पाष्टरहरूसँगको मेरो वादविवाद
जनवरी २०१९ मा, मलाई एक साथीले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको गवाही दिए। अनि मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेँ, र ती वचनले मलाई औधी आकर्षित गरे। मेरो लागि, यो नयाँ सत्यताको आगमन थियो—म उल्लसित भएँ। बाइबलका रहस्यहरू, देहधारणका रहस्यहरू, मान्छेको भ्रष्टताको जड र पाप त्याग्ने, शुद्ध हुने र मुक्ति पाउने मार्गजस्ता धार्मिक संसारले बुझाउन नसकेका कुराहरू सर्वशक्तिमान् परमेश्वरले व्याख्या गर्नुभएको छ। कुनै पनि मानवले त्यस्ता वचनहरू बोल्न सक्दैन। मलाई यो परमेश्वरको आवाज हो र सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने लाग्यो। त्यसले मैले खुसीसाथ ग्रहण गरेँ र यो अद्भूत खबर मेरो परिवारलाई सुनाएँ। मेरी आमा, काकी, र केही दाजुभाइ-दिदीबहिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई ग्रहण गरे। हामी सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका सत्यताहरूमा रमाउँदै, हरदिन भेला हुन्थ्यौँ र परमेश्वरको वचन पढ्थ्यौँ। हामीले धर्ममा बिताएका पूरै वर्षहरूमा सिकेभन्दा धेरै कुरा सिकिरहेका छौँ जस्तो लाग्थ्यो।
चाँडै नै, स्थानीय पाष्टर र डिकनहरूले मेरो विश्वासको बारेमा थाहा पाए। एक साँझ, अचानक एक डिकन मेरो घरमा आए र मलाई सोधे, “किन तपाईं र तपाईंकी आमा सेवाहरूमा आउनुभएको छैन?” मैले तिनलाई भनेँ, “म अबदेखि मण्डली आउनेछैन किनभने मैले साँचो मार्ग भेट्टाएको छु। प्रभु येशू फर्किआउनुभएको छ—उहाँ सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ। मैले सर्वशक्तिमान् परमेश्वरका धेरै वचनहरू पढेको छु, र म चकित छु—मैले यस्तो नवीन कुरा कहिल्यै पढेको थिइनँ। सर्वशक्तिमान् परमेश्वरले धेरै बाइबलीय रहस्यहरू खोल्नुभएको छ। मैले पत्ता लगाइसकेँ, सर्वशक्तिमान् परमेश्वरका वचनहरू सत्यता हुन्, र उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, जसलाई हामी प्रतीक्षा गर्दै आएका थियौँ।” मेरो कुरा सुनेर तिनले शङ्का गर्दै भने, “प्रभु येशू फर्कनुभयो? त्यो कसरी हुन सक्छ?” मैले तिनलाई भनेँ, “सर्वशक्तिमान् परमेश्वरले राज्यको युग सुरु गर्नुभएको छ र उहाँ नयाँ काम गर्दै हुनुहुन्छ। अनुग्रहको युग विगत भइसक्यो र पवित्र आत्माले धर्मका मण्डलीहरूमा काम गर्न छोडिसक्नुभयो। यो प्रभु येशू काम गर्न आउनुभएको समयजस्तै हो। त्यो बेला मानिसहरूले मन्दिर छोडी उहाँलाई पछ्याए। अब आखिरी दिनहरूमा परमेश्वरबाट मुक्ति पाउन हामीले परमेश्वरको नयाँ काम पछ्याउनुपर्छ।” सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न दृढ रहेको देखेर, मलाई तिनले तपाईं निष्कासित हुनुहुनेछ भनेर गए। त्यसपछि, पाष्टर र डिकनहरू गएर परमेश्वरको आखिरी दिनहरूको काम भर्खरै स्विकारेको एक परिवारलाई सताएछन्। पाष्टरले तिनीहरूलाई भनेछिन्, “तपाईंहरू सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा लाग्नुभएछ र हाम्रो सेवाहरूमा आउन छोड्नुभयो। तपाईंहरूलाई मूर्ख तुल्याइएको छ—प्रभु आउनुभएको छैन। पाष्टरको रूपमा, मलाई बाइबलको सबै कुरा थाहा छ। यदि सर्वशक्तिमान् परमेश्वर साँच्चै फर्कनुभएका प्रभु येशू हुनुहुन्थ्यो भने, मलाई अवश्यै थाहा हुने थियो।” उनले यसो पनि भनेछिन्, “यदि तपाईंहरू मण्डली छोड्न जिद्दी गर्नुहुन्छ भने, तपाईंहरूले सबैसामु येशूलाई छोड्यौँ भनेर भन्नुपर्छ। साथै, मण्डलीले तपाईंहरूलाई कुनै सहयोग गर्नेछैन। आइतबार, तपाईंहरू आफ्नो नाम हटाउन मण्डली आउनुपर्छ र पूरै मण्डली परिवारसामु यो कुरा बताउनुपर्छ। नत्रभने, तपाईंहरूलाई गाउँबाट निकालिनेछ।” मलाई साह्रै रिस उठ्यो। सबैसँग धार्मिक स्वतन्त्रताको अधिकार छ, तर तिनीहरूले मानिसहरूलाई साँचो मार्ग अनुसन्धान गर्नबाट रोक्न यस्ता दुष्ट युक्तिहरू प्रयोग गरिरहेका थिए। यदि तिनीहरू दयालु सेवकहरू थिए भने, तिनीहरूमा खोजी गर्ने हृदय हुनुपर्थ्यो, र सर्वशक्तिमान् परमेश्वरको मण्डली के हो र सर्वशक्तिमान् परमेश्वरको काम के हो भनेर पत्ता लगाउनुपर्थ्यो। तर प्रभुको पुनरागमनको खबर सुन्दा, तिनीहरूले अन्धाधुन्ध विरोध र निन्दा गरे। तिनीहरू कसरी सत्यता खोज्नेहरू थिए र?
म भोलिपल्ट तिनीहरूलाई भेट्न गएँ। ती ब्रदरले सर्वशक्तिमान् परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्छौँ, त्यसैले गाउँबाट लखेटिए पनि, उहाँमा विश्वास गरिरहन्छौँ भनेर भने। त्यसपछि, पाष्टरहरूले मानिसहरूलाई साँचो मार्ग अनुसन्धान गर्नबाट रोक्न अफवाह र झूटहरू फैलाए। यसले मलाई परमेश्वरमा विश्वास गर्नु र उहाँलाई पछ्याउनु सजिलो छैन भन्ने देखायो। यो प्रभु येशूले भन्नुभएजस्तै हो, “साँघुरो प्रवेश-द्वारबाट भित्र पस: किनकि प्रवेश द्वार जति चौडा हुन्छ र बाटो जति फराकिलो हुन्छ, त्यसले विनाशमा पुर्याउँछ र त्यहाँ जाने धेरै हुन्छन्: किनकि साँघुरो प्रवेश द्वार र साँघुरो बाटोले जीवनमा डोर्याउँछ र कमैले मात्रै त्यो पत्ता लगाउँछन्” (मत्ती ७:१३-१४)। पाष्टरले हामीलाई बाधा दिए पनि र दमन गरे पनि, हामीले साँचो मार्ग ग्रहण गरेका र अनन्त जीवनको मार्ग भेट्टाएका थियौँ। हामी आशिषित थियौँ। मैले प्रभु येशू आएर काम गर्नुहुँदा उहाँलाई कसरी यहूदी धर्मले दमन गरेको थियो भन्नेबारे सोचेँ। त्यो बेला त्यति धेरै मानिसले उहाँलाई पछ्याएनन्। अहिले सर्वशक्तिमान् परमेश्वर काम गर्न आउनुभएको छ, र उहाँलाई पनि धर्मको संसारले दमन गरेको छ। धेरैजसो मानिसले पादरीवर्गमै विश्वास गर्छन्, तिनीहरूकै कुरा सुन्छन्, र प्रभुको पुनरागमनलाई स्विकार्दैनन्। त्यसले पनि मलाई एउटा कुरा स्पष्ट पार्यो: प्राचीन समयदेखि नै साँचो मार्गलाई दमन गरिँदै आएको छ। थोरैले मात्रै साँचो मार्ग ग्रहण गर्छन् र परमेश्वरलाई पछ्याउँछन्, तर धेरैले मान्छे पुज्छन् र धर्मका पाष्टरहरूलाई पछ्याउँछन्। यसले सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउने मेरो विश्वास दह्रिलो पनि बनायो।
पछि तिनले सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासबारे मण्डली संघमा रिपोर्ट गरिन्। एक साँझ, तिनी हाम्रो घरमा केही मानिसहरू लिएर आइन्। तिनले मलाई डिकनको घर गएर सबै पादरीवर्ग र सहकर्मीहरूलाई सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासबारे स्पष्ट पार्नू भनेर भनिन्। तिनीहरू परमेश्वरको आखिरी दिनहरूको कामको विरोध र निन्दा गर्ने अति दुष्टहरू थिए। मसँग तिनीहरूको सामना गर्ने साहस थिएन। तर तिनीहरूलाई भेट्न गइनँ भने, तिनीहरूले अफवाह फैलाउनेछन् भन्ने थाहा थियो। परमेश्वरले मलाई उहाँको आवाज सुन्न र केही सत्यता बुझ्न दिएर अनुग्रह गर्नुभएको थियो। अहिले मैले उहाँको कामको गवाही दिनुपर्थ्यो, भाग्नु हुँदैनथ्यो। त्यसकारण मैले प्रार्थना गरेँ: “सर्वशक्तिमान् परमेश्वर, बिन्ती छ मलाई डोर्याउँदै मलाई चाहिने शब्दहरू दिनुहोस्, ताकि तपाईंको कामको गवाही दिन ममा विश्वास होस्।” डिकनको घर पुगेपछि, म कुर्सीमा बसेँ र मेरो वरिपरि मण्डली संघका पाँच जना पाष्टर, गाउँका पादरीवर्ग, र केही मण्डली सदस्यहरूलगायत दर्जनौँ मानिसहरू बसिरहेको देखेँ। त्यहाँ यति धेरै मानिसहरू देख्दा मलाई फेरि डर लाग्यो, किनभने त्यसपछि के होला भन्ने मलाई थाहै थिएन। मलाई शान्त हुन सहयोग गर्नुहोस् भनेर मैले परमेश्वरलाई निरन्तर प्रार्थना गरिरहेँ। अनि, अलिअलि गर्दै, मलाई त्यति डर लाग्न छोड्यो किनभने सर्वशक्तिमान् परमेश्वर साथमै हुनुहुन्छ भन्ने थाहा थियो। मण्डली संघका एक वृद्ध पाष्टरले मलाई कडाइपूर्वक सोधे, “तपाईं, तपाईंकी आमा र बज्यू किन सेवाहरूमा आउनुहुन्न? मण्डली के हो तपाईंलाई थाहा छ? मण्डली छोड्नु प्रभु येशूलाई धोका दिनु हो, र उहाँले तपाईंहरूलाई त्याग्नुहुनेछ भन्ने थाहा छैन?” मैले तिनलाई भनेँ, “प्रभु येशूले भन्नुभयो, ‘किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु’ (मत्ती १८:२०)। साँचो मण्डली भनेको के हो? मण्डली हुनलाई, कति सदस्यहरू छन् वा यो कहाँ छ भन्ने कुराले फरक पर्दैन। जति जना भेला भए पनि, यसमा पवित्र आत्माको काम, परमेश्वरको उपस्थिति, र सत्यताको भरणपोषण छ भने, यो मण्डली हो। अहिले हामीले आजको मण्डलीलाई हेर्यौँ भने, के यसमा पवित्र आत्माको काम छ? के परमेश्वरको वचन पढ्दा अन्तर्दृष्टि मिल्छ? के सेवाहरू आनन्ददायी छन् र के तिनले भरणपोषण दिन्छन्? पाष्टरहरूले त्यही पुरानै कुरा प्रचार गर्छन् र यसले मानिसहरूलाई प्रभुलाई चिन्न मदत गर्दैन। विश्वासीहरूलाई जीवनको कुनै भरणपोषण मिल्दैन। तिनीहरू कमजोर र नकारात्मक अनि सम्पत्ति र अरू सांसारिक कुराको लालची छन्। आजको मण्डली प्रभु येशूको बेलाको मन्दिरजस्तै छ—यसले पवित्र आत्माको काम गुमाएको छ र यसलाई साँचो मण्डली भन्न सकिँदैन। हामी किन अहिले सर्वशक्तिमान् परमेश्वरलाई विश्वास गर्न र सेवाहरूमा आउन छोड्न चाहन्छौँ? किनभने सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएको सबै कुरा सत्यता हो। उहाँले बाइबलका धेरै गुप्त रहस्यहरू खुलासा गर्नुभएको छ। सर्वशक्तिमान् परमेश्वरको वचन पढेपछि मेरो आँखा खुलेको छ, हृदय उज्यालो भएको छ, र मेरो आत्माले भरणपोषण पाएको छ। यो पवित्र आत्माको कामको फल हो। सर्वशक्तिमान् परमेश्वर नै साँचो परमेश्वरको देखापराइ हो, र सर्वशक्तिमान् परमेश्वरको मण्डली नै साँचो मण्डली हो। आज, प्रभुको पुनरागमनको तृष्णा गर्ने विभिन्न सम्प्रदायका कैयौँ साँचो विश्वासीहरूले विभिन्न माध्यमबाट सर्वशक्तिमान् परमेश्वरका वचनहरू अनलाइन पढिरहेका छन्। तिनीहरू यो परमेश्वरको आवाज हो भन्नेमा पक्का भएका छन्। तपाईंहरू किन यसको खोजीनिधो गर्नुहुन्न? तपाईंहरू मण्डलीका पाष्टर र प्रचारकहरू हुनुहुन्छ। तपाईंहरूले प्रभुलाई स्वागत गर्न विश्वासीहरूलाई अगुवाइ गर्नुपर्छ। त्यो तिनीहरूको जीवनको निम्ति जिम्मेवारी लिनु हो!” मेरो कुरा सकिँदा, तिनीहरू सबै चुप लागे।
पछि पाष्टरले मलाई सोधिन्: “तपाईंले प्रभु येशू फर्केर आइसक्नुभयो भनेर भन्नुभयो। त्यो कसरी थाहा भयो?” त्यसपछि तिनले बाइबल खोलेर एउटा पद देखाउँदै भनिन्: “बाइबलले भन्छ, ‘तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ’ (मत्ती २४:३६)। प्रभु आउनुहुँदा कसैलाई थाहा हुन्न भनेर यसले भन्छ। अनि, तपाईंलाई चाहिँ कसरी थाहा भयो?” मैले भनेँ, “यदि उहाँ आउनुभएको कसैलाई थाहा हुन्न भने, हामी कसरी उहाँलाई स्वागत गर्थ्यौँ? बाइबलले ‘तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ,’ भन्नुको अर्थ उहाँ आउने समय कसैलाई थाहा हुन्न भन्ने हो, तर उहाँ आउनुभएपछि उहाँले बोल्नुहुनेछ; उहाँले आफ्नो काम गर्नुहुनेछ। जब हामीले प्रभुको आवाज सुनेर उहाँले व्यक्त गर्नुभएका सत्यताहरू देख्छौँ, के हामीलाई उहाँ फर्कनुभयो भन्ने थाहा हुँदैन र? यो त प्रभु येशूले भन्नुभएजस्तै हो, ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ’ (मत्ती २५:६)। ‘हेर, म ढोकामा खडा हुन्छु र ढक्ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ’ (प्रकाश ३:२०)। प्रभुलाई स्वागत गर्ने कडी भनेकै उहाँको आवाज सुन्नु हो। यदि कसैले दुलहा आइसके भनेर भनेको अर्थात प्रभुको पुनरागमनको गवाही दिएको हामीले सुन्यौँ भने, हामी उहाँलाई भेट्न जानुपर्छ र प्रभुको आवाज नम्रतापूर्वक सुन्नुपर्छ। त्यस्तो व्यक्ति मात्रै बुद्धिमती कन्या हुन्छ जो प्रभुलाई स्वागत गर्दै उहाँसँगै भोजमा सामेल हुन सक्छ। तपाईंहरूको विचारमा, प्रभु आउनुभएपछि पनि कसैलाई थाहा हुनेछैन। त्यसोभए यी सबै बाइबल पदहरूको अर्थ के हुन्छ, र ती कसरी पूरा हुनेछन्?” मैले तिनीहरूलाई एउटा उदाहरण पनि दिएँ। मैले भनेँ, “प्रभु येशू काम गर्न आउनुभएको समयबारे सोच्नुहोस्। सुरुमा, कसैले उहाँलाई परमेश्वरको रूपमा चिनेनन्। जब उहाँले बोल्न र काम गर्न थाल्नुभयो, पवित्र आत्माले गवाही दिनुभयो: ‘यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु’ (मत्ती ३:१७)। त्यसपछि उहाँले चिन्ह र अचम्मका कामहरू देखाउन थाल्नुभयो, रोगीलाई निको पार्न, पश्चात्तापको मार्ग प्रचार गर्न, र मानिसहरूको पाप क्षमा गर्न थाल्नुभयो। उहाँले अनुग्रहको युगको छुटकाराको काम गर्न थाल्नुभयो। त्यसपछि मात्रै मानिसहरूले प्रभु येशूलाई मानवजातिको उद्धारकर्ता, परमेश्वर स्वयम्को रूपमा पहिचान गरे। के प्रभुमाथिको हाम्रो विश्वास उहाँका कार्य र वचनहरूमै केन्द्रित छैन र? ठूलाठूला विपत्तिहरू सुरु भइसकेका छन्—प्रभुको पुनरागमनका सबै भविष्यवाणीहरू पूरा हुँदै गएका छन्। उहाँ आइसक्नुभयो र काम गर्दै हुनुहुन्छ। उहाँले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन चाहिने सत्यताहरू व्यक्त गर्दै हुनुहुन्छ, र उहाँले परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दै हुनुहुन्छ। उहाँले विजेताहरूको समूह निर्माण गरिसक्नुभएको छ। यी कसैले पनि इन्कार गर्न नसक्ने तथ्यहरू हुन्। धारणाहरूको आधारमा परमेश्वरको कामको मूल्याङ्कन गर्दै हामीले निष्क्रिय भई विनाश कुर्नु हँदैन। त्यसरी त हामीले प्रभुलाई स्वागत गर्ने मौका गुमाउनेछौँ।” त्यसपछि, मण्डली संघकी एक कलिली पाष्टर रिसाइन् र मलाई सोधिन्, “यो सर्वशक्तिमान् परमेश्वर कहाँ छ? तपाईंले देख्नुभएको छ? नत्रभने, उही नै फर्केर आउनुभएको प्रभु येशू हो भनेर कसरी निश्चित हुन सक्नुभयो?” जबाफ दिँदै, मैले उनलाई सोधेँ: “तपाईं प्रभु येशूमा विश्वास गर्नुहुन्छ—के उहाँलाई देख्नुभएको छ? हामी कसैले प्रभुलाई देखेका छैनौँ, र पनि किन उहाँमा विश्वास गर्छौँ?” तिनीहरू कसैले पनि जबाफ दिएनन्। त्यसपछि मैले भनेँ, “विगतमा प्रभु येशूले देहमा काम गर्नुभएको बेला, के धेरै मानिसहरूले उहाँलाई देखेनन् र? मुख्य पूजाहारी, शास्त्री, र फरिसीहरूले प्रभुको अनुहार देखेका थिए, तर के तिनीहरूले उहाँलाई प्रभुको रूपमा चिने? के तिनीहरूले उहाँलाई पछ्याए? तिनीहरूले प्रभु येशूलाई नपछ्याएका मात्र होइनन्, उहाँलाई दोष दिए, इन्कार गरे र अन्तिममा उहाँलाई क्रूसमा टाँगे। त्यसले हामीलाई के बताउँछ? तपाईंले प्रभुको अनुहार देखे पनि, यदि उहाँलाई बुझ्नुहुन्न र उहाँको आवाज चिन्न सक्नुहुन्न भने, तपाईंले अझै उहाँको विरोधै गर्नुहुनेछ, र उहाँद्वारा दोषी ठहरिनुहुनेछ। यदि तपाईंले त्यो युगमा जन्मेर प्रभु येशूलाई देख्नुभएको र उहाँका प्रवचनहरू सुन्नुभएको भए, के उहाँलाई ख्रीष्टको रूपमा पहिचान गर्नुहुनेथ्यो? भन्न गाह्रो छ।” मेरो कुरा सकिएपछि, ती पाष्टरले भनिन्, “तपाईं सर्वशक्तिमान् परमेश्वर फर्कनुभएका प्रभु येशू हो भन्नुहुन्छ। आधार के छ?” मैले जवाफ दिएँ, “प्रभु येशूले भन्नुभयो, ‘मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्’ (यूहन्ना १०:२७)। सर्वशक्तिमान् परमेश्वर प्रकट हुनुभएका परमेश्वर हुनुहुन्छ कि हुन्न भनेर निर्धारित गर्नलाई, मुख्य कुरा उहाँले सत्यता बोल्नुहुन्छ कि हुन्न भनेर हेर्नु हो। म तपाईंलाई सर्वशक्तिमान् परमेश्वरको वचन पढ्दिन्छु र यो परमेश्वरको आवाज हो, होइन हेर्न सक्नुहुन्छ। अनि, सर्वशक्तिमान् परमेश्वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ कि हुन्न जान्नुहुनेछ।” त्यसपछि, मैले मेरो फोनबाट सर्वशक्तिमान् परमेश्वरको वचनका केही खण्ड पढेर सुनाएँ।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “मैले सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा चट्याङहरू असीम रूपमा देखा पर्छन्, जसले सारा जाति र सम्प्रदायहरूलाई हल्लाइदिन्छन्। सारा मानिसहरूलाई वर्तमानमा ल्याउने मेरो आवाज नै हो। म सबै मानिसहरूलाई मेरो आवाजद्वारा जित्छु, यही प्रवाहमा पार्नेछु र मेरो सामु झुक्न लगाउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ गरी जारी गरेको छु। कसले मलाई देख्ने उत्कट इच्छा गर्दैन? कसले मेरो आगमनलाई उत्सुकतापूर्वक प्रतीक्षा गर्दैन? मेरो देखापराइको तृष्णा गर्दैन? मेरो सुन्दरताको निम्ति कोचाहिँ लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्पन्नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले प्रशंसा गर्दैन? मेरो आवाज पृथ्वीभरि फैलनेछ; म मेरा चुनिएका मानिसहरूलाई सामना गर्नेछु, र तिनीहरूसँग अझ धेरै वचनहरू बोल्नेछु। जसरी शक्तिशाली गर्जनहरूले पहाड़ र नदीहरू हल्लिन्छन्, त्यसरी नै म पनि मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बताउँछु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई त्याग्न अनिच्छुक हुन्छन्, साथै ती वचन तिनीहरूलाई अथाह लाग्छ, तर तिनमा अझ धेरै आनन्दित हुन्छन्। मेरो आगमनको उत्सव मनाउँदै सबै मानिसहरू खुशी र आनन्दित हुन्छन्, मानौँ नाबालक भर्खरै जन्मेको छ। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूको जातिभित्र औपचारिक रूपमा प्रवेश गर्नेछु, यसरी तिनीहरू मेरो आराधना गर्न आउनेछन्। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, मैले यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र पूर्वबाट चम्किरहेको त्यो ज्योति देख्नेछन् र म पूर्वको जैतूनको डाँड़ामा ओर्लेको पनि देख्नेछन्। यहूदीको छोराको रूपमा होइन, तर पूर्वको ज्योतिको रूपमा म पृथ्वीमा लामो समयदेखि बसेको छु भन्ने तिनीहरूले देख्नेछन्। किनभने मेरो उहिले नै पुनरुत्थान भएको छ र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ मेरो महिमासँगै फेरि देखा परेको छु। कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ र म पनि त कैयौँ वर्षअघि इस्राएलीहरूले त्यागिएको बालक हुँ। यसको अतिरिक्त, म हालको युगको महा-महिमित सर्वशक्तिमान परमेश्वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र तिनीहरूले मेरो महिमित मुहार देखून्, मेरो आवाज सुनून् र मेरा कामहरू हेरून्। मेरो समग्र इच्छा यही हो; यो नै मेरो योजनाको अन्त र उत्कर्ष हो, अनि हरेक जातिले मेरो आराधना गरोस्, हरेक जिब्रोले मलाई स्वीकार गरोस्, हरेक मानिसले आफ्नो विश्वासलाई ममा राखोस् र हरेक मानिस मेरो अधीनमा रहोस् भन्ने मेरो प्रबन्धको उद्देश्य हो!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी)। “आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र परमेश्वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी नभई हजारौँ वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्ने प्रयास गर्दैनस् भने, के तँ सधैँ परमेश्वरको विरुद्धमा हुनेछैनस् र? परमेश्वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ)।
तिनीहरू सबै छक्क परे, र एकअर्कासँग कानेखुसी गरे। चाँडै नै, एक वृद्ध पाष्टरले मलाई औँल्याउँदै भने, “तपाईंले भर्खरै पढेको कुरा परमेश्वरको वचन हुन सक्दैन। परमेश्वरको वचन कृपालु हुन्छ, तर यो अत्यन्तै कठोर छ। यो परमेश्वरको वचन होइन।” मैले भनेँ, “तपाईंहरू परमेश्वर कृपालु हुनुहुन्छ र मानिसहरूलाई खुलासा गर्न र श्राप दिन कठोर शब्द प्रयोग गर्नुहुन्न भन्ने सोच्नुहुन्छ। के यो विचार तथ्यअनुरूप छ भन्नेमा पक्का हुनुहुन्छ? प्रभु येशूले मानिसहरूलाई झपार्दै धेरै कुरा भन्नुभयो। के तपाईंहरूले बिर्सनुभएको हो? उहाँले यसो भन्दै फरिसीहरूलाई धिक्कार्नुभयो, ‘शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ’ (मत्ती २३:१३)। ‘शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने एक जनालाई आफ्नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ’ (मत्ती २३:१५)। यस्ता वचनहरू धेरै छन्। यसले परमेश्वरको स्वभावमा कृपा र प्रेम मात्रै छैन, प्रताप र क्रोध पनि छ भन्ने प्रमाणित गर्छ। हामीले आफ्नै धारणा र कल्पनाअनुसार परमेश्वरका काम र वचनहरूलाई मापन गर्न मिल्दैन। त्यो परमेश्वरलाई आलोचना गर्ने र सीमामा बाँध्ने गल्ती हुनेछ।” म बोल्दै गएँ: “बाइबलले परमेश्वरको आखिरी दिनहरूको न्यायको कामबारे पनि अगमवाणी गरेको छ: ‘किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ’ (१ पत्रुस ४:१७)। परमेश्वरले आखिरी दिनहरूमा सत्यताहरू व्यक्त गर्दै मानवजातिको न्याय गर्नुहुन्छ, र सबैलाई आफ्नो वर्गअनुसार वर्गीकृत गर्नुहुन्छ, बाख्राबाट भेडालाई, सामाबाट गहुँलाई, र दुष्ट नोकरबाट असल नोकरलाई पुरै अलग गर्नुहुन्छ। यदि परमेश्वर आखिरी दिनहरूमा काम गर्न आउनुभयो र धर्मी न्याय र दण्डाज्ञा नदिई कृपा र प्रेमले मात्रै भरिनुभयो भने, युगको अन्त्य कहिले हुन सक्थ्यो र?” अनि, मैले तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरको वचनको अर्को खण्ड सुनाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धर्मी न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्ने मान्यता राख्दा: परमेश्वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धर्मी इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३))। यो सुनेपछि, तिनीहरूले केही जवाफ दिएनन्। एक छिनपछि, एक वृद्धा पाष्टरले मलाई औँल्याउँदै चेतावनीको शैलीमा भनिन्: “सर्वशक्तिमान् परमेश्वरको मण्डली कहाँको हो, तपाईंलाई थाहा छ? यो चीनको हो, र यसलाई चिनियाँ सरकारले प्रतिबन्ध गरेको छ। त्यस देशको सरकारले नै यसलाई साँचो मार्ग मान्दैन, तैपनि किन तपाईं यसमा विश्वास गर्नुहुन्छ?” जबाफमा, मैले यो प्रश्न गरेँ: “चिनियाँ सरकार के हो? तिनीहरू परमेश्वरका अनुयायी हुन् कि नास्तिक, शैतानी शासक? पाष्टर भएर तपाईंले कसरी शैतानी शासनमा विश्वास गर्न सक्नुहुन्छ? त्यो त मूर्खता हो। तपाईंको तर्कअनुसार त, सरकारले अनुमोदन नगर्ने कुनै पनि कुरा साँचो मार्ग हुन सक्दैन। के त्यो वास्तविकतासँग मिल्छ? जब प्रभु येशू आउनुभयो र काम गर्नुभयो, तब के उहाँले सरकारको दोषारोपण र दमन सहनुभएन र? उहाँलाई कसरी क्रूसमा टाँगियो? के फरिसीहरू रोमी सरकारसँग मिलेकोले गर्दा नै प्रभु येशूलाई क्रूसमा टाँगिएको होइन र? तपाईंको तर्कअनुसार त, सरकारले दमन र निषेध गर्ने कुनै पनि कुरा साँचो मार्ग हुन सक्दैन। त्यसैले तपाईंले प्रभु येशूको कामलाई पनि इन्कार र निन्दा गर्नुपर्दैन र? के त्यो मूर्खता हुँदैन र? बाइबलले भन्छ, ‘सारा संसार दुष्टतामा छ’ (१ यूहन्ना ५:१९)। सम्पूर्ण संसार शैतानको हातमा छ। अधिकारीहरू पनि भ्रष्ट मानव नै हुन्—के तिनीहरूले परमेश्वरलाई चिन्छन्? आजको दिनसम्म, हामीले कुनै पनि देशको नेताले सर्वशक्तिमान् परमेश्वरको काम अनुसन्धान गर्न खोजेको वा मानिसहरूलाई उहाँको आराधना गर्न डोर्याएको देखेका छैनौँ। त्यसले हामीलाई के देखाउँछ? चाहे देश धार्मिक होस् वा नास्तिक, शासकहरू कसैले पनि परमेश्वरलाई चिन्दैनन्। तिनीहरूले कसरी झूटो मार्गहरूबाट साँचो मार्ग छुट्याउन सक्छन् र? तिनीहरूले कुनै पनि हालतमा सक्दैनन्। तिनीहरूको मूल्याङ्कन पुरै शैतानी तर्कमा आधारित हुन्छ, र त्यसमा सत्यता हुँदैन।”
मेरो कुरा राखेपछि, तिनीहरू सबै नाजवाफ भए। केही समय बितेपछि, ती वृद्धा पाष्टरले मतिर औँल्याउँदै क्रोधित भएर भनिन्, “तपाईंले मण्डली छोड्नुभयो र तपाईंको परिवारको कोही बिरामी भए भने, पादरीहरूले प्रार्थना गरिदिनेछैनन्। तिनीहरू निको हुनेछैनन, र मरेपछि तिनीहरूको आत्मा स्वर्ग जानेछैन। त्यसपछि तपाईं के गर्नुहुन्छ?” तिनले मलाई नियन्त्रण गर्न गाउँका पुरानो प्रथा प्रयोग गर्न खोज्दै छिन् भन्ने थाहा थियो। हामी पाष्टरहरूको साह्रै भक्ति गर्थ्यौँ, र तिनीहरूमै भर परी हाम्रो प्रार्थना गरिदिन लाउँथ्यौँ। विश्वासीहरूले पाष्टरहरूलाई निकै आदर गर्थे र सबै कुराको लागि हामी तिनीहरूमै भर पर्थ्यौँ। तर सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेपछि, मैले पादरीवर्गले परमेश्वरको प्रतिनिधित्व गर्न सक्दैनन्, र मानिसहरू स्वर्ग जान्छन्, जाँदैनन् भनेर तिनीहरूले निर्धारण गर्दैनन् भन्ने जानेको थिएँ। त्यसैले मैले भनेँ, “भविष्यमा मेरो परिवारमा केही भयो भने, मलाई तपाईंहरूको प्रार्थना चाहिँदैन।” एक जवान पाष्टरले भने, “कसैले तपाईंलाई अन्त्येष्टि गर्न सघाएनन् भने के गर्नुहुन्छ?” मैले जोडदार रूपमा भनेँ, “यदि मेरो परिवारको कोही मर्यो भने, आफै लास गाड्छु। अन्त्येष्टिको कुनै विधि पुरा गर्नु पर्दैन। बाइबलले भन्छ, ‘अनि उहाँका चेलाहरूमध्ये अर्कोले उहाँलाई भन्यो, प्रभु, पहिले मेरो बुबालाई गाड्न दिनुहोस्। तर येशूले तिनलाई भन्नुभयो, मेरो पछि लाग; र मरेकालाई नै आफ्नो मुर्दा गाड्न देऊ’ (मत्ती ८:२१-२२)। परिवारको सदस्यको मृत्यु र प्रभुको आज्ञाबीचमा, कुनचाहिँ महत्त्वपूर्ण हो? प्रभुले स्पष्ट रूपमै उहाँलाई पछ्याउन र उहाँलाई महान् भनी आराधना गर्न निर्देशन दिनुभएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही हो। किन तपाईंहरू सत्यता खोजी गरेर प्रभुको पुनरागमनलाई स्वागत गर्नुको सट्टा, अर्थहीन प्रथाहरूमा अल्झिनुहुन्छ? मानिसहरूको परिणाम र गन्तव्य परमेश्वरकै हातमा छन्। यी कुराहरूको निर्णय मानिसले गर्न सक्दैन। अनि पाष्टरको प्रार्थनाले मानिसहरू स्वर्ग जान सक्दैनन्—त्यो हास्यास्पद कुरा हो।” म बोल्दै गएँ, “अहिले प्रभु फर्किआउनुभएको छ र धेरै सत्यता व्यक्त गर्नुभएको छ। उहाँले हामीलाई शुद्धीकरण र मुक्ति मिलोस् भनी पाप त्याग्ने मार्ग देखाउनुभएको छ। हामीले सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउँदैनौँ वा उहाँका वचनहरूको न्याय र शुद्धीकरण स्विकार्दैनौँ, बरु धर्मका अर्थहीन प्रथाहरूमा जिउँछौँ भने, के त्यो शुद्ध हुनलाई पर्याप्त हुन्छ?” मैले यसो भनेपछि, तिनीहरूले मसँग तर्क गर्ने शब्द पाएनन्। त्यसपछि अर्का पाष्टरले मुस्कुराउँदै भने, “जेमोङ, तपाईं क्षमतावान् र सोच्ने व्यक्ति हुनुहुन्छ। मण्डलीले तपाईंको मान गर्छ। तपाईंले मण्डलीमै काम गरिरहनुभयो र अरू मानिसहरू ल्याउनुभयो भने, मण्डली दह्रिलो बन्नेछ। मिलेर हामीले परमेश्वरको काम गर्न सक्छौँ—त्यो एकदम राम्रो हुनेछ!”
तिनीहरू अति पाखण्डी व्यवहार गर्दै छन् भन्ने थाहा थियो। तिनीहरू धेरै मान्छे अधीनमा राख्न पाउनुलाई मात्रै महत्त्व दिन्थे, किनभने त्यसरी तिनीहरूले थप दशांश-भेटी पाउँथे। तिनीहरू परमेश्वरको देखापराइप्रति लालायित थिएनन्। मैले तिनीहरूलाई भनेँ, “प्रभुलाई स्वागत गर्नु कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। तपाईंहरूले जे भने पनि, म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन कहिल्यै छोड्नेछैन! तपाईंहरू मण्डली पाष्टरहरू हुनुहुन्छ। तपाईंहरू किन विश्वासीहरूलाई प्रभुलाई स्वागत गर्न अगुवाइ गर्नुहुन्न, बरु यसको विरोध र निन्दा गर्नुहुन्छ? के तपाईंहरूलाई परमेश्वरविरुद्ध जान्छु भन्ने डर लाग्दैन?” त्यसपछि एक जवान पाष्टरले रिसाउँदै मेरो कुरा काटेर भनिन्, “हामीले हाम्रो बगाल रक्षा गर्न यो सब गरिरहेका छौँ। तपाईं सर्वशक्तिमान् परमेश्वरमै विश्वास गर्नुहुन्छ भने, मण्डलीले तपाईंलाई निकाल्नेछ, र हाम्रो भेडा चोर्न आउने तपाईंलाई अनुमति छैन!” उनले त्यसो भनेको सुन्दा मलाई झनै रिस उठ्यो। प्रभु फर्किआउनुभएको छ र उहाँ आफ्ना भेडाहरू खोज्न चाहनुहुन्छ। यी मण्डली अगुवाहरूले विश्वासीहरूलाई साँचो मार्ग अनुसन्धान गर्न डोर्याउने पहल गर्दै परमेश्वरका भेडाहरूलाई उहाँको अघि ल्याउनुपर्ने हो। विश्वासयोग्य सेवकले त त्यसै गर्थ्यो। तर तिनीहरूले त्यसो गरिरहेका थिएनन्। तिनीहरूले आफ्नो हैसियत र जीविकोपार्जन रक्षा गर्न, आफ्नो बगाल जोगाउने बहानामा अरू विश्वासीहरूलाई बहकाउँछन् र छल्छन्, र मानिसहरूलाई आफ्नो पछि लगाउँदै परमेश्वरको कामको विरोध र निन्दा गर्ने बनाउँछन्। तिनीहरू अत्यन्तै ढोङ्गी—र पूर्ण रूपमा दुष्ट सेवकहरू हुन्! यसले सर्वशक्तिमान् परमेश्वरको एक उद्धरण याद दिलायो। “आज पनि धेरै मानिसहरूले त्यस्तै प्रकारका गल्तीहरू गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्वर तुरुन्तै देखा पर्नुहुने घटनाको घोषणा गर्छन्, तैपनि फेरि उही समयमा परमेश्वर देखा पर्नुहुने कुराको निन्दा गर्छन्; तिनीहरूको ‘असम्भव’ विचारले फेरि एकचोटि परमेश्वर देखा पर्नुहुने कुरालाई तिनीहरूको कल्पनाका सीमितताहरूमा बन्द गरी राख्छ। अनि त्यसैले धेरै मानिसहरूलाई मैले परमेश्वरको वचनको कुरा आउँदा जङ्गली र कठोर हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको दोषारोपण र ईश्वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौं, तिमीहरूमा तृष्णाको मनोवृत्ति हुने कुरा त परै जाओस्। तिमीहरूले गर्ने सबै कुरा भनेको अन्धाधुन्ध अध्ययन गर्नु र कुनै चासोबिनै पर्खि बस्नु हो। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्छौ? के तिमीहरूले परमेश्वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौं भन्ने लाग्छ? यदि तँले परमेश्वरको वाणीलाई छुट्ट्याउन सक्दैनस् भने, कुन तरिकामा तँ परमेश्वर देखा पर्नुहुने घटनाको साक्षी बन्न योग्य हुन्छस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)। सर्वशक्तिमान् परमेश्वरका वचनहरू एकदमै स्पष्ट छन्। यी पाष्टरहरूले सत्यता वा परमेश्वरको वचनलाई अलिकति पनि आदरसाथ लिँदैनन्। तिनीहरू परमेश्वरले आखिरी दिनहरूमा खुलासा गर्नुभएका ख्रीष्टविरोधी, दुष्ट नोकरहरू हुन्। तिनीहरूसँग परमेश्वरको देखापराइबारे गवाही दिने अधिकार छैन। अन्तिममा, सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वास कति दह्रिलो छ भन्ने देखेपछि, तिनीहरू मलाई छोड्न बाध्य भए।
तिनीहरूले विश्वासीहमाझ धारणा र अफवाहहरू फैलाए। तिनीहरूले उनीहरूलाई सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूसँग भेटघाट गर्न दिएनन्, र बहकाएर उहाँको विरोध गर्न लगाए। तिनीहरूले हरेक व्यक्तिलाई सर्वशक्तिमान् परमेश्वरलाई पछ्याए मण्डलीबाट निकाल्छौँ भन्दै चेतावनी दिए। यो छल र बाधाको कारण कैयौँ मानिसहरूले सर्वशक्तिमान् परमेश्वरको कामको अनुसन्धान गर्ने आँट गरेनन्। पादरीवर्ग परमेश्वरको कामविरुद्ध यति जोडतोडसाथ लागेको देख्दा मलाई रिस उठ्यो, र म तिनीहरूसँग तर्क गर्न चाहन्थेँ। तर मेरा प्रयासहरू व्यर्थ हुनेछन् भन्ने थाहा थियो। मैले परमेश्वरलाई प्रार्थना गरेँ र मैले के गर्ने भनेर थाहा पाउन उहाँसित अन्तर्दृष्टि मागेँ। पछि, एक सिस्टरले मलाई यसो भन्दै सङ्गति दिइन्, “विगतमा फरिसीहरूले प्रभु येशू मसीह हुनुहुन्छ भनी प्रमाणित गर्न उहाँलाई क्रूसबाट ओर्लनुहोस् भनी भने, तर उहाँले त्यसो गर्नुभएन। उहाँले तिनीहरूलाई देखाउन त्यो प्रमाणित नगर्नुभएको भए पनि, के उहाँको सुसमाचार सारा संसारभरि फैलिएन र? सबै कुरामा परमेश्वरले शासन र बन्दोबस्त गर्नुहुन्छ। हामीले असल-खराब चिन्न सकौँ भनेर उहाँले यी ख्रीष्टविरोधीका कार्यहरू प्रयोग गर्नुहुन्छ। तिनीहरूमार्फत, हामीले शैतानले कसरी मान्छे बहकाउँछ र परमेश्वरविरुद्ध लड्छ भन्ने देख्छौँ। हामी शैतानको दुष्टता र निर्लज्जता देख्छौँ, त्यसलाई घृणा गर्छौँ, र धर्मका ती पादरीवर्गलाई इन्कार गर्छौँ। त्यो परमेश्वरको बुद्धि हो।” उनको सङ्गति सुनेपछि मेरो हृदय उज्यालो भयो, र पादरीवर्गको कारण म पछि हट्न छोडेँ। पाष्टरहरूले मण्डलीको ढोका कडाइसाथ बन्द गरेकाले, हामी सुरुमा अरू ठाउँमा सुसमाचार सुनाउन गयौँ। चाँडै नै, धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम अनुसन्धान गरी स्विकारे।
त्यसपछि मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूका थप केही खण्ड पढेँ। ती खण्डहरूले मलाई परमेश्वरको विरोध गर्ने पाष्टरहरूको सारबारे थप स्पष्टता दिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसअतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास त गरे, तर जीवनको सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भनी कसरी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा पाएनन्, र येशूले बोल्नुभएको सत्यताको मार्गलाई चिनेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा कहिल्यै नरहेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै अल्झिबस्ने तर मसीहको सारलाई हरसम्भव साधनहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र तिनीहरूले सत्यताको पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास उपहासपूर्ण र हास्यास्पद छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ)। “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्वरको विरोध गर्छन्। परमेश्वरमा विश्वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी ती अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्)। म पाष्टरहरूलाई साँच्चै आदर गर्ने गर्थेँ। तिनीहरूले धेरै वर्ष प्रभुको लागि काम गरेका र बाइबल राम्ररी जानेका थिए। तिनीहरू अरूप्रति निकै प्रेमिलो देखिन्थे। तिनीहरूले आफ्ना प्रवचनहरूमा, विश्वासीहरूलाई जागा रहनू र प्रभुको पुनरागमन धैर्यसाथ कुर्नू भन्थे, ताकि तिनीहरू प्रभुको पुनरागमन कुर्ने साँचो विश्वासीहरू हुन सकून्। तर सर्वशक्तिमान् परमेश्वरका वचनहरूको प्रकाश र तथ्यहरूले देखाएको कुराले त्यो मेरो विचारलाई हटायो। तिनीहरू भक्त देखिन्थे, तर जब तिनीहरूले प्रभुको पुनरागमनको खबर सुने, तिनीहरूको परमेश्वरविरोधी, र परमेश्वरलाई घृणा गर्ने रूप देखियो। मैले तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरको कामको गवाही दिँदा, तिनीहरू अत्यन्तै अहङ्कारी भए, र जिद्दी भई बाइबलको शाब्दिक अर्थमै अल्झिरहे। सर्वशक्तिमान् परमेश्वरका वचनहरू जति नै अख्तियारपूर्ण र शक्तिशाली भए पनि, तिनीहरूले यसलाई ग्रहण गरेनन्, बरु विरोध र निन्दा गरिरहे। विश्वासीहरूलाई सर्वशक्तिमान् परमेश्वरको कामको अनुसन्धान गर्नबाट रोक्न तिनीहरूले धम्कीको सहारा लिए। तिनीहरूले आफ्नै हैसियत र जीविकोपार्जनको खातिर मानिसहरूलाई साँचो मार्ग अनुसन्धान गर्नबाट रोक्ने युक्ति रचे। यदि सबैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरे भने, कसैले पनि दशांश-भेटी दिँदैनन्, र आफ्नो पद गुम्ला भन्ने तिनीहरूलाई डर थियो। तिनीहरूले गर्ने हरेक कुरा २,००० वर्षपहिले फरिसीहरूले प्रभु येशूविरुद्ध गरेको जस्तै थियो, जुन परमेश्वरद्वारा निन्दित र श्रापित थियो। प्रभु येशूले तिनीहरूलाई यसो भन्दै भर्त्सना गर्नुभयो: “शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)। “शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने एक जनालाई आफ्नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ” (मत्ती २३:१५)।
तिनीहरूसँग आमनेसामने भएको विवादमा, सर्वशक्तिमान् परमेश्वरले मलाई शक्ति दिनुभयो, र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर मैले सिकेको थोरै सत्यताको कारण यस्तो परिणाम आएको थियो। यो साँच्चै नै मेरो जीवनको विशेष अनुभव थियो। यदि मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास नगरेको र उहाँको वचन नपढेको भए, म पनि अरू विश्वासीहरूजस्तै परमेश्वरमा विश्वास गर्ने तर मान्छेलाई पुज्ने र पछ्याउने हुन्थेँ। ती ढोङ्गी फरिसी र ख्रीष्टविरोधीहरूलाई मैले कुनै पनि हालतमा चिन्ने थिइनँ। मैले पादरीवर्गको उपासना गरेको कारण म गलत मार्गमा पर्ने थिएँ, र परमेश्वरले मलाई हटाउनुहुने थियो। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।