Christian Song | परमेश्‍वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ

5 अप्रिल 2024

मानिसले किन सत्यताको खोजी गर्नैपर्छ?

सबैभन्दा महत्त्वपूर्ण कारण के हो भने, परमेश्‍वरको लागि,

सत्यता पछ्याउने कार्य उहाँको व्यवस्थापन,

मानवजातिप्रतिको उहाँको अपेक्षा,

र मानवजातिप्रति उहाँले गर्नुभएको आशासँग सम्‍बन्धित छ।

यो परमेश्‍वरको व्यवस्थापन योजनाको एउटा भाग हो।

तँ जोसुकै भए पनि र तैँले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि,

यदि तँ सत्यता पछ्याउँदैनस् वा यसलाई प्रेम गर्दैनस् भने,

तँ अवश्य नै अन्तमा हटाइने व्यक्ति बन्‍नेछस्।

यो कुरा स्पष्ट छ।

परमेश्‍वरले तीन चरणको काम गर्नुहुन्छ;

उहाँले मानवजातिको सृष्टि गर्नुभएदेखि नै उहाँसँग व्यवस्थापन योजना थियो,

र एकएक गरी यसका चरणहरू उहाँले मानवजातिमा पूरा गर्नुभयो,

र मानवजातिलाई चरणबद्ध रूपमा आजको दिनसम्‍म डोर्‍याउनुभयो।

उहाँले मानवजातिलाई व्यक्त गर्नुहुने सत्यताहरू र

भन्नुहुने उहाँका मागका मापदण्डका हरेक पक्षलाई,

मानिसभित्र काममा ल्याउने अन्तिम उद्देश्यका लागि,

त्यसलाई मानिसको जीवन र वास्तविकता बनाउँदै उहाँले कति कठिन परिश्रम गर्नुभएको

र कति ठूलो मूल्य चुकाउनुभएको छ र कति लामो समयसम्म सहनुभएको छ।

परमेश्‍वरको नजरमा, यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।

परमेश्‍वरले यस मामलालाई अत्यन्तै महत्त्वपूर्ण मान्‍नुहुन्छ।

परमेश्‍वरको नजरमा, यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।

परमेश्‍वरले यस मामलालाई अत्यन्तै महत्त्वपूर्ण मान्‍नुहुन्छ।

व्यक्तिको क्षमता, उसको उमेर,

वा उसले परमेश्‍वरमा विश्‍वास गरेको अवधि जे-जति भए पनि,

हरेक व्यक्तिले सत्यता पछ्याउने मार्गमा प्रयास लगाउनुपर्छ।

तैँले कुनै पनि वस्तुगत तर्कमा जोड दिनु हुँदैन;

तैँले सर्तरहित रूपमा सत्यता पछ्याउनुपर्छ। आफ्‍ना दिनहरू व्यर्थमा खेर नफाल।

यदि तैँले सत्यता पछ्याइलाई आफ्नो जीवनको सबैभन्दा ठूलो कुराको रूपमा लिँदै सोही दिशामा खोजी गर्ने

र प्रयास लगाउने गर्छस् भने,

तैँले तेरो खोजीमा प्राप्त गरेको र भेटेको सत्यता तैँले इच्छा गरेको जस्तो नहुन सक्छ।

तर यदि परमेश्‍वरले तेरो खोजीमा तैँले देखाएको मनोवृत्ति र तेरो इमानदारिताको आधारमा

तँलाई उचित गन्तव्य दिन्छु भनी भन्‍नुभयो भने, त्यो कति राम्रो हुनेछ!

अहिलेको लागि तेरो गन्तव्य वा परिणाम कस्तो हुनेछ भनेर ध्यान नदे।

के हुनेछ र भविष्यले के साँचेर राखेको छ,

तँ विपत्तिबाट जोगिन सक्‍नेछस् कि मर्नेछस्—

यी कुराहरू माग्ने वा तीबारे सोच्‍ने नगर्।

परमेश्‍वरका वचन र उहाँका मागहरूमा सत्यता पछ्याउन,

आफ्‍नो कर्तव्य राम्ररी निभाउन,

परमेश्‍वरको इच्‍छा सन्तुष्ट गर्नमा मात्र ध्यान दे,

ताकि तैँले परमेश्‍वरको छ हजार वर्षको प्रतीक्षा,

उहाँको छ हजार वर्षको अपेक्षा अयोग्य प्रमाणित गर्नेछैनस्।

परमेश्‍वरलाई केही आराम दे; तँमा केही आशा छ भनी देख्‍ने तुल्या,

र तँमा उहाँको कामना साकार हुन दे।

यदि तैँले त्यसो गरिस् भने के परमेश्‍वरले तँलाई जथाभावी व्यवहार गर्नुहुनेछ?

अनि यदि अन्तिम परिणाम आफूले कामना गरेजस्तो नभएमा,

सृष्टि गरिएको प्राणीको रूपमा, कुनै व्यक्तिगत योजना नराखी

सबै कुरामा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ।

त्यो सही मानसिकता हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। मानिसले किन सत्यताको खोजी गर्नैपर्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्