Nepali Christian Testimony Video | धाक रवाफ अब हुनेछैन

5 डिसेम्बर 2022

मण्डलीमा मोवेन एक सुसमाचार डिकन हुन्। आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको कर्तव्य पालनाको दौरान आउने समस्याहरू हल गर्न सहयोग गर्न सक्ने र आफ्नो काममा पनि केही हासिल गरेकाले, उसले आफूलाई अरूभन्दा राम्रो सम्झिन थाल्छन्। आफूले बोल्ने र गर्ने प्रत्येक कामकुरामा, उनी आफ्नो प्रतिभा र क्षमताको घमण्ड देखाउँछन्, र आफ्नो कर्तव्यका लागि उनले कस्तो दुःख भोग्छन् भन्नेबारेमा धाक देखाउँछन्। उनका दाजुभाइ र दिदीबहिनीहरूको सल्लाह र नसिहत, परमेश्‍वरका वचनहरूको न्याय र खुलासाबाट, उनले महसुस गर्छन् कि उनले आफ्नो कर्तव्यमा सत्यको सङ्गति गर्न वा परमेश्‍वरको गवाही दिन केन्द्रित छैनन्, बरु आफूलाई अरूले आदर गरुन् र आदर्श मानुन् भन्ने प्रयास गर्छन् र यसरी अरूलाई उनीहरूको हृदयमा परमेश्‍वरबाट टाढा लाने कारक बनेका छन्—उनले महसुस गर्छन् कि उनी परमेश्‍वरको विरोधमा ख्रीष्‍टविरोधी मार्गमा हिडिरहेका छन्। सन्तापले भरिएर, उनी प्रार्थना र पश्चात्ताप गर्न परमेश्‍वरको अगाडि आउँछन। उनीमा कस्तो रूपान्तरण हुन्छ, उनले के बझ्छन्, र उनले के हासिल गर्छन्? यो भिडियो हेरेर थाहा पाउनुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्