिवर्तन हुन्छन्।

आखिरी दिनहरूमा परमेश्‍वरले दिनुहुने मुक्ति मापन नै गर्न नसकिने रूपमा अपार छ।

परमेश्‍वरका वचनहरूको न्याय, परीक्षा र शोधनले मानिसको भ्रष्टता पखाल्छन्।

सङ्कष्टहरू र शोधनहरूमार्फत हामी हर प्रकारका कष्ट सहन्छौँ।

हाम्रा भ्रष्ट स्वभाव पखालिनका लागि कष्ट सहनु साँच्चै नै सार्थक हुन्छ।

हामी सत्यता अभ्यास गर्छौँ र अन्ततः मानव रूपमा जिउँछौँ।

ओह, परमेश्‍वरले धेरै काम गर्नुभएको छ! त्यो सब मानिसहरूलाई सिद्ध पार्नका खातिर हो।

सत्यता प्राप्त नगर्नु निकै दुःखलाग्दो कुरा हो।

भोजमा बस्नु, तैपनि ठूलो अनिकाल भोग्नु;

त्यो त साँच्चै शैतानका लागि हाँसोको पात्र हुनु हो।

परमेश्‍वरको डरमार्फत, हामी सबथोकमा परमेश्‍वरको छानबिन स्विकार्छौँ,

हाम्रा शब्द र कार्य सत्यता सिद्धान्तहरू अनुरूप हुन्छन्,

र हामी परमेश्‍वरका वचनहरूलाई हाम्रा बोली र कार्यको आधार बनाउँछौँ;

तब हामी परमेश्‍वरको उपस्थितिको ज्योतिमा जिउँछौँ।

परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै,

हामी परमेश्‍वरको प्रेम भोजमा सहभागी हुन्छौँ, जुन सम्पन्न र व्यावहारिक छ।

ठूलो रातो अजिङ्गर र ख्रीष्ट विरोधीहरूले आफ्नो अन्तिम सेवा प्रदान गरिरहेका छन्।

सङ्कष्टहरू र परीक्षाहरू अनुभव गर्दा, हामी परमेश्‍वरका आशिष् चाख्छौँ।

सत्यता बुझ्नेहरूले परमेश्‍वरको गवाही दिन्छन्।

ओह, ब्रदर र सिस्टरहरू! हामीले बुझ्नैपर्छ:

परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन र सिद्ध पार्न सबथोक दिनुभएको छ।

परमेश्‍वरको कामको अन्तिम चरण उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध पार्नु हो।

हामीले उहाँका अभिप्रायहरू पूरा गर्न जोरदार गवाही दिनुपर्छ।

सत्यता बुझेको र ज्ञान प्राप्त गरेको हुँदा,

हामीले यी कुराहरूलाई अभ्यास गर्नैपर्छ।

परमेश्‍वरको अनुग्रह चुकाउँदै गर्दा र उहाँका अभिप्रायलाई ख्याल गर्दै गर्दा,

हाम्रो हृदय रमाउँछ।

परमेश्‍वरलाई प्रेम गर्दा, तिमी र मसँग वास्तविकता हुन्छ

र हामी नयाँ मानिसहरूमा रूपान्तरित हुन्छौँ;

हामी आफ्नो कर्तव्य बफादारीका साथ पूरा गर्छौँ र उहाँको गवाही दिन्छौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्