सत्यले मलाई बाटो देखाएको छ

21 अक्टोबर 2021

शिझाइ, जापान

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ)। परमेश्‍वरको वचनहरूको यी अनुच्छेद पढ्दा मेरो पाँचबर्ष पहिलेको अनुभव ताजा भएर आउँछ। म भर्खर एउटामण्डलीको नेताको रूपमा चुनिएको थिएँ। म साँच्चै उत्साहित र आफ्नो कर्तव्यप्रति गम्भीर थिएँ। म मण्डलीको कामलाई राम्ररी सम्हाल्न कटिबद्ध थिएँ। जब मैले सबै टोलीहरूको कामको स्थितिको जानकारी लिन थाले, मलाई थाहा भयो कि टोलीका केही सदस्यहरू त्यो कामको लागि सही थिएनन्, र टोली नेताहरूले यस कुरालाई सच्याइरहेका थिएनन्। कतिपयलाई सिद्धान्तहरूको ज्ञान थिएन र टोली नेताहरूले सङ्गति र तिनीहरूलाई छिटो सहयोग गरिरहेका थिएनन्, जसले मण्डलीको कामलाई असर पार्यो। यो कुराले मलाइ साँच्चै चिन्तित बनायो, र मैले सोचें, “यस्ता सहजै देखिने समस्याहरूको समाधान नगरी छोडिराखेका छन्। तिनीहरू स्पष्टतः आफ्नो कामप्रति जिम्मेवार छैनन्। अर्को सभामा मैले तिनीहरूलाई एउटा साँच्चै राम्रो कुरा भन्नु छ। र तिनीहरूले कहाँ गल्ती गर्दैछन् भन्ने कुराको जानकारी पूर्ण रूपमा गराउनु पर्छ।” अर्को भेलामा मैले ती टोली नेताहरूलाई बारम्बार तिनीहरूको कामको बारेमा सोधें, र मैले देखेका गल्ती र समस्याहरू औंल्याए। तिनीहरूलाई आफुले व्यावहारिक काम गरिरहेका थिएनन् भन्ने थाहा थियो यद्यपि आफुलाई परिवर्तन गर्न इच्छुक थिए, म अझै सन्तुष्ट थिइन। मैले सोंचे कि यदि म कठोर भइनँ, साँच्चै विच्छेदित गर्दै र उनीहरूसँग ठीकसँग व्यवहार गर्दिन भने, केही पनि परिणाम आउँदैन। गालीको स्वरमा, मैले भने तिनीहरू आफ्नो कर्तव्यहरूमा निष्फल थिए र व्यावहारिक समस्याहरूको समाधान गरिरहेका थिएनन्, अनि यसले मण्डलीको काममा बाधा पुर्‍याइरहेको थियो, र यस्तै। मैले मेरो कुरा सकेपछि, तिनीहरूलाई कस्तो लाग्यो भनेर सोधिनँ, तर राम्रो काम गरेकोमा मैले आफैलाई धन्यवाद दिएँ, मलाई लाग्यो कि मैले देखेका समस्याहरूको समाधान गरेँ। तर केही दिनपछि एकजना सहकर्मीले मलाई भन्नुभयो, “एक टोली नेताले उहाँ तपाईलाई भेट्न डराउनुहुन्छ भन्नुभयो किनकि उहाँलाई लाग्छ तपाईले उहाँको काममा समस्या देखेमा मात्र निराकरण गर्नुहुन्छ।” यो सुनेर म अलिकति दुखी भएँ, तर मैले तुरुन्तै मनन गरेँ कि मैले त्यही गरेँ जे आवश्यक थियो, ति समस्याहरूको पहिचान गर्नु र तिनको सहि समाधान गर्नु थियो, र तिनीहरूलाई यस्तो निराकरण गर्नुतिनीहरूले यसबाट एउटा पाठ सिकुन भनेर नै थियो। मैले यसमा केही सोचेको थिइन। टोली नेताहरूसँगको अर्कोबैठकमा तिनीहरूको कामको बारेमा मैले कडाईकासाथ खोजतलाश गरिरहें, जब मैले समस्या पाएँ तब तिनलाई निराकरण र कुराहरूलाई विच्छेदन गरेँ। मैले पनि आत्मविश्‍वासकासाथ भने, “केही दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो कामको बारेमा प्रश्न उठ्छ कि भनेर डराउँछन्। यदि तपाई व्यावहारिक काम गर्दै हुनुहुन्छ भने किन डराउने? तपाईले आफ्नो कामको बारेमा जान्नुभयो भने मात्र समस्याहरू थाहा पाउन सक्नुहुन्छ अनि समयमा नै सच्याउन सकिन्छ।” भेलापछि मैले एकजना टोली नेताले भनेको सुने, “म अझै पनी मेरो कर्तव्य कसरी गर्ने सिक्दै छु र मेरा धेरै कठिनाइहरू छन्। म हाम्रो भेलाको सङ्गतिको माध्यमबाट ती समाधान भएको चाहन्छु, तर त्यसकोसाटो मेरो तनाब झन बढ्छ।” यो सुनेर मलाई अलिकति दु:ख लाग्यो र भेला फलदायी नहुनुमा मेरो पनि केही गल्ती छ भन्ने मलाई भयो। तर मैले सोचें कि यो शायद मेरो कद सानो भएको रमेरो सङ्गतिसङ्गति प्रस्ट नभएको कारणले गर्दा भएको होला। एउटा नयाँ टोली नेताले यति धेरै दबाब महसुस गर्नु सामान्य थियो। मैले आफैलाई झकझक्याएँ, “तनावले उत्प्रेरित गरिरहेको छ, यदि तिमीले यसरी नै महसुस गरेनौ भने त्यो ठिक हुनेछैन।” एक सहकर्मीले पछि थाहा पाए कि टोली नेताहरू मलाई भेट्न र मसँग व्यवहार गर्न डराउँछन्, र सावधान रहन्छन, “मानिसहरूसँग यस्तो व्यवहार आवेगमा गरिएको हुन्छ। यो दाजुभाइ तथा दिदीबहिनीहरूको लागी उपयुक्त छैन। हामीले तिनीहरूको समस्या र कठिनाईहरूलाई हल गर्न सत्यमा सङ्गतिगर्नुपर्छ।” अझै पनि मैले यसको बारेमा केही सोचेको थिइन, किनकि मलाई मेरो मनसाय सही थियो भन्ने विश्‍वास थियो र यदि म केही कठोर भएता पनि, म केवल मेरो कामको जिम्मेवारी पुरा गरिरहेको हुन्थे। त्यसैले मेरा सहकर्मीहरूबाटको बारम्बार चेतावनीको बावजुद, परमेश्‍वरको सामु आफैलाई मनन गर्न म कहिल्यै आइनँ। बिस्तारै मैले आफ्नो आत्मामा एउटा बढ्दो अन्धकार महसुस गर्न थाले, र मैले पवित्र आत्माको काम बुझ्न सकिन। म दुखी थिएँ र पिडामा थिएँ। तब मात्र आफैलाई मनन गर्न म परमेश्‍वरको सामु आएँ: “मैले लगनशील भएर कठोर मेहनत गर्दा पनि किन आफ्नो कर्तव्यमा केही हासिल गर्न सकेको छैन? दाजुभाइ तथा दिदीबहिनीहरू किन सधैं भन्छन् कि मबाट उनीहरूलाई अफ्ठ्यारो भएको छ? के म मेरा सहकर्मीहरूले भने जस्तै मानिसहरूसँग साँच्चै आवेगमा व्यवहार गरिरहेको छु? तर, म कुनै चिजहरू कडाइसँग भन्छु ताकि मण्डलीको काम राम्रो हुनेछ। यदि मैले त्यसो गरिनँ भने, के दाजुभाइ तथा दिदीबहिनीहरूले यी समस्याहरू कति गम्भीर छन् भन्ने महसुस गर्नेछन्?” यो यातनामा पनि, म आफैलाई यसको औचित्य साबित गर्न कोसिस गर्दै थिएँ। म साँच्चै दुखी थिएँ।

प्रार्थनापछि, मैले परमेश्‍वरको यी वचनहरू पढें: “मण्डलीका अगुवा र सेवकहरूका रूपमा, यदि तिमीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन र परमेश्‍वरका गवाहीहरूका रूपमा सेवा गर्न चाहन्छौ भने, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, मानिसहरूलाई मुक्ति दिने कार्यमा परमेश्‍वरको लक्ष्‍य के हो र उहाँको कामको उद्देश्‍य के छ त्यसको बारेमा तिमीहरूसँग गहन बुझाइ हुनुपर्छ। तिमीहरूले परमेश्‍वरको इच्‍छा र उहाँले मानिसहरूलाई दिनुभएका विभिन्‍न मापदण्डहरूलाई बुझ्‍नैपर्छ। तिमीहरूका प्रयासहरूमा तिमीहरू व्यवहारिक बन्‍नैपर्छ; तिमीहरूले जति बुझ्छौ त्यति मात्रै अभ्यास गर र तिमीहरूलाई जे थाहा छ त्यो कुरा मात्रै भन। धाक नलगाओ, बढाइ-चढाइ नगर, अनि अजिम्‍मेवार टिप्पणीहरू नदेओ। यदि तैँले बढाइ-चढाइ गरिस् भने, मानिसहरूले तँलाई तिरस्कार गर्नेछन्, त्यसपछि तँलाई धिक्‍कार लाग्‍नेछ; यो अत्यन्तै अनुचित कुरा हो। जब तैँले अरूलाई सत्यता प्रदान गर्छन्, तैँले तिनीहरूको निराकरण गर्ने र तिनीहरूले सत्यता प्राप्त गरून् भनेर तिनीहरूलाई हप्काउने काम गर्नैपर्छ भन्‍नेछैन। यदि तँसँग सत्यता छैन र अरूलाई निराकरणनिराकरण गर्ने र हप्काउने काम मात्रै गर्छस् भने, तिनीहरूले तेरो डर मान्‍नेछन्, तर त्यसको अर्थ तिनीहरूले सत्यतालाई बुझ्छन् भन्‍ने हुँदैन। कतिपय प्रशासनिक कार्यमा, तैँले अरूलाई निराकरण गर्नु र तिनीहरूको काट-छाँट गर्नु अनि केही हदसम्‍म तिनीहरूलाई अनुशासनमा राख्‍नु उचितै हुन्छ। तर यदि तैँले सत्यता प्रदान गर्न सक्दैनस् र तँलाई कसरी अहङ्कारी बन्‍ने र अरूलाई हप्काउने सो मात्रै थाहा छ भने, तेरो भ्रष्टता र कुरूपताको खुलासा हुनेछ। समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको भरणपोषण वा व्यवहारिक कुराहरू तँबाट प्राप्त नगरेपछि, तिनीहरूले तँलाई घृणा गर्नेछन् र तँद्वारा दिक्‍क मान्‍नेछन्। भेदक-क्षमता नभएका मानिसहरूले तँबाट नकरात्मक कुराहरू सिक्‍नेछन्; तिनीहरूले अरूलाई निराकरण गर्न र काट-छाँट गर्न, रिसाउन, र आवेगमा आउन सिक्‍नेछन्। के त्यो अरूलाई पावलको मार्गमा डोर्‍याउनु, विनाशको बाटोमा डोर्‍याउनु सरह होइन र? के त्यो दुष्कर्म होइन र? तेरो कार्य अरूलाई सत्यताबारे बताउन र जीवन प्रदान गर्नमा केन्द्रित हुनुपर्छ। यदि तैँले अरूलाई अन्धाधुन्ध निराकरण गर्छस् र भाषण दिन्छस् भने, तिनीहरूले कसरी कहिल्यै सत्यतालाई बुझ्‍न सक्‍नेछन्? समय बित्दै जाँदा, मानिसहरूले तँलाई तेरो वास्तविक रूपमा देख्‍नेछन्, र तिनीहरूले तँलाई त्याग्‍नेछन्। तैँले यसरी अरूलाई कसरी परमेश्‍वरको अघि ल्याउने अपेक्षा गर्नसक्छस्? यसलाई कसरी काम गरेको मान्‍न सकिन्छ? तैँले यसरी नै काम गरिरहिस् भने तैँले सबैलाई गुमाउनेछस्। आखिर तैँले के काम पूरा गर्ने आशा गर्छस् र? कतिपय अगुवाहरूले समस्याहरू समाधान गर्नको लागि सत्यता बताउन सक्दैनन्। बरु, तिनीहरूले अरूलाई अन्धाधुन्ध निराकरण गर्छन् र आफ्‍नो शक्तिको तडकभडक देखाउँछन् त्यसकारण अरू तिनीहरूप्रति डराउँछन् र तिनीहरूको कुरा मान्छन्—त्यस्ता मानिसहरू झूटा अगुवा र ख्रीष्ट विरोधीहरू हुन्। जसको स्वभाव परिवर्तन भएको छैन त्यस्ता मानिसहरूले मण्डलीको काम गर्न सक्दैनन्, र परमेश्‍वरको सेवा गर्न सक्दैनन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “केवल सत्य वास्तविकता हुनेहरूले नेतृत्व गर्न सक्छन्”)। परमेश्‍वरको वचनहरूले मेरो अवस्थालाई पूर्ण रूपमा उजागर गरिदियो। मैले ठ्याक्कै यसरी मेरो कर्तव्य निर्वाह गरिरहेको थिएँ। समस्याहरूको समाधान गर्न सत्यमा सङ्गति गर्नमा ध्यान केन्द्रित गर्नुको सट्टा, म आवेगमा आएर व्यवहार गर्ने, गाली गर्ने, र अरूलाई हप्काउने गरिरहेको हुन्थेँ। फलस्वरूप, तिनीहरूलाई अफ्ठ्यारो भयो, डराए, र मबाट टाढा भए। मैले परमेश्‍वरलाई पनि घृणा गरे किनभने म मेरो भ्रष्ट स्वभावमा बाँचिरहेको थिएँ। मैले पवित्र आत्माको काम गुमाएँ र अन्धकारमा डुबें। त्यो समयलाई फर्केर सोच्दा, जब मैले दाजुभाइ तथा दिदीबहिनीको कर्तव्यहरूमा समस्याहरू पाएँ, मैले विरलै सत्यको खोजीगरेँ वा विशिष्ट सङ्गतिको लागि परमेश्‍वरको वचनहरू पाएँ, र साँच्चै मैले तिनलाई अभ्यास गराएको थिइन। आफ्नो अहंकारी स्वभावका कारण मैले तिनको आलोचना गर्ने र हप्काउने मात्र गरेँ। जब मैले तिनीहरू मबाट दबिएको महसुस गरिरहेका थिए भन्ने देखें, मैले अझै पनि मनन गरिनँ। मैले सोचें म आफ्नो कर्तव्य जिम्मेवारीपुर्वक निभाइरहेको छु, म परमेश्‍वरको इच्छा बुझ्दै छु र व्यावहारिक समस्याहरूको समाधान गर्दै छु। परमेश्‍वरले मलाई आवेगमा मानिसहरूसँग मनमानी व्यवहार नगर्न मेरा सहकर्मीहरूमार्फत सावधान गराउनुभयो, तर मैले यसलाई बेवास्ता गरें। फलस्वरूप, केही दाजुभाइ तथा दिदीबहिनीहरू नकारात्मक भए। तिनीहरू मसँग डराए र मबाट टाढिए। मण्डलीको काम पनि राम्रोसँग चलिरहेको थिएन। परमेश्‍वरलेस्पष्ट रूपमा अगुवाहरू र कारिन्दाहरू आफ्नो काम मुख्य रूपमा सत्यको सङ्गति मार्फत गरोस् भन्ने चाहनुहुन्छ। दाजुभाइ तथा दिदीबहिनीहरूले सत्यलाई बुझ्नुपर्छ, आफ्नो भ्रष्ट स्वभाव र आफ्नो भ्रष्टताको सत्य पहिचान गर्नु अघि, र त्यसपछि मात्र तिनीहरू परमेश्‍वरको वचनहरूको अभ्यास गर्न र आफ्नो कर्तव्यहरू पुरा गर्न प्रेरित हुन्छन्। तर म सोच्थेँ मैले आफ्नो काममा कठोर हुनु पर्छ, जब मैले समस्याहरू थाहा पाएँ, मैले निरन्तर तिनीहरूलाई आलोचना र हप्काउने गर्थे, र त्यो तिनीहरूको समस्याहरू पहिल्याउने र सुधार्ने एकमात्र उपाय हुने थियो। मलाई लाग्यो कि परिणामहरू हासिल गर्ने यो एकमात्र उपाय थियो। तब मैले दे खें त्यो साँच्चै बकवास दृष्टिकोण थियो! यसरी काम गरेर म आफ्नो पदको फाइदा लिदै थिएँ र अहंकारकासाथ मानिसहरूको आलोचना गर्दै र तिनीहरूलाई अफ्ठ्यारो पार्दै थिएँ। म सत्यमा सङ्गतिको साथमा अरूको समस्याहरूको समाधान गरिरहेको थिएन। परमेश्‍वर चाहनुहुन्छ कि अगुवाहरू दाजुभाइ तथा दिदीबहिनीहरूको समस्याको समाधान गर्न सत्यमा सङ्गतिको उपयोग गरोस्, कि तिनीहरू सबै समानरूपमा एकैसाथ हिडुन्, तिनीहरू परमेश्‍वरको वचनहरूलाई मानिसहरूको वास्तविक कठिनाइहरूमा आधारित सङ्गति गरून्, र अरूलाई मार्गदर्शन अनि मद्दत गर्न आफ्नो अनुभव र बुझाइ बारेमा सङ्गति गरून्। यदि तिनीहरू कसैसँग व्यवहार गर्छन् वा कसैको बारेमा बोल्छन् भने त्यो सत्य सङ्गतिको आधारमा हुनुपर्छ, र तिनीहरूले यसको मर्म र समस्याको मुख्य बुँदाहरूमा जोड दिनुपर्छ ताकि मानिसहरू परमेश्‍वरले के चाहनुहुन्छ भन्ने बुझुन्, त्यसैले तिनीहलेरू आफ्नो समस्याहरू र आफ्नो समस्याको प्रकृति, तिनीहरूको समस्याहरूको खतरनाक परिणामहरू स्पष्ट देख्न सक्छन्, र त्यसैले तिनीहरूले सत्यअनुरूप हुन के गर्ने र परमेश्‍वरको इच्छानुसार कसरी आफ्नो कर्तव्यगर्ने भनी जान्दछ। तर मैले परमेश्‍वरलेमाग गरेअनुसार मेरो कर्तव्य गरेको थिएन। मैले मेरा सहकर्मीहरूको अनुस्मारक सुनेको थिएन, मेरो कर्तव्यमा शैतानी स्वभावको आधारमा मानिसहरूलाई गाली गर्ने प्रकृति र परिणामको बारेमा मनन गर्ने कुरा त परै जाओस्। यो तिनीहरूको आफ्नै भलाइको लागी, र मण्डलीको कामको लागी थियो भनी मैले आफैलाई यसको औचित्य प्रुष्टि गरें। म मेरो कर्तव्यमा सही बाटोमा थिएन, र अरूलाई कत्ति पनि भलो गरिरहेको थिएन, तर म वास्तवमा तिनीहरूलाई बाधा पारिरहेको थिएँ। ती सबै दयनीय र दबिएका थिए। के मैले तिनीहरूलाई हानि गरिरहेको त थिएन? मैले खराव गरिरहेको थिएँ! मैले कहिल्यै सोचिंन कि शैतानी स्वभावमा आधारित मेरो कर्तव्य गर्नुको यस्तो गम्भीर परिणामहरू हुनेछन्। तिनीहरूसँग यस्तो व्यवहार र यसरी गाली गरेकोमा मलाई साँच्चै पश्चाताप भयो। म चाँडै प्रार्थनामा र खोज गर्दै, परमेश्‍वरको सामु आएँ, र सोचें: थाहै नपाईकन ठयाक्कै मलाई यस्तो दुष्ट काम गर्ने केले बनायो?

त्यसपछि मैले परमेश्‍वरको वचनहरूमा पढें: “यदि तँभित्र साँच्चै सत्यता छ भने, तैँले हिँड्ने मार्ग स्वाभाविक रूपमा सही हुनेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँभित्र अहङ्कार र घमन्ड छ भने, तैँले परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्नु असम्भव हुनेछ; तैँले उहाँको प्रतिरोध गर्न आफू बाध्य बनेको महसुस गर्नेछस्। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने, र अन्त्यमा, परमेश्‍वरको स्थानमा बस्ने र आफ्नै गवाही दिने बनाउँछ। आखिरमा तैँले आफ्नै उपायहरू, तेरा आफ्नै विचारहरू र तेरा आफ्नै धारणाहरूलाई आराधना गर्नुपर्ने सत्यतामा परिवर्तन गर्नपट्टि लाग्छस्। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। परमेश्‍वरको वचनले मेरो कुकर्मको जरा प्रकट गराइदियो: म मेरो अहंकारी र दम्भी प्रकृतिद्वारा नियन्त्रित थिएँ। मेरो अहंकारी र दम्भी प्रकृतिको कारण, मैले सधैं सोंचे कि म अरू भन्दा बढी जिम्मेवारछु, त्यसैले मैले उनीहरू माथि प्रभुत्व जमाएँ। जब दाजुभाइ र दिदीबहिनीहरूको काममा गल्तीहरू वा भुलहरू हुन्थे, मैले तिनीहरूलाई मेरो पदको उपयोग गरेर तिनीहरूलाई गाली र निराकरण गर्दै, निच देंखे। मैले बुझिरहेको वा सहानुभूति देखाउने थिइन। यो अहंकारी प्रकृतिद्वारा नियन्त्रित, मलाई आफुमा पनि पूर्ण आत्मविश्‍वास थियो, त्यो सोचेंर कि समस्याहरूको हल गर्ने एकमात्र तरीका मानिसहरूलाई कठोर निराकरणगर्नु हो। मैले मेरो आफ्नै धारणा र कल्पनाहरूलाई सत्यको रूपमा प्रस्तुत गरेँ। मैले जुन तरिकाले काम गरें यसले अरूलाई दबाइरहेको थियो, म अझै मेरो तरिकामा दृढ थिएँ, दाजुभाइ र दिदिबहिनीहरूको कुरा सुन्न अनिच्छुक थिएँ। मलाई मेरा सहकर्मीहरूले सावधान गराउँदा पनि, अझै मैले आफैले मनन गर्दिन थिएँ। मैले सोचें मैले थोरै कठोर स्वर मात्र प्रयोग गरेँ, र यस्तो व्यवहार नगरे तिमीहरूलाई सम्हाल्न सकिदैन। मैले मेरो कर्तव्य अहंकारी, शैतानी स्वभावको आधारमा गरिरहेको, दाजुभाइ र दिदीबहिनीहरूलाई हानि गरिरहेको र मण्डलीको काममा ढिलाइ गरिरहेको थिएँ। मैले गरेको सबै कुकर्म परमेश्‍वरको विरोध गर्नु थियो!

मैले पछि परमेश्‍वरका वचनहरूमा पढें: “तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा बाहिर फालिने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई नियन्त्रण गर्न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा दखल दिन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ)। यी वचनहरूले मलाई दुखायो र परमेश्‍वरको स्वभावले कुनै अपराध सहन गर्दैन भन्ने मैले महसुस गर्न सक्थेँ। मैले मेरो वर्षौको विश्‍वासमा देखेको छुकि, मैले सत्यको सिद्धान्तहरूको खोजीमा ध्यान केन्द्रित गरेको थिइनँ, तर मैले आफ्नै तरिकाले मेरो कर्तव्य मात्र गरिरहेको थिँए। म मेरो अहंकारी स्वभावमा निरंकुश थिएँ, आफ्नो पदको शक्तिको आडमा मानिसहरू लाई गाली गर्ने र बाधा पुर्याउने गरिरहेको थिँए, र अन्तमा मैले मेरो दाजुभाइ र दिदीबहिनीहरूलाई बाधा पुराएं। उनीहरू दबिएका र पीडामा थिए। ममा मानवताको कमी थियो। म दाजुभाइ र दिदीबहिनीहरूको व्यावहारिक समस्याहरूलाई हल गर्न मात्र असफल थिइन, तर मैले उनीहरूको जीवन प्रवेशमा बाधा पारेँ र मण्डलीको कामलाई रोकें। त्यो मेरो कर्तव्य कसरी गरिरहेको थियो? के म शैतानको नोकरको रूपमा काम गरिरहेको थिइन? म सधैं सोंच्ने गर्थे कि मेरा मनसायहरू सही थिए, कि म मण्डलीको कामको ख्याल राख्थें, तर त्यसपछि मैले देखें कि एउटा सानो उत्साह र थोरै सिद्धान्तको जानकारी भएर मेरो कर्तव्यबाट परमेश्‍वरलाई सन्तुष्ट पार्न पर्याप्त थिएन। परमेश्‍वरको वचनहरूको न्याय र सजायको स्वीकारबिना, मेरो शैतानी स्वभाव परिवर्तन हुनसकेन, र तब मेरो कर्तव्य परमेश्‍वरको इच्छाअनुसार हुँदैन थियो। म खराव मात्र गर्थें र त्यसको सट्टामा परमेश्‍वरको विरोध गर्थें। मैले झूटो अगुवा र ख्रीष्टविरोधीहरूको बारेमा सोंचे जसलाई हटाइएको थियो। तिनीहरूले परमेश्‍वरको वचनको न्याय र सजाय स्वीकार गरेनन् वा सत्यको अभ्यास गरेनन्, तर तिनीहरूले आफ्नो कर्तव्य धेरै अहंकारी, दंभी र घमण्डी, मानिसहरूसँग मनमानी ढंगले व्यवहार गर्ने र गाली गर्ने, आफुलाई उच्च स्थानमा राखेर, अत्याचारी भएर शैतानी स्वभावले गरे। तिनीहरूको प्रभाव अरूमा हानिकारक बाहेक अरू केही थिएन, र तिनीहरूले मण्डलीको काममा विभाजन गर्ने र बाधा पुर्‍याउने बाहेक अरू केही गरेनन्। तिनीहरूको काम खराव गर्नु र परमेश्‍वरको विरोध गर्नु बाहेक अरू केही थिएन! यो प्रभु येशूले भन्नुभएको जस्तै हो: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२२-२३)। यसले मलाई थोरै डरको महसुस गरायो। यदि मैले मेरो कर्तव्य शैतानी स्वभावको भरमा गरिरहें भने, तब मैले मण्डलीको काममा अवरोध मात्र गर्नेछु, र परमेश्‍वरको विरोध गर्ने अन्य दुष्टहरूलाई जस्तै परमेश्‍वरद्वारा निन्दा गरिनेछु र हटाइनेछु। तब मैले महसुस गरेँ कि मण्डली जीवन र मेरो कर्तव्य निष्फलहुनु भनेको परमेश्‍वरले मलाई उजागर गर्नुभएको कारणलेथियो, र आफुलाई मनन गर्न र उहाँकहाँ पश्चाताप गर्न म परमेश्‍वरको सामु आउनुपर्छ। म धेरै अहङ्कारी थिएँ र परमेश्‍वरको न्याय एवम् वचनहरूको उजगार र तथ्यहरू प्रकट नभएको भए म कहिल्यै समर्पित हुन सक्दिनथिएँ। मेरो शैतानी स्वभावअनुसार मेरो कर्तव्य गर्नुको मैले कहिल्यै यसको खतरनाक परिणामहरू मैले कहिल्यै देख्न सक्ने थिइनँ। त्यसपछि म साँच्चै भावुक भएँ, र मलाई म त्यसरी अघि बढ्न सक्दिनँ भन्ने महसुस भयो। मेरो भ्रष्टता समाधान गर्न मैले सत्यको खोजि गर्नु पर्थ्यो।

तब मैले परमेश्‍वरको वचनहरूमा पढेँ: “जब तँमाथि समस्या आइपर्छ, तेरो दिमाग ठन्डा र सही दृष्टिकोण हुनुपर्छ, र तैंले एउटा निर्णय गर्नैपर्छ। तिमीहरूले समस्या समाधान गर्नको लागि सत्यताको प्रयोग गर्न सिक्नुपर्छ। सामान्य समयमा, केही सत्य बुझेर के नै पो हुन्छ र? यो तेरो पेट भर्नका निम्ति होइन, र यो तँलाई भन्न पर्ने केही कुराहरू दिनका निम्ति मात्र होइन, न त यो अरूका समस्याहरू समाधान गर्नका निम्ति नै हो। अझ महत्त्वपूर्ण कुरा, यसको प्रयोग भनेको तेरा आफ्नै समस्याहरू, तेरा आफ्नै कठिनाइहरू समाधान गर्नका निम्ति हो—तैंले आफ्नै कठिनाइहरूलाई समाधान गरेपछि मात्र तैँले अरूका कठिनाइहरूलाई समाधान गर्न सक्छस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “अलमल्‍ल परेका मानिसहरूलाई मुक्ति दिन सकिँदैन”)। “जोसँग तँ सङ्गति गर्छस् ती मानिसहरूलाई तैँले बुझ्‍नुपर्छ, र तैँले जीवनका आत्मिक कुराहरूका बारेमा नै सङ्गति गर्नुपर्छ; त्यसपछि मात्रै तैँले अरूलाई जीवन आपूर्ति दिन सक्छस् र तिनीहरूको अपर्याप्तताहरूलाई पूर्ति गर्न सक्छस्। तैँले तिनीहरूसँग भाषण दिने शैलीमा बोल्‍नु हुँदैन; त्यो आधारभूत रूपमा नै गलत स्थिति हो। सङ्गतिमा, तँसँग आत्मिक कुराहरूको समझ हुनुपर्छ, तँमा बुद्धि हुनुपर्छ, र मानिसहरूको हृदयमा के छ त्यसलाई तैँले बुझ्‍न सक्षम हुनुपर्छ। यदि तैँले अरूको सेवा गर्नु छ भने, तँ सहि प्रकारको व्यक्ति हुनैपर्छ, र तँसँग भएको सबै कुराद्वारा तैँले सङ्गति गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरको वचनहरूको माध्यमबाट मैले त्यो बुझें अरू मानिसहरूको समस्या समाधान गर्नको लागी, हामीले अभ्यास गर्नुपर्छ र पहिले परमेश्‍वरको वचनहरूमा प्रवेश गर्नुपर्छ। हामीले सत्यको खोजी गर्नुपर्छ र हाम्रो आफ्नै भ्रष्टताको समाधान गर्नुपर्छ। त्यो नै सबैभन्दा महत्त्वपूर्ण हो। हाम्रो भ्रष्ट स्वभावमाथी विवेक हुनु महत्त्वपूर्ण हुन्छ, त्यसैले जब अरू कसैले त्यस प्रकारको भ्रष्टता प्रकट गर्दछ, तिनीहरूलाई अभ्यासको बाटो देखाउन तिनीहरूलाई कसरी मद्दत गर्ने, हाम्रो आफ्नै अनुभव र बुझाइमा कसरी सङ्गति गर्ने तिनीहरुलाई अभ्यासको बाटो देखाउन। हामी अरूलाई सही तरिकाले सम्पर्क गर्न सक्षम हुनेछौं र हामीले अरूमा देखेको उस्तै भ्रष्टता हामीमा छ, कि समग्रतामा यो उस्तै छ भनेर देख्नेछौं। त्यसपछि हामी अरू भन्दा अझ राम्रो छौं भनेर हामी सोंच्नेछैनौ, तर हामी एउटा समान स्तरमा सङ्गति गर्न सक्छौं। त्यो नै सङ्गतिको एकमात्र तरीका हो त्यसले अरूलाई फाइदा पुर्याउनेछ। तर यसको सट्टा म के गर्दै थिएँ? म मेरो आफ्नै प्रवेशमा ध्यान केन्द्रित वा मेरो कर्तव्यको समस्याहरूमा मनन गरिरहेको थिइन। त्यसको सट्टा, म कामको खातिर मात्र काम गरिरहेको थिएँ, मानौ कि म भ्रष्टताबाट मुक्त थिएँ। म अरू मानिसहरूको समस्याहरू समाधान गर्न व्यस्त थिएँ, र जब मेरो सङ्गतिले मद्दत गरेन, मैले तिनीहरूलाई प्रोत्साहक ढंगले गाली गरेँ। म एक मानवजस्तै बाँचिरहेको थिएन। म एउटा राक्षस जस्तै थिएँ। म परमेश्‍वरको लागि घृणित र घिनलाग्दो र अन्य मानिसहरूको लागि अस्वीकृत थिएँ। वास्तविकता यो थियो कि ती दाजुभाइ र दिदिबहिनीहरू आफ्नो कर्तव्य राम्रोसँग गर्न चाहन्थे, तर तिनीहरूलाई कसरी गर्ने थाहा थिएन किनभने तिनीहरूले सिद्धान्तहरू पूर्णरुपमा बुझेका थिएनन्। जब त्यहाँ काममा त्रुटिहरू वा चूकहरू हुन्छन्, हामी समझदार र क्षमाशील हुनुपर्छ, एउटा अधिक सकारात्मक बाटोमा मार्गदर्शन र मद्दत गर्ने हुनुपर्छ, ताकि हामी एकसाथ सत्यको खोजि गर्न र समस्याहरूको समाधान गर्न सक्छौं। हामीले केवल ती मानिसहरूलाई मात्र हप्काउने र चेतावनी दिनेहुनुपर्छ जसले जानबुझेरै आफ्नो कर्तव्यमा बेवास्ता गर्दछन्। हामीले यही तरिका हरेक परिस्थितिको लागि अपनाउनु हुँदैन। यो बुझिसकेपछि मेरो मुटु चम्किलो भयो र त्यसपछि मैले मेरो कर्तव्य कसरी गर्नुपर्छ भन्ने मलाई थाहा भयो।

त्यसपछि चाडैं, मैले सुनें सत्यको शुद्ध समझ भएको क्षमतावान टोली नेता थियो, जसले सत्यको सङ्गतिको माध्यमबाट केही व्यावहारिक समस्याहरू समाधान गर्न सक्थ्यो, तर अलिक कमजोर थियो, समस्या र कठिनाइहरूको सामु पछि हट्ने गर्थ्यो। म फेरी दोस्रो पटक किनारामा थिएँ भन्ने मैले सुने, यस्तो कुरा सोंचेर उनी आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिइरहेकी थिइनन्, र मैले उनलाई कठोर निराकरण गर्नुपर्‍यो। एक्कासी मलाई लाग्यो कि म फेरि मेरो अहंकारी स्वभावमा अन्धो रुपमा काम गरिरहेको छु। मैले चाँडै परमेश्‍वरलाई प्रार्थना गरें र यो समय उहाँको वचनहरू अनुसार अभ्यास गर्न दृढ थिंए। त्यसपछि मैले त्यो टोलिनेता खोजें र उनीसँग मनैदेखि एक थिएँ त्यसकारण म उनको अवस्था र कठिनाइहरू बुझ्न सक्थें। मैले परमेश्‍वरबाट सान्दर्भिक वचनहरू पाएँ र मेरा व्यक्तिगत अनुभवहरू सङ्गतिमा उपयोग गरे। उनले महसुस गरिन् कि उनी परमेश्‍वरको आज्ञामा समर्पित थिइनन्, र उनी परिवर्तन गर्न चाहन्थिन्। मेरी सिस्टरआफुलाई मनन गर्न सक्षम भएको देख्न पाउनु र परिवर्तन गर्न इच्छुक हुनु मेरो लागि साँच्चै भावुक क्षण थियो। मैले साँच्चै कदर गरें कि एउटा मण्डली अगुवाले अरूलाई सुधार्नको लागि सत्यको सङ्गतिमा ध्यान केन्द्रित गर्नु पदर्छ। मानिसहरूको जीवनलाई लाभान्वित गर्ने यो एकमात्र तरिका हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अरूको असफलताबाट सिक्दा

गत वर्ष अक्टोबरमा, दुई जना भिडियो बनाउने कामका सुपरभाइजरहरू बर्खास्त भए। किनभने हाम्रा अगुवाले यो कामको महत्त्वको बारेमा बारम्‍बार जोड...

लापरवाह कामको पछाडि वास्तवमा के छ

केही समयअघि भिडियोहरूको समीक्षा गर्ने सिस्टरले मैले भर्खरै बनाएका भिडियोहरूको गुणस्तर राम्रो भएको छैन भनेर औँल्याइन् र उनले त्यसमा धेरै...

कर्तव्य करियर होइन

चेङ्ग नुओ, फ्रान्स गत वर्ष म दुई वटा मण्डलीहरूको काममा नवआगन्तुकहरूको लागि जिम्मेवार थिएँ। कहिलेकाहीं, हाम्रा मण्डलीहरूबाट अन्य कतै...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्