मेरा उच्च अपेक्षाहरूले मेरो छोरालाई हानि गर्यो
जब म सानी थिएँ, घरमा पाँच जना सन्तान थियौँ, र म जेठी थिएँ। मेरो बुबा धेरै वर्षसम्म घर छोडेर काम गर्नुभयो, र घरको सारा काम आमाको काँधमा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
म एउटा बौद्धिक परिवारमा जन्मेकी थिएँ। मेरा आमाबुबाले मलाई सधैँ “किताबको अघि सबै कुरा फिका हुन्छ,” “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” अनि “अरूभन्दा असल बन र पुर्खाको नाम राख” भनेर सिकाउनुहुन्थ्यो। मैले यी सोच र विचारहरूलाई आफ्नो हृदयमा स्वीकार गरेँ, र सधैँ ती लक्ष्यहरूतर्फ अघि बढ्न कडा परिश्रम गरेँ। म ज्ञान हासिल गरेर आफ्नो नियति बदल्न चाहन्थेँ, र कलेजमा पढ्न पाएँ भने सम्मानजनक जागिर पाउँछु भन्ने ठान्थेँ। म कुनै कठिन शारीरिक परिश्रम नगरी कार्यालयमा बस्न सक्ने थिएँ, अनि मानिसहरूले मलाई उच्च नजरले हेर्नेथिए। तर, मैले चाहेजस्तो भएन, र मैले कलेजमा पढ्न पाइनँ। पछि, म सिमेन्ट उत्पादन गर्ने कारखानाको कामदार बनेँ। मेरो बिहेपछि, म एक सामान्य कामदार भएकाले मेरी सासूले मलाई हेलाँ गर्नुहुन्थ्यो, र अक्सर मलाई गाह्रो पार्नुहुन्थ्यो। उहाँ मलाई एउटा घटिया कामदारबाहेक केही होइन भन्नुहुन्थ्यो। मेरी सासूले यस्ता गिज्याउने र अपमानजनक कुराहरू भन्दा मैले जवाफमा एक शब्द पनि बोल्ने आँट गर्दिनथेँ, र मलाई धेरै दुःख लाग्थ्यो। मैले आफ्नो बच्चा हुर्काउँदै शैक्षिक विषयहरू पढ्ने निर्णय गरेँ, ताकि कलेजमा पढ्न पाएपछि म अधिकृत बन्न सकूँ र मेरी सासूले मलाई फेरि कहिल्यै हेलाँ गर्न नसकून्।
सन् १९८६ मा, मैले आशा गरेजस्तै अन्ततः कलेजको प्रवेश परीक्षा दिएँ र एसोसिएट डिग्री हासिल गरेँ। डिग्री लिएपछि, म कारखानामा फर्किएँ र मलाई त्यहाँ क्याडरको पदमा बढुवा गरियो। पछि, मलाई दाना बनाउने सहायक कारखानाको निर्देशकमा बढुवा गरियो। मेरा सहपाठी र सहकर्मीहरू सबैले मेरो धेरै तारिफ गर्थे, मलाई एक शक्तिशाली महिला भन्थे, र मेरा सबै आफन्त र साथीभाइले मेरो प्रशंसा गर्थे। मलाई चिन्ने सबैले बाटोमा भेट्दा न्यानो अभिवादन गर्थे। मेरी सासूको व्यवहार पनि पहिलेभन्दा बद्लियो, र मसँग कुरा गर्दा उहाँको अनुहारमा सधैँ मुस्कान हुन्थ्यो। उहाँ छिमेकीहरूसँग मेरो क्षमताको बारेमा बडाइँसमेत गर्नुहुन्थ्यो। मैले अन्ततः शिर ठाडो पार्न सकेँ। मैले सुस्केरा हाल्दै मनमनै भनेँ, “हैसियत हुनु र नहुनुमा कत्ति धेरै फरक हुँदो रहेछ!” अरूको प्रशंसामा रमाउँदै गर्दा, मलाई आफ्नो एउटा जिम्मेवारी अझै बाँकी छ भन्ने महसुस भयो: मैले मेरो छोरालाई राम्ररी संवर्धन गर्नुपर्छ, ताकि उसले पनि मजस्तै धेरै ज्ञान हासिल गरोस् र कलेजमा पढ्न पाओस्। अनि, भविष्यमा उसले मलाई उछिनोस्, सरकारी ओहदाको करियर बनाउन सकोस्, शक्ति र हैसियत प्राप्त गरोस्, अरूभन्दा उत्कृष्ट बनोस्, र हाम्रा पुर्खाहरूको सम्मान बढाओस्। तब, उसको आमाको रूपमा, म पनि उसको सफलताको चमकमा रमाउन सक्छु। त्यसैले जब मेरो छोरा माध्यमिक विद्यालयमा पुग्यो, मैले आफ्नो चिनजान प्रयोग गरेर उसलाई सबैभन्दा राम्रो स्थानीय विद्यालयमा हाल्दिएँ, उसलाई अक्सर मेहनत गरेर पढ्न भन्थेँ, र कलेज पढेपछि मात्र राम्रो जागिर र उज्ज्वल भविष्य पाउन सकिन्छ भनेर सिकाउँथेँ। मेरो छोराले मलाई निराश पारेन, र उसको शैक्षिक प्रदर्शन सधैँ कक्षाको शीर्ष छ जनामा पर्थ्यो। उसको कक्षा शिक्षकले मलाई भन्नुभयो, “तपाईंले आफ्नो छोरालाई राम्ररी संवर्धन गर्नुपर्छ। ऊ धेरै चलाख छ, र उसमा सिङ्घुवा वा पेकिङ विश्वविद्यालयमा पढ्न सक्ने क्षमता छ।” शिक्षकले यसो भनेको सुनेपछि, म एकदमै खुसी भएँ, र सोचेँ, “मेरो छोरा चलाख छ, र उसका लागि शीर्ष विश्वविद्यालयमा पढ्न पाउनु कुनै समस्या हुनेछैन। भविष्यमा राम्रो जागिर पाउनु त उसका लागि बायाँ हातको खेल हुनेछ।” मेरो सफल करियर थियो र मेरो छोराले विद्यालयमा धेरै राम्रो गरिरहेको थियो। यसले मलाई भविष्यप्रति आशाले भरिदियो। तर, त्यसपछि जे भयो त्यो एकदमै अप्रत्याशित थियो।
सन् १९९५ को छ महिना पछिबाट, मैले ठेक्कामा लिएको दाना बनाउने सहायक-कारखाना नाफाबाट घाटामा जान थाल्यो। म यस विषयमा अत्यन्तै चिन्तित थिएँ। मलाई क्षयरोगले गम्भीर बिरामी पनि बनायो, र म यति कमजोर भएँ कि काममा जान सकिनँ, त्यसैले मैले समयभन्दा पहिल्यै ठेक्का रद्द गरेँ, र कारखानाले मलाई तलब दिएन। त्यसबेला, मेरा श्रीमान् धेरै वर्षदेखि बेरोजगार हुनुहुन्थ्यो र उहाँले कहिल्यै कुनै उपयुक्त काम पाउन सक्नुभएको थिएन। एउटा अपार्टमेन्ट किनेपछि, हाम्रो बाँकी रहेको बचत पनि लगभग सकिएको थियो। मेरो छोरा हाइस्कुल जान लागेको थियो, जुन महँगो थियो। आम्दानीको स्रोतविना, हामीले उसको पढाइमा कसरी सहयोग गरिरहन सक्थ्यौँ र? पछि, मेरा श्रीमानले अब सँगै सडकमा पसल थालेर सामान बेचौँ भन्नुभयो। मलाई धेरै पीडा भयो र सोचेँ, “म, एक सम्मानित कारखाना निर्देशक, सडकमा सामान बेच्नुपर्ने अवस्थामा पुगेँ। यदि कारखानाका मेरा सहकर्मी वा मलाई चिन्ने मानिसहरूले यो देखे भने, मेरो त पूरै इज्जत जानेछ!” तर, फेरि मैले सोचेँ, “अहिले मेरो इज्जत जान सक्छ, तर जब मेरो छोरा विश्वविद्यालय पढिसक्छ र सफल हुन्छ, उसले मलाई प्रतिष्ठा दिलाउनेछ। मेरो छोराको विश्वविद्यालय शिक्षाका लागि पैसा बचत गर्न, मेरो केही इज्जत जानु र अलिकति दुःख भोग्नु सार्थक छ।”
अप्रिल १९९८ मा, मैले सौभाग्यले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले परमेश्वरका वचनबाट के बुझेँ भने परमेश्वरको कामको यो चरण मानवजातिलाई मुक्ति दिने उहाँको अन्तिम काम हो, र यदि मानिसहरू परमेश्वरमा विश्वास गर्दैनन् र उहाँको मुक्ति स्विकार्दैनन् भने, उनीहरूले जतिसुकै ज्ञान हासिल गरे पनि वा उनीहरूको डिग्री वा हैसियत जतिसुकै उच्च भए पनि, उनीहरू अन्ततः नाश हुनेछन्। तर आफ्नो नियति बदल्न ज्ञानलाई पछ्याउने सोच र विचारहरू मभित्र धेरै गहिरोसँग गडेर बसेका थिए, र मैले अझै पनि मेरो छोराले अरूभन्दा असल बनेर पुर्खाको नाम राख्नेछ भन्ने आशा गरेकी थिएँ। एकाएक, मेरो छोराले हाइस्कुलको पहिलो वर्षमा हुँदा पढाइ छाडेर सेनामा भर्ती हुन चाह्यो। म छक्क परेँ, र सोचेँ, “सिपाही हुनु एउटा कठिन काम हो। त्यसमा भविष्यमा विकास हुने सम्भावना के छ र? विश्वविद्यालयमा पढेर उच्च डिग्री हासिल गरेपछि मात्र राम्रो जागिर पाउन सकिन्छ। तब मात्र माथिल्लो, राम्रो तलब भएको आधिकारिक पद प्राप्त गर्ने र उच्च ओहदाको व्यक्ति बन्ने अवसर मिल्छ।” मैले मेरो छोरालाई उसले चाहेको कुरा कदापि गर्न दिन सक्दिनथेँ। त्यसकारण, मैले उसलाई बिस्तारै सम्झाउने कोसिस गर्दै भनेँ, “बाबु, तिमी साँच्चै चलाख छौ। शिक्षकहरूले सबैले तिमी सिङ्घुवा वा पेकिङ विश्वविद्यालयका लागि राम्रो उम्मेदवार हौ भनेका छन्। विश्वविद्यालय प्रवेश परीक्षाका लागि अब दुई वर्ष मात्र बाँकी छ। यदि अहिले स्कुल छोडेर सेनामा भर्ती भयौ भने, तिमी जीवनभर पछुताउनेछौ। सिपाहीहरू सेनाबाट अवकाश पाएपछि, उनीहरूलाई जुनसुकै काममा खटाए पनि सधैँ कामदारको रूपमा वर्गीकरण गरिन्छ, र विकासको कुनै सम्भावना हुँदैन। विश्वविद्यालयको डिग्री भएपछि मात्र राम्रो जागिर पाउन सकिन्छ। कम्तीमा पनि, तिमीले डेस्कमा बसेर गर्ने जागिर, केही आधिकारिक, स्थापित पद पाउनेछौ। यदि तिमीले कडा परिश्रम गर्यौ भने, तिमीले पदोन्नतिका धेरै अवसरहरू पाउनेछौ। सफल करियर र हैसियत भएपछि मात्र तिमी यो समाजमा आफ्नो खुट्टा जमाउन सक्छौ। आजकाल, समाजमा प्रतिस्पर्धा यति कडा छ, र ज्ञान र डिग्रीविना, तिमी तल्लो दर्जाको मानिस हुनेछौ। म तिम्रो भविष्यका लागि नै यी सबै कुरा भन्दै छु।” बारम्बार सम्झाएपछि, ऊ मन नलागी-नलागी भए पनि विद्यालय गइरह्यो। एक बिहान, मेरा श्रीमानले हाम्रो छोरा घरमा अलमल गरिरहेको, विद्यालय जान नमानिरहेको देख्नुभयो, त्यसैले उहाँले उसलाई पिट्नुभयो। मेरो छोरा तत्काल घर छोडेर हिँड्यो र हामीले उसलाई राति अबेर मात्र भेट्टायौँ। मलाई थाहा थियो मेरो बच्चा पढ्न चाहँदैन र सेनामा भर्ती हुन चाहन्छ, तर मैले उसलाई त्यसो गर्न दिन सकिनँ। मैले उसलाई सम्झाउन सक्दो कोसिस गरेँ, र उसले बल्ल, मन नलागी-नलागी भए पनि, विद्यालय जान स्वीकार गर्यो। त्यसबेला, मेरो छोरा हरेक दिन निराश देखिन्थ्यो र हामीसँग बोल्न चाहँदैनथ्यो, तर मैले सोचेँ, “तिमीले यसलाई अहिले बुझ्न सक कि नसक, भविष्यमा जब तिमी प्रसिद्ध र सफल हुनेछौ, तब तिमीले हाम्रो यो श्रमसाध्य अभिप्राय बुझ्नेछौ।” पछि, ऊ साँच्चै विश्वविद्यालयमा भर्ना भयो, र म धेरै खुसी भएँ। मेरा वर्षौंको आशाले अन्ततः फल दिएको थियो। म खुसी त थिएँ, तर विश्वविद्यालय पढाउने खर्चको बारेमा पनि चिन्तित थिएँ। हाम्रो परिवारसँग उसलाई विश्वविद्यालय पढाउन थप पैसा थिएन, त्यसैले मैले आफ्नो छोराको शिक्षण शुल्क तिर्न आधा जीवन कडा परिश्रम गरेर किनेको अपार्टमेन्ट बेचिदिएँ, र बस्नका लागि रङरोगन नगरिएको एउटा अपार्टमेन्ट भाडामा लिएँ। मेरो छोराले पढाइ सक्न लाग्दा, मैले बैंकमा उसको जागिर पक्का गर्न कसैलाई १०,००० युआन तिरेँ। मैले मेरो छोराको भविष्यका लागि सबै तयारी गरेकी थिएँ, र केवल उसले डिग्री लिएर बैंकमा काम थाल्ने क्षण पर्खिरहेकी थिएँ। तर, अर्को अप्रत्याशित घटना घट्यो।
एक दिन, मेरो छोराले अन्तिम वर्षमा विश्वविद्यालय छाडिदिएको बतायो। उसले आफ्नो शिक्षण शुल्क तिरेको थिएन, त्यसैले उसले डिग्री पाउन सकेन। यो खबर सुनेर, मैले आफ्नै कानलाई विश्वास गर्न सकिनँ। के मैले गलत सुनेकी हो? तर, जब मैले मेरो छोराको शान्त भाव देखेँ, तब मलाई यो साँचो हो भन्ने थाहा भयो, र मैले रुवाइ रोक्न सकिनँ। मैले रुँदै मेरो छोरालाई गुनासो गरेँ र गाली गरेँ। म यति रिसाएँ कि मेरो सारा शरीर कमजोर भयो। मैले सोचेँ, “मैले वर्षौंदेखि उसलाई विश्वविद्यालय पठाउने अवस्था निर्माण गर्न यति मेहनत गरेकी छु। मैले त केवल ऊ सफल होस् र उसको आमाको रूपमा मलाई सम्मान दिलाओस् भन्ने आशा गरेकी थिएँ। उसले यस्तो गर्यो भनेर म पत्याउनै सक्दिनँ। अबदेखि मैले मानिसहरूलाई कसरी मुख देखाउने?” त्यसबेला, मलाई साँच्चै नाङ्गो तार समातेर यो सब अन्त्य गर्न मन लाग्यो। त्यस अवधिमा, म न खान सक्थेँ, न सुत्न नै। मेरो दिमाग मेरो बच्चाको भविष्यको चिन्ताले भरिएको थियो। “भविष्यमा के गर्ने?” मैले सोचेँ। “मैले उसको पढाइलाई सहयोग गर्न अपार्टमेन्ट बेचिदिएँ, र अब हामीसँग बस्ने स्थिर ठाउँ पनि छैन। आधा जीवनको कडा परिश्रम बर्बाद भयो!” जब मेरो पीडा चरममा पुग्यो, मैले परमेश्वरलाई मेरो पीडाबाट मलाई बाहिर निकाल्नुहोस् भनेर प्रार्थना गरेँ।
खोजीको क्रममा, मैले परमेश्वरका वचनहरूको एउटा भजन सुनेँ: “मानिसको भाग्य परमेश्वरको हातद्वारा नियन्त्रित हुन्छ”: “मानिसको भाग्य परमेश्वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै नियति नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र? सङ्क्षेपमा, परमेश्वरले जसरी काम गर्नुभए तापनि, उहाँको सबै काम मानिसका खातिर हो। यो त स्वर्ग र पृथ्वी अनि यावत् थोकलाई परमेश्वरले मानिसको सेवा गर्नकै निम्ति सृष्टि गर्नुभए जस्तै हो: परमेश्वरले मानिसका लागि चन्द्र, सूर्य अनि ताराहरू बनाउनुभयो, उहाँले मानिसका लागि जनावरहरू र वनस्पतिहरू बनाउनुभयो, उहाँले मानिसका लागि वसन्त, ग्रीष्म, शरद तथा शिशिर ऋतु इत्यादि बनाउनुभयो—यी सबै मानिसको अस्तित्वका खातिर नै बनाइएका थिए। त्यसैले परमेश्वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसका दैहिक आशाहरूबाट वञ्चित गर्नुभयो भने पनि, यो अझैँ पनि मानिसलाई शुद्धीकरण गर्नका निम्ति हो, र मानिसको शुद्धीकरण मानिसको अस्तित्वका खातिर गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। मैले यो भजन बारम्बार सुनेँ। परमेश्वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने हरेक व्यक्तिको नियतिमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँले नै यो नियोजन गर्नुभएको छ। चाहे जतिसुकै कडा प्रयास गरियोस् वा जति धेरै सङ्घर्ष गरियोस्, आफ्नो भविष्य वा नियति बदल्न सकिन्न; झन् अरूको नियति बदल्न सक्ने त कुरै भएन। मैले आफ्नो जीवनको पहिलो आधा भागलाई फर्केर हेरेँ। मैले धेरै ज्ञान हासिल गरेर आफ्नो नियति बदल्न चाहेकी थिएँ, तर पछि, कारखानाले घाटा बेहोर्यो र म बिरामी परेँ। मसँग राजीनामा दिनुबाहेक कुनै विकल्प थिएन। यो सबै साँच्चै मेरो हातमा थिएन। मैले मेरो छोरालाई ऊ सानो छँदादेखि नै वचन र कर्मद्वारा सिकाएकी थिएँ, यो आशामा कि उसले मैले चाहेजस्तै विश्वविद्यालय जाओस् र अधिकारी बनोस्। यो हुनका लागि मैले आधा जीवन रगत, पसिना र आँसु बगाउँदै सङ्घर्ष र बलिदान गरेँ, तर उसले मैले चाहेजस्तो गरेन, र अन्तमा उसले कहिल्यै विश्वविद्यालयको डिग्री पाएन। यी तथ्यहरूले मलाई के महसुस गराए भने मेरो छोराको राम्रो भविष्य र नियति छ कि छैन भन्ने कुरा मेरो नियन्त्रणमा छैन। चाहे मैले जतिसुकै सङ्घर्ष गरौँ वा जतिसुकै बलिदान दिऊँ, यो सबै व्यर्थ छ। यसको कारण के हो भने, म केवल एउटा सानो सृजित प्राणी हुँ, अनि परमेश्वर मेरो र मेरो छोराको नियतिमाथि सार्वभौम हुनुहुन्छ र उहाँले त्यसलाई नियोजन गर्नुभएको छ। म आफ्नै नियति त नियन्त्रण गर्न सक्दिनँ, तैपनि मैले मेरो छोराको भविष्य र नियति नियन्त्रण गर्न चाहेँ। म कति अज्ञानी र अहङ्कारी थिएँ! म यति धेरै पीडामा हुनुको कारण मैले परमेश्वरको सार्वभौमिकता बारे अलिकति पनि नबुझ्नु, र त्यसमा समर्पित हुन नसक्नु थियो। जब मैले यो बुझेँ, तब म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन र मेरो छोराको बारेमा गुनासो गर्न छोड्न तयार भएँ। यदि उसले साधारण जीवन जिउँछ भने, त्यो पनि परमेश्वरको सार्वभौमिकता र नियोजनका कारणले हो, र मैले उसलाई परमेश्वरमा सुम्पेर प्रकृतिलाई आफ्नै बाटो लिन दिनुपर्छ।
त्यसपछि मैले सोचिरहेँ: मेरो छोराले डिग्री नपाउँदा म किन यति धेरै पीडामा थिएँ? मैले ज्ञान र डिग्रीलाई यति धेरै महत्त्व किन दिएँ? यसको मूल कारण के थियो? मैले परमेश्वरका वचनहरू पढेँ: “कतिपय मानिसहरू ज्ञान भनेको यस संसारको अमूल्य कुरा हो, र तिनीहरूसँग जति धेरै ज्ञान छ, तिनीहरूको हैसियत त्यति नै ठूलो हुन्छ र तिनीहरू त्यति नै उच्चवर्गीय, त्यति नै कुलीन र सुसंस्कारी हुन्छन्, त्यसैले ज्ञान नभई नहुने कुरा हो भन्ठान्छन्। कतिपय मानिसहरू सोच्छन्, ‘यदि तिमीले आफ्नो पढाइमा राम्रो गर्यौ र प्रचुर ज्ञान प्राप्त गर्यौ भने तिमीसँग त्यो सबै हुनेछ। तिमीसँग हैसियत, पैसा, राम्रो जागिर र राम्रो भविष्य हुनेछ; तिमीले यस संसारमा ज्ञान चाहिँ राख्नुपर्छ। यदि तिमीसँग ज्ञान छैन भने, तिमीलाई सबैले हेयको दृष्टिले हेर्छन्। तिमीलाई भेदभाव गरिनेछ, र कोही पनि तिमीसँग सङ्गत गर्न इच्छुक हुनेछैन; ज्ञानविनाका मानिसहरू समाजको सबैभन्दा तल्ला तप्कामा मात्र जिउन सक्छन्।’ त्यसकारण, तिनीहरू ज्ञानलाई साँच्चिकै आराधना गर्छन्, त्यसलाई उच्च मूल्य दिन्छन् र अत्यन्तै महत्त्वपूर्ण ठान्छन्—सत्यताभन्दा पनि महत्त्वपूर्ण ठान्छन्। … तिनीहरूले त्यसलाई जसरी हेरे पनि, यो मानव सोच र दृष्टिकोणको एउटा पक्ष हो। एउटा प्राचीन भनाइ छ: ‘दश हजार पुस्तक पढ, दश हजार माइल यात्रा गर।’ यसको अर्थ के हो? यसको अर्थ यो हो कि तैँले जति धेरै पढ्छस्, तँ त्यति नै ज्ञानी र समृद्ध हुनेछस्, र तँ जुनसुकै मानिसहरूका समूहमा भए पनि, तँलाई उच्च सम्मान गरिनेछ, र तँसँग हैसियत हुनेछ। सबैले आफ्ना हृदयमा यस्ता प्रकारका विचार र दृष्टिकोणहरू बोकेका हुन्छन्। यदि कसैको परिवारसँग स्रोतसाधन नभएकोले ऊ कलेज जान र डिप्लोमा लिन असमर्थ भयो भने, यो उसका लागि जीवनभरको पछुतो हुनेछ, त्यसैले उसले आफ्ना सन्तानहरूले धेरै अध्ययन गरून्, विश्वविद्यालयमा पढून् र उच्च डिग्रीहरू हासिल गरून्, वा विदेशमा थप अध्ययन समेत गरून् भनी सुनिश्चित गर्ने सोच बनाउनेछ। ज्ञानका सम्बन्धमा सबैसँग हुने विचार र दृष्टिकोण यही हो; सबैले ज्ञान प्राप्त गर्ने अभिलाषा राख्छन्। त्यसकारण, धेरै आमाबुबाहरू आफ्ना छोराछोरीहरूलाई शिक्षित बनाउन र तिनीहरूको अध्ययनका लागि पैसा तिर्न कुनै मेहनत वा खर्च बाँकी राख्दैनन्—यहाँसम्म कि परिवारलाई टाट पल्टाउने हदसम्म जान्छन्। अनि कतिपय आमाबुबाहरू आफ्ना छोराछोरीहरूलाई अनुशासनमा राख्न कुन हदसम्म जान्छन्? तिनीहरूलाई रातमा तीन घण्टा मात्र सुत्न अनुमति दिने, तिनीहरूलाई निरन्तर सिक्न र अध्ययन गर्न बाध्य पार्ने, वा तिनीहरूलाई प्राचीन मानिसहरूको अनुकरण गर्न र टुप्पी कस्न लगाउने, तिनीहरूलाई पटक्कै सुत्नै नदिने समेत गर्छन्। यस्ता कथाहरू, यी दुःखद घटनाहरू प्राचीन समयदेखि हालसम्म सधैँ भइरहेकै छन्, र ती कुरा मानवजातिले ज्ञानको तृष्णा र पूजा गर्नुका परिणाम हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग)। परमेश्वरका वचनहरूले मेरो हृदय छोए। म “किताबको अघि सबै कुरा फिका हुन्छ,” “दश हजार पुस्तक पढ, दश हजार माइल यात्रा गर,” र “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ,” जस्ता शैतानी सोच र विचारहरूले बाँधिएकी थिएँ, र विशेष गरी ज्ञानको पूजा गर्थेँ। म के विश्वास गर्थेँ भने ज्ञानले उज्ज्वल भविष्यतर्फ डोऱ्याउँछ, जहाँ तिमी एक उच्च दर्जाको व्यक्ति बन्न सक्छौ र अरूद्वारा प्रशंसा पाउन सक्छौ; तब मात्र जीवन मूल्यवान् हुन्छ। म के विश्वास गर्थेँ भने ज्ञान वा डिग्री छैन भने, कडा श्रम गर्नुपर्छ र तल्लो दर्जाको जीवन जिउनुपर्छ, अरूद्वारा हेपिनुपर्छ, र आफ्नो सारा जीवन समाजको तल्लो तहमा रहनुपर्छ, कहिल्यै अगाडि बढ्न सकिन्न। म के विश्वास गर्थेँ भने ज्ञान भए सबै कुरा पाउन सकिन्छ, त्यसैले मैले बिहे गरेर बच्चा पाएपछि पनि ज्ञान हासिल गर्ने प्रयास छोडिनँ। जब म कलेजको डिग्री लिएर कारखानामा फर्किएँ, म तुरुन्तै अधिकृत बनेँ, र त्यसपछि मलाई महत्त्वपूर्ण भूमिकाहरू सुम्पेर चरण-चरणमा पदोन्नति गरियो। धेरै समय नबित्दै, हाम्रो तीन जनाको परिवार एउटा फराकिलो अपार्टमेन्टमा सर्यो, र मलाई देख्ने सबैले ईर्ष्याले हेर्थे र मलाई सक्रिय रूपमा अभिवादन गर्थे; कारखानामा काम गर्ने कर्मचारीहरू सबैले मेरो धेरै सम्मान गर्थे। मैले चाहेको ख्याति र प्राप्ति हासिल गरेँ, र यो सबै मेरो कडा अध्ययनबाट हासिल गरेको ज्ञान र प्राप्त गरेको डिग्रीले गर्दा भएको हो भन्ने ठान्थेँ। त्यसकारण, म ज्ञानले नियति बदल्न सक्छ भन्ने कुरामा अझ बढी विश्वस्त भएँ, र मैले मेरो छोराले उच्च डिग्री पाउनेछ र भविष्यमा सफल र प्रसिद्ध हुनेछ भन्ने आशा गरेँ, ताकि म उसको सफलताको चमकमा रमाउन सकूँ। जब मेरो छोराले मलाई सेनामा भर्ती हुन चाहेको बतायो, मैले उसको मनमा साँच्चै के कुरा खेलेको छ भनेर सोधिनँ। बरु, मैले के मात्रै विश्वास गरेँ भने सेनामा भर्ती भएपछि उसका लागि भविष्यको कुनै सम्भावना हुनेछैन, त्यसैले मैले उसलाई विश्वविद्यालय जान बाध्य पारेँ। मेरो छोराले विश्वविद्यालयमा पढ्न पाओस् भनेर मैले आफ्नो आधा जीवन काम गरेर किनेको अपार्टमेन्ट बेचिदिएँ। जब मैले मेरो छोराले अन्तिम वर्षको शिक्षण शुल्क तिरेन र उसले विश्वविद्यालयको डिग्री पाउनेछैन थाहा पाएँ, मेरा आशाहरू पूर्ण रूपमा चकनाचुर भए, र म पूर्ण निराशामा डुबेँ। मलाई त यो सब अन्त्य गरिदिउँ जस्तो मात्र लाग्यो। मलाई ख्याति र प्राप्तिले साँच्चै दृष्टिविहीन बनाएको रहेछ! वास्तवमा, सबैको नियति परमेश्वरको हातमा हुन्छ, र केवल ज्ञान हासिल गरेर बदल्न सकिँदैन। मैले मेरो छिमेकी, सेक्सन प्रमुख वाङको बारेमा सोचेँ, जसको शिक्षा थोरै छ तर अहिले उनी कर्मचारी ब्यूरोमा सेक्सन प्रमुख छन्; अर्कोतर्फ, मेरी एक महिला सहपाठी पेकिङ विश्वविद्यालयमा भर्ना भएकी थिइन् तर स्नातक गरेपछि धेरै वर्षसम्म उपयुक्त जागिर पाउन सकिनन्। आजकाल, जताततै जागिर नभएका विश्वविद्यालय स्नातक उतीर्णहरू छन्, र धेरै स्नातकोत्तर उतीर्णहरूले समेत औपचारिक जागिर पाउन सक्दैनन्। “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ” भन्ने विचार गलत छ भन्ने प्रस्ट छ, र यो पूर्ण रूपमा टिक्न नसक्ने छ। यो सत्यताको विपरीत छ। मैले परमेश्वरमा विश्वास गरे पनि, मैले सत्यता बुझेकी थिइनँ र मसँग खुट्ट्याउने क्षमता थिएन। मैले ज्ञान, ख्याति र प्राप्तिलाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण ठानेँ, र यी शैतानले मानिसहरूलाई बहकाउने र निल्ने तरिकाहरू हुन् भन्ने मलाई अलिकति पनि थाहा थिएन। परमेश्वरका वचनहरूमा रहेको खुलासाले म अन्ततः होसमा आएँ। मैले आफ्नो हृदयमा चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्वर, तपाईंका वचनहरूको आपूर्ति र अन्तर्दृष्टिका लागि तपाईंलाई धन्यवाद, जसले मलाई शैतानका सोच र विचारहरू खुट्ट्याउन सक्षम बनायो। म अब यी सोच र विचारहरूद्वारा बाँधिन चाहन्नँ। तपाईंले मलाई सत्यता पछ्याउने मार्गमा डोऱ्याउनुभएको होस्।”
पछि, मैले परमेश्वरका अझ धेरै वचन पढेँ र मानिसहरूले ख्याति र प्राप्ति पछ्याउनुको पछाडि शैतानको कपटी अभिप्राय हुन्छ भन्ने कुरा बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसले भन्नेछन्, ज्ञान सिक्नु भनेको समयको गतिसँग पछि नपर्न वा संसारद्वारा पछाडि नछोडिनका लागि पुस्तकहरू पढ्नु र तँलाई पहिल्यै थाहा नभएका केही कुरा सिक्नुबाहेक केही पनि होइन। आफ्नो हातमुख जोड्नका लागि, आफ्नै भविष्यका खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्र ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नका लागि मात्रै, एक दशकसम्म कडा अध्ययन गर्ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्म यस्ता कष्टहरू सहन्छ? यो ख्याति र प्राप्तिका लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढामा पर्खिरहेका हुन्छन्, तिनीहरूलाई बोलाइरहेका हुन्छन्, र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र सङ्घर्षमार्फत मात्रै तिनीहरू ख्याति र प्राप्तितर्फ लैजाने बाटोमा हिँड्न सक्छन्, यसरी यी कुराहरू प्राप्त गर्न सक्छन् भनी विश्वास गर्छन्। यस्तो व्यक्तिले आफ्नो भावी मार्गका लागि, आफ्नो भावी आनन्दका लागि र राम्रो जीवन प्राप्त गर्न यी कठिनाइहरू भोग्नैपर्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। “शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्नका लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरू कत्ति व्यावहारिक छन्। मानिसहरूले ज्ञान पछ्याउनुको पछाडिको कारण ख्याति र प्राप्ति हासिल गर्नु हो। ख्याति र प्राप्ति हासिल गर्न, मानिसहरू कडा परिश्रम गर्छन्, कठिनाइहरू भोग्छन् र यसका लागि कुनै पनि मूल्य तिर्नसमेत तयार हुन्छन्। शैतानले मानिसहरूलाई बहकाउन ज्ञानको प्रयोग गर्छ, र उनीहरूलाई नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ, ताकि उनीहरूले थाहै नपाईकन त्यसद्वारा भ्रष्ट तुल्याइएका होऊन्। म ठ्याक्कै यस्तै थिएँ। मेरो बुबाले मलाई बाल्यकालदेखि नै के सिकाउनुभयो भने धेरै ज्ञान हासिलले मलाई एक उच्च दर्जाको व्यक्ति बनाउनेछ; ज्ञानविना, म तल्लो दर्जाको व्यक्ति मात्र बन्न सक्छु र कठिन शारीरिक श्रम गर्नुपर्छ। शिक्षकहरूले पनि हामीलाई उच्च आकांक्षाहरू राख्न, र अरूभन्दा माथि उठेर हाम्रा पुर्खाहरूको सम्मान बढाउन सिकाए। मैले थाहै नपाई, यी सोच र विचारहरू स्वीकार गरेँ। ख्याति, प्राप्ति र हैसियत पाउनका लागि, म कुनै पनि कठिनाइ सहन र कुनै पनि मूल्य तिर्न तयार थिएँ। मैले यी कुराहरू आफैँले मात्र पछ्याइनँ, छोरालाई पनि पछ्याउन बाध्य पारेँ। जब मैले मेरो छोराले डिग्री पाउन सक्दैन भन्ने थाहा पाएँ, तब मेरा सपनाहरू अचानक चकनाचुर भए, र म यति धेरै पीडामा थिएँ कि मृत्युवरण गरी त्यसबाट उम्कन समेत चाहेँ। म शैतानले मभित्र हालिदिएको ख्याति र प्राप्ति पछ्याउने विचारहरूद्वारा नियन्त्रित भएकी थिएँ। यसले मलाई ठूलो पीडा मात्र दिएन, यसले मेरो छोरालाई पनि मानसिक र शारीरिक रूपमा हानि पुऱ्यायो। शैतानले ममाथि ख्याति र प्राप्तिको अदृश्य साङ्लाहरू लगाइदियो, जसले गर्दा म निरन्तर ख्याति र प्राप्तिका लागि लड्न र कडा परिश्रम गर्न बाध्य भएँ। शारीरिक र मानसिक रूपमा थकित भए तापनि, मसँग यसबाट मुक्त हुने क्षमता थिएन। परमेश्वरले मलाई मुक्ति दिनुभएको कारण नै, मैले शैतानले मानिसहरूलाई हानि पुऱ्याउने तरिकाहरूबारे केही खुट्ट्याउन सकेँ। म अब ख्याति र प्राप्ति पछ्याउन मिल्दैनथ्यो। मैले सृजित प्राणीको रूपमा आफ्नो स्थानमा ठीकसँग उभिनु र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्थ्यो।
पछि, मैले मेरी सिस्टरलाई मेरो स्थितिको बारेमा बताएँ, र उनले मेरा लागि परमेश्वरका वचनहरूको एउटा खण्ड खोजिदिइन्: “सबैभन्दा पहिले, हामी आमाबुबाहरूले आफ्ना छोराछोरीहरूप्रति राख्ने यी माग र अपनाउने यी शैलीहरूलाई हेरौँ—ती सही छन् कि गलत छन्? (ती गलत छन्।) त्यसोभए, अन्ततः आमाबुबाहरूले आफ्ना छोराछोरीहरूप्रति अपनाउने यी शैलीहरूका हकमा मुख्य दोषी के हो? के यो आफ्ना छोराछोरीहरूप्रतिका आमाबुबाका अपेक्षाहरू होइनन् र? (हो।) आमाबुबासँग आफ्नो व्यक्तिपरक चेतनाभित्र आफ्ना छोराछोरीको भविष्यबारे सबै प्रकारका अनुमान, योजना, र निर्णयहरू हुन्छन्, र फलस्वरूप, तिनीहरू यी अपेक्षाहरू विकास गर्छन्। … यी आमाबुबाहरूले पूर्ण रूपमा आफ्नै प्राथमिकता र चाहनाहरूअनुसार आफ्ना छोराछोरीमाथि अपेक्षाहरू राखिरहेका हुन्छन्। के यो व्यक्तिपरक होइन र? (हो।) यो व्यक्तिपरक हो भन्नु त यसलाई राम्रोसँग प्रस्तुत गर्नु हो—वास्तवमा यो के हो? यो व्यक्तिपरकताको अर्को व्याख्या के हो? के यो स्वार्थीपन होइन र? के यो करकाप होइन र? (हो।) तँलाई कुनै निश्चित पेसा मन पर्छ, तँ अधिकारी बन्न, धनी बन्न, समाजमा आकर्षक र सफल बन्न चाहन्छस्, त्यसैले तँ आफ्ना छोराछोरीलाई पनि त्यस्तै व्यक्ति हुन र त्यस्तै मार्गमा हिँड्न लगाउँछस्। तर तिनीहरूले भविष्यमा त्यो काम गर्न सक्नेछन् कि छैनन्, वा त्यो काम साँच्चै तिनीहरूका लागि सुहाउँदो छ कि छैन भनी भन्न गाह्रो छ। अनि त्यसोभए तिनीहरूको नियति वास्तवमा के हो त? परमेश्वरले तिनीहरूमाथि कसरी सार्वभौमिकता राख्नुहुनेछ र तिनीहरूका लागि कसरी प्रबन्धहरू गर्नुहुनेछ? के तँलाई यी कुराहरू थाहा छ? कतिपय मानिस भन्छन्: ‘मलाई ती कुराहरूको मतलब छैन। यो मैले, एक अभिभावकका रूपमा मन पराउने कुरा हुञ्जेल ठीक छ। मलाई यो मन पर्ने हुनाले, म तिनीहरूमाथि यस प्रकारका अपेक्षाहरू राख्छु।’ के त्यो ज्यादै स्वार्थी कुरा होइन र? (हो।) यसलाई राम्रोसँग प्रस्तुत गर्दा, यो धेरै व्यक्तिपरक छ, यो केवल आफ्नै कुरा सुन्नु हो, तर वास्तवमा, यो के हो? यो एकदमै स्वार्थी कुरा हो! यी आमाबुबाहरू आफ्ना छोराछोरीको क्षमता वा प्रतिभालाई ख्याल गर्दैनन्, र तिनीहरू हरेक व्यक्तिको नियति र जीवनका लागि परमेश्वरले गर्नुभएका प्रबन्धहरूको वास्ता गर्दैनन्। तिनीहरू यी कुराहरूलाई ख्याल गर्दैनन्, तिनीहरू केवल इच्छाजनक सोचाइमा आधारित भएर आफ्नै प्राथमिकता र योजनाहरूलाई आफ्ना छोराछोरीमाथि जबरजस्ती लाद्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्वरका वचनहरू पढेपछि, म एक्कासि होसमा आएँ। विगतमा, मैले के सोचेकी थिएँ भने मैले गरेका सबै कुरा मेरो छोराको भविष्य र नियतिका लागि थियो। परमेश्वरका वचनहरूमा भएको खुलासाद्वारा, मैले अन्ततः मेरा कार्यहरू पछाडिको अभिप्राय सधैँ ख्याति, प्राप्ति, र हैसियतका लागि मेरो आफ्नै चाहना तृप्त पार्नु थियो भन्ने बुझेँ। किनभने मलाई शक्ति र हैसियत मन पर्थ्यो र म एक अधिकारी बन्न चाहन्थेँ ताकि अरूले मलाई उच्च नजरले हेरून्, मैले आफ्नै रुचि र इच्छाहरू मेरो छोरामाथि लादिदिएँ। मेरो आशा भनेको उसले कडा अध्ययन गर्नेछ र भविष्यमा अरूभन्दा उत्कृष्ट बन्नेछ, उच्च आधिकारिक पद र राम्रो तलब पाउनेछ ताकि म उसको सफलताको चमकमा रमाउन सकूँ। मैले गरेका हरेक कुरा मेरो आफ्नै महत्वाकांक्षा र चाहनाहरूका लागि थियो, र मैले मेरो छोराको रुचि र चाहनाहरूलाई अलिकति पनि विचार गरेकी थिइनँ। जब मेरो छोराले ऊ विश्वविद्यालय जान नचाहेको र सेनामा भर्ती हुन चाहेको बतायो, मैले उसलाई मनाउन सक्दो प्रयास गरेँ, र उसलाई उसको इच्छाविपरीत विश्वविद्यालय जान बाध्य पारेँ। यसमा मेरो लक्ष्य उसलाई एक अधिकारीको जागिर पाएर शक्ति र हैसियत हासिल गर्ने बनाउनु थियो ताकि मैले पनि प्रतिष्ठा कमाउन सकूँ। सतहमा हेर्दा, मैले गरेको सबै कुरा मेरो छोराको भविष्य र नियतिका लागि थिए। मैले मेरो छोरालाई संवर्धन गर्न आफ्नो सबै कुरा दिएँ। तर, सारमा, यो सबै मेरो आफ्नै हैसियतको चाहना पूरा गर्नका लागि थियो, म छोरामार्फत धेरै मानिसहरूको सम्मान र प्रशंसाको आनन्द, र अझ राम्रो भौतिक जीवनको आनन्द लिन चाहन्थेँ। मैले अन्ततः स्पष्ट रूपमा के देखेँ भने मैले गरेको सबै कुरा मेरो छोराको भलाइका लागि थिएनन्। यो सबै मेरो आफ्नै महत्वाकांक्षा र इच्छाहरू पूरा गर्नका लागि थिए। मेरो प्रकृति एकदमै स्वार्थी, नीच र कुरूप थियो! मेरो छोरा वास्तवमा सरकारी जागिर खान चाहँदैनथ्यो। उसले एक पटक मलाई भनेको थियो, “आमा, म अधिकारी बन्ने खालको मान्छे नै होइन। यदि तपाईं यो समाजको सरकारी पदमा आफ्नो खुट्टा जमाउन चाहनुहुन्छ भने, तपाईंले भोजभतेर गर्न, चापलूसी गर्न, र धोका दिन सक्नुपर्छ। तपाईंसँग सही पारिवारिक पृष्ठभूमि र सम्बन्धहरू पनि हुनुपर्छ, र क्रूर र दुष्ट हुनुपर्छ। मसँग यीमध्ये कुनै पनि छैन। केवल एक साधारण व्यक्ति हुनु नै राम्रो हो।” फर्केर सोच्दा, मेरो छोराले भनेको कुरा एकदमै साँचो थियो। मैले मेरी जेठी दिदीको छोराको बारेमा सोचेँ, जो उद्योग तथा वाणिज्य ब्यूरोको उप-निर्देशक हो। उसले एक पटक मलाई भनेको थियो, “एक पटक तपाईं सरकारी पदमा प्रवेश गरेपछि, तपाईं अब आफ्नो नियन्त्रणमा रहनुहुन्न। मानिसहरू एकअर्काको विरुद्धमा षड्यन्त्र र जाल रच्छन्, र तपाईंले कसैलाई पनि आफ्नो मनको कुरा भन्न वा उनीहरूको धेरै नजिक हुन सक्नुहुन्न। तपाईंलाई थाहा हुँदैन आफूले भनेको कुनचाहिँ कुराले कसैलाई चिढ्याउँछ। तपाईं अरूलाई हानि गर्न नचाहन सक्नुहुन्छ, तर उनीहरूले अझै पनि तपाईंलाई पछाडिबाट छुरा घोप्नेछन्। तपाईंले मानिसहरूको हाउभाउमा एउटा आँखा राखेर आफ्नो जीवन जिउनुपर्छ। सरकारी पदमा जीवन बिताउनु थकाउने काम हो!” अधिकारी बन्नु राम्रो कुरा होइन। सरकारी पद एउटा ठूलो रङाइको भाँडो जस्तै हो, र यदि मेरो छोरा मैले चाहेजस्तै त्यहाँ गएको भए, तब एक दशक जतिपछि ऊ आफैँ नचाहेर पनि सबै प्रकारका खराब बानीहरूले दागिएको हुनेथ्यो। ऊ चिप्ले र छली बनेको हुनेथियो, ख्याति र प्राप्ति पछ्याउने थियो, अरूसँग प्रतिस्पर्धा गर्नेथियो, र सायद केही दुष्ट कामहरू पनि गरेको हुनेथियो। तब, उसले अब सामान्य र शान्तिपूर्ण जीवन बिताउन सक्नेथिएन। त्यसले उसको शरीर र मनमा ठूलो हानि र अनन्त पीडा निम्त्याउनेथियो। मेरो छोरा अधिकारी बन्न चाहँदैनथ्यो, र केवल एक साधारण व्यक्ति बन्न चाहन्थ्यो। के त्यो राम्रो कुरा होइन र? अब ऊसँग औपचारिक जागिर छ, र उसको मासिक तलबले उसको परिवारको जीवनयापनको खर्चलाई मूल रूपमा धान्न सक्छ। उसले मेरो परमेश्वरमाथिको विश्वासको विरोध गर्दैन र मण्डलीलाई उसको मद्दत चाहिने कामकुरामा सघाउन धेरै इच्छुक छ। त्यति नै धेरै राम्रो हो।
यो अनुभवपछि, मैले झन्-झन् के महसुस गरेँ भने हरेक व्यक्तिले कस्तो प्रकारको काम गर्छ र उसले कसरी आफ्नो जीवनयापन गर्छ भन्ने कुरामा परमेश्वर सार्वभौम हुनुहुन्छ र नियोजन गर्नुहुन्छ। जसरी परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले कुनै व्यक्ति साधारण कामदार हुनेछ, र ऊ यो जुनीमा खान र लाउन केही आधारभूत ज्याला मात्र कमाउन सक्षम हुनेछ भनी पूर्वनियोजन गर्नुभएको छ, तर उसका आमाबुबाहरू भने, ऊ एक सेलिब्रिटी, सम्पन्न व्यक्ति, र उच्च-पदस्थ अधिकारी बन्नुपर्छ भनेर जिद्दी गर्छन्, र ऊ वयस्क हुनुअगावै उसको भविष्यको योजना र बन्दोबस्त गर्छन्, विविध तथाकथित मूल्यहरू चुकाउँछन्, र उसको जीवन र भविष्य पकडमा राख्ने प्रयास गर्छन्। के त्यो मूर्खता होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्वरका वचनहरूको यो खण्डले मलाई के महसुस गरायो भने म मूर्ख मात्र थिइनँ: म त पूरै र एकदमै बुद्धु थिएँ! मैले भोगेको सबै कष्ट मेरो आफ्नै गल्ती थियो। जब मैले मेरो छोराप्रतिको अपेक्षाहरूलाई छोडिदिएँ, नियतिसँग लड्न छोडेँ, ख्याति र प्राप्ति पछ्याउने बाटोमा हिँड्न छोडेँ, र सृजित प्राणीको स्थानमा उभिएर सकारात्मक र समर्पित मनोवृत्तिका साथ परमेश्वरको सार्वभौमिकतालाई स्विकार्न, सामना र अनुभव गर्न सक्षम भएँ, मैले परमेश्वरको बन्दोबस्तहरू अद्भुत छन् भनेर देखेँ। परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
जब म सानी थिएँ, घरमा पाँच जना सन्तान थियौँ, र म जेठी थिएँ। मेरो बुबा धेरै वर्षसम्म घर छोडेर काम गर्नुभयो, र घरको सारा काम आमाको काँधमा...
लिन झी, चीनसन् २०२३ को अक्टोबर १४ को गोधूली साँझपख, एक सिस्टरले मलाई सिन्गुआङ मण्डलीकी अगुवालाई प्रहरीले गिरफ्तार गरेको छ भनेर जानकारी...