ईर्ष्या नगरी सहज श्‍वास फेर्ने

11 अक्टोबर 2021

अन्जिङ्ग, चीन

सन् २०१७ को जनवरीमा, मलाई मण्डलीभित्र सिञ्‍चन गर्ने काम दिइएको थियो। यो काममा प्रशिक्षित हुने मौकाको लागि म परमेश्‍वरप्रति धेरै आभारी थिएँ, र यसलाई ध्यानपूर्वक र राम्रोसँग गर्ने संकल्प गरें। केही समयपछि, मैले केही नतिजाहरू हासिल गरें, चाहे यो दाजुभाइ-दिदीबहिनीहरूको स्थिति ठिक गर्न मद्दत गर्ने होस्, वा भेलाहरूमा उनीहरूसँग सङ्गति गर्ने कुरामा होस्। मेरो दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीको अगुवाहरूले मेरो उच्‍च मूल्यांकन गर्थें, र म आफूसँग धेरै खुसी महसुस गर्न थालें, किनकि मैले धेरै राम्रो गर्दै थिएँ।

जुन महिनामा, मेरो मण्डलीका अगुवाहरूले यो कर्तव्यमा मसँग काम गर्न सिस्टर वेनजिङको व्यवस्था गरे, र ती सिस्टरलाई आवश्य परेको बेला मद्दत गर्नू भनेर मलाई भने, यो मैले खुसी-खुसी स्वीकारें। जब हामीले सँगै काम गर्दै गयौं, सिस्टर वेनजिङले सत्यताको अनुसरण गर्ने गरेको थाहा पाएँ, र उनको क्षमता अनि वचनहरूसित उनले गर्ने कार्य धेरै राम्रो थियो। यो देखेर म उनीसँग केही सजग भएँ। मैले सोच्न थालें, “अलिकति थप प्रशिक्षणले त उनी मभन्दा अगाडि जानेछिन्। हाम्रा दाजुभाइ-दिदीबहिनीहरूले पक्‍कै पनि उनलाई आदरले हेर्न थाल्नेछन्, अगुवाहरूले उनको प्रतिभालाई निखार्नको लागि धेरै समय बिताउनेछन्, अनि त्यसपछि त कसैले पनि मतिर हेर्नछैनन्।” मलाई के कुराको डर थियो, त्यो आखिर भैछाड्यो। एक दिन भेला सकिएपछि, म एक मण्डली अगुवालाई अनुभव-लेख बुझाउन गएँ, यो लेख मैले र सिस्टर वेनजिङले आफै लेखेका थियौं। ती लेखहरू पढेर, मण्डली अगुवाले मुस्कुराएर भनिन्, “सिस्टर वेनजिङको लेख नराम्रो छैन। यहाँ केही व्यवहारिक अनुभव छन्, र उनी धेरै राम्रो लेख्दो रहिछिन्।” उनले सिस्टर वेनजिङको यसरी प्रशंसा गरेको सुनेर, मलाई धेरै बेखुसी महसुस भयो। मैले मनमनै सोचें: “सिस्टर वेनजिङसँग राम्रो क्षमता छ, यो साँचो हो। तर मैले काममा उनको भन्दा धेरै समस्याहरू हल गरेकी छु। त्यो मामिलामा म अझै पनि उनीभन्दा राम्रो छु। मैले अझ धेरै मेहनत गर्नु छ—म उनलाई आफूभन्दा माथि जान दिन सक्दिन, नत्र मैले यहाँ मेरो स्थान गुमाउनेछु।”

केही दिनपछि, सिस्टर वेनजिङले एउटा अर्को अनुभव लेख लेखिन्। मण्डली अगुवाले यो पढिन्, र फेरि एकपटक सिस्टर वेनजिङको क्षमता र जुन सकारात्मकताको साथ उनले त्यो लेख लेखेकी थिइन् त्यसको प्रशंसा गरिन्, र मलाई मेरोमा अरू धेरै समय बिताउन भनिन्। मलाई उनको कुरा सुनेर कन्सिरी तातेर आयो, र अगुवालाई दोष दिँदै सोच्न थालेँ: “तपाईँ सँधै वेनजिङको क्षमता कति महान छ भनेर भनिरहनुहुन्छ। के उनी हरेक कुरामा म भन्दा उकृष्ट छिन् त? सिस्टर वेनजिङले थोरै भेला स्थलहरूमा जानुपर्छ, त्यसैले उनलाई यी लेखहरू लेख्‍न पर्याप्त समय बच्छ। यदि म मण्डलीको काममा यति सारो व्यस्त नहुँदो हुँ त, मसँग पनि लेखहरू लेख्‍न धेरै फुर्सदको समय हुने थियो।” उनको तारिफ सुनेर म वाक्‍क भैसकेको थिएँ, त्यसैले मैले मेरो मण्डली अगुवालाई दुई शब्दमा भनें: “म पनि लेख्‍न सक्छु।” एक हप्तापछि, अर्को मण्डली अगुवाले पनि सिस्टर वेनजिङको अनुभव लेख धेरै व्यवहारिक रहेको भनी प्रशंसा गरिन्, र उनलाई अझ धेरै लेख्‍नको लागि प्रोत्साहित गरिन्, जबकि मलाई उनीजस्तै स्वस्फूर्त भई लेख्‍न सुझाइन्। मलाई निकै नमज्‍जा लाग्यो—उनी यहाँ आएको केही समय मात्र भएको थियो र उनले दुईवटा अनुभव लेख लेखिसकेकी थिइन्, र उनलाई मण्डली अगुवाहरूबाट पनि प्रशंसा गरिँदै थियो। मैले यो कर्तव्य केही समयदेखि गर्दै आएकी थिएँ, तर मैले एउटा मात्र लेखेकी थिएँ—मण्डली अगुवाहरूले मेरो बारेमा के सोच्छन् होला? के उनीहरूले मैले आफ्नो समय व्यवस्थित गर्न सकेकी छुइनँ, अनुभव लेख लेख्‍न मैले कष्ट सहन वा मूल्य चुकाउन तत्परता देखाएकी छुइनँ भनेर भन्नेछन्? मलाई पहिल्यै सिस्टर वेनजिङको उकृष्ट क्षमताको दर्शन गराइसकिएको थियो, अब त उनी यी लेखहरू पनि लेख्‍न सक्षम थिइन्, अगुवाहरूले उनी मभन्दा उत्कृष्ट रहेको भनेर पक्‍कै सोच्ने थिए। यदि उनले ती लेखिरहिन् भने, के म अझ खराब देखिनेवाला छुइनँ र? मैले निर्णय गरें, मैले उनलाई व्यस्त राख्‍ने उपाय मात्र खोज्नुपर्छ, ताकि उनीसँग यी लेखहरू लेख्‍ने समय नै नहोस्, अनि अगुवाहरूको नजरमा हामीबीच ज्यादा भिन्नता पनि देखिनेछैन। मण्डलीमा मेरो हैसियत कायम राख्‍न, मैले उनीमाथि दबाब बढाउन सुरू गरें, र धेरै सङ्गति बैठक समूहहरू उनलाई सुम्पिएँ। यसपछि उनलाई हरेक दिन धेरै व्यस्त रहेको देखेर, मैले उनको केही जिम्मेवारी फिर्ता लिने प्रस्ताव गर्ने बारेमा सोचें। तर मैले मनमनै सोचें: “यदि तिमी यति धेरै व्यस्त हुँदिनथ्यौ त तिमीसँग ती लेखहरू लेख्‍ने समय हुनेथियो। तिमीलाई व्यस्त राख्‍नु नै सबभन्दा राम्रो हो।” एक साँझ, मैले उनलाई लेख्दै गरेको भेटें, र कठोर स्वरमा मैले उनी जिम्मेवार रहेका सबै समूहको कामको विवरण दिन उनीमाथि दबाब दिएँ, र त्यहाँ केही नयाँ विश्‍वासीहरूको समस्याको समाधान नगरिएको पाएँ। मैले उनलाई आफ्नो काममा ध्यान नदिएको भन्दै गाली गरें। मैले उनलाई नीचा देखाउने कुरा सकेपछि, उनले केवल आफ्नो टाउको झुकाएर बसिन्, र केही बोलिनन्।

एक महिनापछि, सिस्टर वेनजिङले आफू जिम्मेवार रहेको समूहहरूसँग ज्यादा सफलता नपाइरहेको र उनले समाधान नगरी छोडेका केही समस्याहरू त्यहाँ अझै पनि रहेको एकजना मण्डली अगुवाले देखिन्, र के भैरहेको हो भनेर उनले मलाई सोधिन्। मैले मनमनै सोचें: “तिमी त उनको उच्‍च मूल्यांकन गर्थ्यौ, तर अब तिमीलाई थाहा भयो नि उनले आफ्नो कर्तव्यमा धेरै हासिल गर्न सकिरहेकी छैनन्, तिमीले अब उनलाई यति धेरै सम्मान गर्नेछैनौ!” तर मलाई आश्चर्यमा पार्दै ती अगुवाले मलाई उनको अझ धेरै मद्दत गर्न पो भनिन्! म यो कुराको धेरै विरोधी थिएँ। “तिमीसँग त सिस्टर वेनजिङलाई हेर्ने मात्र आखाँ छ,” मैले सोचें। “उनको क्षमता मेरो भन्दा राम्रो छ। यदि मैले उनलाई मद्दत गरिरहें भने उनले मेरो ठाउँ लिनेछिन्।” मैले बहानाबाजी गर्न थालें, तर ती मण्डली अगुवाले मेरो स्थिति झाँकेर हेरिन्। उनले मेरो स्वार्थीपन र छुद्रताको उजागर गरिन्। र मैले परमेश्‍वरको घरको कामलाई कायम राखिरहेकी छैन भनेर भनिन्। उनले सिस्टर वेनजिङ राम्रो क्षमता भएकी र प्रशिक्षणयोग्य छिन्, मैले उनलाई सङ्गति र धेरै मद्दत गर्नुपर्छ, र मैले मेरो आफ्नै हैसियत र प्रतिष्ठाको लागि मात्र चासो लिनु हुँदैन भनेर पनि भनिन्। पछि, मैले आफै सिस्टर वेंजिङलाई उनको कर्तव्य सम्पादन गर्न कुनै कठिनाइ भैरहेको छ कि भनेर सोध्‍नुपर्यो। मैले उनलाई मबाट नियन्त्रित महसुस गरेको र मसँग खुलेर बोल्न नचाहेको पाएँ। त्यो कुराले मलाई आफ्नै बारेमा चिन्तन गर्नुपर्ने कारण दिनुपर्थ्यो, तर म उनलाई मन पराउँदिनथें, र मनमनै सोचें: “मैले उनलाई मद्दत गर्न खोजें, तर उनी केही पनि भन्न चाहँदिनन्।” थोरै-थोरै गरी मेरो आत्मा कालो हुँदै गयो। मण्डलीको काममा छलफल गर्दा, उत्पन्न भइरहेका स्पष्ट समस्याहरू मैले बिर्सन थालें। जति धेरै म उनलाई देख्थें, उनको उपस्थितिले मलाई उति धेरै रिस उठ्थ्यो। एक दिन मैले उनले गल्ती गरिरहेको देखें, र म रिसाएँ र उनलाई कठोर शब्दहरूमा गाली गरें, “हामीले पहिल्यै यो समस्या छलफल गरिसकेका छौं, र तिमीले अझै पनि यो समाधान गरेकी छैनौ। तिमीले ती लेखहरू लेख्दा त बडो ध्यान दिन्छौ—तर तिमीले आफ्नो कर्तव्य गर्दा त्यस्तै गर्न नसक्‍नु लाजमर्दो कुरा हो।” यसपछि, सिस्टर वेनजिङले मबाट निकै नियन्त्रित भएको महसुस गरिन् र अरू कनै पनि अनुभव लेख लेख्‍ने आँट गरिनन्। मलाई थाहा थियो मैले उनको मन दुखाएको थिएँ, तर मैले यसलाई रोक्‍न सकिन—मैले सधैं आफूलाई उनीसँग बिनाअर्थ रिसाएको पाएँ। मेरो पनि हृदयमा पीडा भैरहेको थियो, त्यसैले मलाई यो स्थितिबाट बाहिर निस्कन सहयोगको लागि परमेश्‍वरलाई प्रार्थना गरें।

भोलिपल्ट, एउटा भेलाको समयमा, सिस्टर वेनजिङले भनिन् कि उनलाई आफ्ना कमीकमजोरी ठूलो रहेको जस्तो महसुस भएको छ, उनी यो कर्तव्य गर्न तयार छैनन् र आफूले पहिले गर्दै आएको कर्तव्यमा फर्कन चाहन्छिन्। यो सुनेर मैले तत्काल सोचें: “के यो सबै मैले उनलाई दिएको पीडाको कारण हो? यदि त्यो साँचो हो भने, मैले साँच्‍चै नै केही नराम्रो गरेकी छु।” म केही आत्तिएँ र डराएँ। मैले उनलाई यो सबैको पछाडि रहेको कारण सोधें, र उनलाई मद्दत गर्न परमेश्‍वरको इच्छाको बारेमा सङ्गति गरें। उनीसँग सङ्गति गरिसकेपछि उनको स्थितिमा धेरै सुधार भयो, र—मलाई ठूलो राहत हुने गरी—उनी यो कर्तव्य निर्वाह गर्न तयार रहेको बताइन्। अनि त्यतिबेलै, एक जना मण्डली अगुवा आइन्। जब उनले मैले सिस्टर वेनजिङलाई दबाइरहेको र सिस्टर वेनजिङ मसँगको कामलाई निरन्तरता दिन नचाहेको थाह पाइन्, उनले मलाई कठोरतापूर्वक निराकरण गरिन्। उनले भनिन्, “उनले गलत गरिरहेको तिमीले देख्दा उनीसँग नम्र भएर सङ्गति गरी उनलाई मद्दत गर्ने काम किन गर्न सक्दैनौ? यसको साटो तिमी रिसाएर उनीसँग नराम्रो व्यवहार गर्छौ। तिम्रो कर्तव्यहरूको नतिजा पछिल्लो समय धेरै खराब देखिएको छ—तिमीले इमानदार भएर आत्मचिन्तनमा लाग्‍नुपर्ने देखिन्छ।” उनले भनेको कुरा मलाई मनभित्रै घोच्यो। मेरो आखाँभरि आँसु भयो, र भित्रभित्रै मसँग गलत गरिएको महसुस भयो र मैले प्रतिवाद गर्न सुरू गरें: “यदि पछिल्लो समयमा कामकुराहरू सही भइरहेका छैनन् भने यो मेरो कारणले मात्र भएको होइन—अनि मलाई मात्र निराकरण किन गरिँदैछ?” तर फेरि मैले परमेश्‍वरका वचनहरूको बारेमा सोचें: “यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छस् भने, तैंले दैनिक घटनाहरू, चाहे ती राम्रो होस् वा नराम्रो, ती कुनै पनि विनाउद्देश्यका हुँदैनन् भन्‍ने विश्‍वास गर्नुपर्छ। यो कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरेको वा तँलाई निशाना बनाइरहेको भन्‍ने हुँदैन; यो सब परमेश्‍वरले प्रबन्ध गर्नुभएको हुन्छ। परमेश्‍वरले किन यी सबै कुराहरूलाई योजनाबद्ध रूपमा मिलाउनुहुन्छ? त्यो तँ को होस् भनी प्रकट गर्न वा तँलाई पर्दाफास गर्नका लागि होइन; तँलाई प्रकट गर्ने कार्य अन्तिम लक्ष्य होइन। लक्ष्यचाहिं तँलाई सिद्ध बनाउनु र मुक्ति दिनु हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता प्राप्त गर्नको लागि तैंले आफ्नो वरिपरिका मानिसहरू, मामलाहरू र स्थितिहरूबाट सिक्नुपर्छ”)। यो सत्य थियो—अहिले मैले यी सबै मानिस, घटना र कामकुराहरू सामना गर्नु भनेको यो सबैलाई परमेश्‍वरको अनुमति मिल्नु हो। यो मण्डली अगुवाले जानाजान मेरो लागि मुस्किल खडा गरिरहेको कुरा थिएन; यो मेरो आफ्नै भ्रष्ट स्वभाव थियो जसको लागि मैले चिन्तन गरी समाधान गर्नु थियो। मैले बहानाबाजी र गुनासो गर्ने कार्य बन्द गर्नुपर्छ—मैले आज्ञाकारी हृदय कायम गर्नुपर्छ र जे भैरहेको छ त्यसलाई स्वीकार गर्नुपर्छ। यस्तो सोच्दा, जे भइरहेका थिए ती सबै कुराले मलाई अलि कम मात्र दुखित बनाएको महसुस गरें।

त्यो साँझ म निदाउन सकिनँ। म ओछ्यानमा छट्पटाउँदै यताउति पल्टिरहेँ, त्यो दिन भएका सबै कुराहरू मेरो दिमागमा एउटा चलचित्रजस्तै घुमिरहेका थिए। मैले आफैलाई सोधिरहें: “यदि परमेश्‍वरले नै मण्डली अगुवाबाट मलाई निराकरण गर्न र काँटछाँट गर्ने बन्दोबस्त गर्नुभएको हो भने यी सबैबाट मैले सिक्‍नुपर्ने कुरा के हो? मैले सिस्टर वेनजिङसँग कस्तो व्यवहार गरिरहेको छु?” मलाई राम्रो सँग थाहा थियो उनी राम्रो क्षमता भएकी हुन्, तर मैले उनीबाट सिक्‍ने कोसिस गरिनँ—यसको साटो, म उनीसँग प्रतिस्पर्धा गर्न खोजें। उनी परमेश्‍वरको गवाही दिने खालको लेख लेख्‍न चाहेकी थिइन्, तर मैले यी लेखहरू लेख्‍ने उनको उत्साहलाई नष्ट गर्ने कोसिस गरेको थिएँ। मैले यति दुष्ट काम कसरी गर्न सक्थें? यसको पछाडि के सोच थियो र यो कहाँबाट आयो?

भोलिपल्ट मेरो भक्तिको समयमा मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढें: “कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्‍च छन्, आफ्नोको बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्‍ना चासोहरूका बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको कर्तव्यहरूको बारेमा वा परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तिमीहरू परमेश्‍वरको इच्‍छालाई साँच्‍चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछौ। यदि तैँले असल व्यक्तिको पक्षमा वकालत गर्छस् र त्यस व्यक्तिलाई मलजल वा जगेर्ना गरी सक्षम तुल्याउँछस र परमेश्‍वरको घरमा प्रतिभा भएको अर्को व्यक्ति थपिँदा, के तेरो काम सहज हुनेछैन र? के तँ यो कर्तव्यमा तेरो आफ्‍नो बफादारिताको स्तरमा बाँचेको हुनेछैनस् र? यो परमेश्‍वरको अघि असल कार्य हो; अगुवा बन्‍ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “निर्दयी मानवजाति! मौन सहमति र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, प्रसिद्धि र सौभाग्यको निम्ति लुछाचुँडी गर्नु, पारस्परिक हत्या गर्नु—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवारहरू, छोराहरू र छोरीहरूको खातिर, आफ्नो जीविकोपार्जनको, भविष्य, प्रत्याशाहरू, ओहदा, महत्वाकांक्षा, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै रुचिहरूबाट काम नगर्नेहरू कति मानिसहरू छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरू व्यक्तिहरूलाई थिचोमिचो गर्दैन वा बहिष्‍कार गर्दैन?” (वचन देहमा देखा पर्नुहुन्छको “दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ”)। परमेश्‍वरका वचनहरूले जेबारेमा भनेका थिए त्यो ठ्याक्‍कै मेरो आफ्नो स्थिति थियो। यसले देखाएझैं, म मेरो सिस्टरसँग पहिचान र प्रतिष्ठाको लागि होडबाजी गरिरहेकी थिएँ। मेरो प्रसिद्धि र हैसियतको चाहनाले मलाई जकडेको थियो र यसबाट मैले आफूलाई मुक्त गर्न सकिरहेकी थिइनँ। जबदेखि यो कर्तव्यमा मैले सिस्टर वेनजिङसँग मिलेर काम गर्न थालकी थिएँ, र उनको राम्रो क्षमता अनि अनुभव लेखहरू लेख्‍ने उनको लगाव, र मण्डली अगुवाहरूलाई उनको प्रशंसा गरेको देखेकी थिएँ, तबदेखि म ईर्ष्यालु र यो स्वीकार गर्न अनिच्छुक भएकी थिएँ। मैले आफूलाई उनीविरुद्ध खडा गरिरहेको थिएँ, आफ्नो मस्तिष्कभित्र उनीसँग चुपचाप प्रतिस्पर्धा गरिरहेको थिएँ। उनले आफ्नो लेख लेख्‍ने समय नपाऊन् भनेर मैले उनलाई कैयौं भेला समूहहरूको जिम्मेवारीमा राखेको थिएँ, र जब उनलाई आफ्नो कर्तव्यमा समस्याहरू भैरहेको थियो, मैले उनलाई मद्दत गरेको थिइनँ, बरू उनी निष्क्रिय र नियन्त्रित नहुन्जेलसम्म उनलाई गाली गरेको थिएँ। मलाई थाहा थियो उनी राम्रो क्षमता भएकी र प्रशिक्षणयोग्य छिन्, र मैले उनलाई धेरै मद्दत गर्नुपर्थ्यो। तर मलाई उनको क्षमतासँग डाह भएको थियो र म आफूभन्दा अरू कोही राम्रो भएको चाहन्नथिएँ। उनी मभन्दा उत्कृष्ट रहेको महसुस हुँदा, म ईर्ष्यालु र द्वेषपूर्ण भएको थिएँ। मेरो आफ्नो हैसियत र प्रतिष्ठा कायम राख्‍न, मैले उनलाई मद्दत नगरेको मात्र होइन, मैले उनलाई सताएँ र लेखहरू लेख्‍ने उनको उत्साहलाई नष्ट गर्ने कोसिस पनि गरें। म धेरै नै दुष्ट र नीच थिएँ! परमेश्‍वरले मलाई सिञ्‍चन कर्तव्यको लागि प्रशिक्षित हुने अवसर प्रदान गरेर कृपा गर्नुभएको थियो, मैले परमेश्‍वरको प्रेमको मूल्य तिर्न आफ्नो कर्तव्य ठिकसँग निर्वाह गरिनँ, बरू यसको साटो मैले वेनजिङको क्षमताको डाह गरिरहेको थिएँ र उनीसँग प्रसिद्धि र लाभको लागि प्रतिस्पर्धा गरिरहेको थिएँ। मसँग विवेक वा समझ रत्तिभर पनि थिएन। मलाई पश्‍चात्ताप र आत्मदोषले भरिएको महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरें, यो समस्याको स्रोत खोज्नको लागि मलाई मार्गदर्शन गर्न आग्रह गरें।

पछि मैले परमेश्‍वरका वचनहरू पढें: “जबसम्‍म मानिसहरूले ख्याति र प्राप्तिको बारेमा मात्रै सोच्‍न सक्छन् तबसम्‍म मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्छ। तिनीहरूले ख्याति र प्राप्तिको लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिको लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिको लागि नै आफूसँग भएको सबै कुराको बलिदान गर्छन्, अनि तिनीहरूले ख्याति र प्राप्तिकै खातिर कुनै पनि मूल्याङ्कन वा निर्णय गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र तिनलाई हटाउनको लागि तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रिन्छन्। यही ख्याति र प्राप्तिको खातिर नै, मानिसहरूले परमेश्‍वरलाई त्याग्छन् र उहाँलाई धोका दिन्छन्, अनि झन्-झन् बढी दुष्ट बन्दै जान्छन्। त्यसकारण, यसरी शैतानको ख्याति र प्राप्तिको बीचमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। जब मैले परमेश्‍वरका वचनहरूमा चिन्तन गरें, मैले के बुझें भने प्रसिद्धि र लाभ भनेको शैतानले हामीलाई बाँध्‍न प्रयोग गर्ने बन्धनहरू हुन्, र हामीलाई भ्रष्ट पार्न शैतानले प्रयोग गर्ने औजार हुन्। मैले आफूलाई प्रसिद्धि र लाभको यी बन्धनहरूबाट मुक्त गर्न सकेको थिइनँ, किनकि मेरो जीवन लक्ष्य, सोच र दृष्टिकोणहरू सधैं गलत थियो। मैले परमेश्‍वरका वचनहरू र उहाँको सर्तअनुसार व्यवहार गरिरहेकी थिइनँ—मैले त यो सब जीवन जिउने शैतानी नियमहरूअनुसार गरिरहेको थिएँ, जसलाई शैतानले हामीभित्र भरिदिन्छ, “भीडभन्दा माथि उठ,” “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “मानिसहरूले सधैं आफ्ना समकक्षीहरूभन्दा उत्तम हुने प्रयास गर्नुपर्छ।” चाहे यो स्कुलमा होस् वा समाजमा काम गर्दा होस्, मैले रातदिन प्रसिद्धि र लाभ पाउनको लागि, नम्बर एक बन्नको लागि, र भीडमा अलग्गै देखिने मेरो महत्वाकांक्षा पूरा गर्न संघर्ष गरेकी थिएँ। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि, म अझै प्रतिष्ठा र हैसियतको रोमाञ्‍चमा बाँचिरहेकी थिएँ। जब मेरो कर्तव्यमा दाजुभाइ-दिदीबहिनीहरूबाट मेरो प्रशंसा गरिन्थ्यो र मलाई उच्‍च सम्मान दिइन्थ्यो, र मेरो प्रसिद्धि, लाभ र हैसियतको इच्छा पूरा भैरहेको हुन्थ्यो, म अरूभन्दा राम्रो भएको आनन्द लिन्थेँ र धेरै खुसी हुन्थें। तर जब मैले सिस्टर वेनजिङ मभन्दा राम्रो भएको देखें, मलाई उनको क्षमतासँग ईर्ष्या हुन थाल्यो। उनी मभन्दा अगाडि जानेछिन् र मेरो स्थितिको लागि खतरा बन्नेछिन् भन्ने डर भयो, यसैले मैले उनलाई दबाउन र सताउन जे-जे गर्न सक्थें ती सबै गरें, परमेश्‍वरको घरको हितको लागि केही सोचिनँ, न त उनको भावनाको बारेमा नै सोचें। त्यस क्षणमा, मैले स्पष्ट रूपमा देखें, म त प्रसिद्धि र लाभप्रति समर्पित दास भइसकेकी रहेछु, र ती कुराहरूको खोजीमा मैले आफ्नो विवेक र समझ गुमाएर कपटी, दुर्भावनापूर्ण भइसकेकी, र झन्‌झन्‌ स्वार्थी र मतलबी भइसकेकी रहेछु, र मैले दुष्ट शैतानको छविबाहेक अरू कुनै जीवन बाँचेको थिइनँ। प्रसिद्धि, लाभ र प्रतिष्ठा वास्तवमा यस्ता औजार भएका थिए जसको मद्दतले शैतानले मलाई भ्रष्ट बनाएर परमेश्‍वरलाई विरोध र विश्‍वासघात गर्नको लागि मलाई फसाएको थियो। मैले ती ख्रीष्टविरोधीहरूको बारेमा सोचें जसलाई परमेश्‍वरको घरबाट निष्कासन गरिएको थियो: उनीहरूले हैसियतलाई सबैभन्दा माथिल्लो दर्जा दिएका थिए। हैसियतको लागि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई बहिष्कार र प्रताडित गरेका थिए, र मनोमानी ढंगले उनीहरूलाई दण्डित र निष्कासित गरेका थिए। अन्त्यमा, सबै प्रकारका दुष्ट कार्यहरू गरेको हुनाले उनीहरू हटाइए। सिस्टर वेनजिङप्रति मैले जुन तरिकाले व्यवहार गरेँ, त्यसमा मैले मेरो आफ्नै ख्रीष्टविरोधी स्वभाव प्रकट गरेको थिएँ। र मलाई थाहा थियो, यदि मैले परमेश्‍वरको न्याय र शुद्धीकरण स्वीकार गरिनँ, र इमानदार भएर पश्‍चात्ताप गरिनँ भने, ढिलोचाँडो मलाई पनि ती ख्रीष्टबिरोधीहरूलाई जस्तै हटाइनेछ। मैले आफूलाई एक खतरनाक स्थितिमा भएको देखेँ, मेरो आत्मामा रहेको अन्धकार र मेरो कर्तव्यमा भएको असफलता परमेश्‍वरको कठोर न्याय र अनुशासन थियो। धेरै ढिलो हुनुभन्दा पहिले नै मैले आफ्नो बारेमा चिन्तन गरेर पछि फर्कनुपर्छ, र मैले पछ्याइरहेको गलत मार्ग छोड्नुपर्छ भन्ने परमेश्‍वरको इच्छा थियो।

त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरें, र अभ्यासको मार्गमा मलाई मार्गदर्शन गर्न उहाँसँग अनुनय गरें। मैले त्यसपछि परमेश्‍वरको वचनहरूमा यो कुरा पढें: “यो कुरालाई विचार गर्: यदि कुनै व्यक्ति यस्ता अवस्थाहरूको पासोमा पर्नबाट जोगिन चाहन्छ, तीबाट आफूलाई छुटाउन चाहन्छ भने, र यी कुराहरूको कष्ट र दासत्वबाट स्वतन्त्र हुन चाहन्छ भने उसले कस्ता किसिमका परिवर्तनहरू गर्नुपर्छ? कुनै व्यक्ति साँच्चै मुक्त र स्वतन्त्र हुन सक्नुभन्दा पहिले उसले के प्राप्त गर्नुपर्छ? एकातिर, उसले परिस्थितिहरूलाई राम्ररी हेर्नुपर्छ: ख्याति र सम्पत्ति अनि ओहदाहरू शैतानले मानिसहरूलाई भ्रष्ट पार्न, तिनीहरूलाई पासोमा पार्न, तिनीहरूको हानि गर्न, र तिनीहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने औजार हुन्। सैद्धान्तिक रूपमा, तैँले पहिले यसको स्पष्ट ज्ञान प्राप्त गर्नुपर्छ। यसबाहेक, तैँले यी कुराहरू छोड्न र तिनलाई एकातिर पन्साउन सिक्नैपर्छ। … तैँले यी कुराहरूलाई छोडिदिन र पन्छाउन, अन्य व्यक्तिहरूलाई सिफारिस गर्न, अनि तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा गौरव प्राप्त गर्ने अवसर भेटाएको बेलामा फाइदा लिनको लागि संघर्ष वा हतार गर्ने नगर्। तैँले पछि हट्न सिक्नुपर्छ, तर आफ्नो कर्तव्य निर्वाह गर्न भने ढिलाइ गर्नु हुँदैन। यस्तो व्यक्ति बन्नू जो चुपचाप गुमनाम रहेर काम गर्छ, र जसले बफादारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहँदा अन्य व्यक्तिहरूलाई धाक देखाउँदै हिँड्दैन। तैँले आफ्नो प्रतिष्ठा र हैसियतलाई जति धेरै छाडिदिन्छस्, र तैँले आफ्ना चासोहरूलाई जति धेरै छाडिदिन्छस्, तँ त्यति नै धेरै शान्त हुनेछस् र तेरो हृदयभित्र त्यति नै धेरै ठाउँ खुला हुनेछ अनि तेरो अवस्था त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ। यदि तँ यो कुरालाई विश्‍वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यस प्रकारको अवस्थालाई बदल्न चाहन्छस्, र यी कुराहरूबाट नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सर्वप्रथम तिनलाई एकातिर पन्छाउनुपर्छ र तिनलाई परित्याग गर्नुपर्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ—प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ—र जीवनमा परिपक्वता फैलाउँदछ। यसो गरेमा म सन्तुष्ट हुनेछु” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय २१”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। तिनीहरूले मलाई के देखाए भने, जब मभित्र ईर्ष्याका भावनाहरू आउँछन्, मैले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र मेरो दोषपूर्ण इरादालाई त्याग्‍नुपर्छ, मेरा आफ्ना निजी स्वार्थहरूलाई किनारा लगाउनुपर्छ, परमेश्‍वरको घरको कार्यलाई सबैभन्दा पहिले राख्‍नुपर्छ, र परमेश्‍वरको इच्छाप्रति ध्यान दिनुपर्छ। हामी सबैको आफ्नै सबल र कमजोर पक्षहरू हुन्छन्—तर परमेश्‍वरको इच्छा भनेको हामी सबैले एकअर्काको सबल पक्षहरूबाट सिकौं र हाम्रो कमजोरीहरूको भर्पाइ गरौं भन्ने हो, ताकि हरेक व्यक्ति आफ्नो पदमा खडा हुन सकून् र उनीहरूले सक्दो आफ्नो प्रयोजनको कार्य गर्न सकून्। सिस्टर वेनजिङ राम्रो क्षमता भएकी थिइन्, उनी सत्यताको अनुसरण गर्थिन्। परमेश्‍वरको घरले उनलाई मसँग काम गर्ने व्यवस्था गर्नुको कारण मैले उनको क्षमताप्रति ईर्ष्या गरूँ र आफूलाई देखाउने होडमा उनीसँग प्रतिस्पर्धा गरूँ भन्ने थिएन, बरू, यो त मैले उनको सबल पक्षहरूबाट सिकूँ र मेरो आफ्नै कमजोरीहरूको भर्पाइ गरूँ भन्ने थियो। यो मप्रति परमेश्‍वरको कृपा थियो। मैले आफ्नो मनोवृत्ति सुधार्नुपर्थ्यो; जब सिस्टर वेनजिङ मभन्दा राम्रो हुन्थिन् र उनीसँग सबल पक्षहरू हुन्थे, मैले तथ्यको सामना गर्नुपर्थ्यो, र मेरा आफ्नै कमीकमजोरीहरू स्वीकार गर्नुपर्थ्यो। मैले ती सिस्टरबाट सिक्‍नुपर्थ्यो। मैले यो कर्तव्य केही लामो समयदेखि गर्दै आएकी थिएँ र सिद्धान्तहरू अलिक धेरै बुझेकी थिएँ। यसैले ती सिस्टरलाई मैले गर्न सक्‍ने जति मद्दत गर्नुपर्थ्यो, ताकि हामीले मिलिजुली आफ्नो कर्तव्य निर्वाह गर्न सकौं।

मैले पछि सिस्टर वेनजिनसँग भेटेर मैले देखाइरहेको भ्रष्ट आचरणहरूको बारेमा उनलाई खुलेर भनें। मैले उनीसँग माफी मागें, र उनले मसँग आफ्नो हृदय खोलिन् र यो परिस्थितिमा उनले सिकेका कुराहरू मसँग सङ्गति गरिन्। उनले मलाई सान्त्वना दिइन् र प्रोत्साहित गरिन् र मैले धेरै लज्जित र दोषी महसुस गरें। पछि, जब म उनको कर्तव्यमा उनलाई कठिनाइहरू भैरहेको देख्थें, कहिलेकाहीं म मनमनै सोच्थें: “यदि मैले उनलाई यो समस्या हल गर्न मद्दत गरें भने, अगुवाहरूले उनले मात्र राम्रो काम गरेको देख्‍नेछन्। उनलाई मद्दत गर्न मैले के गरें भन्ने कसैलाई थाहा हुनेछैन। राम्रो देखिने र आफ्नो प्रदर्शन गर्ने अवसर उनलाई मात्र हुनेछ।” यही कारणले उनलाई मद्दत गर्न मलाई केही हिच्किचाहट हुन्थ्यो—तर म फेरि प्रसिद्धि र लाभको लागि उनीसँग प्रतिस्पर्धा गर्ने कोसिस गर्दैछु भन्ने कुरामा तुरुन्त सचेत हुन्थें, र मेरो इरादाहरूलाई ठीक गर्ने कुरामा मद्दतको लागि म परमेश्‍वरलाई प्रार्थना गर्थें, र गएर उनलाई मद्दत गर्ने पहल गर्थेँ। समयसँगै मेरो स्थितिमा सुधार भयो। मलाई अब त्यो पीडा र खिन्नता हुन छोड्यो जुन मेरो हृदयको गहिराइमा हुने गर्थ्यो, र सिस्टर वेनजिङसँग मेरो सम्बन्ध धेरै सौहार्दपूर्ण बन्यो। सिस्टर वेनजिङले आफ्नो स्थितिको बारेमा वा उनले के प्राप्त गरेकी छिन् भन्नेबारेमा मसँग खुलेर सङ्गति गर्थिन्, र मेरो हृदय मधुरता र आनन्दले भरिन्थ्यो।

यो अनुभवको माध्यमबाट मलाई आफ्नो ईर्ष्या र दुर्भावनापूर्ण मानवताको वास्तविक भ्रष्ट आचरणको ज्ञान भयो। यसले मलाई आफैलाई घृणा गर्न प्रेरित गर्‍यो, साथै मलाई परमेश्‍वरको धर्मी स्वभाव बारेमा केही व्यवहारिक बुझाइ हासिल गर्न पनि मद्दत गर्‍यो। यसले मलाई मेरो आफ्नै ईर्ष्याको बन्धनबाट कसरी बाहिर निस्कने भनी जान्न मद्दत गर्‍यो र मैले परमेश्‍वरका वचन सत्यताअनुसार व्यवहार गर्दा आउने शान्ति र स्थिरताको स्वाद लिएँ। यसले मलाई सत्यको अनुसरण गर्ने, आफ्नो भ्रष्ट स्वभाव त्याग्‍ने र आफ्नो कर्तव्य राम्रोसँग गर्ने इच्छाशक्ति दियो। परमेश्‍वरको मुक्तिको लागि धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

रोगबाट आएका आशिषहरू

क्षियाओ लान, चीन २०१४ मा, चिनियाँ कम्युनिस्ट पार्टीले मेइ २८ झाओयुआन प्रकरणको सिर्जना गर्‍यो र यसद्वारा सर्वशक्तिमान्‌ परमेश्‍वरको...

सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

चेङ्ग नुओ, चीनईश्वी सम्वत् २०२० नोभेम्बर महिनामा एक दिन हाम्रो टोली भेलामा एकजना अगुवा सहभागी भए र भेला सकेपछि उनले हाम्रो सम्पादन कार्यको...

पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्