मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

11 अक्टोबर 2021

सुक्षिङ, चीन

केही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई उनको स्थान लिनको लागि रोजे। चुनावको नतीजाले मलाई चिन्तित तुल्यायो। एक अगुवा बन्नको लागि सत्यतासम्बन्धी बुझाइ र अरूहरूले जीवन प्रवेशमा भोग्ने समस्याहरू समाधान गर्ने क्षमता आवश्यक पर्छ। यसको अर्थ बोझ बोक्नु र व्यावहारिक कार्य गर्नु पनि हो। मैले यसअघि अगुवाको रूपमा केही समय सेवा गरें, तर मलाई सँधै प्रतिस्थापित गरिन्थ्यो किनकि म नाम र हैसियतको खोजीमा थिएँ र व्यावहारिक काम गर्न असफल भएँ। मलाई थाहा थियो, यदि त्यस समय मैले आफ्नो काम राम्ररी नगरेको भए, परमेश्‍वरको घर र मण्डलीका सदस्यहरूको जीवन प्रवेशमा बाधा पुर्‍याउनुको आलावा, स्थिति राम्रै भए मलाई बढीमा बरखास्त गरिने थियो र स्थिति नराम्रो भए कमसे कम मलाई खुलासा गरी निष्कासन गरिने थियो। मैले फेरि अगुवा बन्नमा, उच्च पद प्राप्त गर्नमा रूचि राखिनँ; मैले केवल मेरो टाउको निहुराउन र मेरो कर्तव्य राम्ररी गर्न चाहें। त्यसैले, “होइन, म यो कामको लागि होइन,” भन्दै, मैले यसलाई उत्तिबेलै अस्वीकार गरें, र सबै प्रकारका बहाना बनाएँ। म विश्‍वस्त थिएँ कि त्यसो गर्नु व्यावहारिक, आत्म-जागरूक कुरा हो, तर पछिका दाजुभाइ तथा दिदीबहिनीहरूसँगको संगतिबाट मात्र मैले महसुस गरें कि नेतृत्वको भूमिका निर्वाह गर्नमा मेरो हिचकिचाहट त म “जति ठूलो कद उति कडा खसाइ” र “शिखरमा पुग्‍ने एक्लो हुन्छ” जस्ता शैतानी विषहरूको नियन्त्रणमा भएको कारणले थियो। मलाई लाग्यो कि अगुवा हुनु खतरनाक छ, किनकि यसले मलाई कुनै पनि क्षणमा खुलासा र निष्कासन गरिने जोखिममा पार्ने थियो। सैद्धान्तिक रूपमा, मैले यसप्रतिको मेरो विचार सत्यताअनुरूप छैन भन्ने बुझेँ र नेतृत्वको कर्तव्य स्वीकारेँ, तर मैले आफ्नो कर्तव्यसम्बन्धी चिन्ताहरूलाई हल्लाउन सकिनँ किनभने मैले मेरो स्थितिको समाधान गरेको थिइनँ। मलाई खराब प्रदर्शन गर्ने र बरखास्त हुने र निष्कासन हुने डर थियो, त्यसैले म स्व-आरक्षितपन र गलत बुझाइको स्थितिमा बाँचिरहेको थिएँ। त्यो समय, मेरो स्थिति निरन्तर बिग्रँदै गयो; मेरा प्रार्थनाहरू प्रेरणाविहीन थिए, मैले परमेश्‍वरको वचनहरू पढेर कुनै ज्योति प्राप्त गरिनँ र मैले आफ्नो कर्तव्यप्रति कुनै जोस जगाउन सकिनँ। म पूर्ण स्तम्भित भएर बाँचिरहेको थिएँ। मेरो पीडामा मैले परमेश्‍वरलाई पुकारें: “हे परमेश्‍वर! म धेरै विद्रोही छु; म यो कर्तव्यको माझमा आज्ञाकारी हुन सक्दिनँ। कृपया मलाई मार्गनिर्देशन दिनुहोस्, मलाई आफैलाई जान्न र आज्ञापालन गर्न दिनुहोस्।”

मैले मेरो प्रार्थनापछि परमेश्‍वरको वचनहरूको यो अंश पढेँ: “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्वीकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ” (वचन देहमा देखा पर्नुहुन्छको “पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने”)। परमेश्‍वरको न्याय र प्रकाशका वचनहरूले मेरो हृदयमा डर पैदा गर्यो, खास गरी त्यो खण्डमा जहाँ उहाँले यसो भन्नुहुन्छ, “अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो।” त्यो मेरो लागि अविश्‍वसनीय रूपमा मार्मिक थियो। प्रतिरक्षापन र गोलमालको स्थितिमा हुँदा म परमेश्‍वरको विरोध गर्दै र उहाँको निन्दा गर्दै थिएँ। म ती सबै समयहरूमा कसरी आफूलाई नेतृत्वको भूमिकाबाट बरखास्त गरिएको थियो भनेर सोच्थें, यस्तो भएको थियो किनभने मैले सत्यलाई पछ्याएको थिइनँ, बरू मानिसहरूलाई मेरो प्रशंसा गराउन र आदरसाथ मतर्फ हेराउन कोशिश गर्दै, म केवल नाम र ओहदाको पछि लागिरहेको थिएँ। म परमेश्‍वरको विपरित मार्गमा थिएँ। मलाई पदबाट हटाइएपछि परमेश्‍वरका वचनहरूले मलाई उहाँको इच्छालाई बुझ्ने कार्यतर्फ डोर्‍याए; यी परमेश्‍वरका वचनहरू नै थिए जसले मलाई मेरो असफलता र नकारात्मकताबाट बाहिर निकाले। अनि त्यसपछाडि पनि, परमेश्‍वरले मलाई मेरो कर्तव्य पालन गर्न जारी राख्न, आफ्नो कर्तव्य पालनको सिलसिलामा सत्यतालाई पछ्याउन, र उहाँबाट मुक्ति हासिल गर्ने अवसर दिनुभयो। मैले परमेश्‍वरले मलाई खुलासा गर्ने र नामेट पार्ने कुनै अभिप्राय राख्नुभएको छैन भन्ने महसुस त गरें, तर म पूरै अनुमान र शंकाको भरिएको थिएँ र म परमेश्‍वरले मलाई खुलासा गर्न र पन्छाउनको लागि अगुवाको रूपमा मेरो सेवालाई प्रयोग गर्दै हुनुहुन्छ भन्ने सोच्थेँ। यो पूर्ण रूपमा परमेश्‍वरप्रतिको गलत बुझाइ थियो—यो ईश्‍वरनिन्दा थियो! यसले अन्त्यमा मेरो विद्रोही हृदयलाई थोरै जागृत पार्‍यो र मैले देखें कि केही पटक आफूलाई बरखास्त गरिएको भए तापनि मैले त ती अनुभवहरूलाई कहिल्यै सत्यताको खोजी गर्ने र आफैलाई मनन गर्ने अवसरको रूपमा प्रयोग गरिनेछु। यसको सट्टा, परमेश्‍वरप्रति मेरो गलत बुझाइ र मेरो स्व-आरक्षितपन झन्-झन् बढेछ। अनि म दोष र पछुतोले भरिएँ।

तब मैले परमेश्‍वरका वचनहरूको अर्को अंश पढेँ: “भ्रष्ट मानिसहरूले हैसियत प्राप्त गर्नेबित्तिकै—चाहे तिनीहरू जोसुकै होऊन्—के तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछन्? (यदि तिनीहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछन्, तर तिनीहरूले सत्यताको खोजी गर्छन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछैनन्।) यो यस्तै हुन्छ भन्‍ने निश्चित छैन। त्यसकारण, के ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेहरूले हैसियतको कारण त्यो मार्ग हिँडेका हुन्? मानिसहरूले सही मार्ग नलिँदा त्यस्तो हुन्छ। तिनीहरूसँग पछ्याउने सही मार्ग हुन्छ, तर तिनीहरूले यसलाई पछ्याउँदैनन्; बरु, तिनीहरूले दुष्ट मार्ग पछ्याउन हठ गर्छन्। यो त मानिसहरूको खाने बानी जस्तै हो: कतिपयले आफ्‍नो शरीरलाई पोषण दिने र सामान्य जीवन जिउन सहयोग गर्ने खाने कुराको खाँदैनन्, बरु आफूलाई हानि गर्ने कुराहरू खान्छन्, र यसरी तिनीहरूले आफ्‍नै खुट्टामा बन्चरो हान्छन्। के यो तिनीहरूको आफ्‍नै निर्णय होइन र? अगुवाहरूको रूपमा सेवा गरेका तर हटाइएका कतिपय मानिसहरू यसो भन्दै प्रचार गरिहिँड्नु भनेको के हो त? ‘अगुवा नबन, र हैसियत प्राप्त नगर। कुनै हैसियत प्राप्त गर्नेबित्तिकै मानिसहरू खतरामा हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई खुलासा गर्नुहुनेछ! तिनीहरूको खुलासा भएपछि, तिनीहरू साधारण विश्‍वासी हुनसमेत योग्य हुँदैनन्, र तिनीहरूसँग कुनै पनि अवसर हुनेछैन।’ त्यो कस्तो प्रकारको भनाइ हो? सबैभन्दा राम्रो अवस्थामा पनि यसले परमेश्‍वरको गलत बुझाइलाई प्रतिनिधित्व गर्छ; सबैभन्दा नराम्रो अवस्थामा त यो उहाँविरुद्धको ईश्‍वर निन्दा नै हो। यदि तँ सही मार्गमा हिँड्दैनस्, सत्यताको खोजी गर्दैनस्, र परमेश्‍वरको मार्गलाई पछ्याउँदैनस्, बरु ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने जिद्दी गर्दै पावलको मार्गमा हिँड्न पुग्छस्, अनि अन्तिममा पावलको जस्तै परिणाम, तिनको जस्तै अन्त्य प्राप्त गरेर परमेश्‍वरलाई दोष दिने र परमेश्‍वरलाई अधर्मी भनेर आलोचना गर्ने गर्छस् भने, के तँ ख्रीष्टविरोधीको सच्‍चा उदाहरण होइनस् र? त्यस्तो बानीबेहोरा श्रापित हुन्छ!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, व्यक्तिसँग अभ्यासको निश्‍चित मार्ग हुनुपर्छ”)। परमेश्‍वरका वचनहरूको यो खण्डले मलाई के देखायो भने जब मानिसहरू ख्रीष्टविरोधीको बाटो अपनाउँछन् र नामेट पारिइन्छन्, तब यस्तो कुरा तिनीहरू ओहोदाको जालले बिग्रेकाले गर्दा भएको हुँदैन। यसको जड सत्यतालाई पछ्याउन असफल हुनुमा रहेको हुन्छ; यसको मूल कारण प्रसिद्धि र प्राप्तिको खोजी गर्नु, ढोंग गर्नु र चापलुसी चाहनु, कहिलेकाँही त दुष्कर्म गर्ने र मण्डलीको काममा बाधा पुर्‍याउने हदसम्मै निरन्तर प्रयासरत रहनुमा रहेको हुन्छ। नजिकबाट हेर्दा, मैले देखें कि मेरा अघिल्ला असफलताहरू मेरो पदको कारणले आएका थिएनन्, बरू मसँग अहंकारी स्वभाव भएकोले र मैले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यतालाई खोजी नगरेकोले आएका थिए। यसको सट्टामा, मैले नाम र ओहोदाको खोजी गर्दै थिएँ, र मेरा कर्तव्यहरू राम्रोसँग पूरा गरिरहेको थिइनँ। अन्य धेरै दाजुभाइ तथा दिदीबहिनीहरू पनि अगुवाको ओहदामा थिए, तर तिनीहरूले सही मार्ग अनुसरण गर्थे। जब तिनीहरूले भ्रष्टता प्रकट गर्थे, असफलता अनुभव गर्थे, वा अपराध गर्थे, तिनीहरूले आत्म-चिन्तन र आत्म-ज्ञानमा ध्यान केन्द्रित गर्थे; तिनीहरूले तिनीहरूका आफ्नै भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यको खोजी गर्नमा, सत्य सिद्धान्तहरूअनुसार काम गर्नमा ध्यान केन्द्रित गर्थे। तिनीहरू समय बित्दै जाँदा आफ्नो काममा अझ बढी सफल पनि भए। ओहोदाले वास्तवमा व्यक्तिको वास्तविक रंग देखाउँदछ। सत्यता पछ्याउने व्यक्तिको हकमा, तिनीहरू जतिसुकै उच्च ओहदामा भए पनि, तिनीहरू दुष्कर्म गर्न उत्प्रेरित हुनेछैनन्, तर सत्यको खोजी नगर्ने व्यक्तिहरूको हकमा, उनीहरू सत्ताको स्थानमा नभए पनि नामेट पारिइनेछन्। यी सबै कुराको ज्ञान पाउँदा, मैले किन आफू अगुवाको रूपमा चुनिने कार्यको प्रतिरोध गरेँ र मैले किन यो जिम्मेवारी नलिने बहाना बनाएँ भन्ने कुरा महसुस गरेँ। मुख्य कारण के थियो भने केही पटक बर्खास्त भएपछि पनि, मैले अझै सत्यको खोजी गरिनँ वा मेरा असफलताको जडको बाररेमा चिन्तन गरिनँ, बरू यसको सट्टा, मैले आफूले ओगटेको त्यो ओहदाले मलाई बारम्बार ठेस लागि पछारिने तुल्यायो भन्ने ठाने। म “जति ठूलो कद उति कडा खसाइ” र “शिखरमा पुग्‍ने एक्लो हुन्छ” जस्ता भ्रमहरूलाई सत्यता नै हुन् भन्ठानेर तिनैमा अल्झिएको थिएँ। त्यसैले जब दाजुभाइ तथा दिदीबहिनीहरूले फेरि मलाई अगुवाको रूपमा छनौट गरे, मैले स्वीकार गरिनँ र खुशीसाथ यसलाई लिइनँ, बरू यसको सट्टा मैले अगुवाको रूपमा सेवा गरेको खण्डमा मेरो खुलासा गरिनेछ र म फेरि पनि बर्खास्त हुनेछु, वा मैले अन्ततः दुष्कर्म गर्नेछु र म बाहिर फ्याँकिनेछु भनेर भयभीत हुँदैँ, मैले आफूलाई सुरक्षित राख्ने कोसिस गरें। म कत्ति बकबास थिएँ!

मैले यो कुरा परमेश्‍वरका वचनहरूमा पनि पढें: “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता”)। मैले परमेश्‍वरका वचनहरूबाट देख्न सक्थे कि कुनै व्यक्ति अन्ततः आशिषित् वा श्रापित हुन्छ भन्ने कुराको निर्णायक कारक उसको कर्तव्य होइन; बरू, यो त मुख्यतया उनीहरूले कर्तव्य निर्वाह गर्दा सत्यता खोजी गर्छन् कि गर्दैनन्, उनीहरूले सत्यता प्राप्त गर्न र स्वभावगत परिवर्तन हासिल गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा आधारित छ। परमेश्‍वरका वचनहरूमा मध्यनजर गर्दा मलाई अति शर्म लाग्यो, र मैले देखें कि विश्‍वासका मेरा यी सबै वर्षहरूमा, म पालगझैं आफ्नो व्यक्तिगत भविष्य र गन्तव्यको मात्र पछि लागिरहेको रहेछु। सुरूमा, मैले सोंचे कि परमेश्‍वरको घरमा नेतृत्वदायी ओहदा पाउँदा अरूहरूको आदर र परमेश्‍वरको स्वीकृति प्राप्त हुनेछ, म आशिषित् हुनेछु अनि मैले राम्रो अन्तिम गन्तव्य पाउनेछु। त्यसले मलाई उत्साहसाथ प्रयत्न गर्न, आफ्नो कर्तव्यको लागि कष्ट भोग्न प्रेरित गर्यो। तर धेरैचोटि बर्खास्त भएपछि मलाई अगुवाको रूपमा खुलासा र निष्कासन गरिने डर भयो, त्यसैले म त्यो दायित्व लिन अनिच्छुक भएँ। मैले परमेश्‍वरबाट राम्रो गन्तव्य सुरक्षित गर्न एक लेनदेनको तरीकामा आफ्नो कर्तव्य गर्दै गरेको महसुस गरेँ। मैले केही त्याग गर्न र केही प्रयास गर्न तयार हुनुअघि परमेश्‍वर आफैले व्यक्तिगत तवरमा मैले मुक्ति पाउने प्रत्याभूति दिनुभएको हेर्न चाहेँ। मैले तर्कलाई बङ्ग्याउँदै र बहाना बनाउँदै, मलाई मण्डलीको कामको मार्गमा उभिन डर लाग्छ भन्दै, आफू स्वयम्‌लाई सुरक्षित राख्नको निम्ति मैले परमेश्‍वरको कार्यभार इन्कार गरेँ। मैले आफूलाई पूर्ण रूपमा तर्कसंगत रहेको सोचेँ—यो ठीक विपरीत थियो! त्यतिखेर, जब मैले यो कुरा परमेश्‍वरको वचनमा पढें, मलाई एकदमै नराम्रो लाग्यो: “मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो।” यो त केवल मसँग सत्य वास्तविकताको अभाव भएको र मेरो कद अपर्याप्त रहेको तथ्य थियो। परमेश्‍वरले मलाई एक अगुवाको रूपमा काम गर्ने अवसर म त्यो भूमिका लिन योग्य भएको कारण दिनुभएको थिएन, बरू मैले आफ्नो कर्तव्यको प्रदर्शनमार्फत सत्यतालाई पछ्याउनेछु, मैले आफ्नो व्यक्तिगत कमजोरीहरूलाई सुधार्ने काम गर्नेछु र सन्तोषजनक रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुनेछु भन्ने आशामा यो अवसर दिनुभएको थियो। तर म त स्वार्थी र निराश थिएँ, केवल आफ्नो बारेमा सोच्थें, यदि मलाई खुलासा गरियो र एक अगुवाको रूपमा प्रतिस्थापित गरियो भने मैले राम्रो परिणाम र गन्तव्य गुमाउनेछु भन्ने मलाई डर थियो। यसैले यसबाट बाहिर निस्कनको लागि मैले मेरो मस्तिष्कमा बल लगाएँ। म अत्यन्तै विद्रोही थिएँ—मैले कसरी आफूमा परमेश्‍वरप्रति थोरै मात्र पनि समर्पण भएको दाबी गर्न सक्थे र?

मैले मेरो खोजमा परमेश्‍वरका वचनहरूको केही अरू अंशहरू पढें। “पत्रुसको काम परमेश्‍वरको एकजना सृष्टिको कर्तव्य पूरा गर्ने काम थियो। उनले प्रेरितको भूमिकामा रहेर काम गरेनन्, तर परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्दै काम गरे। पावलको कार्यको मार्गमा उनको व्यक्तिगत खोजी पनि समावेश थियो: उनको खोजी भनेको उनको भविष्यको लागि उनले गरेका आशाहरू, र असल गन्तव्यको लागि उनले गरेका इच्‍छा भन्दा बढी केही थिएन। आफ्‍नो कामको अवधिमा उनले शोधन स्वीकार गरेनन्, न त उनले काट-छाँटको कार्य र निराकरणलाई नै स्वीकार गरे। जबसम्‍म उसले गर्ने कामले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँछ, र उसले गर्ने सबै कामले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ, तबसम्‍म उसलाई आखिरमा इनामले पर्खिरहेकै हुन्छ भन्‍ने विश्‍वास उनको थियो। उनको काममा कुनै व्यक्तिगत अनुभवहरू थिएनन्—यो सबै उनको आफ्‍नै खातिर थियो, र परिवर्तनको खोजीको दौरान गरिएको थिएन। उनको कामको सबै कुरा लेनदेन नै थियो, त्यसमा परमेश्‍वरको एकजना सृष्टिको कर्तव्य वा समर्पणता केही पनि समावेश थिएन। उनको कामको अवधिमा, पावलको पुरानो स्वभावमा कुनै परिवर्तन आएन। उनको काम अरूको सेवाको लागि मात्रै थियो, र यसले उनको स्वभावमा परिवर्तन ल्याउन सकेन। सिद्ध पारिने वा निराकरण गरिने कार्यविना नै पावलले आफ्‍नो काम प्रत्यक्ष रूपमा गरे, र तिनी इनामद्वारा उत्प्रेरित थिए। पत्रुस फरक थिए: तिनी काट-छाँट र निराकरणबाट भएर गएका व्यक्ति थिए र तिनी शोधन भएर गए। पत्रुसको कामको उद्देश्य र उत्प्रेरणा आधारभूत रूपमै पावलको भन्दा फरक थिए” (वचन देहमा देखा पर्नुहुन्छको “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ”)। “परमेश्‍वरको सृष्टिको रूपमा, मानिसले परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरिकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्न खोजी गर्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा तिनीहरूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नुहुँदैन; खोजी गर्ने सबैभन्दा सहि माध्यम यही नै हो। यदि तैँले सत्यताको खोजी गर्छस्, यदि तैँले सत्यतालाई अभ्यास गर्छस् भने, र तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सहि छ। यदि तैँले देहका आशिषहरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्‍ना धारणाहरूको सत्यतालाई अभ्यास गर्छस् भने, र तेरो स्वभावमा कुनै परिवर्तन छैन, र देहमा तँ परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी छैनस्, अनि तँ अझै अस्पष्टतामा नै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै खोजीमा निर्भर हुन्छ, भन्‍नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ”)। यी अनुच्छेदहरू पढ्दा यसले मलाई पत्रुसको सफलताको मार्ग र पावलको असफलताको मार्ग राम्ररी बुझ्न मद्दत गर्यो। मैले देखें कि पत्रुसले एउटा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने प्रयास गरे र उनले आफ्नो कर्तव्यले आफूलाई आशिष् ल्याए पनि नल्याए पनि आफूलाई परमेश्‍वरप्रति समर्पण गरे। उनले मृत्युको विन्दुसम्मै आज्ञाकारी भई, परमेश्‍वरको उत्साहजनक साक्षीको रूपमा काम गरे। अर्कोतर्फ, पावलले आशिष्‌ र इनाम खोजे, र उनको कडा मेहनत धार्मिकताको मुकुट प्राप्त गर्नलाई थियो। उनले आफ्नो कामलाई परमेश्‍वरसँग सट्टापट्टा गर्ने पुँजीको रूपमा प्रयोग गरे, ख्रीष्टविरोधीको बाटो अपनाए र अन्ततः परमेश्‍वरको सजाय पाए। जब मैले आफ्नै बारेमा चिन्तन गरेँ, मैले के देखें भने मेरो विश्‍वासमा, मैले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने कोशिश गरिरहेको थिइनँ, बरू आशिष् र राम्रो गन्तव्यको लागि मैले यो काम गरिरहेको थिएँ। म स्वर्गको राज्यको आशिष्‌को बदलामा पनि सबैभन्दा कम मूल्य तिर्न चाहन्थे। जब मैले यो नेतृत्वको कर्तव्यमा ठूला जिम्मेवारीहरू सम्मिलित छन् भन्ने देखेँ, तब मैले के सोचेँ भने यदि मैले अन्त्यमा परमेश्‍वरको घरको कार्यको मार्ग अवरूद्ध गर्न पुगेँ भने मैले राम्रो परिणाम र गन्तव्य पाउने मौका गुमाउनेछु। यसैले मैले यसको प्रतिरोध गरें। के म पावलको जस्तै असफलताको बाटोमा थिइनँ? मेरो विश्‍वासको माध्यमबाट, म परमेश्‍वरद्वारा व्यक्त गरिएका धेरै सत्यहरूको आनन्द लिन सक्षम भएँ, तर मैले उहाँलाई फिर्ता पनि दिनुपर्छ भन्ने कहिल्यै सोचिनँ। यसको सट्टा, म मेरो आफ्नै भविष्य के हुनेछ भनेर पत्ता लगाउने कोशिश गरिरहेँ, आंकलन गर्ने र परमेश्‍वरलाई विश्‍वासघात गर्ने कोशिश गरिरहेँ। म कत्ति स्वार्थी, नीच, चतुर र दुष्ट थिएँ! यी सबै कुरा महसुस गरेपछि, म त्यसउप्रान्त त्यो तरिकामा बाँच्न चाहिनँ, बरू वास्तवमै पत्रुसको उदाहरण पछ्याउन र सत्यताको खोजी गर्ने बाटोमा पाइला चाल्न, आफूलाई परमेश्‍वरमा अर्पण गर्न र उहाँका नियम र प्रबन्धहरूमा समर्पित हुन चाहेँ।

म उहाँका वचनहरूबाट आउने न्याय र सजायको लागि परमेश्‍वरलाई धन्यवाद दिन्छु जसले “शिखरमा पुग्‍ने एक्लो हुन्छ” भन्ने मेरो गलत धारणालाई सच्यायो र म मेरो विश्‍वासमा गलत मार्ग अर्थात् आशिष्‌हरूको खोजी गर्ने मार्गमा थिएँ भनी स्पष्ट रूपमा देखायो र मेरो धूर्त शैतानी प्रकृतिको बारेमा केही बुझाइ प्राप्त गरायो। त्यस बेलादेखि, मैले एक अगुवाको रूपमा मेरो कर्तव्यबाट बाहिर निस्कने प्रयास गर्न छोडें र जिम्मेवारी वहन गरेँ। मैले सत्यतालाई पछ्याउन र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न ध्यान केन्द्रित गर्न शुरू गरें।

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

धन-दासको जागरण

क्षिङ्ग्वु, चीन म सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

क्रूर यातनाको समय

चेन हुइ, चीनम चीनमा एक साधारण परिवारमा हुर्किएँ। मेरा बुबा सेनामा थिए र म सानै उमेरदेखि उहाँद्वारा मोडिएकी र प्रभावित भएकी हुनाले, म एक...

जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्