
Nepali Christian Dance | परमेश्वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ | Praise Song
10 फेब्रुअरी 2025
१
असंख्य समुद्र र पहाडले छुट्ट्याएपनि,
हामी एकै राष्ट्रका हौँ, हामीबीच सीमा छैन।
फरक रङ्गका छाला छन् र फरक भाषा बोल्छौँ,
सर्वशक्तिमान् परमेश्वरको वचनले हामीलाई बोलाउँछन्,
हामी उहाँकै सिंहासन अघि उचालिन्छौँ।
सेतै केश फुलेका वृद्ध छन्, र उज्ज्वल युवा त्यहाँ।
हातमा हात, काँधमा काँध,
हामी हुरी, वर्षा माझ सँगै हिँड्छौँ।
कठिनाइमा एकअर्कालाई प्रोत्साहन दिन्छौँ।
एउटै मनले हामी हाम्रो कर्तव्य पूरा गर्छौँ,
हाम्रो हृदय जोडिएको छ, हामी जीवनमा घनिष्ट बन्छौँ।
परमेश्वरको प्रेम र वचनले हामीलाई सँगै नजिक लिएर आउँछन्।
२
परमेश्वरका वचन जीवित पानीका स्रोत हुन्,
उहाँका वचनमा रमाउँदा, हाम्रो हृदयमा मिठास भरिन्छ।
उहाँका वचनका सजाय र न्यायले,
हाम्रा भ्रष्ट स्वभावलाई शुद्ध पार्छन्।
३
काटछाँट अनुभव गरेर मात्र हामी मानव रूपमा जिउँछौँ।
नकारात्मकता, कमजोरीमा एक अर्कालाई मद्दत गर्छौँ।
हामी सङ्कष्टमा साथ-साथ छौँ।
आफ्नो गवाहीमा दृढ रही, हामी शैतानलाई हराउँछौँ।
परमेश्वरको वचनले अगाडि बढ्न प्रोत्साहन दिन्छ।
त्यहाँ पीडा र जाँच भएपनि, यसले हाम्रो विश्वास सिद्ध पार्छ।
हामी उहाँको धार्मिकता र सुन्दरता जान्दछौँ।
हाम्रो जीवन स्वभाव बदलिन्छ, हामी परमेश्वरसम्मुख जिउँछौँ।
परमेश्वरका साथमा हुँदा मात्र प्रेम हुन्छ, प्रेम भए मात्र परिवार हुन्छ
परमेश्वरलाई प्रेम गर्ने सबै एकै परिवार।
उहाँको प्रेममा हामी नजिक आउँछौँ, हामी बढ्दै जाँदा उहाँका वचन हामीसँगै हुन्छन्।
सुन्दर राज्यमा जिउँदै हामी,
सर्वशक्तिमान् परमेश्वरलाई सदैव आराधना गर्छौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू