Nepali Christian Song 2022 | आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग सुरु गर्नुभयो | with lyrics
10 जनवरी 2022
पद १
जब येशू मानिसको संसारमा आउनुभयो,
व्यवस्थाको युग समाप्त गर्नुभयो
र अनुग्रहको युग सुरु गर्नुभयो।
आखिरी दिनहरूमा, परमेश्वर फेरि देहधारी हुनुभयो,
अनुग्रहको युग समाप्त गर्नुभयो
र राज्यको युग सुरु गर्नुभयो।
पूर्व कोरस १
उहाँको दोस्रो देहधारण
स्वीकार गर्नेहरूलाई
राज्यको युगतिर लगिनेछ र
उहाँको मार्गदर्शन स्वीकार्न सक्छन्।
कोरस
मानिसको पाप क्षमा गरीएपछि,
उसलाई नयाँ युगतिर डोऱ्याउन
उहाँ देहमा फर्कनुभयो।
मानिसलाई नयाँ क्षेत्रमा ल्याउन
उहाँले न्यायको काम सुरु गर्नुभयो।
समर्पित हुनेहरू साँच्चै ज्योतिमा बाँचि
उच्च सत्यको आनन्द लिन्छन् र
ठूला आशिष प्राप्त गर्नेछन्
र पाउनेछन् सत्य, मार्ग र जीवन।
पद २
येशूले मानिस माझ धेरै काम गर्नुभयो।
तर सारा मानवजातिको
छुटकारा मात्र पूरा गर्नुभयो।
मानिसको पापको बलि बन्नुभयो,
तैपनि मुक्त गर्नुभएन तिनलाई
सबै भ्रष्ट स्वभाव र भ्रष्टताबाट।
पूर्व कोरस २
शैतानबाट मुक्ति दिन
येशूले मानिसको पाप बोक्नुपर्यो,
उसलाई शैतानको भ्रष्टताबाट मुक्त गर्न
परमेश्वरले ठूलो काम गर्नुपर्ने छ।
कोरस
मानिसको पाप क्षमा गरीएपछि,
उसलाई नयाँ युगतिर डोऱ्याउन
उहाँ देहमा फर्कनुभयो।
मानिसलाई नयाँ क्षेत्रमा ल्याउन
उहाँले न्यायको काम सुरु गर्नुभयो।
समर्पित हुनेहरू साँच्चै ज्योतिमा बाँचि
उच्च सत्यको आनन्द लिन्छन् र
ठूला आशिष प्राप्त गर्नेछन्
र पाउनेछन् सत्य, मार्ग र जीवन।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू