मेरो “आध्यात्मिक अभिभावक” को पर्दाफास

1 अप्रिल 2025

एलिसा, दक्षिण कोरिया

म ११ वर्षदेखि प्रभु येशूकी विश्वासी थिएँ र पहिले पाष्टर बेनको मण्डलीमा मात्रै सङ्गतिमा जान्थेँ। पाष्टर बेन हाम्रो क्षेत्रमा निकै चर्चित प्रचारक हुनुहुन्थ्यो। उहाँ भक्त र दयालु हुनुहुन्थ्यो, उहाँले धेरै वर्षसम्म प्रभुको सेवा गर्नुभयो, र उहाँसँग बाइबलको राम्रो ज्ञान थियो। मण्डलीका सबै बाइबलीय तालिम उहाँले नै सञ्चालन गर्नुहुन्थ्यो, त्यसैले म उहाँको धेरै आदर गर्थेँ। मैले कुनै कुरा नबुझ्दा, म सधैँ उहाँलाई सोध्न जान्थेँ। हाम्रो परिवारमा कुनै कठिनाइ आइपर्दा उहाँले हाम्रा लागि लागि प्रार्थना गरिदिनुहुन्थ्यो। नजानिँदो किसिमले, मैले उहाँलाई आफ्नो आस्थामा आत्मिक पिताका रूपमा हेर्न थालेँ।

सन् २०१७ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनेँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा, उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको छ हजार-वर्षे व्यवस्थापन योजनाका रहस्यहरू, परमेश्‍वरको कामको तीन चरणको भित्री कथा, परमेश्‍वरको देहधारणका रहस्यहरू, शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याउँछ, परमेश्‍वरले मानवतालाई मुक्ति दिन कसरी चरणबद्ध रूपमा काम गर्नुहुन्छ, परमेश्‍वरले कसरी हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुहुन्छ, उहाँले हाम्रो परिणाम र गन्तव्य कसरी निर्धारण गर्नुहुन्छ, मुक्ति प्राप्त गर्न र स्वर्गको राज्यमा प्रवेश गर्न हामीमा कस्तो पछ्याइ हुनुपर्छ, इत्यादि कुराहरू प्रकट गर्नुभएको देखेँ। यी सबै सत्यता र रहस्यहरू मैले इसाई भएर बिताएका यतिका वर्षमा कहिल्यै सुनेकी थिइनँ। यसले साँच्चै मेरो आँखा खोलिदियो! सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी मेरो हृदयमा म निश्चित भएँ र मैले आफ्ना दुई छोराछोरीलाई पनि परमेश्‍वरको सामु ल्याएँ। मैले पाष्टर बेनका बारेमा सोचेँ, जो धेरै वर्षदेखि प्रचारक हुनुहुन्थ्यो। उहाँले हामीलाई सधैँ जागा रही प्रतीक्षा गर्न, प्रभुद्वारा उठाइ लगिने हाम्रो मौका नगुमाउन भन्नुहुन्थ्यो। यदि उहाँले प्रभु फर्कनुभयो भनी थाहा पाउनुभयो भने, पक्कै पनि खुसीसाथ स्विकार्नु हुनेथ्यो। मैले उहाँलाई सुसमाचार प्रचार गर्न सकूँ भनेर जतिसक्दो चाँडो आफूलाई सत्यताले सुसज्जित गर्ने निर्णय गरेँ। तर धेरै समय नबित्दै, पाष्टर बेन आफैँ मलाई खोज्न आउनुभयो।

त्यस दिन, उहाँ हाम्रो परिवारको फलफूल पसलमा आउनुभयो र मुस्कुराउँदै मलाई सोध्नुभयो, “डिकन एलिसा, धेरै समय भयो है। मैले सुनेँ तपाईं अर्को मण्डलीमा सहभागी हुँदै हुनुहुन्छ, र मलाई तपाईँ कुनै ठूलो मण्डलीमा जानु हुँदैछ भन्ने लागेको थियो। तपाईँ सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा गइरहनुभएकोमा मलाई आश्चर्य लाग्यो। त्यो मण्डलीले प्रभु येशू देहमा फर्कनुभएको छ भनी गवाही दिन्छ। त्यो त असम्भव छ! यो त विधर्म हो, र तपाईँको आस्था गलत छ। तुरुन्तै प्रभुकहाँ फर्कनुहोस् र पश्चात्ताप गर्नुहोस्।” उहाँले यसो भनेको सुनेर म छक्क परेँ। मैले सोचेँ, “तपाईँलाई त्यो मण्डलीका बारेमा केही थाहा छैन र तपाईँले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामको जाँच पनि गर्नुभएको छैन। तपाईँले कसरी यत्तिकै निन्दा गर्न सक्नुहुन्छ?” तर फेरि मैले सोचेँ, “सायद उहाँले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुन्नुभएको छैन, त्यसैले उहाँलाई यो साँचो मार्ग हो भनी थाहा छैन होला। उहाँले वर्षौंदेखि प्रभुको सेवा गर्नुभएको छ र उहाँको आगमनको तृष्णा गरिरहनुभएको छ। यदि उहाँले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुभयो र ती सबै सत्यता हुन् भन्ने देख्नुभयो भने, उहाँले पक्कै पनि स्विकार्नु हुनेछ।” त्यसैले, मैले उहाँलाई परमेश्‍वरका आखिरी दिनहरूको कामबारे गवाही दिएँ। मैले भनेँ, “पाष्टर बेन, तपाईँले भर्खरै भन्नुभयो कि प्रभु देहमा फर्कन असम्भव छ। के यो प्रभुका वचनहरूमा आधारित छ?” उहाँले आत्मविश्वाससाथ जवाफ दिनुभयो, “मत्ती २४:३० मा यसो भनिएको छ, ‘अनि त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्‍ह देखा पर्नेछ: अनि पृथ्वीका सबै कुलले शोक गर्नेछन्, अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमाका साथमा स्वर्गको बादलमा आइरहनुभएको देख्‍नेछन्।’ प्रभु येशूले प्रस्टसँग भन्नुभएको थियो जब उहाँ फर्कनुहुन्छ, उहाँ सबैले देख्ने गरी बादलमा ठूलो महिमासहित खुल्लमखुल्ला देखा पर्नुहुनेछ। त्यसैले, प्रभु देहधारी रूपमा फर्कनुहुने सम्भावना छैन। म ठोकुवा गरेर भन्छु, प्रभु देहमा आउँदै हुनुहुन्छ भन्ने कुनै पनि प्रचार झूटो मार्ग हो, यो विधर्म हो। म यसमा कहिल्यै विश्वास गर्नेछैन!” मैले हतपत गर्दै जवाफ दिएँ, “पाष्टर, बाइबलमा प्रभुको पुनरागमनबारे धेरै अगमवाणीहरू छन्। प्रभु बादलमा आउनुहुने अगमवाणीहरू छन्, तर प्रभु गुप्तमा आउनुहुनेबारे पनि धेरै अगमवाणी छन्, जस्तै, ‘त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु(प्रकाश ३:३), ‘हेर, म चोरजस्तै आउँछु(प्रकाश १६:१५), ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। प्रभु येशूले यसो पनि भन्नुभयो: ‘किनभने जसरी बिजुली, आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर सुरुमा उसले धेरै कुराहरूको कष्ट भोग्नैपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनैपर्छ(लूका १७:२४-२५)। ‘जसरी बिजुली पूर्वबाट चम्किँदा, पश्‍चिमसम्मै चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। यी पदहरूमा प्रभु ‘चोरजस्तै’ फर्कनुहुने र ‘मानिसको पुत्रको आगमन’ हुने कुरा उल्लेख छ। के खजाना चोर्न आउने चोर खुलेआम, ठूलो तामझामसाथ आउँछ र? पक्कै आउँदैन। तिनीहरू राति लुसुक्क आउँछन् र धेरैजसो मानिसहरूलाई थाहा नै हुँदैन। त्यसैले प्रभु चोरजस्तै आउनुको अर्थ उहाँ गुप्तमा आउनुहुन्छ भन्ने हो, र त्यो भनेको परमेश्‍वर मानिसको पुत्रका रूपमा देहमा आउनु हो। यदि तपाईं प्रभु खुलेआम बादलमा मात्र आउनुहुन्छ भन्ने कुरामा जिद्दी गर्नुहुन्छ भने, उहाँ चोरजस्तै गुप्तमा आउनुहुने अगमवाणीहरू कसरी पूरा हुन्छन् त? यदि प्रभु बादलमा आउनुभयो भने, सबैले उहाँलाई देख्नेछन्। तब कसैले ‘दुलहा आउनुभयो; उहाँलाई भेट्न जाओ’ भनेर कराउनु पर्ने आवश्यकता हुन्छ र? त्यसैले प्रभुका अगमवाणीहरूका आधारमा हामी उहाँको पुनरागमन दुई चरणमा हुनेछ भन्नेमा निश्चित हुन सक्छौँ। पहिले उहाँ देहधारण गरेर गोप्य रूपमा आउनुहुन्छ, त्यसपछि उहाँ खुलेआम देखा पर्नुहुन्छ। यसरी प्रभुको आगमनबारेका यी अगमवाणीहरू एकआपसमा मेल खान्छन्।” मैले यसो भन्दा पाष्टर बेनको अनुहारमा अप्ठ्यारो भाव देखियो। मैले कुरा अगाडि बढाएँ, “पाष्टर, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई पखाल्न र मुक्ति दिन सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ, परमेश्‍वरको घरबाट सुरु गरी न्यायको काम गर्नुहुन्छ, र उहाँले विजेताहरूको एउटा समूह बनाइसक्नुभएको छ। परमेश्‍वरको गोप्य देहधारणको काम समाप्त हुन लागेको छ, त्यसपछि उहाँले महाविपत्तिहरू ल्याउनुहुनेछ, असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ, र सबै मानिसहरूमाझ खुलेआम देखा पर्नुहुनेछ। त्यस समयमा, सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रतिरोध र निन्दा गर्ने सबैजना महाविपत्तिहरूमा पर्नेछन्, र रुँदै दाह्रा किट्नेछन्। यसले प्रकाश १:७ मा भनिएको कुरा पूरा गर्छ, जहाँ यसो भनिएको छ: ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि, जसले उहाँलाई घोचे: र उहाँका कारण पृथ्वीका सब कुलहरूले विलाप गर्नेछन्।’” यो सुनेर, पाष्टर बेनले मलाई तिरस्कारपूर्ण नजरले हेर्नुभयो र भन्नुभयो, “तिमीलाई बाइबलका बारेमा धेरै थाहा छैन, तैपनि मलाई प्रचार गर्दैछौ?” उहाँको यस्तो मनोवृत्ति देखेर म धेरै निराश भएँ। के उहाँ मैले चिनेको पाष्टर बेन नै हुनुहुन्थ्यो र? मैले उहाँलाई सधैँ एक विनम्र व्यक्ति सोचेकी थिएँ। उहाँले हामीलाई अक्सर बुद्धिमती कन्याहरू बन्न र प्रभुको आगमनलाई स्वागत गर्न जागा रहन भन्नुहुन्थ्यो। प्रभुको पुनरागमनको खबर सुनेर उहाँमा खोजी र अनुसन्धान गर्ने इच्छा कसरी हुन सकेन? मैले उहाँलाई सल्लाह दिएँ, “पाष्टर, बाइबलको धेरै ज्ञान हुनु र परमेश्‍वरलाई चिन्नु एउटै कुरा हो र? के यसले कोही व्यक्तिले परमेश्‍वरको प्रतिरोध गर्दैन भन्ने ग्यारेन्टी दिन्छ? यहूदी फरिसीहरूलाई धर्मशास्त्र कण्ठै थियो र आफूहरूले परमेश्‍वरलाई चिनेको सोच्थे। तर जब प्रभु येशू देखा पर्नुभयो र काम गर्नुभयो, तिनीहरूले उहाँका वचनहरूमा शक्ति र अख्तियार छ भनी देखे, तर तिनीहरूले त्यसको खोजी वा अनुसन्धान गरेनन्। तिनीहरू धर्मशास्त्रका शब्दहरूमा टाँसिरहे, र उहाँलाई मसीह नभनिए उहाँ परमेश्‍वर होइन भनी जिद्दी गरे। तिनीहरूले उहाँले बालजिबुबको भरमा भूतहरू धपाउनुहुन्छ भन्दै उहाँको निन्दा समेत गरे। तिनीहरूले आफ्ना धारणाहरूका आधारमा प्रभु येशूको कामको निन्दा र प्रतिरोध गरे र अन्तमा उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले परमेश्‍वरको स्वभावलाई चिढ्याए र उहाँको दण्ड र श्राप भोगे। पाष्टर बेन, हामीले फरिसीहरूको असफलताबाट पाठ सिक्नैपर्छ।” उहाँ एकछिन निरुत्तर हुनुभयो, त्यसपछि रिसाउँदै भन्नुभयो, “तपाईँ आफ्नो आस्थामा यत्तिका वर्षदेखि एक उत्साही खोजकर्ता भएकाले, म तपाईँका लागि प्रार्थना गर्नेछु। तुरुन्तै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली छोड्नुहोस्!” त्यसपछि उहाँ क्रोधित हुँदै हिँड्नुभयो।

उहाँ गइसकेपछि, मैले सोचेँ प्रभुको आगमनप्रतिको उहाँको मनोवृत्ति हेर्दा उहाँले साँच्चै यसका लागि तृष्णा गर्नुभएको जस्तो देखिँदैन। उहाँले किन सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन सुन्ने, त्यसको जाँच गर्ने, र त्यसपछि निष्कर्षमा पुग्ने काम गर्नुभएन? यत्तिका वर्षसम्म, उहाँ एक विश्वासी हुनुहुन्थ्यो, त्याग गर्दै, आफूलाई समर्पित गर्दै, र कडा परिश्रम गर्दै आउनुभएको थियो। यदि उहाँले माथि उठाइ लगिने आफ्नो मौका गुमाउनुभयो भने त्यो धेरै दुःखको कुरा हुनेथियो। मैले अर्को मौकाको प्रतीक्षा गर्ने, र उहाँसँग फेरि परमेश्‍वरका आखिरी दिनहरूको कामका बारेमा कुरा गर्ने निर्णय गरेँ। सङ्गति स्पष्ट भएपछि उहाँले सायद स्वीकार्नुहुनेछ। केही दिनपछि, पाष्टर बेन फेरि हाम्रो फलफूल पसलमा देखा पर्नुभयो। मैले सोचेँ उहाँले पक्कै बाइबल अध्ययन गर्नुभयो र प्रभु कसरी फर्कनुहुन्छ भनी बुझ्नुभयो, र उहाँ अनुसन्धान गर्न तयार हुनुहुन्छ। तर मलाई आश्चर्यचकित पार्दै, उहाँले भन्नुभयो, “डिकन एलिसा, अस्ति तपाईँले प्रभु पहिले देहमा गोप्य रूपमा आउनुहुन्छ, र त्यसपछि खुलेआम देखा पर्नुहुन्छ भन्नुभयो। म असहमत छु। बाइबलले भन्छ: ‘ए गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूबाट स्वर्गमा उठाइएका यही येशू, जसरी उहाँ स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै आउनुहुनेछ’ (प्रेरित १:११)। प्रभु येशू एक यहूदी मानिसका रूपमा सेतो बादलमा स्वर्ग जानुभयो, त्यसैले उहाँ एक यहूदी मानिसका रूपमा सेतो बादलमा नै फर्कनुहुनेछ। तपाईँ भ्रममा पर्नुभएको छ। तपाईं फर्केर आउनैपर्छ।” पाष्टर बेन यसरी लगातार बोलिरहनुभयो, मलाई विश्वस्त पार्न कटिबद्ध देखिनुहुन्थ्यो। उहाँलाई प्रभु बादलमा फर्कनुहुन्छ भन्ने विचारमा हठी भई टाँसिरहेको, र सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको आलोचना र निन्दा गरिरहेको देखेर, मैले साँच्चै बुझ्न सकिनँ। बाइबलमा प्रभु देहधारण गरेर गोप्य रूपमा फर्कनेबारे यति धेरै अगमवाणीहरू छन्। उहाँले किन यसको खोजी वा अनुसन्धान पटक्कै गरिरहनुभएको थिएन? मैले उहाँसँग कसरी सङ्गति गर्ने होला? मैले मनमनै प्रार्थना गरेँ, परमेश्‍वरसँग उहाँको मार्गदर्शन मागेँ। त्यही बेला, मेरो मनमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एक खण्ड आयो। मैले त्यो पाष्टर बेनलाई पढेर सुनाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्यको देखापराइको समय हुनेछ। सायद त्यो क्षण तेरा निम्ति ठूलो उत्साहको समय हुनेछ, तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने समय पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणाको समय हुनेछ र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू र चिन्हहरू नखोज्नेहरू, अनि यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गराइएका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू मात्र अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग जारी गर्नुहुने येशूलाई मान्दैनन्। यसकारण, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ भनेर भन्न सकिन्छ। तिनीहरू अति जिद्दी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको ईशनिन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ)। यो पढ्दै गर्दा, म के सोचिरहेकी थिएँ भने परमेश्‍वरका वचनहरू यति स्पष्ट छन्। पाष्टर बेनले अब त बुझ्नुपर्छ। तर मैले मेरो कुरा सक्न नपाउँदै, केही बोल्नुअघि नै, उहाँले गम्भीर अनुहार बनाउँदै भन्नुभयो, “जे भए पनि, म केवल प्रभु येशू बादलमा आउनुहुन्छ भन्ने विश्वास गर्छु। त्यो गलत हुन सक्दैन! म एक पाष्टर हुँ र मैले धेरै वर्षदेखि प्रभुको सेवा गरेको छु। के तिमीले साँच्चै मभन्दा धेरै जान्न सक्छ्यौ? यसबाहेक, धार्मिक संसारका सबै पादरीवर्गले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गर्छन्। यसको मतलब सर्वशक्तिमान्‌ परमेश्‍वर फर्केर आउनुभएका प्रभु येशू हुन असम्भव छ। म तिमीलाई तुरुन्तै फर्केर आउन सुझाव दिन्छु!” उहाँलाई खोजी गर्ने कुनै अभिप्राय नभएको यति हठी देखेर मैले चिन्तित हुँदै भनेँ, “पाष्टर बेन, के धार्मिक संसारका पादरीवर्गले परमेश्‍वरको प्रतिनिधित्व गर्छन्? के धार्मिक संसारको हरेक दृष्टिकोण सत्यता हो? जब प्रभु येशू काम गर्न आउनुभयो, उहाँलाई सम्पूर्ण यहूदी धर्मले घोर निन्दा र विरोध गरेको थियो। के तपाईँ उहाँको काम साँचो मार्ग थिएन भन्न सक्नुहुन्छ? प्रभुलाई स्वागत गर्न, हामीले धार्मिक प्रवृत्तिहरूलाई अन्धाधुन्ध पछ्याउनमा नभई उहाँको आवाज सुन्नमा ध्यान केन्द्रित गर्नुपर्छ। तपाईँले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुन्नुपर्छ र त्यो सत्यता हो कि होइन, परमेश्‍वरको आवाज हो कि होइन भनी हेर्नुपर्छ…।” तर मैले मेरो कुरा सक्न नपाउँदै, उहाँले मलाई बीचमै रोक्नुभयो, र उपेक्षापूर्ण स्वरमा भन्नुभयो, “मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू धेरै पहिले पढेको हुँ। मलाई लाग्दैन कि ती परमेश्‍वरको आवाज हुन्, र तिमीले पनि अब ती पढ्नु हुँदैन।” उहाँको उपहासपूर्ण हेराइ देख्दा मलाई घृणा लाग्यो। मैले सोचेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वरले यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ जुन व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्‍वरले भन्नुभएका सबै कुराभन्दा धेरै छ। साथै, उहाँका सबै वचनहरू यति अख्तियारपूर्ण छन्—यो परमेश्‍वरको आवाज हो भनेर तुरुन्तै भन्न सकिन्छ। आश्चर्यको कुरा, पाष्टर बेनले यो बुझ्नुहुन्न। के उहाँ साँच्चै परमेश्‍वरका भेडाहरूमध्ये एक हुनुहुन्छ?”

अर्को दुई हप्तासम्म पाष्टर बेन मसँग कुरा गर्न आइरहनुभयो, मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली छोड्न भनिरहनुभयो। एक दिन, उहाँ क्रोधित हुँदै फलफूल पसलमा आउनुभयो र पहिले जस्तो मलाई डिकन एलिसा भनेर सम्बोधन गर्नुभएन, बरु सीधै आदेशात्मक स्वरमा भन्नुभयो, “तिमीले अबदेखि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास नगर्नू, वा आफ्ना दुई छोराछोरीलाई यसमा नल्याउनू! विशेष गरी तिमीले यो कुरा मण्डलीका ब्रदर-सिस्टरलाई प्रचार गर्न पाउँदैनौ। नत्रभए, म मण्डलीमा घोषणा गर्नेछु कि तिमी अब विधर्ममा विश्वास गर्छ्यौ, र म तिमीलाई निष्कासित गर्नेछु। म सबैलाई तिमीबाट अलग बस्न र तिमीलाई इन्कार्न लगाउनेछु!” मलाई साँच्चै रिस उठ्यो। म के सोचिरहेकी थिएँ भने साँचो मार्ग स्विकार्नु मेरो स्वतन्त्रता हो, र उहाँसँग मलाई रोक्ने कुनै अधिकार छैन। हामी विश्वासीहरू सबैले प्रभुको पुनरागमनको आशा गरिरहेका छौँ र अब मैले प्रभुलाई स्वागत गरेको यो अद्भुत समाचार अरूलाई बाँड्नुपर्छ। उहाँ किन मेरो बाटोमा उभिइरहनुभएको थियो? मैले न्यायसङ्गत रूपमा र दृढतापूर्वक उहाँलाई भनेँ, “परमेश्‍वरका भेडाले उहाँको आवाज सुन्छन् र त्यसलाई कसैले रोक्न सक्दैन। मेरा छोराछोरीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन्, परमेश्‍वरको आवाज चिनेका छन् र उहाँलाई पछ्याउन चाहन्छन्। यो उनीहरूको स्वतन्त्रता हो। तपाईँ कुन आधारमा उनीहरूको विश्वासको स्वतन्त्रतालाई सीमित गर्न खोज्दै हुनुहुन्छ?” उहाँ एकछिन निरुत्तर हुनुभयो, त्यसपछि रिसाउँदै मलाई सराप्नुभयो र लुसुक्क हिँड्नुभयो। केही समयपछि, मैले मेरो पुरानो मण्डलीका दुई जना सिस्टरलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गरेँ। उनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुनेर खुसी भए र मसँग नियमित रूपमा सम्पर्क गरे। धेरै समय नबित्दै, पाष्टर बेनले यसबारे थाहा पाउनुभयो, उहाँले उनीहरूलाई भ्रममा पारेर रोक्नुभयो। उनीहरूले मसँग सम्पर्क गर्न छोडे र मबाट पर हुन थाले। म धेरै दुःखी र क्रोधित भएँ। मैले प्रभु येशूले फरिसीहरूलाई भन्नुभएको कुरा नसम्झी रहन सकिनँ: “शास्‍त्रीहरू र फरिसीहरू, ढोँगीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूसामु स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै भित्र जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। पाष्टर बेनले परमेश्‍वरका आखिरी दिनहरूको कामको खोजी र जाँच गर्नुभएन र अरूलाई पनि त्यसको जाँच गर्न र प्रभुलाई स्वागत गर्नबाट रोक्न उहाँले सक्दो प्रयास गर्नुभयो। के त्यसले मानिसहरूको स्वर्गको राज्यमा प्रवेश गर्ने मौकालाई बर्बाद गरिरहेको थिएन र? त्यो फरिसीहरूले गरेको कामभन्दा कसरी फरक थियो? मैले यो कुरा पटक्कै बुझ्न सकिरहेकी थिइनँ। पाष्टर बेन लामो समयदेखिका विश्वासी हुनुहुन्थ्यो जो भक्त देखिनुहुन्थ्यो र प्रभुको पुनरागमनको प्रतीक्षा गरिरहनुभएको थियो। उहाँले प्रभुको आगमनको खबर सुन्दा किन पटक्कै खोजी गर्नुभएन, बरु त्यसको प्रतिरोध र निन्दा गर्नुभयो?

पछि, एउटा सङ्गतिमा, मैले ब्रदर-सिस्टरहरूलाई यसबारे बताएँ। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूका दुइटा खण्ड पढेर सुनाए र त्यसपछि मैले समस्याको जड देख्न सकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भन्ने लाग्छ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेकाका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव मध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ)। “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबैजना ‘परमेश्‍वर’ लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्‍वरको ध्वजा बोके तापनि जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्‍वरमा विश्‍वास गरेको पर्चा बोक्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरूको सही मार्गमा हिँड्ने थालनीलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्‍वरको खोजीमा अवरोध दिने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ शारीरिक गठन’ भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू मेरा लागि अन्तर्दृष्टिपूर्ण थिए। पाष्टर र एल्डरहरूले किन यति जोडदार रूपमा परमेश्‍वरका आखिरी दिनहरूको कामको प्रतिरोध र निन्दा गर्छन्? यो मुख्यतया तिनीहरूको प्रकृति नै एकदमै हठी र अहङ्कारी हुनुले हो। तिनीहरूले सत्यतालाई स्वीकार नगर्ने मात्र होइन, त्यसलाई तिरस्कार समेत गर्छन्। यो ठीक ती यहूदी फरिसीहरू जस्तै हो जो सधैँ सभाघरहरूमा धर्मशास्त्रको व्याख्या गर्थे। तर जब प्रभु येशू आउनुभयो र काम गर्नुभयो, तिनीहरूले उहाँका वचनहरूमा अख्तियार र शक्ति छ भनी जाने तापनि त्यसको जाँच गर्न अस्वीकार गरे। तिनीहरू एकोहोरो धर्मशास्त्रका अक्षरहरूमा टाँसिइरहे र पुरानो करारको व्यवस्था प्रयोग गरेर उहाँको निन्दा गरे। आफ्नो हैसियत र जीविका बचाउन, तिनीहरूले प्रभु येशूलाई फसाउन अफवाहहरू बुने र झूटो गवाही दिए र अन्तमा उहाँलाई क्रूसमा टाँगे। मैले पाष्टर बेन ठीक त्यस्तै रहेको देखेँ। उहाँलाई सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्दै हुनुहुन्छ र न्यायको काम गर्दै हुनुहुन्छ भन्ने थाहा थियो, र उहाँले त्यसको जाँच नगरेको मात्र होइन, त्यसको घोर प्रतिरोध र निन्दा गर्नुभयो। उहाँ बाइबलका वचनहरूमा अनि आफ्नै धारणाहरू र कल्पनाहरूमा टाँसिरहनुभयो। यदि यो प्रभु येशू बादलमा आउनुभएको होइन भने, यो परमेश्‍वरको देखा पराइ र काम होइन भन्ने उहाँको विश्वास थियो। उहाँले विश्वासीहरूलाई साँचो मार्गको खोजी गर्नबाट रोक्न सबै प्रकारका विधर्महरू फैलाउनुभयो। उहाँले विश्वासीहरूलाई कसेर आफ्नै नियन्त्रणमा राख्नुभयो। मैले जति धेरै यसबारे सोचेँ, त्यति नै त्यो डरलाग्दो देखियो। त्यो कस्तो प्रकारको पाष्टर थियो? त्यो कसरी प्रभुको सेवक हुनु थियो? उहाँ आधुनिक-दिनका फरिसी, मानिसहरूलाई स्वर्गको राज्यबाट बाहिर राख्ने जीवित पिशाच हुनुहुन्थ्यो! आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरको देखापराइ र कामले यी पाष्टर र एल्डरहरूका पाखण्डी अनुहारहरूलाई प्रकट गर्छ। तिनीहरू साँचो विश्वासीहरू पटक्कै होइनन्, न त तिनीहरू प्रभुको देखा पराइलाई स्वागत गर्न प्रतीक्षा गरिरहेका छन्। तिनीहरू नाममा मात्र प्रभु येशूमा विश्वास गर्छन्, केवल ती दुई शब्द “प्रभु येशू” जप्छन्, तर तिनीहरू उहाँको ईश्‍वरीय सारलाई पटक्कै चिन्दैनन्, र उहाँ नै मार्ग, सत्यता, र जीवन हुनुहुन्छ भन्नेमा विश्वास नै गर्दैनन्। त्यसैले तिनीहरूले सत्यताको मार्ग सुन्दा कहिल्यै सत्यतामा समर्पित हुँदैनन् वा खोजी गर्दैनन्। तिनीहरूले सत्यता व्यक्त गर्ने ख्रीष्टलाई समेत घृणा र निन्दा गर्छन्। तिनीहरू परमेश्‍वरका आखिरी दिनहरूको कामद्वारा खुलासा गरिएका फरिसीहरू, ख्रीष्टविरोधीहरू हुन्। पहिले मैले सत्यता बुझेकी थिइनँ र ममा खुट्ट्याउने क्षमता थिएन, त्यसैले म पादरीवर्गको भक्त प्रस्तुतिको भ्रममा परेँ, र मैले उनीहरूलाई मेरो आध्यात्मिक अभिभावकका रूपमा समेत हेरेँ। म कत्ति दृष्टिहीन रहेछु! सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद छ जसले मलाई उनीहरूको साँचो पाखण्डी रङ्ग, अनि सत्यता र परमेश्‍वरलाई घृणा गर्ने ख्रीष्टविरोधी सार देख्ने मौका दिनुभयो। म अन्ततः धार्मिक संसारका फरिसी र ख्रीष्टविरोधीहरूको भ्रम र बन्धनबाट मुक्त भएँ र म परमेश्‍वरको सिंहासनको सामु फर्कें। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई उहाँको मुक्तिका लागि धन्यवाद छ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो आफ्‍नै बुबाको “कैदमा”

सन् २०२० को ग्रीष्म महिनामा। त्यो बेला, मेरी बहिनी एल्बिना र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको भिडियो सपनाबाट बिउँझँदा भेट्टायौँ।...

आफ्‍नै परिवारको कैदी

मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई २०१९ मा स्वीकार गरेँ। परमेश्‍वरको वचन पढेर, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने...

परमेश्‍वरको राज्यको मार्ग सधैँ सहज हुन्छ भन्‍ने छैन

सेनेन, भारतमेरो जन्‍म इसाई परिवारमा भएको हो, र प्रभुलाई विश्‍वास गर्ने कार्यमा मैले सानैदेखि मेरो आमाबुबालाई पछ्याएको थिएँ। म बारम्बार...

कसले हाम्रो परिवार बरबाद गर्‍यो?

मेरा श्रीमान र म एउटै गाउँमा हुर्केका हौँ र हामीले सानैदेखि हाम्रा आमाबुबासँगै प्रभु येशूमा विश्‍वास गर्दै आएका थियौँ। विवाह गरेपछि, मैले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्