ख्रीष्टीय प्रशंसा गीत | मानवजातिको भविष्यको निम्ति परमेश्‍वर विलाप गर्नुहुन्छ

16 सेप्टेम्बर 2020

संसारको व्यापक फैलावटमा अनगिन्ती परिवर्तनहरू भएका छन्,

महासागरहरू भरिएर मैदानमा परिणत हुँदैछन्, जमिनहरू बगेर महासागरहरूमा परिवर्तन भइरहेका छन्

र यो क्रम जारी नै रहन्छ।

ब्रम्‍हाण्डमा भएका सबै थोकमाथि शासन गर्नुहुने बाहेक

अरू कोही पनि मानव जातिलाई अगुवाइ गर्न र मार्गनिर्देशित गर्न सक्षम छैन।

मानवजातिको निम्ति काम गर्ने वा तयारी गर्न सक्ने शक्तिशाली व्यक्ति कोही पनि छैन,

मानव जातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने

र संसारका अन्यायहरूबाट मुक्त गर्न सक्‍ने

व्यक्ति अझै कम छन्।

मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ,

उहाँ मानिसको पतन प्रतिशोक गर्नुहुन्छ,

अनि मानिस फर्कन नसक्‍ने विनाशको मार्गतिर क्रमिक रूपमा लागिरहेको कुराले उहाँलाई पीडा दिन्छ।

मानवजातिले परमेश्‍वरको हृदयलाई छियाछिया बनाएको छ र दुष्‍टलाई खोज्नको लागि उहाँलाई त्यागेको छः

के मानवजाति यस्तो मार्गमा लागेको हुन सक्छ भन्ने कुराप्रति

कसैले कहिल्यै विचार गरेको छ?

यसैकारणले गर्दा कसैले पनि परमेश्‍वरको क्रोध थाहा गर्दैन,

कसैले परमेश्‍वरको मार्गलाई खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन,

अझ भन्नुपर्दा, किन कसैले पनि परमेश्‍वरको शोक र पीडालाई बुझ्न खोज्दैन।

परमेश्‍वरको आवाज सुनेपछि पनि,

परमेश्‍वरको अनुग्रह र वास्ताबाट तर्केर,

उहाँको सत्यतालाई त्यागेर मानिस आफ्नै मार्गमा हिँडिरहन्छ

र परमेश्‍वरको शत्रु शैतानको हातमा आफूलाई बेच्न रुचाउँछ।

के मानिस आफ्नो जिद्दीमा लागिरहनुपर्छ, अनि परमेश्‍वरलाई फर्केर नहेरिकन नै

उहाँलाई छोड्ने मानवजातिप्रति परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले विचार गरेको छ?

परमेश्‍वरले यस अघि कहिल्यै नभएको विपत्ति उहाँको बाहुलीले

तयार पार्नुभएको हुनाले उहाँले पटक-पटक याद दिलाउनुभएको र अर्ती दिनुभएको कसैले जान्दैनन्,

जुन विपत्ति मानव शरीर र प्राणको निम्ति असह्‍य हुनेछ।

यो विपत्ति शरीरको निम्ति मात्र दण्ड होइन,

तर प्राणको निम्ति पनि हो।

तैँले यो कुरा थाहा पाउनुपर्छ:

जब परमेश्‍वरको योजना विफल हुन्छ

र उहाँका याद दिलाउने कुराहरू र अर्तीहरूले कुनै जवाफ पाउँदैन,

तब उहाँले कस्तो क्रोध पोखाउनुहुन्छ होला?

तब उहाँले कस्तो क्रोध पोखाउनुहुन्छ होला?

यो कुनै पनि सृष्‍टि गरिएका प्राणीहरूले

कहिल्यै नभोगेका र नसुनेका किसिमको हुनेछ।

त्यसैले परमेश्‍वर भन्‍नुहुन्छ,

यो विपत्ति पहिले कहिल्यै आएको थिएन

र फेरि कहिल्यै आउने छैन।

मानवजातिलाई सृष्‍टि गर्ने परमेश्‍वरको योजना यो एक पटकको लागि मात्रै हो

र मानवजातिलाई मुक्ति दिने पनि यो एक पटकको लागि मात्रै हो।

यो पहिलो पटक पनि र अन्तिम पनि हो।

यसकारण, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन

यस पटक गर्नुहुने कडा परिश्रम र जोशपूर्ण अपेक्षालाई

कसैले बुझ्दैन।

परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन

यस पटक गर्नुहुने कडा परिश्रम र जोशपूर्ण अपेक्षालाई कसैले बुझ्‍न सक्दैन।

यस पटक गर्नुहुने कडा परिश्रम र जोशपूर्ण अपेक्षालाई कसैले बुझ्‍न सक्दैन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्