Christian Song | परमेश्वरले पूर्ण रूपमा आफ्नो आशा मानिसमा राख्नुहुन्छ | with lyrics
5 अगस्ट 2021
सुरुदेखि आजको दिनसम्म, मानिस मात्र परमेश्वरसँग कुराकानी गर्न सक्षम भएको छ।
अर्थात्, सबै जीवित प्राणीहरू र परमेश्वरका सृष्टिहरूमध्ये मानिसबाहेक अरू कोही पनि परमेश्वरसँग कुराकानी गर्न सक्षम भएको छैन।
मानिससित कान छन् जसद्वारा उसले सुन्न सक्छ, र आँखा छन् जसद्वारा उसले देख्न सक्छ; ऊसित भाषा छ, र आफ्नै विचारहरू र स्वतन्त्र इच्छा छ।
ऊसित ती सबै कुराहरू छन् जुन परमेश्वर बोलेको सुन्न, परमेश्वरको इच्छा बुझ्न र परमेश्वरको आदेशलाई स्वीकार गर्नका निम्ति चाहिन्छ,
र यसरी मानिस उहाँको जस्तै मन भएको सहयात्री होस् र उहाँको साथमा हिँड्न सकोस् भन्ने चाहना गर्दै परमेश्वरले उहाँका सबै चाहनाहरू मानिसलाई प्रदान गर्नुहुन्छ।
जबदेखि परमेश्वरले व्यवस्थापन गर्न थाल्नुभयो, त्यसै बेलादेखि मानिसले आफ्नो हृदय उहाँलाई दिओस्,
परमेश्वरलाई त्यो शुद्ध र सुसज्जित पार्न दिओस्, उसलाई परमेश्वरका निम्ति सन्तोषजनक र परमेश्वरद्वारा प्रेम गरिएको बनाउन,
उसलाई परमेश्वरको आदर गर्ने र खराबी त्याग्ने बनाउन दिओस् भनेर उहाँले पर्खिरहनुभएको छ। परमेश्वरले सधैँ बाटो हेर्नुभएको छ र यो नतिजा पर्खनुभएको छ।
उसलाई परमेश्वरका निम्ति सन्तोषजनक र परमेश्वरद्वारा प्रेम गरिएको बनाउन, उसलाई परमेश्वरको आदर गर्ने र खराबी त्याग्ने बनाउन दिओस् भनेर उहाँले पर्खिरहनुभएको छ।
परमेश्वरले सधैँ बाटो हेर्नुभएको छ र यो नतिजा पर्खनुभएको छ।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू