परमेश्‍वरका दैनिक वचनहरू | “परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ” | अंश ७२

परमेश्‍वरका दैनिक वचनहरू | “परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ” | अंश ७२

1 |15 नोभेम्बर 2020

तिमीहरू अमेरिकी, ब्रिटिस अथवा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूको आफ्नै स्वलाई उछिन्दै, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्‍वरको कामलाई सृष्टि गरिएको प्राणीको परिप्रेक्ष्य बाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्‍वरको पाइलाहरूमा सीमितता ल्याउनेछैनौ। यो यसैले हो किनभने, आजकल, धेरै मानिसहरूले परमेश्‍वर कुनै विशेष जाति अथवा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्‍वरको कामको महत्त्व कति गहन छ, र परमेश्‍वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसको धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्‍वर देखा पर्नुलाई खोज्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताको धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरूको आफ्नै धारणाहरूले विवश हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्‍वर देखा पर्नुलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।

परमेश्‍वर सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ। उहाँले आफूलाई उहाँ कुनै जाति अथवा मानिसको व्यक्तिगत सम्पत्तिको रूपमा मान्नुहुन्न, तर कुनै पनि स्वरूप, जाति वा मानिसहरूको विवशतामा नभई उहाँले योजना गर्नुभए अनुसार भइरहेको छ। सायद तिमीले यसको स्वरूपलाई कहिल्यै कल्पना गरेका छैनौ, अथवा सायद यस प्रकारका स्वरूपप्रति तिम्रो अस्वीकृत मनोवृत्ति हुन सक्छ, वा सायद परमेश्‍वरले जुन जातिकहाँ आफैलाई प्रकट गर्नुहुन्छ र जुन मानिसहरूको बीचमा उहाँ देखा पर्नुहुन्छ तिनीहरू सबै मानिसहरू प्रति भेदभाव भएको र पृथ्वीमा सबैभन्दा पछि परेको हुन सक्छ। अझै पनि परमेश्‍वरसँग उहाँको बुद्धि छ। उहाँको महान शक्तिको साथमा र उहाँको सत्यता अनि उहाँको स्वभावद्वारा, उहाँले साँच्चै उहाँको जस्तै मन भएको मानिसहरूको समूहलाई प्राप्त गर्नुभएको छ, र यो मानिसहरूको समूह जसलाई उहाँ पूर्ण बनाउने कामना गर्नुहुन्छ, उहाँले जित्नुभएको समूह, जसले सबै प्रकारका जाँचहरू र कष्टहरू र सबै प्रकारका सतावटहरूलाई सहेको छ, यसले मात्रै अन्तसम्म उहाँलाई पछ्याउन सक्छ। परमेश्‍वर देखा पर्नुको उद्देश्य भनेको कुनै स्वरूप वा जातिको अवरोधहरूबाट स्वतन्त्र भई उहाँले योजना गर्नुभएको कामलाई पूरा गर्न उहाँलाई सक्षम पार्नु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य चाहिँ सम्पूर्ण मानवजातिको उद्धार गर्न क्रुसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरको निम्ति यो असम्भव थियो भनेर विश्वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशू ख्रीष्टको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने। तिनीहरूको “असम्भव” विचार नै तिनीहरूले परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने आधार बने, र अन्ततः इस्राएललाई विनाशमा डोर्यायो। आज पनि धेरै मानिसहरूले त्यस्तै प्रकारको गल्तीहरू गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वर तुरुन्तै देखा पर्ने घटनालाई घोषणा गर्छन्, तैपनि उही समयमा परमेश्‍वर देखा पर्नुलाई दोष पनि दिन्छन्; तिनीहरूको असम्भव विचारले फेरि एकचोटि परमेश्‍वर देखा पर्नुलाई तिनीहरूको कल्पनाका सिमितताहरूमा बन्द गरी राख्दछ। अनि त्यसैले धेरै मानिसहरूलाई मैले परमेश्‍वरको वचनको कुरामा आउँदा जङ्गली र कठोर हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको दोष र ईश्वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यको उपस्थितिमा आदरणीय छैनौं, अझैपनि तृष्णाको मनोवृत्तिको कुरा त परै जाओस्। तिमीहरूचाहिँ अन्धाधुन्ध अध्ययन गर्ने र कुनै चासो बिनै पर्खि बस्ने गर्छौ। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्छौ? के तिमीले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौं भन्ने लाग्छ? यदि तिमीले परमेश्‍वरको वाणीलाई फरक छुटाउन सक्दैनौ भने, कुन तरिकामा तिमी परमेश्‍वर देखा पर्ने घटनाको साक्षी बन्न योग्य हुन्छौ? जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। केवल सत्यतालाई स्विकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ, र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्ने घटनालाई देख्‍नको लागि योग्य हुनेछ। तिम्रो धारणालाई छोडिदेऊ! आफैलाई शान्त पारेर यी शब्दहरूलाई होसियारी सँग पढ्। यदि तिमी सत्यको तृष्णा गर्छौ भने, परमेश्‍वरले तिमीलाई ज्योति दिनुहुनेछ र तिमीले उहाँको वचनहरू र इच्छा बुझ्ने छौ। तिम्रो “असम्भव” भन्ने विचारलाई छोडिदेऊ! जति मानिसहरूले कुनै कुरा असम्भव छ भन्ने विश्वास गर्छ, धेरैजसो त्यस्तै हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसको सोचाइ र धारणाहरूका सीमाहरूलाई उछिन्छ। जब कुनै कुरा धेरै असम्भव हुन्छ, त्यहाँ धेरै खोज्न सकिने सत्यता हुन्छ; जति धेरै केही कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा बाहिर हुन्छ, यसमा त्यति नै धेरै परमेश्‍वरको इच्छा हुन्छ। यो यसैले हो किनभने उहाँले आफैलाई जहाँ प्रकट गरे पनि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्ने शैली र स्थानले उहाँको तत्व परिवर्तन हुनेछैन। उहाँका पाइलाहरू जहाँ भएतापनि परमेश्‍वरको स्वभाव उही रहन्छ, र उहाँका पाइलाहरू जहाँ भए तापनि, उहाँ सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ, प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई सबै एसिया, युरोप र अमेरिकाका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ र त्यो भन्दा पनि ज्यादा, उहाँ सारा ब्रम्‍हाण्डका एकमात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले हामी परमेश्‍वरको इच्छा खोजौं र उहाँको वाणीमा उहाँ देखा पर्नुलाई पत्ता लगाऔं, र उहाँका पाइलाहरूसँगै कदम चालौं! परमेश्‍वर नै बाटो, सत्य र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँ देखा पर्ने कुरा एकैसाथ अस्तित्वमा छन्, र उहाँको स्वभाव अनि पाइलाहरू सबै मानवजातिको लागि सधैं खुल्ला छन्। प्रिय भाइबहिनीहरू, म आशा गर्दछु कि तिमीहरूले यी वचनहरूमा परमेश्‍वर देखा पर्नुभएको हेर्न सक, तिमीहरूले नयाँ युगमा पाइला राखी अघि बढ्दै गर्दा उहाँको पाइलाहरू पछ्याउन थाल्‍न सक, र उहाँको प्रकटीकरणलाई पर्खिनेहरूको लागी परमेश्‍वरले तयारी गर्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्न सक।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप देखाउनुहोस्

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्