परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६२
17 अप्रिल 2021
मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्वरबाट आएको हो, र परमेश्वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्वरको आदेश र मानवजातिको धार्मिक अभियानका निम्ति होइनन् भने, परमेश्वरको आदेशको निम्ति शहीद भएकाहरूका निम्ति हाम्रा आत्मा अयोग्य हुनेछन्, र हाम्रा लागि सबै थोक जुटाउनुहुने परमेश्वरका निम्ति त झन् अयोग्य हुनेछन्।
परमेश्वरले यस संसारलाई सृष्टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्टि गर्नुभयो, साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो। परमेश्वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्वरका योजनाहरूबाट अलग छैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राज्यको उदय र पतन परमेश्वरको योजनाअनुसार हुन्छ भनी तैँले अवश्य पनि विश्वास गर्छस्। कुनै देश वा राज्यको नियति परमेश्वरलाई मात्र थाहा छ, अनि परमेश्वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति भएको चाहना गर्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवजातिले परमेश्वरको आराधना गर्न घुँडा टेक्नुपर्छ, परमेश्वरका सामु पश्चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, अन्यथा मानवको नियति र गन्तव्य भनेको रोक्नै नसकिने विनाश हुनेछ।
नोआले जहाज बनाएको समयलाई हेरौं: मानवजाति गहन रूपमा भ्रष्ट बनेको थियो, मानिसहरू परमेश्वरको आशिष्बाट तर्केका थिए, तिनीहरूलाई परमेश्वरले वास्ता गर्न छोड्नुभएको थियो, र तिनीहरूले परमेश्वरका प्रतिज्ञाहरू गुमाएका थिए। तिनीहरू परमेश्वरको ज्योतिविना नै अँध्यारोमा जिउँथे। तिनीहरू प्रकृतिले नै कामुक बनेका थिए र तिनीहरूले घृणित अनैतिकतामा आफैलाई सुम्पेका थिए। यस्ता मानिसहरूले परमेश्वरको प्रतिज्ञालाई पाउन सकेनन्; तिनीहरू परमेश्वरको मुहारको साक्षी हुन वा परमेश्वरको आवाज सुन्न अयोग्य थिए, किनकि तिनीहरूले परमेश्वरलाई त्यागेका थिए, परमेश्वरले तिनीहरूलाई दिनुभएका सबै थोकहरूलाई पन्छाएका थिए, र परमेश्वरका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्वरबाट टाढा-टाढा भौँतारिए, यसो भएपछि, तिनीहरूमा सबै तर्कको कमी भयो र तिनीहरू मानवता बाहिर पुगेर भ्रष्ट बने र झन्-झन् दुष्ट बने। तब तिनीहरू मृत्युको अति नजिक हिँडे र परमेश्वरको क्रोध र दण्डमा परे। नोआले मात्र परमेश्वरको आराधना गरे र दुष्टतालाई घृणा गरे, यसरी उनले परमेश्वरको आवाज सुन्न सके र उहाँका आज्ञाहरू सुने। परमेश्वरको वचनका आज्ञाहरू अनुसार उनले जहाज निर्माण गरे, र सबै किसिमका जीवित प्राणीहरूलाई त्यहाँ जम्मा गरे। अनि यसरी, सबै थोक तयार भइसकेपछि, परमेश्वरले संसारमाथि आफ्नो विनाश ल्याउनुभयो। नोआ र उनको परिवारका अरू सात जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरे र दुष्टतालाई घृणा गरे।
अब वर्तमान युगलाई हेर्नुहोस्: परमेश्वरलाई आराधना गर्ने र दुष्टतालाई त्याग्ने नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा छैनन्। तैपनि परमेश्वर यस मानवजातिप्रति अझै दयालु हुनुहुन्छ र यस अन्तिम युगको अवधिमा अझै तिनीहरूलाई क्षमा दिनुहुन्छ। परमेश्वरले उहाँ देखा पर्ने दिनको चाहना राख्नेहरूलाई खोज्नुहुन्छ। उहाँका वचनहरू सुन्न सक्नेहरू, उहाँका आदेशलाई नबिर्सेकाहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। उहाँको सामुन्ने बालकजस्तै आज्ञाकारी भएकाहरू र उहाँको विरोध नगर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। यदि तैँले आफैलाई परमेश्वरमा समर्पित गरिस्, कुनै शक्ति वा दबाबद्वारा रोकिएनस् भने, परमेश्वरले तँमाथि दया देखाउनुहुनेछ र तँमाथि आशिष खन्याउनुहुनेछ। यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, प्रशस्त ज्ञानका स्रोत, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्वरले माग्नुभएका कार्यहरू गर्नका लागि परमेश्वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति अति धार्मिक कार्य हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्वरद्वारा ती निन्दित हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर यदि तँ आफ्ना काम-कारबाहीहरूमा आफ्ना ज्ञान र क्षमतामा भर पर्छस् भने, तँ जति नै उच्च ओहोदामा भए पनि, तँ जहिले पनि असफल हुनेछस् र परमेश्वरका आशिषहरूबाट सधैँ वञ्चित हुनेछस्, किनकि तैँले गरेको कुनै पनि कुरालाई परमेश्वरले स्वीकार गर्नुहुन्न, र तैँले गरेको कार्य धार्मिक हो भनी उहाँले मान्नुहुन्न वा तैँले मानवजातिका फाइदाका लागि केही कार्य गरेको छस् भनी स्वीकार गर्नुहुन्न। तैँले गरेका सबै कामले मानवजातिलाई परमेश्वरको सुरक्षाबाट वञ्चित गर्ने र परमेश्वरका आशिषहरूलाई अस्वीकार गर्ने गरी तैँले मानवजातिका ज्ञान र बललाई प्रयोग गरिस् भनी उहाँले तँलाई भन्नुहुनेछ। तैँले मानवजातिलाई अँध्यारोतिर, मृत्युतिर र मानवले परमेश्वर र उहाँका आशिषलाई गुमाएका असीमित अस्तित्वको सुरुआततिर लैजान्छस् भनी उहाँले तँलाई भन्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ
अन्य प्रकारका भिडियोहरू