के हामी परम्परागत सदाचारहरूअनुसार जिउनुपर्छ?
म प्राथमिक स्कूलमा छँदा, एउटा पाठले मलाई गहन प्रभाव पारेको थियो, जुन कोङ रोङले नास्पातीहरू दिएको कथा हो। कोङ रोङले आफ्ना दाजु र भाइहरूलाई...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०१५ को अगस्टमा, सिस्टर निकोललाई बर्खास्त गरिएको कुरा मैले थाहा पाएँ, मुख्य कारणचाहिँ तिनले वास्तविक काम नगर्नु, ख्याति र हैसियतको लागि अरूसँग प्रतिस्पर्धा गर्नु, साथै अन्य ब्रदर-सिस्टरका अगाडि आफ्नो सहकर्मीको आलोचना गर्नु थियो, जसले मण्डलीको काममा अवरोध पुर्याएको थियो। निकोललाई बर्खास्त गरिएपछि, सङ्गति र काटछाँट पाएर तिनले आफ्ना अपराध र भ्रष्ट स्वभावहरूबारे केही हदसम्म बुझिन्। तिनले ठूलो पछुतो मान्दै आफैलाई दोष दिइन्, र पश्चात्ताप गर्न इच्छुक भइन्। मेरा एक सहकर्मी आलिना, पहिले निकोलकी सहकर्मी रहिसकेकी थिइन्। जब तिनले निकोललाई झूटो अगुवाको रूपमा चित्रण गरिएको सुनिन्, तब तिनले यसो भनिन्, “निकोल अगुवा बनेपछि, तिनले आफूलाई सबैभन्दा माथि राखिन्। तिनले मलाई वास्तै गर्दैनथिन्, घमन्डी र धेरै अहङ्कारी थिइन्। तिनले हैसियत पाउनका लागि गुट बनाउने र डाहपूर्ण विवादहरूमा लाग्ने काम पनि गरिन्। यस्ता काम त ख्रीष्टविरोधीले मात्र गर्न सक्छ। तिनलाई झूटो अगुवा भन्नु पर्याप्त छैन; तिनलाई त ख्रीष्टविरोधीको रूपमा चित्रण गरिनुपर्छ।” तिनले निकोललाई पुन: वर्गीकरण गर्न माथिल्लो तहका अगुवाहरूलाई अनुरोध गर्ने योजना पनि बनाइन्। अर्की सहकर्मी रेचलले आलिनाको कुरा सुनेर सहमति जनाइन्। त्यस बेला, मैले सोचेँ, “निकोल आत्म-महत्त्व दिने र अरूसँग नबोल्ने खालकी छिन् र तिनमा एकदमै अहङ्कारी स्वभाव छ, तर तिनले कुनै ठूलो दुष्ट काम गरेकी छैनन्, न त तिनले निरन्तर अवरोध र बाधा नै पुर्याएकी छिन्, अनि तिनले आफूलाई बर्खास्त गरिएपछि पश्चात्ताप र चिन्तन गर्न, अनि आत्म-ज्ञान हासिल गर्न सकेकी छिन्। तिनी सत्यता बिलकुलै स्वीकार नगर्नेहरूमध्येकी होइनन्। यदि हामीले तिनले प्रकट गरेका सीमित भ्रष्टता र एक-दुई क्षणिक अपराधको आधारमा तिनलाई ख्रीष्टविरोधी भनेर चित्रण गर्यौँ भने, के त्यो अलि बढी हुँदैन र? तिनलाई गलत तरिकाले चित्रण गर्नु भनेको एक असल व्यक्तिमाथि अन्याय गर्नु हो।” त्यसैले, मैले मेरा विचारहरू व्यक्त गरेँ। तर आलिनाले यो स्वीकार नगर्नुका साथै यसो भनिन्: “तिमीले निकोलका केही व्यवहारहरू बुझ्दैनौ। हामी सिद्धान्तहरूमा अडिग रहनुपर्छ। हामीले कुनै पनि ख्रीष्टविरोधीलाई छोड्नु हुँदैन।” त्यति बेला, मलाई अलिकति असहज महसुस भयो, तर आलिनाले त्यसपछि जे गरिन्, त्यसले मलाई झनै चकित बनायो।
एक दिन आलिनाले रेचललाई निकोलबारे अरूको मूल्याङ्कन सङ्कलन गर्न लगाइन्, र माथिल्लो तहका अगुवाहरूसँग परामर्श नगरीकनै तिनले निकोललाई खुट्याउन र चिरफार गर्न ब्रदर-सिस्टरहरूको गुप्त भेला आयोजना गरिन्। भेलामा, आलिनाले निकोलले पहिले कसरी अहङ्कारी व्यवहार गरेकी थिइन् भनी लम्बे भाषण दिइन्, र विशेष गरी निकोलले मनमानी ढङ्गले काम गरेको कुरामा जोड दिइन्, तर यो बानी नै परेको व्यवहार थियो कि क्षणिक भ्रष्टताको प्रकटीकरण थियो भन्ने कुरा तिनले भनिनन्। न त तिनले निकोलले पछि सत्यता स्वीकार गर्न सकेकी थिइन् कि थिइनन्, र त्यसपछि पश्चात्ताप गरिन् कि गरिनन् भन्ने कुरा नै उल्लेख गरिन्। एक सिस्टरलाई त्यो भेला निकोललाई दबाउने र दोषी ठहराउने जस्तो लाग्यो, र त्यसपछि तिनले रेचललाई सचेत गराइन्: “तिमीहरूले यसो गरेर वास्तवमा के हासिल गर्न खोजिरहेका छौ? के यो परमेश्वरको अभिप्रायअनुरूप छ र? पर्याप्त प्रमाणविना अरूलाई त्यसै चित्रण गर्न मिल्दैन। यसो गर्दा परमेश्वरलाई चिढ्याउन सकिन्छ।” यो सुनेपछि रेचल अलि डराइन्, र तिनलाई निकोललाई यसरी व्यवहार गर्नु अलि बढी नै भयो कि जस्तो पनि लाग्यो, त्यसैले तिनले मसँग र आलिनासँग आफ्ना शङ्काहरूबारे कुरा गरिन्। आलिनाले रिसाउँदै जवाफ दिइन्, “हरेक पटक जब हामी सत्यता अभ्यास गर्न खोज्छौँ, शैतानले अवरोध गर्छ।” अन्तमा, तिनले फेरि निकोलको व्यवहारको चिरफार गरिन्, र निकोल आफ्नो सहकर्मीसँग डाह गर्ने भएकीले, तिनले गुट बनाएर त्यो सहकर्मीलाई आलोचना गरेकी र दबाएकी थिइन् भनेर जोड दिइन्। तिनले यो पनि भनिन् कि निकोलले मनमानी ढङ्गले र अरूसँग परामर्श नगरी काम गरेकी, र मनपरी ढङ्गले मानिसहरूलाई बर्खास्त गरेकी थिइन्। आलिनाले भनेका व्यवहारहरूको गम्भीरता देखेर, रेचल विश्वस्त भइन्, र फेरि आलिनाको पक्ष लिइन्। यस बेला, म पनि अलि अनिश्चित भएँ। के आलिना र रेचलको दृष्टिकोण सही थियो र? जब मैले आलिनालाई ख्रीष्टविरोधीहरूले गुट बनाउने कुरा खुलासा गरिएको परमेश्वरका वचनहरूमाथि जोडदार रूपमा सङ्गति गरेको सुनेँ, म झनै अलमल्ल परेँ र तिनको विश्लेषण सही हुन सक्छ भन्ने महसुस गरेँ। कतै माथिल्लो तहका अगुवाहरूले निकोललाई राम्ररी चिन्न नसकेर, ख्रीष्टविरोधीलाई झूटो अगुवा भनेर गल्ती गरी तिनलाई रहन दिएका त होइनन्? यदि त्यसो हो भने, के म ख्रीष्टविरोधीलाई नचिनेरै उसको पक्षमा बोल्ने व्यक्ति बनेको थिइनँ र? यस्तो अवस्थामा, मैले आफ्नो पद गुमाउन सक्छु। ममाथि ख्रीष्टविरोधीलाई संरक्षण गरेको आरोप लाग्न सक्छ र अन्तमा पूर्ण रूपमा बदनाम हुन सक्छु। सायद मैले आलिना र रेचलकै पक्ष लिनु राम्रो होला। यसो गर्दा, यदि म गलत भएँ भने पनि, त्यो मेरो एक्लो गल्ती हुनेछैन। अन्तमा गलत ठहरिएर एक्लै सबै दोष लिनुभन्दा त यो नै राम्रो हुन्छ। जब म तिनीहरूको दृष्टिकोणमा सहमत हुन लागेको थिएँ, मैले अलिकति असहज महसुस गरेँ। मैले सोचेँ, कुराहरू अझै स्पष्ट नभएकाले, मैले त्यसै अरू कसैको राय स्वीकार गर्न मिल्दैन। यदि निकोल ख्रीष्टविरोधी होइनन्, र मैले अन्धाधुन्ध अरूको पछि लागेर तिनलाई त्यस्तो चित्रण गरेँ भने, मैले मनमानी ढङ्गले कसैलाई दोषी ठहराइरहेको हुनेछु, जुन परमेश्वरलाई चिढ्याउने काम हो। यस्तो अपराध एक पटक गरिसकेपछि कहिल्यै मेटाउन सकिँदैन। विवेकले घोचेको कारणले, मैले आलिनासँग सहमत नहुने निर्णय गरेँ।
त्यसपछि, मैले ख्रीष्टविरोधीहरूलाई कसरी खुट्याउने भन्नेबारे सत्यता खोजेँ। परमेश्वरको वचनमा मैले पढेँ: “ख्रीष्टविरोधीको स्वभाव मात्र भएको व्यक्तिलाई सारमा ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्दैन। ख्रीष्टविरोधीको प्रकृति सार भएकाहरू मात्र साँचो रूपमा ख्रीष्टविरोधी हुन्। ती दुईबीचका मानवतामा भिन्नताहरू हुन्छन्, अनि त्यसैगरी, भिन्न प्रकारका मानवताको शासनमा रहँदै गर्दा, सत्यताप्रति ती मानिसहरूले राख्ने मनोवृत्ति पनि उही हुँदैनन्—अनि जब सत्यताप्रति मानिसहरूले राख्ने मनोवृत्ति उही हुँदैन, तब तिनीहरूले छनोट गर्ने बाटो पनि फरक हुन्छन्; अनि जब मानिसहरूले छनोट गर्ने बाटो फरक हुन्छन्, तब त्यसको परिणामस्वरूप निस्कने सिद्धान्तहरू र तिनीहरूका कार्यका परिणामहरूमा पनि भिन्नता हुन्छन्। ख्रीष्टविरोधीको स्वभाव मात्र भएको व्यक्तिको विवेकले काम गरिरहने हुनाले, र उसमा समझ र सम्मानबोध हुने हुनाले, र तुलनात्मक रूपमा भन्नुपर्दा, उसले सत्यतालाई प्रेम गर्ने हुनाले, उसले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्दा, उसको हृदयमा त्यसप्रतिको हप्की हुन्छ। त्यस्ता बेला, उसले आत्मचिन्तन गर्न र आफूलाई चिन्न सक्छ, र आफ्नो भ्रष्ट स्वभाव र भ्रष्टताको प्रकटीकरणलाई स्विकार्न सक्छ, जसले उसलाई देह र आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्ने, अनि सत्यता अभ्यास गर्ने र परमेश्वरमा समर्पित हुने तुल्याउँछ। तर, ख्रीष्टविरोधीका हकमा भने यस्तो हुँदैन। उसको विवेकले काम नगर्ने र उसमा विवेकशील चेतना नहुने हुनाले, र उसमा सम्मानबोध त झनै नहुने हुनाले, उसले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्दा, उसको प्रकटीकरण सही हो कि गलत, अथवा आफूमा भ्रष्ट स्वभाव छ कि सामान्य मानवता छ, वा त्यो सत्यताअनुरूप छ कि छैन भनेर परमेश्वरका वचनअनुसार मापन गर्दैन। उसले कहिल्यै यी कुराहरूबारे चिन्तन गर्दैन। त्यसोभए, उसले कस्तो व्यवहार गर्छ? ऊ सधैँ आफूले प्रकट गर्ने भ्रष्ट स्वभाव र छनोट गर्ने बाटो सही हुन् भन्ने कुरामा कायम रहिरहन्छ। ऊ आफूले गर्ने जे पनि सही हो, आफूले बोल्ने जे पनि सही हो भन्ने सोच्छ; ऊ आफ्नै विचारमा अडिग रहन कम्मर कस्छ। अनि त्यसैले, उसले जतिसुकै ठूलो गल्ती गरे पनि, उसले जतिसुकै गम्भीर भ्रष्ट स्वभाव प्रकट गरे पनि, उसले मामिलाको गम्भीरतालाई बुझ्नेछैन, र आफूले प्रकट गरेको भ्रष्ट स्वभावलाई निश्चय नै बुझ्नेछैन। अनि उसले निश्चय नै आफ्ना चाहनालाई पन्छाउनेछैन, र आफ्नै महत्त्वाकाङ्क्षा वा भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्दै परमेश्वर र सत्यताप्रतिको समर्पणको बाटो छनोट गर्नेछैन। यी दुई परिणामबाट के देख्न सकिन्छ भने, यदि ख्रीष्टविरोधीको स्वभाव भएको मानिसले हृदयमा सत्यतालाई प्रेम गर्छ भने, ऊसँग त्यसको बुझाइ प्राप्त गर्ने र त्यसलाई अभ्यास गर्ने, अनि मुक्ति पाउने अवसर हुन्छ, जबकि ख्रीष्टविरोधीको सार हुने खालको व्यक्तिले सत्यता बुझ्न वा त्यसलाई अभ्यास गर्न सक्दैन, न त उसले मुक्ति नै पाउन सक्छ। यी दुईबीचको भिन्नता यही नै हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई))। “विगतमा कतिपय अगुवा र कामदारहरूले बारम्बार ख्रीष्टविरोधीका स्वभावहरू प्रकट गर्थे: तिनीहरू बेकाबु र स्वेच्छाचारी थिए, र कुराहरू सधैँ तिनीहरूले भनेकै जस्तो हुनुपर्थ्यो। तर तिनीहरूले कुनै स्पष्ट दुष्टता गरेनन् र तिनीहरूको मानवता भयानक थिएन। काटछाँटमा परेपछि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सहयोग गरेपछि, आफ्नो कर्तव्य हेरफेर भएपछि वा आफू बर्खास्त भएपछि, केही समयसम्म नकारात्मक भएपछि, तिनीहरू आफूले पहिले प्रकट गरेका कुराहरू भ्रष्ट स्वभाव हुन् भनेर बल्ल सचेत बन्छन्, तिनीहरू पश्चात्ताप गर्न तयार हुन्छन्, र सोच्छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जेसुकै भए पनि आफ्नो कर्तव्यमा लागिरहनु हो। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको भए पनि, मलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिएन। यो परमेश्वरको कृपा हो, त्यसकारण मैले मेरो विश्वास र पछ्याइमा मेहनत गर्नैपर्छ। सत्यता पछ्याउने मार्गमा केही पनि गलत छैन।’ बिस्तारै, तिनीहरूले आफूलाई फर्काउँछन्, र त्यसपछि पश्चात्ताप गर्छन्। तिनीहरूमा असल प्रकटीकरणहरू हुन्छन्, तिनीहरूले आफ्ना कर्तव्य पूरा गर्दा सत्यता सिद्धान्तहरू खोजी गर्न सक्छन्, र अरूसँग अन्तरक्रिया गर्दा पनि सत्यता सिद्धान्तहरू खोजी गर्छन्। हरेक हिसाबमा, तिनीहरू सकारात्मक दिशामा प्रवेश गरिरहेका हुन्छन्। के त्यसपछि तिनीहरू परिवर्तन भएका हुँदैनन् र? तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेबाट परिवर्तन भएर सत्यता अभ्यास गर्ने पछ्याउने मार्गमा हिँड्न थालेका हुन्छन्। तिनीहरूले मुक्ति पाउने आशा र मौका हुन्छ। के त्यस्ता मानिसहरूले कुनै बेला ख्रीष्टविरोधीका केही प्रकटीकरणहरू प्रदर्शन गरेका वा तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँडेका हुनाले तैँले तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्छ? मिल्दैन। ख्रीष्टविरोधीहरू त पश्चात्ताप गर्नभन्दा मर्न तयार हुन्छन्। तिनीहरूमा कुनै लाजको बोध हुँदैन; त्यस बाहेक, तिनीहरू क्रूर र दुष्ट स्वभावका हुन्छन्, र तिनीहरूमा सत्यताप्रति चरम वितृष्णा हुन्छ। के सत्यताप्रति यति धेरै वितृष्ण व्यक्तिले यसलाई अभ्यास गर्न, वा पश्चात्ताप गर्न सक्छ? त्यो असम्भव हुनेछ। तिनीहरू सत्यताप्रति पूर्णतया वितृष्ण हुनुको अर्थ तिनीहरूले कहिल्यै पनि पश्चात्ताप गर्नेछैनन् भन्ने हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। साँचो ख्रीष्टविरोधीहरूको स्वभाव क्रूर हुन्छ, प्रकृति दुर्भावनापूर्ण हुन्छ, र तिनीहरू दुष्ट व्यक्ति हुन्। तिनीहरूमा विवेक, समझ र लाज हुँदैन, र तिनीहरूले जति नै दुष्ट काम गरे पनि, वा मण्डलीको काम वा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा जति नै हानि पुर्याए पनि, तिनीहरूको विवेकले केही महसुस गर्दैन। यसबाहेक, तिनीहरू सत्यताप्रति गहिरो वितृष्णा राख्छन् र त्यसलाई घृणा गर्छन्। तिनीहरूले कहिल्यै अलिकति पनि सत्यता स्वीकार गर्दैनन्, र जति नै दुष्ट काम गरे पनि, कहिल्यै आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्, न पश्चात्ताप गर्छन्। तर ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूको प्रकृति दुष्ट हुँदैन; तिनीहरू सारमा दुष्ट व्यक्तिहरू होइनन्। तिनीहरूले कहिलेकाहीँ ख्रीष्टविरोधी व्यवहार देखाउँछन्, जस्तै मनमानी र जथाभाबी गर्ने, दबदबापूर्ण तरिकाले काम गर्ने र आफूसँग असहमत हुनेहरूलाई बहिष्कार गर्ने, तर काटछाँट, बर्खास्ती वा काममा हेरफेरको माध्यमबाट, तिनीहरूले सत्यता खोज्न र आत्मचिन्तन गर्न सक्छन्, आफ्ना दुष्ट कार्यहरूका लागि पछुतो मान्न सक्छन्, र त्यसपछि, साँचो रूपमा पश्चात्ताप गरेर परिवर्तन हुन सक्छन्। जसरी केही झूटा अगुवाहरू, धेरै पटकको बर्खास्तीपछि आत्मचिन्तन गरेर, अन्ततः सत्यता पछ्याउने मार्गमा हिँड्न सक्षम हुन्छन्। कसैलाई उसका केही व्यहार ख्रीष्टविरोधीको जस्तै देखिएका कारण ख्रीष्टविरोधी भनी चित्रण गर्दा ऊप्रति अन्याय हुन सक्छ। त्यसपछि, मैले आलिना र अरूले निकोलको व्यवहारबारे सङ्कलन गरेका कुराहरू फेरि पढेँ, र मैले पाएँ कि धेरैजसो व्यवहारहरूले भ्रष्टता प्रकट गर्थे, जस्तै अहङ्कारी स्वभाव, अरूलाई हेप्ने, मनमानी ढङ्गले काम गर्ने, सहकर्मीहरूसँग परामर्श नगरी मानिसहरूलाई नयाँ काममा खटाउने, इत्यादि। तिनले आफ्नो सहकर्मीको आलोचना गर्न अन्य ब्रदर-सिस्टरलाई पनि उक्साएकी थिइन्, जसले मण्डली जीवनमा अवरोध पुर्यायो। यो साँच्चै नै एक दुष्ट कार्य थियो, तर यसो गर्ने तिनको बानी नै भने थिएन। विगतमा, तिनले कहिल्यै अरूलाई दबाएकी वा आलोचना गरेकी थिइनन्। बर्खास्तीपछि, तिनले आफ्ना अपराधहरू र भ्रष्ट स्वभावमाथि चिन्तन गरी ती कुरा चिन्न सकिन्, र तिनले आफूलाई घृणा गरिन् र पश्चात्ताप गरिन्। यसबाट यो देख्न सकिन्छ कि तिनी सत्यतालाई इन्कार गर्ने वा कहिल्यै पश्चात्ताप नगर्ने व्यक्ति थिइनन्। यसरी हेर्दा, तिनमा केही ख्रीष्टविरोधी व्यवहार थियो तर तिनी सारमा ख्रीष्टविरोधी थिइनन्। यस्ता अपराधहरूका कारण तिनलाई ख्रीष्टविरोधी भनेर चित्रण गर्नु हदभन्दा बढी हुन्थ्यो, र सत्यताका सिद्धान्तहरूविपरीत हुन्थ्यो। यो त तिनलाई दबाउनु र दोषी ठहराउनु हुन्थ्यो, जुन एक दुष्ट काम थियो।
पछि, माथिल्लो तहका अगुवाहरूले हामीसँग भ्रष्टताको प्रकटीकरण र प्रकृति सारबीचको भिन्नताबारे सङ्गति गर्नुभयो। मैले सोचेँ, “अब आलिनाले बुझ्नुपर्छ, र यो विषयमा अबदेखि कराइरहनेछैनन्।” अप्रत्याशित रूपमा, भेलापछि आलिनाले हामीलाई भनिन्, “माथिल्लो तहका अगुवाहरूले निकोललाई जोगाइरहेका छन्। तिनीहरूले निकोलको व्यवहारको सारअनुसार समस्यालाई हेरिरहेका छैनन्। मलाई थाहा छैन, कतै तिनीहरूले निकोलमा केही क्षमता देखेर तिनलाई जोगारहेका त होइनन्।” मैले सोचेँ, “आलिनाले किन निकोलको एउटै अपराधलाई समातेर छोडिरहेकी छैनन्? के अगुवाहरूले एकदमै स्पष्ट रूपमा सङ्गति गर्नुभएको थिएन र? निकोलको व्यवहार केवल भ्रष्टताको प्रकटीकरण थियो। यो एक अस्थायी अपराध थियो। तिनलाई साँच्चै ख्रीष्टविरोधी भनेर चित्रण गर्न मिल्दैन।” तर आलिना र अरूले यो स्वीकार गरेनन् र यदि अगुवाहरूले निकोललाई कारबाही गरेनन् भने आफूहरू अझ माथिल्लो तहमा जाने बताए। आलिनाको मनोवृत्ति यति हठी थियो, र अन्य दुई सहकर्मी पनि तिनकै पक्षमा थिए। म मात्रै तिनको कुरामा असहमत थिएँ। म धेरै विचलित भएँ। यदि मैले अगुवाहरूको परिस्थिति सम्हाल्ने तरिकालाई अनुमोदन गरिरहेँ भने, के आलिना र अरूले म हैसियतको पूजा गर्छु, खुट्याउने क्षमता छैन, र अगुवाहरूले जे भन्छन् त्यही भन्छु भन्लान् कि? तर यदि मैले तिनीहरूको दृष्टिकोणमा सहमति जनाएँ भने, के यो मनपरी ढङ्गले कसैलाई दोषी ठहराएको हुँदैन र? सायद मैले खुट्याउन जान्दिनँ भन्नुपर्छ होला। यसो गर्दा, तिनीहरूले मेरो वास्तविक विचार थाहा पाउनेछैनन्, र ममा खुट्याउने क्षमता छैन वा म ख्रीष्टविरोधीको पक्षमा उभिएको छु पनि भन्नेछैनन्। त्यसैले, मैले धेरै हिचकिचाउँदै भनेँ, “मलाई निकोलको व्यवहारबारे पर्याप्त थाहा छैन, त्यसैले तिनलाई कसरी चित्रण गर्ने मलाई थाहा छैन।” जब आलिनाले म तिनको पक्षमा नभएको देखिन्, तिनको अनुहारको भाव तुरुन्तै बदलियो। त्यसपछि, तिनीहरूले निकोललाई दोष लगाउने विषयमा छलफल गर्दा जानाजानी मलाई बेवास्ता गरे। मलाई एक्लो पारिएजस्तो महसुस भयो, जसले गर्दा मनमा नराम्रो लाग्यो, “के मैले केही गलत गरेँ? तिनीहरूले मलाई किन यस्तो व्यवहार गरिरहेका छन्?” यो कुराले मलाई विचलित बनायो, र म आफ्नो कर्तव्य निर्वाह गर्दा पनि शान्त हुन सकिनँ। मैले ले शङ्का गरेँ भने मेरो पछाडि तिनीहरूले मैले सत्यतालाई साह्रै सतही रूपमा बुझेको छु र ममा खुट्याउने क्षमता छैन भन्लान्। के अबदेखि तिनीहरूले मलाई बहिष्कार गरिरहनेछन्? म झनै दिक्दार भएँ, र मैले सोचेँ, “ठीक छ, यदि तिनीहरूले मेरो सुझाव सुन्दैनन् र म संलग्न भएको चाहँदैनन् भने, म आफूलाई धेरै झन्झटबाट बचाउनेछु र तिनीहरूलाई ठेस पुर्याउनबाट जोगिनेछु ताकि तिनीहरूले ममाथि आरोप लगाएर मलाई नहटाऊन्। तिनीहरू जे गर्न चाहन्छन्, त्यही गरुन्; आखिर यो मेरो सरोकारको विषय होइन।” तर मैले त्यो निर्णय गरेपछि, आफैँलाई धिक्कारेँ: “के म भागिरहेको छैन र? मैले मण्डलीको कामलाई कायम राखिरहेको छैन।” पछि, मैले आफ्नो अवस्थाबारे अगुवाहरूसँग खुलेर सङ्गति गरेँ, र उहाँहरूले मलाई परमेश्वरको अभिप्राय खोज्न र मण्डलीको कामको रक्षा गर्न सम्झाउनुभयो, र के पनि भन्नुभयो भने यदि आलिना र अरूले मलाई एक्लो पारेको कारणले म नकारात्मक भएँ र पछि हटेँ वा भाग्ने विचार गरेँ भने, म आफ्नो जिम्मेवारीबाट पन्छिरहेको हुनेछु। अगुवाहरूले भनेको सुनेर, मलाई आफ्नै व्यक्तिगत स्वार्थहरूलाई मात्र विचार गरिरहेको रहेछु भन्ने महसुस भयो। मैले परमेश्वरका चुनिएका मानिसहरूमध्ये एक जना दबाइँदै गरेको देखेँ, तर यो मेरो सरोकारको विषय नभएजस्तो गरी व्यवहार गरिरहेको थिएँ। बहिष्कार हुनबाट बच्नका लागि म भाग्नसमेत चाहेँ। म कति स्वार्थी र घृणास्पद रहेछु!
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र त्यसपछि मात्र मैले आफ्नो प्रकृति सारलाई अलि स्पष्ट रूपमा देखेँ। परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारी लिँदैनन्, झारा टार्ने किसिमले कर्तव्य निभाउँछन्, सधैँ हुन्छ मानिसलाई रिझाउने शैलीमा काम गर्छन्, र परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनन् भने, त्यो कस्तो स्वभाव हो? यो धूर्तता हो, शैतानको स्वभाव हो। मानिसको संसारसँग व्यवहार गर्ने दर्शनको सबैभन्दा प्रमुख पक्ष भनेको धूर्तता हो। मानिसहरूलाई के लाग्छ भने यदि तिनीहरू धूर्त बनेनन् भने, तिनीहरूले अरूलाई रिस उठाउने सम्भावना हुन्छ र तिनीहरूले आफूलाई रक्षा गर्न सक्दैनन्; तिनीहरू अरू कसैलाई चोट पुर्याउने वा चिढ्याउने कार्य नगर्ने हदसम्मको धूर्त हुनुपर्छ, यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्न, आफ्नो रोजी-रोटीलाई सुरक्षा गर्न, र अरू मानिसहरूमाझ दह्रिलो आधार बनाउन सक्छन् भन्ने तिनीहरूलाई लाग्छ। गैरविश्वासीहरू सबै नै शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू सबै अरूलाई रिझाउने र कसैलाई नचिढ्याउने हुन्छन्। तँ परमेश्वरको घरमा आएको छस्, तैँले परमेश्वरको वचन पढेको, र परमेश्वरको घरका प्रवचनहरू सुनेको छस्, तैपनि किन तँ सत्यताको अभ्यास गर्न, हृदयबाट बोल्न, र इमान्दार व्यक्ति बन्न सक्दैनस्? किन तँ सधैँ अरूलाई रिझाउने व्यक्ति भएको छस्? सधैँ अरूलाई रिझाउने व्यक्तिहरूले आफ्नै हित रक्षा गर्छन्, मण्डलीका हित रक्षा गर्दैनन्। कसैले दुष्कर्म गरिरहेको र मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। तिनीहरू सधैँ अरूलाई रिझाउने व्यक्ति बन्न चाहन्छन्, र कसैलाई चिढ्याउन चाहँदैनन्। यो गैरजिम्मेवार कार्य हो, र त्यस्तो व्यक्ति अत्यन्तै छली र विश्वासघाती हुन्छ। कतिपय मानिसहरू आफ्नै अभिमान र गौरवको रक्षा गर्न, र आफ्नो ख्याति र हैसियत कायम राख्न जति नै मूल्य परे पनि खुसीसाथ अरूलाई सहयोग गर्छन् र आफ्ना मित्रहरूका लागि त्याग गर्छन्। तर जब तिनीहरूले परमेश्वरको घरका हित, सत्यता, र न्यायको रक्षा गर्नुपर्ने हुन्छ, तब तिनीहरूका त्यस्ता असल अभिप्रायहरू हराउँछन्, ती पूर्ण रूपमा हराएका हुन्छन्। सत्यता अभ्यास गर्नुपर्ने बेला तिनीहरूले बिलकुलै अभ्यास गर्दैनन्। के भइरहेको छ? तिनीहरूले आफ्नो मर्यादा र गौरवको रक्षा गर्न, कुनै पनि मूल्य चुकाउनेछन् र जुनसुकै कष्ट सहनेछन्। तर जब तिनीहरूले वास्तविक काम गर्नुपर्ने र व्यावहारिक मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ, अनि मण्डलीको काम र सकारात्मक कुराहरूको रक्षा गर्नुपर्छ, अनि परमेश्वरका चुनिएका मानिसहरूको रक्षा र भरणपोषण गर्नुपर्छ, तब किन तिनीहरूसँग मूल्य चुकाउने र कुनै कष्ट सहने सामर्थ्य हुँदैन? यो अकल्पनीय कुरा हो। वास्तवमा, तिनीहरूमा सत्यतादेखि वितृष्ण हुने एक प्रकारको स्वभाव हुन्छ। म किन तिनीहरूको स्वभाव सत्यतादेखि वितृष्ण हुने किसिमको छ भन्छु? किनभने, जब कुनै कुरामा परमेश्वरको गवाही दिने, सत्यता अभ्यास गर्ने, परमेश्वरका चुनिएका मानिसहरूको रक्षा गर्ने, शैतानका षड्यन्त्रहरूविरुद्ध लडाइ गर्ने, वा मण्डलीको कामको रक्षा गर्ने कार्य समावेश हुन्छ, तब तिनीहरू भाग्छन् र लुक्छन्, र उचित उचित मामिलाहरूलाई ध्यान दिँदैनन्। तिनीहरूको कष्ट सहने बहादुरी र भावना खै त? तिनीहरूले यी कुराहरू कहाँ लागू गर्छन्? यो सजिलै देख्न सकिन्छ। कसैले तिनीहरूलाई स्वार्थी र नीच हुनु हुँदैन, आफ्नै बचाउ गर्नु हुँदैन र तिनीहरूले परमेश्वरको घरको कामको सुरक्षा गर्नुपर्छ भनी हप्काए पनि, तिनीहरू मतलबै गर्दैनन्। तिनीहरू मनमनै यसो भन्छन्, ‘म ती कामहरू गर्दिनँ, र तिनको मसँग कुनै सरोकार छैन। मेरो ख्याति, लाभ र हैसियतको खोजीमा त्यस्तो व्यवहारले मलाई के नै राम्रो गर्ला र?’ तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्। तिनीहरू ख्याति, लाभ र हैसियत खोज्न मात्र मन पराउँछन्, र तिनीहरू परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको काम बिलकुलै गर्दैनन्। त्यसैले, जब तिनीहरूले मण्डलीको काम गर्नुपर्ने हुन्छ, तिनीहरू खुरुक्क भाग्ने विकल्प रोज्छन्। यसको मतलब के हो भने, तिनीहरू हृदयदेखि नै सकारात्मक कुराहरू मन पराउँदैनन्, र सत्यताप्रति कुनै रुचि राख्दैनन्। यो सत्यतादेखि वितृष्ण हुने कुराको प्रस्ट प्रकटीकरण हो। सत्यतालाई प्रेम गर्ने र सत्यताको वास्तविकता भएकाहरू मात्रै परमेश्वरको घरको काम र चुनिएका मानिसहरूलाई आवश्यक पर्दा अघि आउन सक्छन्, तिनीहरू मात्रै साहससाथ र कर्तव्यनिष्ठ भई परमेश्वरको गवाही दिन र सत्यता सङ्गति गर्न खडा हुन सक्छन्, र यसरी परमेश्वरका चुनिएका मानिसहरूलाई सही मार्गमा डोर्याउन र परमेश्वरको काममा समर्पण हासिल गर्न सक्षम तुल्याउन सक्छन्। यो मात्रै जिम्मेवारीको मनोवृत्ति र परमेश्वरका अभिप्रायको ख्याल गर्नुको एउटा प्रकटीकरण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूसँग तुलना गरेर मात्र मैले आफू विशेष गरी चतुर र छली भएको देखेँ। आलिना र अरूले निकोललाई ख्रीष्टविरोधी भनेर चित्रण गर्न चाहे। म स्पष्ट रूपमा तिनीहरूसँग सहमत थिइनँ, र मलाई यो पनि थाहा थियो कि तिनीहरूले मनमानी ढङ्गले दोषी ठहराएर निकोलमाथि अन्याय गरिरहेका थिए, तर म तिनीहरूलाई ठेस पुर्याउनेछु, अनि मलाई दोषी ठहराएर बर्खास्त गर्नेछन् भनेर डराइरहेको थिएँ। आफ्नो हैसियत, ख्याति र प्राप्तिलाई जोगाउन, मैले आफूले साँच्चै सोचेको कुरा व्यक्त गर्नबाट पन्छिएँ र अस्पष्ट कुरा भनेँ। ममा सही दृष्टिकोणमा अडिग रहने साहस थिएन। मैले सधैँ आफ्नै स्वार्थहरूलाई विचार गरेँ र आत्म-संरक्षणलाई पहिलो स्थान दिएँ, र मण्डलीको हितको रक्षा गर्न बिलकुलै केही गरिनँ। न त मैले यसो गर्दा तिनीहरूले मण्डलीको काममा कति समस्या ल्याउँछन् भन्नेबारे नै विचार गरेँ। मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेश जस्तो महत्त्वपूर्ण मामिलामा, मैले नबुझेको जस्तो गरेँ ताकि कसैलाई ठेस नपुगोस् वा चोट नलागोस्, र आफ्नो पद जोगाउन म प्रवाहसँगै बगेँ र सिद्धान्तहरूविपरीत बोलेँ। म साँच्चै नै धेरै चतुर थिएँ। म चतुर मात्र होइन, सत्यताप्रति वितृष्ण पनि थिएँ। मैले बुझेको थिएँ कि सत्यता अभ्यास गर्नु र मण्डलीको कामको रक्षा गर्नु एक न्यायपूर्ण र सकारात्मक कुरा हो, तर जब मैले आफ्नै स्वार्थमा हानि पुग्न सक्छ भन्ने सोचेँ, तब मैले त्यसलाई अभ्यास गरिनँ। मैले सही कुराको रक्षा गर्दा कष्ट भोग्नुपर्छ कि भन्नेसमेत सोचेँ। के यसले मलाई सकारात्मक कुराहरू मन पर्दैन र म सत्यताप्रति वितृष्ण छु भन्ने देखाएन र? मैले धेरै पछुतो र दोषी महसुस गरेँ।
त्यसपछि, माथिल्लो तहका अगुवाहरूले मलाई सम्झाउनुभयो कि यस पटक निकोललाई बर्खास्त गरिएपछि, आलिनाले तिनलाई ख्रीष्टविरोधी भनेर रिपोर्ट गरिरहिन्, र निकोललाई निष्कासित नगरुन्जेल रोकिइनन्। यो अब सामान्य भ्रष्टताको प्रकटीकरण थिएन। यदि आलिनाको अभिप्राय साँच्चै नै ख्रीष्टविरोधीलाई खुट्याएर मण्डलीको कामको रक्षा गर्नु थियो, तर सही ढङ्गले खुट्याउन नसकेकी मात्र थियो भने, अगुवाहरूले सत्यताका सिद्धान्तहरूअनुसार सङ्गति गरेपछि, तिनले आफ्ना गल्तीहरू देख्न सक्ने थिइन् र निकोलको अपराधलाई सही ढङ्गले व्यवहार गर्न सक्ने थिइन्। तर तिनले सङ्गतिलाई बिलकुलै स्वीकार गरिनन्, आफ्नै कुरामा अडिग रहिन् र छोडिनन्, जसमा कसैलाई दबाउने र यातना दिने आभास थियो। अगुवाहरूले मलाई आलिनाबारे छानबिन गर्न र सत्यतथ्य पत्ता लगाउन भन्नुभयो, र म सहमत भएँ। तर जब म यसबारे अरूलाई सोध्न जाँदै थिएँ, म फेरि पछि हट्न थालेँ। “अब आलिनालाई नखुट्याउने रेचल मात्र होइन। मण्डलीका केही ब्रदर-सिस्टरहरू समेत तिनको पक्ष लिइरहेका छन्। यदि मैले गोप्य रूपमा सत्यतथ्य पत्ता लगाउने प्रयास गरेँ, र तिनीहरूले यसबारे आलिनालाई भनिदिए भने, के आलिना र अरूले मलाई बर्खास्त गराउलान् कि?” जब मैले यसबारे सोचेँ, मभित्र फेरि द्वन्द्व चल्न थाल्यो। पछि, मैले परमेश्वरका वचनहरू सम्झेँ: “तिमीहरू सबैले परमेश्वरको भारलाई ख्याल गर्छु र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छु भनेर भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै ख्याल गरेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई ख्याल गर्ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकता अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्न सक्छस्? के तैँले दृढताको साथ सत्यता अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूका विरुद्धमा लड्न सक्नेगरी साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तैँले मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा निर्णायक क्षणहरूमा आफ्नो हृदय अर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्नहरू सोध्, र तिनीहरूको बारेमा बारम्बार सोच्ने गर्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। परमेश्वरका वचनहरूले मेरो हृदयलाई हलचल गरायो। परमेश्वरका प्रश्नहरूको सामु, मैले आफूलाई डरपोक र कायर भइरहेको, समस्यादेखि डराइरहेको पाएँ। म सधैँ समस्याबाट भाग्न चाहन्थेँ। मैले परमेश्वरको बोझको अलिकति पनि ख्याल गरिनँ। मैले मण्डलीको कामको रक्षा गरिनँ किनकि यसो गर्दा अरूलाई ठेस पुग्छ र मेरो अहित हुन्छ भन्ने डर थियो। म कति स्वार्थी र घृणास्पद रहेछु! परमेश्वरका वचनहरूले मलाई जगाए। अहिले आलिनाको व्यवहारले मण्डली जीवनमा अवरोध पुर्याइरहेको थियो। यदि म अहिले खडा नभए, आलिनाले मण्डलीको काममा अझ ठूलो हानि पुर्याउँदा धेरै ढिलो हुनेथ्यो। मेरो डरपोकपन र भय परमेश्वरमाथिको विश्वासको कमी थियो। मैले सबै कुरा परमेश्वरको हातमा छ भनेर विश्वास गरिनँ, त्यसैले मलाई सधैँ अरूद्वारा दबाइने डर हुन्थ्यो। परमेश्वर धर्मी हुनुहुन्छ, परमेश्वरको घरमा सत्यताले शासन गर्छ। अन्तमा नकारात्मक मानिस र दुष्ट मानिसहरू यहाँ खुट्टा टेक्न सक्दैनन्, तर मेरो विश्वास साह्रै सानो थियो। त्यसैले, म परमेश्वरको सामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो हृदयमा डर र डरपोकपन छ। कृपया मलाई खडा हुन र मण्डलीको कामको रक्षा गर्न आस्था दिनुहोस्।” मैले प्रार्थना गरेपछि, मैले एक समूह अगुवालाई सम्झेँ, जो इमानदार थिए र केही खुट्याउने क्षमता राख्थे। त्यसैले मैले तिनलाई खोजेँ र यो मामिलाको छानबिनमा मसँग सहकार्य गर्न भनेँ। आलिनाले निकोलमाथि लगाएका ख्रीष्टविरोधी व्यवहारसम्बन्धी रिपोर्टहरू जाँच गर्दा, हामी छक्कै पर्यौँ। हामीले पायौँ कि केही आरोपहरू असत्य थिए, र अरू व्यवहारहरूले केवल भ्रष्टता प्रकट गर्थे र तात्विक समस्याहरू थिएनन्। यस्ता व्यवहारहरूको आधारमा निकोललाई ख्रीष्टविरोधी भनेर दोषी ठहराएर, के आलिनाले निकोललाई दबाउन तथ्यलाई बङ्ग्याइरहेकी थिइनन् र? साधारण मामिलाका डिकनले पनि आलिना निकोलप्रति निरन्तर लागिरहेको देखेका थिए, र तिनलाई दुष्ट काम नगर्न चेतावनी दिएका थिए, तर आलिना अलिकति पनि हलचल भइनन् र अझै पनि निकोललाई ख्रीष्टविरोधी भनेर दोषी ठहराउन चिच्याइरहेकी थिइन्। हामीले देख्यौँ कि आलिना निकोलप्रति विशेष घृणा गर्थिन् र तिनलाई निष्कासित गराउन कटिबद्ध थिइन्। हामीले आलिना र निकोल सहकर्मी हुँदाको अवस्थाबारे थाहा पायौँ, र के पत्ता लगायौँ भने त्यसबेला माथिल्लो तहका अगुवाहरूले निकोललाई धेरै महत्त्वपूर्ण काम दिएका थिए किनकि तिनको क्षमता र कार्य सामर्थ्य आलिनाको भन्दा उत्तम थियो। आलिनाले सोचिन् कि निकोलले तिनको प्रसिद्धि खोसिरहेकी छिन्, र परिणाम स्वरूप तिनी डाही र असन्तुष्ट भइन्। साथै, निकोलले अक्सर तिनको काममा भएका समस्याहरू औँल्याउँथिन्, त्यसैले आलिनालाई लाग्यो कि निकोलले तिनलाई हेप्छिन्। आलिनाले निकोलप्रति मनमा ईख लिइन् र सधैँ बदला लिने मौका खोजिरहेकी थिइन्। यस अवसरमा, जब निकोलले सिद्धान्तहरू उल्लङ्घन गरिन् र झूटो अगुवा भनेर प्रकट भइन्, आलिनाले निकोललाई ख्रीष्टविरोधी भनेर चित्रण गरी निष्कासित गर्न यस मौकाको फाइदा उठाउन चाहिन्। सुरुमा, मलाई लाग्यो कि तिनले निकोललाई तिनले दोषी ठहराउनुको कारण निकोलले सत्यता नबुझेकीले हो। अब, मैले आलिनाको बदलाको चाहना धेरै बलियो भएकाले आफ्नो व्यक्तिगत प्रतिशोध पूरा गर्न, तिनले अरूलाई भ्रमित पारेर निकोललाई दोषी देखाउने कार्यमा सामेल गराउन तथ्यहरूलाई बङ्ग्याएको देखेँ। यसको प्रकृति अत्यन्तै घृणित थियो!
एक दिन, परमेश्वरको वचनको खुलासामार्फत, मैले आलिनाको सारलाई अझ स्पष्ट रूपमा देखेँ। परमेश्वर भन्नुहुन्छ: “मतविरोधी भनेको के हो? ख्रीष्टविरोधीले मतविरोधीहरूका रूपमा हेर्ने मानिसहरू को हुन्? कम्तीमा पनि, तिनीहरू ख्रीष्टविरोधीलाई अगुवाका रूपमा गम्भीरतासाथ नलिने मानिसहरू हुन् अर्थात् तिनीहरू ख्रीष्टविरोधीहरूलाई आदर वा आराधना नगर्ने, बरू तिनीहरूलाई साधारण व्यक्तिको रूपमा हेर्ने मानिसहरू हुन्। त्यो एउटा प्रकार हो। त्यसपछि सत्यतालाई प्रेम गर्ने, सत्यताको खोजी गर्ने, आफ्नो स्वभाव परिवर्तन गर्न खोज्ने, र परमेश्वरप्रतिको प्रेमको खोजी गर्ने मानिसहरू छन्; तिनीहरू ख्रीष्टविरोधीको भन्दा फरक मार्ग अपनाउँछन्, र ख्रीष्टविरोधीको नजरमा तिनीहरू मतविरोधीहरू बन्छन्। अरू कोही छन्? (ख्रीष्टविरोधीहरूलाई सधैँ सुझाव दिने, र तिनीहरूको खुलासा गर्ने आँट गर्ने मानिसहरू।) ख्रीष्टविरोधीलाई सुझाव दिन र तिनीहरूलाई खुलासा गर्न आँट गर्ने, वा तिनीहरूको भन्दा फरक विचार राख्ने मानिसहरूलाई ख्रीष्टविरोधीले मतविरोधीहरूको रूपमा हेर्छ। अनि अर्को प्रकारका मानिसहरू पनि हुन्छन्: जो क्षमता र सीपमा ख्रीष्टविरोधी जत्तिकै हुन्छन्, जसको बोलीवचन र व्यवहार क्षमता ख्रीष्टविरोधीहरूको जत्तिकै हुन्छ, वा जसलाई ख्रीष्टविरोधीले आफूभन्दा उच्च र उनीहरूलाई चिन्न सक्ने मानिसहरूका रूपमा ठान्छ। ख्रीष्टविरोधीका लागि, यो असह्य, र उसको हैसियतका निम्ति खतरायुक्त हुन्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधीका सबैभन्दा ठूला मतविरोधीहरू हुन्। ख्रीष्टविरोधीले यस्ता मानिसहरूलाई कम आँक्ने वा थोरै लापरवाह बन्ने पनि आँट गर्दैनन्। तिनीहरू यस्ता मानिसहरूलाई काँडाको रूपमा हेर्छन्, सधैँ झिज्याउने कुराका रूपमा हेर्छन्, यस्ता मानिसहरूका विरुद्धमा सधैँ सचेत र सतर्क रहन्छन्, र आफूले गर्ने हरेक कुरामा तिनीहरू यस्ता मानिसहरूबाट टाढा बस्छन्। विशेष गरी जब ख्रीष्टविरोधीले कुनै मतविरोधीले उसलाई पहिचान र खुलासा गर्न लागेको देख्छ, तब तिनीहरू एकदमै अत्तालिन्छन्; यस्तो व्यक्तिलाई बहिष्कार र आक्रमण गर्न उसलाई यति तीव्र इच्छा हुन्छ कि त्यस मतविरोधीलाई मण्डलीबाट सफाइ गरेर ननिकालेसम्म उसलाई चित्त बुझ्दैन। … ख्रीष्टविरोधीका लागि, मतविरोधी नै तिनीहरूको हैसियत र शक्तिका लागि खतरा हुन्छ। तिनीहरूको हैसियत र शक्तिलाई चुनौती दिने जोकोही व्यक्तिलाई ‘तह लगाउन’ जुनै पनि हदसम्म ख्रीष्ट विरोधीहरू जानेछन्। यदि यी मानिसहरूलाई साँच्चै अधीनमा ल्याउन वा भर्ती गर्न सकिएन भने, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई ढलाउनेछन् वा निकाल्नेछन्। अन्त्यमा, ख्रीष्ट विरोधीहरूले पूर्ण शक्ति प्राप्त गर्ने र तिनीहरू आफै नै कानुन बन्ने आफ्नो लक्ष्य हासिल गर्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र शक्ति कायम राख्न सधैँ प्रयोग गर्ने विधिहरूमध्ये एउटा यही हो—तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्)। “जब कुनै क्रूर व्यक्तिलाई राम्रो अभिप्रायले अर्ती दिइन्छ, आरोप लगाइन्छ, शिक्षा वा सहयोग प्रदान गरिन्छ, तब उसको मनोवृत्ति कृतज्ञ हुने वा यसलाई नम्रतापूर्वक स्विकार्ने हुँदैन, बरु लाजले क्रोधित हुने, चरम शत्रुता र घृणा महसुस गर्ने, र प्रतिकारसमेत गर्ने हुन्छ। … जब तिनीहरूले घृणाको कारण अर्को व्यक्तिलाई प्रतिकार गर्छन्, तब त्यो अवश्य नै तिनीहरूसँग त्यस व्यक्तिप्रति घृणा भएकोले वा त्यस व्यक्तिसँग पुरानो ईख भएकोले होइन, तिनीहरूले त त्यो व्यक्तिले तिनीहरूको गल्ती खुलासा गरेकोले यसो गर्छन्। यसले देखाउँछ कि ख्रीष्टविरोधीलाई खुलासा गर्ने काम जसले गरे पनि, र ख्रीष्टविरोधीसँग त्यो व्यक्तिको सम्बन्ध जे भए पनि, त्यो खुलासाले नै तिनीहरूमा घृणा पैदा गर्न र तिनीहरूको बदलाको सिकार बन्न सक्छ। त्यो व्यक्ति जोसुकै भए पनि, उसले सत्यता बुझेको भए पनि नभए पनि, ऊ अगुवा वा कामदार वा परमेश्वरका चुनिएका मानिसहरूको एक साधारण सदस्य भए पनि, उसले ख्रीष्टविरोधीलाई खुलासा र काटछाँट गर्यो भने, ख्रीष्टविरोधीले त्यो व्यक्तिलाई शत्रुकै रूपमा व्यवहार गर्नेछ। तिनीहरूले खुलेआम यसोसमेत भन्नेछन्, ‘जसले मलाई काटछाँट गर्छ ऊप्रति म कठोर हुनेछु। जसले मलाई काटछाँट गर्छ, मेरो भित्री कुरा खुलासा गर्छ, मलाई परमेश्वरको घरबाट निष्कासित गराउँछ, वा मेरो भागको आशिष् लुट्छ, म उसलाई त्यतिकै कहिल्यै छोड्नेछैन। बाहिरी संसारमा म यस्तै छु: मलाई कष्ट दिने आँट कसैले गर्दैन। मलाई झिज्याउन आँट गर्ने व्यक्ति अहिलेसम्म जन्मेको छैन!’ काटछाँट सामना गर्दा ख्रीष्टविरोधीहरूले फलाक्ने निर्मम शब्दहरू यिनै हुन्। जब तिनीहरूले यी निर्मम शब्दहरू फलाक्छन्, तब यो अरूलाई डर देखाउन बोलिएको हुँदैन, न त तिनीहरूले आफ्नो रक्षा गर्नलाई नै यी आवेगहरू पोखाइरहेका हुन्छन्। तिनीहरू त साँच्चै नै दुष्ट काम गर्न सक्षम हुन्छन्, र तिनीहरूले हदैसम्म गिरेर आफूसँग भएको कुनै पनि उपायसमेत प्रयोग गर्नेछन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरको वचनको खुलासामार्फत नै मैले आलिनाको मनसाय स्पष्ट रूपमा देखेँ। तिनले मण्डलीको कामको रक्षा गर्न चाहन्छु र कुनै पनि ख्रीष्टविरोधीलाई छोड्न सक्दिनँ भनेर भनिरहिन्, जबकि वास्तविकतामा तिनले व्यक्तिगत दुश्मनी साँधिरहेकी थिइन्। यसको कारण केवल निकोलले तिनको कामका विचलनहरू औँल्याएकीले तिनको मनमा पलाएको ईख थियो। तिनले निकोलको बर्खास्तीलाई लिएर ठूलो मुद्दा बनाइन्, र निकोलको क्षणिक अपराधलाई समातेर तिनलाई ख्रीष्टविरोधी भनेर चित्रण गरिन्। हाम्रा अगुवाहरूले भ्रष्टताको प्रकटीकरण र दुष्ट कामबीचको भिन्नताबारे स्पष्ट रूपमा सङ्गति गरेपछि पनि, तिनले त्यसलाई छोडिनन्, र निकोलबारे एकतर्फी जानकारी प्रस्तुत गर्न हरसम्भव प्रयास गरिरहिन्। तिनले बढाइचढाइ गरिएका आरोपहरू लगाइन् र निकोललाई दोषी देखाउन ब्रदर-सिस्टरहरूलाई भ्रमित गरी सामेल गराइन्, यो उनको फरक विचार राख्नेहरूलाई हटाउने प्रयास थियो। जब अगुवाहरूले तिनले चाहेजसरी निकोललाई कारबाही गरेनन्, तिनी असन्तुष्ट भइन् र सहकर्मीहरूलाई अगुवाहरूले निकोललाई जोगाइरहेका छन् भनिन्, जसले तिनीहरूलाई भ्रमित पारी तिनको पक्ष लिने र अगुवाहरूविरुद्ध पूर्वाग्रही बनायो। जब मैले निकोलको मामिलामा फरक दृष्टिकोण राखेँ, तिनले मलाई बहिष्कार गरी एक्लो पारिन्। जब केही ब्रदर-सिस्टरहरूले तिनले गरिरहेकी कुरामा सचेत गराए, तिनले त्यसलाई स्विकार्न इन्कार गरिन् र यो शैतानको अवरोध हो भनिन्। यी तथ्यहरूबाट, हामी के देख्न सक्छौँ भने आलिना सत्यतालाई घृणा गर्थिन् र तिनको स्वभाव अत्यन्तै क्रूर थियो। यदि कसैले तिनलाई खुट्यायो वा तिनको हैसियतमा खतरा उत्पन्न गर्यो भने, तिनले तिनीहरूलाई बदलामा आक्रमण गर्ने, बहिष्कार गर्ने र प्रतिसोध साँधेर यातना दिने व्यवहार गर्थिन्। आलिना एक दुष्ट व्यक्ति थिइन्। त्यसपछि, मैले थाहा पाएका तथ्यहरू अगुवाहरूलाई रिपोर्ट गरेँ। त्यसपछि उहाँहरूले आलिनालाई बर्खास्त गरी एक्ल्याउनुभयो, र तिनको व्यवहारको निगरानी गर्नुभयो ताकि तिनले थप अवरोध पुर्याइन् भने तिनलाई निष्कासित गरिने थियो। सङ्गतिमार्फत, रेचलले पनि आलिनाबारे सुझबुझ प्राप्त गरिन्। जब तिनले आफू दुष्ट काम गर्नमा आलिनासँग मिलेको देखिन्, तिनी धेरै पछुताइन् र आफैँलाई घृणा गरिन्।
यो घटना धेरै पहिले भए तापनि, मलाई सोच्दा पनि लाज लाग्छ कि, कसरी मैले त्यस अवधिभर, र आफ्नै स्वार्थमा, मण्डलीको कामलाई हानि भए पनि अलिकति पनि वास्ता गरेको थिइनँ। यदि परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शन नभएको भए, मसँग मण्डलीको कामको रक्षा गर्ने साहससमेत हुने थिएन। परमेश्वरको वचनले नै मलाई अभ्यासको सिद्धान्त दियो। मैले जति नै सत्यता बुझे पनि, जब मण्डलीको हितको कुरा आउँछ, मैले त्यसको रक्षामा खडा हुनुपर्छ। यो एक नडगमगाउने जिम्मेवारी हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
म प्राथमिक स्कूलमा छँदा, एउटा पाठले मलाई गहन प्रभाव पारेको थियो, जुन कोङ रोङले नास्पातीहरू दिएको कथा हो। कोङ रोङले आफ्ना दाजु र भाइहरूलाई...
केही समयअघि म केही मण्डलीहरूको कामको हेरचाह गर्ने मण्डली अगुवा चुनिएँ। त्यसको तुरुन्तै मैले केही नतिजाहरू देख्न थालेँ, र धेरै मण्डली...
केही समय पहिले, मण्डलीको इन्चार्ज रहेका एक जना सुपरभाइजरलाई कामको आवश्यकताको कारण स्थानान्तर गरियो र नयाँ सुपरभाइजर छनौट गर्नु आवश्यक...
सोंग यु, नेदरलेण्डस् यस वर्षको मेइ महिनामा, एक जना सिस्टरले मलाई सिस्टर लूले उनलाई कम्तीमा पनि तीन जना मण्डली अगुवाहरू व्यवहारिक काम...