क्रूर यातनाको समय

21 अक्टोबर 2021

चेन हुइ, चीन

म चीनमा एक साधारण परिवारमा हुर्किएँ। मेरा बुबा सेनामा थिए र म सानै उमेरदेखि उहाँद्वारा मोडिएकी र प्रभावित भएकी हुनाले, म एक सैनिकको बोलावट र कर्तव्य मातृभूमिको सेवा गर्नु, आदेशहरू पालन गर्नु र कम्युनिस्ट पार्टी र जनताको तर्फबाट निस्वार्थ सेवा गर्नु हो भन्‍ने विश्‍वास गर्थेँ। म आफैले पनि एक सिपाही बन्ने र मेरा बुबाको पाइलामा टेकेर हिँड्ने निश्चय गरें। तापनि, समय बित्दैजाँदा र केही घटनाहरू घटे, जसको कारण मेरो जीवनको दिशा र मेरा खोजहरूको विषय बिस्तारै परिवर्तन भए। सन् १९८३ मा मैले प्रभु येशूको सुसमाचार सुनें। यो पवित्र आत्माको विशेष अगुवाइ थियो, जसले मजस्तो सानै उमेरबाट नास्तिकता र चिनियाँ कम्युनिस्ट विचारधाराद्वारा विषाक्त भएको व्यक्तिलाई प्रभु येशूको प्रेमद्वारा गहिरो रूपले प्रभावित हुन दियो। सुसमाचार सुनेपछि, मैले परमेश्‍वरमाथिको विश्‍वासको जीवन सुरु गरें—म मण्डलीमा जान थालें, र प्रभुको प्रशंसामा प्रार्थना गर्न र भजनहरू गाउन थालें। यो नयाँ जीवनले ममा ठूलो शान्ति र सान्त्वना ल्यायो। सन् १९९९ मा मैले फर्केर आउनुभएका प्रभु येशू, अर्थात् सर्वशक्तिमान परमेश्‍वरको आखिरी दिनको सुसमाचारलाई स्वीकार गरेँ। निरन्तर परमेश्‍वरको वचन पढेर अनि मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरेपछि मैले धेरै सत्यताहरू बुझेँ र मानवजातिलाई बचाउने परमेश्‍वरको जरुरी उद्देश्य थाहा पाएँ। मलाई यस्तो लाग्यो कि परमेश्‍वरले हामी प्रत्येकलाई एउटा महान् कार्य र जिम्मेवारी दिनुभएको छ, र यसैले मैले उत्सुकतासाथ आफैलाई सुसमाचार फैलाउने कामको निम्ति सुम्पिएँ।

तापनि, चिनियाँ कम्युनिस्ट पार्टी सरकारको क्रूर उत्पीडनले मेरो शान्ति र सुखी जीवनलाई छताछुल्ल बनायो। सन् २००२ को अगस्तमा, मैले प्रभुमा रहेका हाम्रा केही सहकर्मीहरूलाई सुसमाचार सुनाउन मेरो श्रीमानको साथमा उत्तर-पश्चिमको यात्रा गरें। एक रात, जब म भर्खरै परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेका दुई दाजुभाइ-दिदीबहिनीसँग भेला भएकी थिएँ, मैले अचानक एउटा ठूलो आवाज सुनें र ढोकामा जोडले लात्ती हानिरहेको थिए अनि छ-सात जना क्रूर देखिने पुलिसहरू लहुरो बोकेर भित्र आए। एक जना पुलिसले मलाई औँल्यायो र डरलाग्दो गरी रिसाउँदै भन्यो, “त्यसलाई हतकडी लगा!” दुई जना पुलिसले हामीलाई पर्खालको छेउमा उभिने र नहल्लिने आदेश दिए, त्यसबेला उनीहरूले लुट्न आएका डाँकुहरूले जस्तो घरमा भएका बाकस र सन्दुकहरूमा खानतलासी गर्दै सामानहरू लथालिङ्ग पारे। उनीहरूले शङ्का गरेका चिजहरू लुकाउन प्रयोग गरिएको हुन सक्ने कुनै पनि थोकको सावधानीपूर्वक तलासी गरे अनि केही समयमा नै उनीहरू पूरै ठाउँ लथालिङ्ग पारिदिए। अन्त्यमा, एक जना पुलिसले मेरी सिस्टरको झोलामा एउटा सुसमाचारको पर्चा र परमेश्‍वरको वचनको एउटा पुस्तक भेटिन् र मलाई डरलाग्दो नजरले हेर्दै चिच्च्याइन्, “तँलाई मार्न मन लाग्यो? यहाँ आएर तिमीहरूको सुसमाचार फैलाउँछौ। यो कहाँबाट आयो?” मैले जबाफ दिइनँ र त्यसैले तिनले कराउँदै मलाई भन्यो, “तँ बोल्दैनस्? हामी तेरो त्यो मुख खोल्नेछौं। हिँड्! त्यहाँ पुगेपछि तँ बोल्छस्!” त्यत्ति भनेर तिनले मलाई घिसारेर घरबाट निकाल्यो र मलाई पुलिसको गाडीमा झटारेर हुल्यो। त्यस बेला, मलाई थाहा भयो, तिनीहरूले छ-सात जना पुलिस मात्र पठाइएका थिएनन्—बाहिर सडकमा दुवैतर्फ धेरै जना सशस्त्र विशेष प्रहरीहरू पंक्तिबद्ध थिए। जब मैले हामीलाई गिरफ्तार गर्न तिनीहरूले कति धेरै जनशक्ति तैनाथ गरेका रहेछन् भनेर देखेँ, म धेरै डराएँ र केही नसोची परमेश्‍वरसँग प्रार्थना गर्न थालें, उहाँको अगुवाइ र सुरक्षा पाउनका लागि बिन्ती गरें। केही समयपछि नै परमेश्‍वरको वचनको एउटा खण्ड मेरो दिमागमा आयो, “तँ जान्दछस् कि तेरो वरिपरि वातावरणमा भएका सबै कुराहरू मेरो अनुमतिमा त्यहाँ छन्, सबै मैले नै योजना बनाएको हुँ। स्पष्ट रूपमा हेर र मैले तँलाई दिएको वातावरणमा मेरो हृदयलाई सन्तुष्ट बना। नडरा, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनेछ; उहाँ तेरो पछाडि खडा हुनुहुन्छ र उहाँ तेरो ढाल हुनुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय २६”)। मैले सोचेँ, “सही हो! परमेश्‍वर मेरो खम्बा हुनुहुन्छ; मैले जस्तो सुकै परिस्थितिको सामना गर्न परे पनि सबै थोकका सृष्टिकर्ता र शासक, परमेश्‍वर सधैँ मेरो छेउमा हुनुहुन्छ। मैले जुन-सुकै परिस्थितिको सामना गरे पनि उहाँले मलाई विजयतर्फ डोऱ्याउनुहुनेछ। किनकि, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ र उहाँ नै सबै थोकमाथि शासन र सबै थोकको प्रबन्ध गर्नुहुने परमेश्‍वर हुनुहुन्छ।” यी कुराहरू सोचेर मैले मेरो शान्तिको भावना फेरि प्राप्त गरें।

त्यो रात करिब दश बजेतिर मलाई आपराधिक पुलिस ब्रिगेडमा ल्याइयो। मेरो फोटो खिचियो, त्यसपछि मलाई सोधपुछ गरिने कोठामा लगियो। मलाई अचम्म लाग्यो, म त्यहाँ पस्दा त्यहाँ पहिले नै चार-पाँच जना क्रूर देखिने ठगहरू थिए, जसले मलाई खाउँला झैँ गरेर हेरिरहेका थिए। म कोठाभित्र पस्ने बित्तिकै तिनीहरूले मलाई भोकाएका ब्वाँसाहरूको झुन्डले मार्नलाई पछिबाट आए झैँ घेरे। म अत्यन्तै डराएँ र धेरै हताश भएर परमेश्‍वरसँग प्रार्थना गरें। सुरुमा, यी पुलिस ठगहरूले मलाई छोएनन्, तर मलाई तीन वा चार घण्टा खडा हुने आदेश दिए। म धेरै लामो समयसम्म खडा हुनु परेकोले मेरा खुट्टाहरू धेरै दुखिरहेका थिए र चेतनाशून्य बने, अनि मेरो सम्पूर्ण शरीर अत्यन्तै थकित भएको थियो। बिहान करिब एक वा दुई बजे, आपराधिक पुलिस ब्रिगेडका प्रमुख मलाई सोधपुछ गर्न आए। म डरले नकामी रहन सकिनँ। तिनले मलाई हेरे, र मलाई केरकार गर्दै भन्न थाले, “भन्! तँ कहाँबाट आइस्? यहाँ तेरो सम्पर्कको व्यक्ति को छ? तिम्रो अगुवा को हो? तिमीहरू कहाँ भेला हुन्छौ? तेरो अधीनमा कति जना व्यक्तिले काम गर्छन्?” जब म बोलिनँ, तिनी क्रोधले चिच्च्याए, मेरो कपालमा समातेर मलाई लात र घुस्सा बर्साए। मलाई कुटेर भुइँमा लडाएपछि, तिनले मलाई अझ जोडसँग लात्तीले हाने। तुरुन्तै मेरा कानहरू झनझनाउन थाले जसले गर्दा मैले केही सुन्न सकिनँ, र मेरो टाउको असाध्य पीडाले विस्फोट होला जस्तो भएको थियो। मैले पीडामा चिच्याउने बाहेक केही गर्न सकिन। केही क्षणसम्म संघर्ष गरेपछि म भुइँमा पस्रिएँ, चलहल गर्न सकिनँ। त्यस प्रमुखले फेरि मेरो कपाल समाते र मलाई घिसारेर उभाए, जहाँ ती चार-पाँच जना क्रूर ठगहरू मेरो वरिपरि घुम्न थाले र मलाई लात र घुस्सा हान्न थाले; म भुइँमा लडेँ अनि हातले टाउको छोपेर, पीडामा छटपटाएँ। यी पुलिस ठगहरूले केही पनि बाँकी राखेका थिएनन्—प्रत्येक लात्ती र प्रत्येक घुस्सामा घातक बल थियो। मलाई हिर्काउँदा उनीहरू चिच्च्याउथे, “तँ बोल्छस् कि बोल्दैनस्? मलाई लाग्छ, तँ बोल्दिनस्! बोल नत्र तँ मर्छस्!” जब त्यस प्रमुखले म अझै पनि नबोलेकी देखे, तिनले मेरो खुट्टाको गोलीगाँठामा डरलाग्दो प्रकारले लात हाने। तिनले हरेक पटक मलाई लात्ती हान्दा कसैले मेरो हड्डीमा काँटी ठोकेको जस्तो लाग्थ्यो, यो असाध्यै पीडादायी थियो। त्यसपछि, तिनीहरूले मलाई जताततै लात्ती हाने, अनि मलाई मेरो शरीरको हरेक हड्डी चकनाचूर भएको जस्तो लाग्यो, र मांसपेशीहरू भयानक रूपले बटारिएर मेरो भित्री भाग नष्ट भएकोले अत्यन्तै पीडा भयो, जसले गर्दा मलाई सास फेर्न पनि गाह्रो भयो। म हावाका लागि स्वाँस्वाँ गर्दै भुइँमा पस्रिएँ र पूर्ण पीडाको आँसु रोएँ। मेरो हृदयमा, मैले यसो भन्दै परमेश्‍वरलाई पुकारेँ, “प्रिय परमेश्‍वर! म अझ अरू सहन सक्दिनँ। कृपया मलाई रक्षा गर्नुहोस्, किनकि मलाई म यो रात कटाउन पनि सक्दिनँ होला भन्‍ने डर लागेको छ। प्रिय परमेश्‍वर, मलाई शक्ति दिनुहोस्। …” कति लामो समयसम्‍म यातना जारी रह्यो मलाई थाहा छैन। मलाई अत्यन्तै रिङ्गटा लाग्यो र म यस्तो ठूलो पीडामा थिएँ, कि मलाई मेरा हात गोडाहरू चिराचिरा परेका छन् जस्तो भयो। पीडा यति गहन थियो कि सम्पूर्ण शरीर संवेदनहीन बन्यो। एक जना पुलिस ठगले भन्यो, “तँलाई अझ पुगेको छैन जस्तो छ। अँ, तँ बोल्छस् होला!” तिनले बोल्दै गर्दा बिजुलीको घनजस्तो देखिने वस्तु उठाएर मेरो निधारमा हान्यो। त्यो हरेक प्रहार मैले मेरो हाडको भित्र अनुभव गरेँ र तिनले हरेक पटक प्रहार गर्दा मेरो सम्पूर्ण शरीर संवेदनहीन हुन्थ्यो, र म घिस्‍सिन्थेँ र निरन्तर काम्थें। जब तिनीहरूले मैले धेरै कष्ट पाएकी देखे तब तिनीहरू आफ्नो कामबाट खुसी देखिन्थे र ठूलो आवाजमा हाँस्न थाले। मेरो कष्टको बीचमा परमेश्‍वरको वचनको एउटा खण्डले मलाई अगुवाइ र अन्तर्दृष्टि दियो: “तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यतालाई प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टबाट भएर जानैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान”)। परमेश्‍वरको वचनले मलाई अविश्‍वसनीय शक्ति दियो, र मैले आफ्नो मनमा बारम्बार त्यो खण्ड दोहोऱ्याएँ। मैले सोचेँ: “मैले शैतानको अगाडि झुकेर परमेश्‍वरलाई निराश पार्नु हुँदैन। सत्यता प्राप्त गर्नका लागि, म कुनै पनि पीडा सहन्छु, र त्यसको लागि मैले ज्यानै दिनु परे पनि त्यो अझै पनि उचित हुनेछ र म व्यर्थमा जिएको हुँदिनँ भनेर मैले वाचा गरेँ!” भूतहरूको यो गिरोहले मलाई भोलि बिहानसम्म रातभरि सोधपुछ गऱ्यो, तर मलाई प्रोत्साहन दिन मसँग परमेश्‍वरको वचन भएकोले, मैले तिनीहरूको यातना सहन सकेँ। अन्त्यमा, तिनीहरूले सोच्न सक्ने हरेक अन्तिम रणनीति समाप्त गरिसकेका थिए र असहाय भएर भने, “तँ कुनै प्रतिभा नभएको एक साधारण गृहिणीजस्ती देखिन्छस्, त कसरी तेरो परमेश्‍वरले तँलाई यति ठूलो शक्ति दियो?” ती पुलिस ठगहरू मप्रति नरम भइरहेका छैनन्, तर बरु तिनीहरूले परमेश्‍वरको अख्तियार र शक्तिमा आत्मसमर्पण गरिरहेका छन् भन्‍ने मलाई थाहा थियो। परमेश्‍वरको वचन सत्यता हो, यसले मानिसहरूलाई अपार शक्ति दिन सक्छ, र परमेश्‍वरको वचनअनुसार अभ्यास गरेर व्यक्तिले मृत्युको डरमाथि विजय पाउन अनि शैतानलाई पराजित गर्न सक्छ भन्ने कुरा मैले व्यक्तिगत रूपमा देखेँ। यी सबको परिणाम स्वरूप, परमेश्‍वरमाथिको मेरो विश्‍वास अझ बलियो भयो।

दोस्रो दिनको बिहान करिब सात बजे, त्यो प्रमुख व्यक्ति मलाई फेरि सोधपुछ गर्न आए। जब तिनले म अझै बोल्न तयार नभएकी देखे, तिनले मलाई अझै एउटा धूर्त चाल प्रयोग गरेर लोभ्याउने कोसिस गरे। एउटा तालुखुइले, सादा पोसाक लगाएको पुलिस आयो, मलाई उठ्न सहायता गऱ्यो, र मलाई सम्मानसाथ सोफासम्म लग्यो। तिनले मेरो लुगा सफा गर्‍यो, मेरो कुममा थपथपायो, वास्ता गरेको बहाना गर्दै झूटो मुस्कानसहित बोल्यो, “हेर त, यस प्रकारले दुःख भोग्नुको कुनै मतलब छैन। हामीसँग कुरा गर त्यसपछि तिमी घर जान सक्नेछ्यौ। यहाँ बसेर किन यो सब यातना सहन्छ्यौ? तिम्रा छोराछोरीहरूले तिमीलाई घरमा पर्खिरहेका छन्। तिमीले यसरी दुःख भोगेकी देख्दा मलाई कति पीडा हुन्छ थाहा छ तिमीलाई?” तिनका सबै झूटा कुराहरू सुनेर अनि त्यो घृणित, निर्लज्ज अनुहार देखेर, मैले रीसले दाँत किटेँ र मनमनै विचार गरें, “तँ राक्षस होस्, जसले मलाई धोका दिन हरप्रकारका झूटो बोल्छ। म परमेश्‍वरलाई धोखा दिनेछु भनेर तैँले एक क्षण पनि नसोच्! म मण्डलीको बारेमा एक शब्द बोल्छु भनेर तैँले सपनामा पनि नसोच्!” जब पुलिसले म प्रभावित नभएकी देख्यो, तिनले मलाई एक कामुक नजरले हेऱ्यो र आफ्नो हातले मलाई अभद्र प्रकारले छुन थाल्यो। म तुरुन्तै तिनीबाट टाढा सारेँ, तर त्यो बदमासले मलाई एक हातले समात्यो त्यसैले म चलमलाउन सकिनँ, तब तिनले अर्को हातले मेरो छातीमा समात्यो। म पीडाले चिच्च्याएँ र यो व्यक्तिप्रति ठूलो घृणा जागेर आयो; म यति क्रोधित भएँ कि मेरो सम्पूर्ण शरीर काँप्यो र आँसुहरू गालाबाट बगे। मैले क्रोधित नजरले तिनलाई हेरें, र मेरो आँखाको हेराइ देखेर, तिनले मलाई छोडिदियो। यो व्यक्तिगत अनुभवद्वारा, मैले चिनियाँ कम्युनिस्ट पार्टी सरकारको दुष्ट, प्रतिक्रियावादी र क्रूर प्रकृतिलाई देखेँ। “जनताको पुलिस” ले चिनियाँ कम्युनिस्ट पार्टीको संस्थाको निम्ति गरेको काम साँच्चै कति घृणित, निर्लज्ज ठग र तुच्छ छ सो देखेँ—एउटै पनि विवेक नभएको जीवन! मैले बितेको २४ घण्टामा एक थोपा पनि पानी पिएको थिइनँ, त्यसकारण मेरो नराम्ररी थाकेको र रित्तिएको थियो अनि म अझै बाँच्छु कि बाँच्‍दिन भन्‍ने मलाई साँच्चै थाहा थिएन। मलाई अचानक गहिरो दु:ख र असहायपनको भावनाले घेऱ्यो। त्यस बेला मैले मण्डलीको एउटा भजन सम्झेँ। “क्रूर पक्राउ र सतावटले शैतानको अनुहार प्रकट गर्छ। यी कठिनाइ र परीक्षाहरू मार्फत परमेश्‍वरका वचनहरू झन् बहुमूल्‍य लाग्छ। परमेश्‍वर देहमा देखा पर्नुभएको छ—म कसरी उहाँलाई नपछ्याऊँ? म शैतानलाई घृणा गर्छु र दृढ इच्‍छाले म परमेश्‍वरलाई पछ्याउँछु। जब दियाबलस शक्तिमा हुन्छ, परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग कठिन हुन्छ। शैतानले मेरो कुर्कुच्‍चो चिथोर्छ; सुरक्षित बस्‍ने ठाउँ कहीँ छैन। परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँको उपासना गर्नु अत्यन्तै सही कुरा हो। परमेश्‍वरलाई प्रेम गर्ने छनौट गरेर म अन्तिमसम्‍मै विश्‍वासी हुने छु। दियाबलसका छलहरू बर्बर, दुष्ट र साँच्‍चै अधम छन्। दियाबलसको अनुहार स्पष्ट रूपमा देखेपछि, म ख्रीष्‍टलाई अझै बढी प्रेम गर्छु। म कहिल्यै पनि शैतानसामु झुक्ने छैन वा व्यर्थको जीवन जिउने छैन। म सबै कष्ट, कठिनाइ र पीडा सहनेछु अनि काला रातहरू भएर गुज्रनेछु। परमेश्‍वरलाई सान्त्वना दिन, म विजयी गवाही दिने छु र शैतानलाई लाजमा पार्ने छु” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “अन्धकार र दमनबीच खडा हुँदा”)। यो सुरिलो र जोरदार भजन मेरो लागि ठूलो प्रेरणा थियो: यी राक्षसहरूले परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई यस तरिकाले सताइरहेका थिए, किनकि तिनीहरूले परमेश्‍वरलाई घृणा गर्छन्। तिनीहरूको घृणित र दुष्ट लक्ष्य भनेको हामीलाई परमेश्‍वरमा विश्‍वास गर्न र पछ्याउनबाट रोक्नु र त्यसो गरेर परमेश्‍वरको काममा बाधा दिनु र मानवजातिको मुक्ति पाउने मौकालाई नष्ट पार्नु थियो। आत्मिक लडाइँको यो महत्त्वपूर्ण क्षणमा, म हार मान्‍नु र शैतानको हाँसोको पात्र बन्‍नु हुँदैनथियो। शैतानले मलाई जति धेरै सतायो, मैले त्यसको राक्षसी अनुहार त्यति नै स्पष्टसँग देखेँ र मैले त्यत्ति नै बढी त्यसलाई त्याग्न र परमेश्‍वरको पक्षमा खडा हुन चाहेँ। म विश्‍वास गर्छु, परमेश्‍वरले जित्नुहुनेछ, र त्यो शैतान हारेर नष्ट हुने निश्चय छ। म हार मान्न सक्दिनथेँ, र मैले परमेश्‍वरमा भरोसा गर्ने र उहाँका लागि एउटा बलियो र जोरदार साक्षी बन्ने इच्छा गरें।

जब पुलिसले मबाट कुनै महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सक्दैनन् भनी थाहा पाए तब तिनीहरूले सोधपुछ गर्न छाडे र, त्यो साँझ, तिनीहरू मलाई एउटा थुना घरमा पुर्‍याए। त्यस स्थितिमा, म चिन्नै नसकिने गरी पिटिएकी थिएँ—मेरो अनुहार सुन्निएको थियो, मैले मेरा आँखाहरू खोल्न सक्दिनथिएँ र मेरा ओठहरूमा घावैघाउ भएको थियो। थुना घरमा झ्यालखानाका गार्डहरूले मलाई एक नजर लगाए र म मरणासन्न हुने गरी कुटिएको देखेर तिनीहरूले कुनै जिम्मेवारी लिन चाहेनन् र मलाई त्यहाँ लिन अस्वीकार गरे। तैपनि, केही कुराकानीपछि, मलाई अन्त्यमा त्यो साँझ करिब सात बजेतिर पस्न दिए र मलाई डोऱ्याएर एउटा कोठामा लगे।

त्यो रात मैले म गिरफ्तार भएपछिको मेरो पहिलो खाना खाएँ: कडा, कालो र खस्रो बफाएको रोटी, जुन चपाउन र निल्न गाह्रो थियो, र एक बटुका ओइलाएका सब्जीहरूको सूप पनि थियो, त्यसमा मरेका कीराहरू तैरिरहेका थिए र बटुकाको फेदमा फोहोरको पत्रा जमेको थियो। ती कुनै पनि कुराले मलाई त्यो हतार-हतार निल्‍नबाट रोक्न सकेन। म एक विश्‍वासी थिएँ, त्यसपछिका दिनहरूमा, सुधार अधिकृतले प्रायः अन्य कैदीहरूलाई मेरो जीवन नरक बनाउनका लागि उक्साउथे। एक पटक, हाम्रो कोठाको प्रमुख कैदीले एउटा आदेश जारी गरिन्, र उनीदेखि मुनिका व्यक्तिहरूले मलाई कपाल समाते अनि मेरो टाउको भित्तामा ठोक्काए। तिनीहरूले मेरो टाउको यति जोडसँग ठोक्काए कि मलाई रिङ्गटा लाग्यो र मैले सीधा देख्न सकिनँ। साथै, राति तिनीहरूले मलाई ओछ्यानमा सुत्न दिँदैनथे, त्यसैले म शौचालयको छेउमा सिमेन्टको चिसो भुइँमा सुत्नु पर्थ्यो। यसबाहेक, झ्यालखानाका गार्डले मलाई हिरासत घरको नियम कण्ठ गर्न लगाए, र यदि मैले ती गलत सुनाएँ वा भुलेँ भने तिनीहरूले मलाई छालाको पेटीले हिर्काउथे। यो निरन्तरको अमानवीय यातना र अपमानको सामना गर्नु परेकोले म कमजोर भएँ, र लगातार एक पिँजरामा बन्द पशुले जस्तो दुःख भोग्नुभन्दा बरु मर्नु राम्रो हुनेछ भनी मैले सोचेँ। धेरै पटक, जब म भित्तामा मेरो टाउको ठोक्न र मर्न लागेकी हुन्थें, तब परमेश्‍वरको वचनले यसो भन्दै मलाई अगुवाइ गर्थ्यो, “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति र परमेश्‍वरको कृपामा विश्‍वासयोग्य रहनुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्”)। परमेश्‍वरको वचनले मलाई हौसला प्रदान गर्‍यो र मेरो हृदयलाई न्यानो बनायो। जब मैले परमेश्‍वरको वचन मनन गरें, मेरो आँखाबाट आँसु बगे। ती पुलिस ठगहरूले मलाई डरलाग्दो प्रकारले कुटपिट गर्दा त्यो समयभरि परमेश्‍वरको प्रेमले मलाई हेरचाह गरेको थियो, उहाँले आफ्नो वचनले मलाई अगुवाइ गर्नुभएको थियो, र उहाँले मलाई विश्‍वास र शक्ति दिनुभएको थियो, र त्यस भयानक यातनाको बीचमा पनि मलाई दृढतासाथ जीवित रहन दिनुभएको थियो, त्यसको बारेमा मैले विचार गरेँ। हाम्रो कोठाको प्रमुख कैदीको दुर्व्यवहार र धम्की साथै मेरो मानसिक अवस्था झन्डै बिग्रिने गरी अरू कैदीहरूले दिएका यातनापछि मैले आफ्नो जीवन समाप्त गर्ने कुरा सोचिरहेकी बेला एकचोटि फेरि परमेश्‍वरको वचनले मलाई फेरि उठ्ने विश्‍वास र साहस दियो। यदि परमेश्‍वर ममाथि नजर राख्दै मेरो पक्षमा हुनुहुन्थेन भने ती अपराधी स्वभावका दुष्टहरूको यातनाको कारण म धेरै पहिले नै मरिसकेकी हुन्थें। परमेश्‍वरको ठूलो प्रेम र दयाको सामु, मैले निष्क्रिय रूपमा प्रतिरोध गरिरहन र परमेश्‍वरको हृदयलाई दु:खी बनाउन सकिनँ। म परमेश्‍वरको साथमा दह्रो भई खडा हुनु परेको थियो, र वफादार बनेर परमेश्‍वरको प्रेमको ऋण चुकाउनु परेको थियो। अप्रत्याशित रूपमा, मैले आफ्नो मनको स्थितिलाई ठीक बनाएपछि परमेश्‍वरले अर्को कैदीलाई मेरो तर्फबाट विरोध गर्न खडा गर्नुभयो र तिनी र मुख्य नाइकेबिच ठूलो झगडा भयो। आखिरमा, मुख्य नाइके झुक्यो र मलाई ओछ्यानमा सुत्ने अनुमति दियो। परमेश्‍वरलाई धन्यवाद होस्। यदि परमेश्‍वरको कृपा नभएको भए, लामो समयसम्म भिजेको, चिसो सिमेन्टको भुइँमा सुतेकी कारण मेरो मृत्यु हुनेथियो वा म पक्षाघाती हुनेथिएँ, मानसिक रूपमा कमजोर बन्नेथिएँ। यस प्रकारले, म थुना घरमा भयानक दुई महिना बिताउन सकेँ। त्यस अवधिमा, ती पुलिस ठगहरूले तिनै राम्रा पुलिस, नराम्रा पुलिसको रणनीति प्रयोग गर्दै मलाई दुई पटक सोधपुछ गरे। तैपनि, परमेश्‍वरको सुरक्षाद्वारा मैले शैतानको धूर्त षड्यन्त्र बुझ्न सकेँ र उनीहरूको दुष्ट योजनालाई विफल पार्न सकेँ। अन्त्यमा, तिनीहरूका रणनीतिहरू सबै सके, र तिनीहरूका सबै असफल सोधपुछपछि, तिनीहरूले आखिरमा मलाई तीन वर्ष कैदको सजाय सुनाए र मेरो सजाय पूरा गर्न मलाई दोस्रो महिला झ्यालखानामा पठाए।

म झ्यालखानमा आइपुगेकी पहिलो दिनदेखि, मलाई कठोर शारीरिक परिश्रम गर्न बाध्य गराइयो। मैले दिनमा दस घण्टाभन्दा बढी काम गर्नुपर्थ्यो, र मैले एउटा स्वेटर बुन्नुपर्थ्यो वा कपडाको तीसदेखि चालीसवटा सामान बनाउनु पर्थ्यो, वा एक दिनमा दस हजार जोडी चपस्टिक पोको पार्नुपर्थ्यो। यदि मैले यी कामहरू पूरा गर्न सकिनँ भने, मेरो कैदको अवधि बढाइन्थ्यो। चरम शारीरिक परिश्रमले पर्याप्त थकाइ लगाउँदैन जस्तै गरी, हाम्रो उत्साह तोड्ने उद्देश्यले राति हामीलाई एक प्रकारको राजनैतिक मगज धुलाइ गरिने कार्यक्रममा सहभागी हुन लगाइन्थ्यो, त्यहाँ हामीलाई झ्यालखानाका नियमहरू, कानुन, मार्क्सवाद-लेनिनवाद र माओत्सेतुङका विचारधाराको अध्ययन गर्न लगाइन्थ्यो। जब म ती सुधार अधिकृतहरूले आफ्नो नास्तिक घिन लाग्दा कुराहरू प्रस्तुत गरेका सुन्थें म दिक्क हुन्थें र उनीहरूको घृणित, निर्लज्ज मार्गहरूप्रति पूर्ण घृणा महसुस गर्थें। म झ्यालखानमा बसेकी सम्पूर्ण समयमा एक रात पनि राम्रोसँग सुतिनँ—हामी प्रायः मध्यरातमा झ्यालखानका गार्डहरूको सिटीहरूले गर्दा निद्राबाट झस्केर उठ्थ्यौं। उनीहरूले हामीलाई कि त कुनै कारणविना जगाएर दलानमा खडा गराउँथे वा हामीलाई आलु, मकै र खाना ढुवानी गर्ने जस्ता कार्यहरू गर्न लाउँथे। प्रत्येक झोलाको वजन ५० किलोग्रामभन्दा बढी हुन्थ्यो। हिउँदका रातहरूमा, हामी डरलाग्दो, हड्डी ठिहिराउने बताससँग संघर्ष गर्नुपर्थ्यो। हामी एक पटकमा एक पाइला सार्दै घस्रिएर र खोच्याएर हिँड्थ्यौं, कहिलेकहीँ भारीले थिचेर लड्थ्यौं। धेरैचोटि, म आफ्नो थकित शरीर घिसार्दै बिहानको दुई वा तीन बजे मेरो कोठा पुग्थें, पूरा थाक्थें र आँसुसरी हुन्थें। त्यस्ता रातहरूमा, थकान, चिसो र क्रोधको मिश्रणले मलाई निदाउन दिँदैनथ्यो। जब-जब मैले अझै तीन वर्ष कैदमा बिताउनुपर्ने कुरा सोच्थें, तब म अझ गहन रूपमा निराश हुन्थें र थकानले मेरो सम्पूर्ण शरीर पक्षाघात भएको जस्तो महसुस हुन्थ्यो। परमेश्‍वरले मेरो दु:ख राम्ररी जान्नुहुन्थ्यो, र म अत्यन्तै निराश अवस्थामा पुग्दा उहाँले मलाई उहाँका वचनहरूको यो खण्ड याद गर्ने अगुवाइ गर्नुभयो, “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरो स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरो त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ४१”)। परमेश्‍वरका वचनहरू मेरो दुःखी र पीडित हृदयका लागि एउटा गहिरो सान्त्वना थियो र तिनले मलाई उहाँको इच्छा बुझ्‍न सहायता गरे। त्यो बेला म जुन परिस्थितिमा थिएँ त्यो साँच्चै एउटा परीक्षा थियो। म त्यस्तो पीडाको बीचमा परमेश्‍वरप्रति वफादार रहन्छु कि रहँदिन र म उहाँलाई साँचो प्रेम गर्छु कि गर्दिन त्यो परमेश्‍वर हेर्न चाहनुहुन्थ्यो। झ्यालखानाको तीन वर्ष धेरै लामो समय भए पनि मलाई अगुवाइ गर्ने परमेश्‍वरको वचन भएकोले र मलाई सहायता गर्ने परमेश्‍वरको प्रेम भएकोले, मलाई म एकलो छैन भन्‍ने थाहा हुन्थ्यो। म सबै पीडा र दुःखहरू सहन अनि शैतानलाई परास्त गर्नका लागि परमेश्‍वरमा भर पर्थें। मैले आफैलाई डरपोक हुन दिइन।

चिनियाँ कम्युनिस्ट पार्टी सरकारको अन्धकार र दुष्टता यो झ्यालखानमा उनीहरूले देखरेख गर्ने हरेक कुरामा स्पष्ट देखिन्थ्यो, तर परमेश्‍वरको प्रेम सधैँ मसँग थियो। एक पटक, झ्यालखानको एक जना गार्डले मलाई चपस्टिकको झोला बोकेर पाँचौं तलामा लैजाने आदेश दिए। त्यसका सिँढीहरू बरफले ढाकिएकोले गर्दा, झोलाको वजनको कारण म बिस्तारै हिँड्नु परेको थियो। तापनि गार्डले मलाई छिटो गर भनिरहेको थियो र, यदि मैले मेरो काम पूरा गरिनँ भने मलाई नराम्रोसँग कुटपिट हुनेछ भन्ने डरले म चिन्तित भएँ र हतारमा चिप्लिएँ, सिँढीबाट तल लडेँ र मेरो कुर्कुच्चाको हड्डी भाँचियो। म भुइँमा पस्रिएँ, मेरो खुट्टा चलाउन सकिनँ, हड्डी भाँचिएको ठाउँमा तीव्र पीडा भएकोले चिसो पसिना बग्यो। गार्डले थोरै पनि चासो देखाइन। मैले स्वाङ पारिरहेकी छु भनेर तिनले भनी र मलाई उठेर काम गर्न आदेश दिइन्, तर म शारीरिक रूपमा उभिन असमर्थ थिएँ। मण्डलीकी एक जना सिस्टर, जो मजस्तै त्यही झ्यालखानामा समय बिताइरहेकी थिइन्, उनले यो घटना देखेर तुरुन्तै मलाई बोकेर झ्यालखानाको क्लिनिकमा लगी। क्लिनिकमा उपस्थित डाक्टरले मेरो खुट्टामा पट्टी मात्र बाँधिदिए, सस्ता औषधिका केही चक्कीहरू दिए र मलाई फर्काए। मैले मेरो कामको भाग पूरा गर्न सक्दिनँ भनी डराएर झ्यालखानाको गार्डले मलाई कुनै उपचार गर्ने अनुमति दिन मानेन, त्यसैले मैले मेरो भाँचिएको खुट्टा लिएर काम गरिरहनु पऱ्यो। हामी जहाँ-जहाँ काम गर्न जान्थ्यौं, त्यस सिस्टरले मलाई उसको पिठिउँमा बोक्थी। परमेश्‍वरको प्रेमले हाम्रो हृदयलाई एकसाथ बाँधेको हुनाले, जब त्यस सिस्टरले मौका पाउँथी मलाई उत्साह दिनका लागि उनले मसँग परमेश्‍वरको वचनमा सङ्गति गर्थिन्। मेरो सबैभन्दा गहिरो र सबैभन्दा कठिन क्षणहरूमा यो नै मेरो लागि अति नै ठूलो सान्त्वना थियो। त्यस अवधिमा, मैले कति पल्ट पीडा भएको र कमजोर महसुस गरें त्यो मलाई थाहा छैन, म मुस्किलले उठ्न सक्थें, र मुस्किलले सास फेर्ने शक्ति थियो, र धेरै पटक म सिरकमा लुकेर आँसु बगाउँदै परमेश्‍वरसँग प्रार्थना गर्थें, तर यी दुई भजनले सधैँ मलाई प्रोत्साहन र सान्त्वना प्रदान गर्थे: “तैँले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, प्रहार, र शोधनलाई स्वीकार गर्न सक्छस्, यसको साथै तँ परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्न सक्छस् भन्‍ने कुरा युगौं-युग पहिले नै परमेश्‍वरले अघिबाटै निर्धारित गर्नुभएको थियो, तसर्थ तँलाई सजाय दिइँदा तँ हैरान हुनुहुँदैन। तिमीहरूमा गरिएको काम, र तिमीहरूलाई दिइएका आशिषहरूलाई कसैले पनि खोस्‍न सक्दैन, अनि तिमीहरूलाई दिइएका सबै कुराहरू कसैले पनि खोसेर लैजान सक्दैन। धर्मका मानिसहरूलाई तिमीहरूसँग तुलना गर्न सकिँदैन। तिमीहरूमा बाइबल सम्‍बन्धी विशेषज्ञता छैन, र तिमीहरू धार्मिक सिद्धान्तद्वारा सुसज्‍जित छैनौ, तर परमेश्‍वरले तिमीहरूभित्र काम गर्नुभएको हुनाले, तिमीहरूले युगौं-युगको अवधिका अरू कसैले भन्दा बढी प्राप्त गरेका छौ—त्यसकारण यो तिमीहरूको सबैभन्दा ठूलो आशिष्‌ हो” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “तैँले परमेश्‍वरको इच्छालाई निराश तुल्याउन सक्दैन”)। “राज्यको मार्गमा धेरै उतार-चढाउहरू छन्। म जीवन र मृत्यु, यातना र आँसुको दोसाँधमा छु। परमेश्‍वरको सुरक्षाविना, आजको दिनसम्‍म को आइपुग्न सक्थ्यो र? आखिरी दिनहरूमा जन्‍मेर, ख्रीष्‍टलाई पछ्याउनु मेरो सौभाग्य हो, जुन परमेश्‍वरको शासन र बन्दोबस्त हो। मानिसको पुत्र बन्‍न परमेश्‍वरले आफूलाई नम्र तुल्याउनुहुन्छ, र उहाँले ठूलो लाज सहनुभयो। परमेश्‍वरले यति धेरै कष्ट भोग्‍नुभएको छ, तब मैले उहाँलाई प्रेम गरिन भने मलाई कसरी मानव भन्‍न सकिन्छ र? … परमेश्‍वरलाई प्रेम गर्ने मार्गमा पाइला चालेको हुनले, म उहाँलाई पछ्याएकोमा र उहाँको गवाही दिएकोमा कहिल्यै पछुतो गर्नेछैन। म कमजोर र नकारात्मक भए पनि, आँशु झार्दै म परमेश्‍वरलाई अझै प्रेम गर्छु। म कष्ट भोग्छु र मेरो प्रेम उहाँलाई दिन्छु, उहाँलाई कहिल्यै शोकमा पार्ने छैन। संकष्टमा खारिनु आगोले सुन खारे जस्तै असल कुरा हो; म कसरी उहाँलाई मेरो हृदय समर्पित गर्न सक्दिनँ र? स्वर्गको बाटो कठिन भए पनि र त्यहाँ धेरै आँसुहरू भए पनि, म परमेश्‍वरलाई सदासर्वदा कुनै पछुतो नगरी प्रेम गर्ने छु” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “पछुतोविना परमेश्‍वरलाई प्रेम गर्ने सम्‍बन्धी गीत”)। परमेश्‍वरको वचन र परमेश्‍वरको प्रेमले मलाई निराशाको गहिराइबाट बचायो र, बारम्बार मलाई जिउने साहस दियो। यो चिसो, अँध्यारो, पृथ्वीको नरकमा, मैले परमेश्‍वरको प्रेमको न्यानोपन र सुरक्षाको अनुभव गरें, र परमेश्‍वरको प्रेमको ऋण चुकाउनका लागि मैले जीवित रहने सङ्कल्‍प गरेँ। मैले धेरै कष्ट भोग्नु परे पनि म अगाडि बढिरहनुपर्थ्यो; ममा थोरै सास मात्र बाँकी भए पनि, म परमेश्‍वरप्रति वफादार रहनुपर्थ्यो। मैले झ्यालखानमा बिताएकी तीन वर्षमा मेरी सिस्टरले हातले लेखेको परमेश्‍वरको वचन मलाई दिएकी थिइन् भन्‍ने कुराले मेरो हृदय गहिरो रूपमा छोयो। शैतानहरूले संचालन गरेका नक्स-किल्लाभन्दा कडा नियन्त्रणमा राखिएको झ्यालखानामा पनि मैले परमेश्‍वरको वचन पढ्न सक्‍नु परमेश्‍वरले मलाई देखाउनुभएको अपार प्रेम र दयाको एउटा गवाही थियो। परमेश्‍वरका यिनै वचनहरूले नै मलाई उत्साह र अगुवाइ प्रदान गरेको थियो, ती कठिन समयमा मलाई सहन सक्ने बनाएको थियो।

सेप्टेम्बर २००५ मा, मेरो कैदको अवधि समाप्त भयो र मैले अन्त्यमा झ्यालखानाका काला दिनहरूलाई मेरो पछाडि छोड्न सकेँ। जब म झ्यालखानबाट बाहिर निस्केँ, मैले गहिरो सास फेरेँ र परमेश्‍वरको प्रेम र सुरक्षाका लागि मेरो हृदयको अन्तस्करणबाट धन्यवाद दिएँ, जसले मेरो कैदको समयभरि मलाई जिउन सहायता गरेको थियो। चिनियाँ कम्युनिस्ट पार्टी सरकारद्वारा गिरफ्तार र सतावटको मेरो व्यक्तिगत अनुभवको कारण अब म के धर्मी हो र के खराब छ, के असल छ र के दुष्ट छ, र के सकारात्मक छ र के नकारात्मक छ सो जान्दछु। म जान्दछु कि मैले के गर्नका लागि सबै कुरा त्याग्नुपर्छ र कुन कुरालाई मैले घृणा र सरापहरूसहित अस्वीकार गर्नुपर्छ। यो अनुभवहरूद्वारा मैले साँच्चै परमेश्‍वरको वचन परमेश्‍वरको आफ्नै जीवन हो र यसमा अलौकिक शक्तिहरू छ जुन मानिसको जीवनको लागि प्रेरक अभिप्राय हुन सक्छ भन्‍ने कुरा जान्‍न सकेँ। जबसम्म मानिस परमेश्‍वरको वचन पालन गरी जिउँछ, उसले शैतानका सारा शक्तिहरूलाई पराजित गर्न सक्छ र अति विपरीत परिस्थितिहरूको बीचमा पनि विजयी हुन सक्छ। परमेश्‍वरलाई धन्यवाद होस्!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्