परमेश्‍वरका दैनिक वचनहरू | “परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ” | अंश ७१

परमेश्‍वरका दैनिक वचनहरू | “परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ” | अंश ७१

107 |15 नोभेम्बर 2020

परमेश्‍वरको छ-हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुलाई खोज्नेहरू सबैका निम्ति राज्यको ढोका अघिबाटै खोलिसकिएको छ। प्रिय भाइ-बहिनीहरू, तिमीहरू के पर्खिदैछौ? तिमीहरूले खोजेको के हो? के तिमीहरू परमेश्‍वर देखा पर्नुभएको होस् भनी पर्खिरहेका छौ? तिमीहरू उहाँका पाइलाहरू खोजिरहेका छौ? कसैले कसरी परमेश्‍वर देखा पर्नेबारे तृष्णा गर्छ! अनि परमेश्‍वरका पाइलाहरू भेट्टाउन कति गारो छ! यस्तो युगमा, यस्तो संसारमा, परमेश्‍वर देखा पर्ने दिनलाई देख्‍नको लागि हामीले के गर्नुपर्छ? परमेश्‍वरका पाइलाहरूसँगै हिँड्न हामीले के गर्नुपर्छ? परमेश्‍वरको देखा पर्नुलाई पर्खिरहेका सबै जनाले यस्तो प्रकारको प्रश्नहरूको सामना गरिरहेका छन्। तिमीहरू सबैले एकभन्दा धेरै समयमा ती कुराहरूको विचार गरेका छौ—तर परिणाम के छ? परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ? परमेश्‍वरका पाइलाहरू कहाँ छन्? के तिमीहरूले यसको जवाफ पाएका छौ? धेरै मानिसहरूले यसरी जवाफ दिन सक्छ: “उहाँ र उहाँको पाइलाहरूलाई पछ्याउनेहरूका बीचमा परमेश्‍वर देखा पर्नुहुन्छ; यो त्यति सजिलो छ!” जो कसैले पनि सूत्रगत उत्तर दिन सक्छ, तर के तिमीहरू परमेश्‍वर देखा पर्नु अथवा उहाँको पाइलाहरूको अर्थ के हो भनी बुझ्छौ? परमेश्‍वर देखा पर्नुले उहाँ स्वयम्को व्यक्तित्वमा उहाँको काम गर्नको निम्ति पृथ्वीमा उहाँको आगमनलाई संकेत गर्दछ। उहाँको आफ्नै पहिचान र स्वभावको साथमा, र उहाँलाई सहज हुने मार्गमा, उहाँ मानिसहरूको बीचमा युगको सुरुवात गर्ने र युगको अन्त गर्ने काम गर्न ओर्ली आउनुहुन्छ। यस्तो प्रकारले देखा पर्नु चाहिँ एक प्रकारको समारोह होइन। यो चिन्ह, तस्विर, अचम्मको काम, अथवा कुनै किसिमको ठूलो दर्शन, र अझ कम यो कुनै प्रकारको धार्मिक प्रक्रिया होइन। यो जो-कसैले पनि छुन र हेर्न सक्ने वास्तविक र यथार्थ तथ्य हो। यस्तो प्रकारले देखा पर्नु चाहिँ गतिहरूको माध्यमबाट पार हुनको लागि अथवा कुनै छोटो समयको उपक्रमको निम्ति होइन; बरु, यो उहाँको व्यवस्थापन योजनाको कामको चरणको निम्ति हो। परमेश्‍वर देखा पर्ने घटना जहिले पनि अर्थपूर्ण हुन्छ र यसले सँधै उहाँको व्यवस्थापनको योजनासँग केही सम्बन्ध वहन गर्दछ। यहाँ भनिएको “देखा पर्नु” त्यो “देखा पर्नु” भन्दा पूर्ण रूपले भिन्न छ जसमा परमेश्‍वरले मानिसलाई अगुवाई गर्नुहुन्छ, डोर्याउनुहुन्छ र ज्योति दिनुहुन्छ। प्रत्येक चोटि उहाँले आफैलाई प्रकट गर्नुहुँदा परमेश्‍वरले उहाँको महान कामको चरणलाई अघि बढाउनुहुन्छ। यो कार्य चाहिँ अरू कुनै युगको भन्दा भिन्न छ। यो मानिसको निम्ति अकल्पनीय छ र मानिसले कहिल्यै अनुभव गरेको छैन। यो काम नयाँ युगलाई सुरुवात गर्ने र पुरानो युगलाई अन्त्य गर्ने काम हो, र यो मानवजातिको मुक्तिको निम्ति कामको नयाँ र सुधारिएको रूप हो; अझ बढी, यो मानवजातिलाई नयाँ युगमा ल्याउने काम हो। परमेश्‍वर देखा पर्नुले यही कुरालाई दर्साउँछ।

तिमीहरूले परमेश्‍वर देखा पर्नुको अर्थ के हो भन्ने बुझिसकेपछि, कसरी तिमीहरूले परमेश्‍वरको पाइलाहरूलाई खोज्नुपर्छ? यो प्रश्न व्याख्या गर्न गाह्रो छैन: जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ तिमीहरूले उहाँका पाइलाहरूलाई भेट्टाउँनेछौ। यस्तो व्याख्या सरल सुनिन्छ, तर अभ्यासमा ल्याउन त्यति सहज छैन, किनकि धेरै मानिसहरूलाई परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ भन्ने थाहा छैन, उहाँ कहाँ देखा पर्न चाहनुहुन्छ, कहाँ देखा पर्नुपर्ने हो भन्ने कुरा त परै जाओस्। केहीले आवेगका साथ विश्वास गर्छन् कि जहाँ पवित्र आत्माको काम हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। अन्यथा तिनीहरू विश्वास गर्छन् कि जहाँ आत्मिक व्यक्तित्वहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। अन्यथा तिनीहरू विश्वास गर्छन् कि जहाँ उच्च प्रतिष्ठाका मानिसहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। केही क्षणको लागी, यस्तो विश्वासहरू सहि छन् कि गलत छन् भन्ने कुरालाई हामी एकातिर छोडौं। यस्तो प्रश्न व्याख्या गर्न, हामीसँग पहिला स्पष्ट उद्देश्य हुनुपर्दछ: हामी परमेश्‍वरका पाइलाहरू खोजिरहेका छौं। हामी आत्मिक व्यक्तित्वहरूलाई खोजिरहेका छैनौं, चर्चित व्यक्तित्वहरूका पछि लाग्ने कुरा त परै जाओस्; हामी परमेश्‍वरका पाइलाहरूलाई पछ्याइरहेका छौं। यसैकारणले, किनकि हामीहरू परमेश्‍वरको पाइलाहरूलाई खोजिरहेका छौं, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएको नयाँ वचन हुन्छ, परमेश्‍वरको आवाज त्यहाँ हुन्छ, र जहाँ परमेश्‍वरको पाइलाहरू हुन्छ, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ देखा पर्नुहुन्छ, त्यहाँ बाटो, सत्य र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर बाटो, सत्य र जीवन हुनुहुन्छ” भन्ने “वचनहरू” लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरको पाइलाहरू भेट्टाइएका छन् भनी विश्वास गर्दैनन्, र अझै तिनीहरूले परमेश्‍वर देखा पर्नुलाई स्वीकार गर्छन् भन्ने कुरा त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नु मानिसको धारणाहरूसँग मिलाप हुन सक्दैन, अझै परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। जब उहाँ आफ्‍नो काम गर्नुहुन्छ परमेश्‍वरले उहाँको आफ्नै छनोटहरू र उहाँको आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसबाहेक, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँको आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुन्छ, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह खोज्नु आवश्यक छैन, अझ प्रत्येक र हरेक व्यक्तिलाई उहाँको काम सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझै-बढी सबैद्वारा चिनिनुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुलाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नु भनी माग गर्नुहुँदैन, अझ उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍ने र तिमीहरूको आफ्नै धारणाहरूसँग उहाँलाई सीमित राख्‍ने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ भनी तिमीहरूले सोध्नुपर्छ, कसरी तिमीहरूले परमेश्‍वर देखा पर्नुलाई स्विकार्नुपर्छ, र कसरी तिमीहरूले परमेश्‍वरको नयाँ काममा समर्पण गर्नु पर्छ; मानिसले गर्नुपर्ने यहि हो। किनकि मानिस सत्य होइन, र सत्यताको मालिक पनि होइन, त्यसैले उसले खोज्नु, स्विकार्नु, र आज्ञा पालन गर्नुपर्छ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप देखाउनुहोस्

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्