Christian Dance | परमेश्वरका वचनहरू हाम्रो हृदयमाथि विजयी भएका छन् | Praise Song
16 फेब्रुअरी 2025
१
हामी परमेश्वरको आवाज सुन्छौँ र उहाँको सिंहासनसामु उठाइएका छौँ।
परमेश्वरका वचनहरू अख्तियार र शक्तिले भरिपूर्ण छन्,
र तिनले हाम्रो हृदय विजय गरेका छन्।
हामी परमेश्वरका वचनहरू पढ्छौँ र उहाँको आमने-सामने आउँछौँ।
हामीले सत्यता बुझ्दा हाम्रो हृदय मिठासले भरिन्छ।
हामीले आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउन सक्नेछौँ
भन्ने कुरा हाम्रो कल्पना पार छ।
दाजुभाइ-दिदीबहिनीहरू! झट्ट आऊ र छम्-छम् नाच!
प्रशंसाका हर्षपूर्ण गीतहरू गाऊ!
म किन यति हर्षसाथ नाच्छु?
किनकि मेरो हृदयले परमेश्वरलाई प्रेम गर्छ!
२
हामी परमेश्वरसामु आउँछौँ,
र हामी उहाँका वचनहरू खान्छौँ, पिउँछौँ र तिनको आनन्द उठाउँछौँ।
उहाँको न्याय स्विकारेर, हामी पखालिन्छौँ,
र मानव रूपमा जिउँदा साँच्चै रमाउँछौँ।
न्याय र सजाय नै परमेश्वरको प्रेम हो,
र परीक्षा र शोधन उहाँका आशिष् हुन्।
परमेश्वरले मलाई नयाँ जीवन दिनुभएको छ,
र म सदासर्वदा परमेश्वरको प्रशंसा गर्नेछु।
दाजुभाइ-दिदीबहिनीहरू! झट्ट आऊ र छम्-छम् नाच!
प्रशंसाका हर्षपूर्ण गीतहरू गाऊ!
म किन यति हर्षसाथ नाच्छु?
किनकि मेरो हृदयले परमेश्वरलाई प्रेम गर्छ!
३
परमेश्वरका वचनहरूमा ठूलो अख्तियार छ,
तिनले हामीलाई विपद्हरूमाथि विजयी हुन डोर्याउँदै,
हामीलाई हर क्षण मार्गदर्शन र सुरक्षा दिँदै,
हामीलाई परमेश्वरको दयालुपन र प्रेमिलो स्वभाव अझ बलियो रूपमा महसुस गराउँछन्।
हाम्रो आस्था सङ्कष्टमा सिद्ध पारिन्छ,
हामी परमेश्वरको बुद्धि र सर्वशक्तिमान्ता देख्न पुग्छौँ।
हामीमाथि चाहे जे परीक्षा आइपरे पनि,
परमेश्वरलाई प्रेम गर्ने हाम्रो हृदय कहिल्यै बदलिनेछैन।
दाजुभाइ-दिदीबहिनीहरू! झट्ट आऊ र छम्-छम् नाच!
प्रशंसाका हर्षपूर्ण गीतहरू गाऊ!
म किन यति हर्षसाथ नाच्छु?
किनकि मेरो हृदयले परमेश्वरलाई प्रेम गर्छ!
४
सर्वशक्तिमान् परमेश्वरले हामीलाई मुक्ति दिनुहुन्छ,
र शब्दहरूले उहाँको प्रेमबारे पूर्ण रूपमा बताउनै सक्दैनन्।
परमेश्वरको गहन प्रेमको ऋण तिर्न हामी आफ्नो कर्तव्य बफादारीसाथ पूरा गर्छौँ।
हामी एउटै हृदय र मनको भएर परमेश्वरको गवाही दिन्छौँ,
र राज्यको सुसमाचार पृथ्वीभर फैलिन्छ।
परमेश्वरले शैतानलाई पराजित गर्नुभएको छ र महिमा प्राप्त गर्नुभएको छ,
र हाम्रो हृदय हर्षले भरिन्छ।
दाजुभाइ-दिदीबहिनीहरू! झट्ट आऊ र छम्-छम् नाच!
प्रशंसाका हर्षपूर्ण गीतहरू गाऊ!
म किन यति हर्षसाथ नाच्छु?
किनकि मेरो हृदयले परमेश्वरलाई प्रेम गर्छ!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू