एउटा आत्मिक लड़ाइँ

18 मे 2021

By Yang Zhi, USA

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई प्रश्रय दिएका हुन्छन्। जब तँ सत्यलाई अभ्यास गर्दैनस्, तँलाई तेरा सबै अभिप्रायहरू सही लाग्छन्, तर जब तँलाई केही हुन्छ, तँभित्र धेरै गलत अभिप्रायहरू रहेछन् भनेर तैँले देख्नेछस्। तसर्थ, जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई परमेश्‍वर सम्‍बन्धी उनीहरूको ज्ञानमा बाधा पुर्‍याउने धेरै अभिप्रायहरू उनीहरूभित्र रहेको अनुभव गर्न लगाउनुहुन्छ। जब तैँले तेरा अभिप्रायहरू गलत रहेछन् भनेर पहिचान गर्छस्, यदि तँ तेरो अभिप्राय र धारणाहरू अनुसार अभ्यास गर्न बन्द गर्न सक्छस्, र परमेश्‍वरको सामु साक्षी दिन सक्षम हुन्छस्, र तँलाई हुने सबै कुराहरूमा तँ तेरो स्थानमा दह्रिलो भएर खडा हुन्छस् भने, यसले तैँले देहको विरोध गरेको छस् भन्‍ने प्रमाणित गर्छ। जब तँ देहको विरोध गर्छस्, तँभित्र निःसन्देह लडाइँ हुन्छ। शैतानले मानिसहरूलाई जाँच्‍नेछ र त्यसमा विश्‍वास गराउन प्रयास गर्नेछ, देहका अभिप्रायहरूमा विश्‍वास गराउने र देहका रुचिहरू कायम राख्ने प्रयास गर्नेछ—तर परमेश्‍वरका वचनहरूले मानिसहरूलाई भित्रबाट ज्योति र अन्तर्दृष्टि दिनेछ, र यो समयमा परमेश्‍वरलाई विश्‍वास गर्ने कि शैतानलाई विश्‍वास गर्ने हो भन्ने कुरा तेरै हातमा हुन्छ। मुख्यतया मानिसहरूभित्र रहेका थोकहरूको निराकरण गर्न, परमेश्‍वरको हृदयअनुसारको नरहेका उनीहरूको सोच र अभिप्रायहरूको निराकरण गर्नका लागि परमेश्‍वरले उनीहरूलाई सत्यको अभ्यास गर्न अह्राउनुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई उनीहरूको हृदयमा छुनुहुन्छ र उनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। त्यसैले, हुने सबै कुराहरूका पछाडि लडाइँ हुन्छ: मानिसहरूले सत्यको, वा परमेश्‍वरको प्रेमको अभ्यास गर्दा हरेक पटक, त्यहाँ ठूलो लडाइँ हुन्छ, र उनीहरूका देहभित्र सबै ठीकै देखिए पनि, उनीहरूको हृदयको गहिराइमा, वास्तवमा, एक जीवन र मृत्युको लडाइँ चलिरहेको हुन्छ—र यो तीव्र लडाइँपछि, व्यापक समीक्षापछि मात्रै, जीत र हारको निर्णय हुन्छ। रुनु कि हाँस्नु भनेर थाहा हुँदैन। मानिसहरूभित्र भएका अभिप्रायहरू गलत हुने भएकाले, वा उनीहरूको अभिप्रायसँग परमेश्‍वरको कार्य बाझिने भएकाले, जब मानिसहरूले सत्यको अभ्यास गर्छन्, पर्दा पछाडि ठूलो लडाइँ हुन्छ। यो सत्यलाई अभ्यास गर्दा, पर्दा पछाडि, मानिसहरूले अन्ततः परमेश्‍वरलाई सन्तुष्ट बनाउने निर्णय गर्नअघि अनगन्ती दुःखका आँशु झारेका हुनेछन्। यही लडाइँको कारण मानिसहरूले कष्ट र शोधन सहन्छन्; साँचो कष्ट-भोग यही नै हो। जब तँमाथि लडाइँ आइपर्छ, यदि तँ परमेश्‍वरको पक्षमा साँचो रूपमा खडा हुन सक्छस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्छस्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो”)। परमेश्‍वरका वचनहरू पढिसकेपछि मलाई सत्यको अभ्यास गर्नु बिलकुलै सजिलो विषय होइन र आत्मिक लडाइको वास्तवमै आवश्यकता छ भन्‍ने गहन महसुस भयो। धेरै वर्ष पहिले, मेरो साली एक अपराधीको रूपमा प्रकट हुन पुगिन्। मण्डलीले उनलाई निष्कासित गर्ने उद्देश्य राख्यो, तर म आफ्नो भावनाहरूबाट बाध्य पारिएँ र मैले सत्यतालाई अभ्यास गर्न सकिनँ। मेरो हृदयमा, मैले उतारचढावको साथ संघर्ष गरें, र यो निकै दुःखद थियो। अन्तमा, परमेश्‍वरको वचनको न्याय र प्रकाशको माध्यमबाट, मैले आफ्ना भावनाहरू अनुसार कार्य गर्दाका खतराहरू र नतिजालाई स्पष्ट रूपमा देखेँ। त्यसपछि मात्र मैले आफ्नो देहलाई त्याग्न, मेरो भावनाहरूलाई त्याग्न, दुष्कर्मीलाई खुलासा र इन्कार गर्न, र अन्तमा सत्यको अभ्यास गरेर शान्ति र सुरक्षाको आनन्द लिन सकेँ।

२०१७ मा, म मेरो स्थानीय मण्डलीमा नेतृत्वको जिम्मेवारी लिन फर्के। एउटा सभामा मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई के बताए भने, मण्डली अगुवाको रूपमा आफ्नो दायित्व पूरा गर्ने क्रममा मेरो साली, हन बिंगले सभाहरूमा सङ्गति गर्दा सतही शब्दहरू र धर्म-सिद्धान्तहरू बोलेर धाक देखाउने प्रयास गरिन्। उनी जता-जता गएकी थिइन, उनले आफूले गरेका कर्तव्यहरू र उनले कसरी कष्ट सहिन् त्यस बारेमा कुरा गरेकी थिइन्, जसले गर्दा अरूले उनलाई दण्डवत् गर्ने र सुन्ने तुल्यायो। दाजुभाइ तथा दिदीबहिनीहरूले उनीहरूका कर्तव्यहरूमा विद्यमान केही समस्याहरूका बारेमा उनीसँग कुरा गरेपछि, उनले ती समस्याहरू समाधान गर्न सत्यताको बारेमा सङ्गति गरेकी थिइनन्, बरु अरूलाई होच्याएर भाषण दिएकी थिइन्। उनका भाषणले गर्दा केही दाजुभाइ तथा दिदीबहिनीहरूले नकारात्मकताको स्थितिमा जिउन थालेका थिए र आफ्‍नो कर्तव्यहरूप्रति सबै रुचि गुमाएका थिए। पछि, हान बिंगलाई प्रतिस्थापन गरिएको थियो। त्यसपश्चात, उनले आफ्‍नो बारेमा चिन्तन गर्न र आफूलाई बुझ्न अस्वीकार गरेकी थिइन्, र उनले अझै पनि दाजुभाइ-दिदीबहिनीहरूको बीचमा उत्तेजना र झगडा मच्चाएर मण्डली जीवनमा बाधा ल्याएकी थिइन्। मण्डलीका अगुवाहरूले उनीसँग धेरै पटक सङ्गति गरेका थिए, र उनलाई निराकरण र उनको आलोचना पनि गरेका थिए, तर उनले कुनै पनि कुरा स्वीकार गर्न इन्कार गरेकी थिइन्। उनी अनाज्ञाकारी र असन्तुष्ट रहिन् र नकारात्मकता फैलाउने कार्यलाई जारी राखिन्, जसले मण्डली जीवनमा ठूलो अवरोध ल्यायो। … जब मैले हान बिंगले यसरी व्यवहार गरिरहेकी छिन् भन्‍ने सुनें, म अत्यन्तै क्रोधित भएँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमा झगडा लगाउँछन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्‍वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूले निश्चित रूपमा निष्कासनको सामना गर्नेछन्। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू सच्‍चा दुष्ट शैतान हुन्। तिनीहरूको बानीव्यहोराले परमेश्‍वरको कामलाई बाधा र अवरोध गर्छ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई दुर्बल बनाउँछ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो होस् वा चाँडो, भेडाहरूको भेस ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर आचरण, तिरस्कार गर्ने आचरण अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्” (वचन देहमा देखा पर्नुहुन्छको “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेताउनी”)। जब मैले परमेश्‍वरका वचनहरूको यो खण्डलाई सम्झेँ, मैले स्पष्ट रूपमा बुझेँ कि परमेश्‍वरका वचनहरूद्वारा नाप्दा, हान बिंगको प्रकृति र सार वास्तवमा एक दुष्कर्मीको थियो। मण्डलीका अगुवाहरू र सहकर्मीहरूले परमेश्‍वरको वचनको आधारमा उनको व्यवहारको विश्लेषण गरे, र भने, कि उनले बलिदानहरू दिन र आफैलाई समर्पित गर्न सकेकी भए पनि, र आफ्‍ना कर्तव्यहरू पूरा गर्ने क्रममा कष्ट भोग्न र मूल्य तिर्न सकेकी भए पनि, उनी अहङ्कारी र आत्म-हठी छिन्, सत्यतालाई कति पनि स्वीकार गर्दिनन्, मनमानी र हठी छिन्, मण्डली जीवनलाई विचलित तुल्याउँछिन्, र जति भने पनि उनले आफ्ना गल्तीहरू सुधार गर्न इन्कार गर्छिन्। यसले उनलाई एक दुष्कर्मी बनायो। परमेश्‍वरको घरको कार्य व्यवस्थापनको नियमअनुसार त्यस्ता व्यक्तिहरूलाई निष्कासन गरिनुपर्छ। उनलाई मण्डलीबाट निष्कासन गर्नुपर्छ भनेर धेरै दाजुभाइ-दिदीबहिनीहरूले भनेको सुनेपछि म धेरै विचलित भएँ: उनको व्यवहारलाई हेरेर मैले उनी वास्तवमा कुकर्मी हुन् र उनलाई निष्कासन गरिनुपर्छ भन्‍ने देखेँ, तर उनी मेरी श्रीमतीको कान्छी बहिनी थिइन्, र मेरो सासू-ससुराले मलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो र मेरो परिवारको धेरै हेरचाह गर्नुहुन्थ्यो। यदि उनीहरूले मैले हान बिंगलाई निष्कासन गर्न मतदान गरेको कुरा थाहा पाए भने, के उनीहरूले मलाई निर्दयी, अकृतज्ञ, र परिवारको कदर नगर्ने भन्‍ने ठान्‍नेथिएनन् र? मैले त्यस्तो गरिसकेपछि मैले मेरो सासूससुराको अनुहार कसरी हेर्न सक्थेँ र? तर मण्डलीको अगुवाको रूपमा, यदि मैले सिद्धान्तहरूअनुरूप कार्य गरिन भने, मण्डलीमा एक दुष्कर्मी छ भनेर राम्ररी थाहा पाएर पनि मैले उनलाई निष्कासन गरिन भने, र यदि मैले यो दुष्कर्मीलाई मण्डली जीवनमा बाधा पुर्‍याउन र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि पुर्‍याउन दिइरहेँ भने, के त्यसले मलाई दुष्कर्मीको साथी र परमेश्‍वरको शत्रु बनाउँदैनथियो र? म यसबारे थप सोच्न डराएँ। त्यस समयमा, मलाई चेपारोमा परेको महसुस भयो। के गर्ने हो सो मलाई थाहा भएन। सिस्टर झाउले म दुःखित भएको देखिन्, र मलाई भनिन्, “ब्रदर याङ्ग, हान बिंगले मण्डली जीवनलाई बारम्बार बिथोलेकी छिन्, र उनले पश्चातापको अलिकता पनि संकेत देखाउँदिन। सिद्धान्तको आधारमा, उनलाई मण्डलीबाट निकालिदिनुपर्छ। यो मण्डलीको कामलाई रक्षा गर्नु हो। त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो! हामीले परमेश्‍वरको इच्छालाई ध्यान दिनु आवश्यक छ, र हाम्रा आफ्नै भावना र व्यक्तिगत अनुभूतिहरूका आधारमा कार्य गर्नु हुँदैन।” उनको कुरा सुनेपछि, म अझै विचलित भएँ।

ठीक त्यतिखेर, केही दाजुभाइ-दिदीबहिनीहरूले यसो भनेर सल्लाह दिए, ‍“हान बिंगले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेकी छिन्, उनले आफ्नो परिवार र करियरलाई आफ्नो कर्तव्यहरू पूरा गर्नको लागि त्यागेकी छिन्, र उनले धेरै दुःख भोगेकी छिन्। हामीलाई लाग्छ उनलाई पश्चाताप गर्ने अर्को मौका दिइनुपर्छ।” जब मैले ती शब्दहरू सुनें, मलाई स्पष्ट थाहा भयो, कि यी दाजुभाइ-दिदीबहिनीहरूले हान बिंगले गरेको देखावटी राम्रो कामको धोकामा परेर मात्रै यसो भनिरहेका थिए, र हान बिंगको व्यवहारको विश्लेषण गर्न मैले उनीहरूसँग सत्यता के हो सो बारे सङ्गति गर्नुपर्छ, ताकि उनीहरूले उनको प्रकृति र सार बुझ्न सकून्। तर त्यसपछि मैले सोचेँ, हान बिंग मेरो सासूससुराको मनपर्ने छोरी हो, मेरी सासू परमेश्‍वरमाथिको उनको विश्‍वासमा भ्रमित हुनुहुन्छ, र कुनै समझशक्ति छैन, र मेरी श्रीमती अत्यन्तै भावनात्मक छिन्। यदि मैले हान बिंगलाई निष्कासन गर्ने र मेरा दाजुभाइ-दिदीबहिनीहरूका निम्ति उनको खराब व्यवहारको पर्दाफास र विश्लेषण गर्ने निर्णय गरें भने, के मैले निर्धक्कपूर्वक मेरी श्रीमतीको सम्पूर्ण परिवारलाई चोट पुर्‍याइरहेको हुनेथिइन र? यदि मैले दाजुभाइ-दिदीबहिनीहरूको अगाडि हान बिंगको बारेमा केही राम्रा शब्दहरू भनें, र त्यसपछि उनलाई पश्चाताप गर्न र कुनै थप गडबडी नगर्न अनुरोध गर्दै उनीसित सङ्गति गरें भने, तब उनलाई मण्डलीबाट निकालिनु आवश्यक नपर्ने सम्‍भावना हुनेथियो, र त्यसरी मैले आफ्नी श्रीमतीको परिवारलाई अपमान गरेको हुनेथिइनँ। यो धारणाले मैले महसुस गरिरहेको केही चिन्तालाई कम गर्‍यो, त्यसैले मैले मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई भनेँ, “हान बिंगले वास्तवमै खराब काम गरेकी र अपराधहरू गरेकी छिन्, तर सम्भव भएको हदसम्म मानिसहरूलाई बचाउनु परमेश्‍वरको इच्छा हो, त्यसैले हामीले उनलाई पश्चाताप गर्न अर्को मौका दिनुपर्छ। यदि उनले फेरि दुष्कर्म गरिन् भने, उनलाई निकाल्न ढिलो हुनेछैन, र हामीले उनलाई तनमनले स्वीकार्न लगाउन सक्छौं।” जब सिस्टर झौले मैले यी देखावटी शब्दहरू भनेको सुनिन्, उनले केही भन्न चाहन्थिन्, तर अन्तमा उनी चूप लागेर बसिन्। अरू कसैले पनि केही भनेनन्, र मैले आफ्नो हृदयको तनाव केही सहज भएको महसुस गरें। मैले मनमनै सोचेँ, बल्‍ल मैले मेरा सासूससुरालाई अपमान गर्ने बारेमा चिन्ता लिनु पर्दैन। तर दुई दिनपछि, अचानक मेरो मुखमा अल्सर देखा पर्‍यो—तीन वटा अल्सर। मेरो मुख आगोले जलेको जस्तो महसुस हुन्थ्यो; अत्यन्तै पोल्थ्यो। कहिलेकाहीँ यति दर्दनाक महसुस हुन्थ्यो कि म बोल्न र खानै सक्दिनथिएँ, र यो पीडा यति खराब भयो कि म राती पनि बिउँझन्थें। मेरो पीडाको बीचमा, मैले परमेश्‍वरलाई यसरी प्रार्थना गरें: “हे परमेश्‍वर, मलाई थाहा छ, कि मेरो मुखमा र जिब्रोमा यी कष्टकर अल्सर संयोगले मात्रै उत्पन्न भएका होइनन्; यो मलाई तपाईंको ताडना र अनुशासन हो। हे परमेश्‍वर! म तपाईंकहाँ पश्चाताप गर्न चाहन्छु।”

पछि, मेरा भक्तिका समयमा, मैले परमेश्‍वरको वचनहरूको यो खण्ड देखेँ: “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले सधैँ परमेश्‍वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरूले आफूभित्र सधैँ परमेश्‍वरलाई आदर गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्‍वरको झन्डा फहराउँदै सेखी गर्दै र सबैतिर ठग्दै सबै ठाउँमा जथाभाबी भयानक प्रकारले दगुर्नुहुँदैन; यो सबैभन्दा विद्रोही आचरण हो। परिवारहरूको आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका कानुनहरू हुन्छन्—र के परमेश्‍वरको भवनमा अझ बढी यस्तो हुँदैन र? के ती मापदण्डहरू अझ कडा छैनन् र? के त्यहाँ अझ बढी प्रशासकीय आदेशहरू छैनन्? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्‍वरको प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्नु मिल्दैन। परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूबाट कुनै अपराध सहनुहुन्न; उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिनुहुन्छ। के वास्तवमा मानिसहरूले अघिबाटै नै जान्दैनन् र?” (वचन देहमा देखा पर्नुहुन्छको “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेताउनी”)। परमेश्‍वरका यी वचनहरू देखेर म डरले थरथर कामेँ। मैले देखेँ, कि उहाँको स्वभाव पवित्र, धर्मी छ, र यसले कुनै उल्‍लङ्घन सहँदैन। परमेश्‍वरको घरमा, ख्रीष्ट र सत्यतासँग नै शक्तिको स्वामित्व हुन्छ। मण्डलीको काममा बाधा पुर्‍याउने र अवरोध पुर्‍याउने दुष्कर्मीहरूलाई परमेश्‍वरले घृणा र इन्कारको दृष्टिकोणले हेर्नुहुन्छ। र विवेक भएर पनि दुष्कर्मीहरूको पक्षमा खडा हुने र तिनीहरूको पक्षमा निरन्तर बोल्ने मानिसहरूलाई, परमेश्‍वरले घृणा र क्रोधपूर्ण रीतिले व्यवहार गर्नुहुन्छ। सत्यको अभ्यास गर्न अस्वीकार गर्ने, उत्तेजना र कलह पैदा गर्ने, र मण्डलीको काममा अवरोध ल्याउने र खलबल्याउने, हान बिंग परमेश्‍वरको कामले खुलासा गरेको, र निष्कासन गरिनुपर्ने ठीक त्यस्तै प्रकारको दुष्कर्मी थिइन्। तर मेरी श्रीमतीको परिवारसँगको सम्बन्धलाई जोगाउन, सत्यका सिद्धान्तहरूलाई बेचेर म मेरो अन्तस्करणको विरुद्धमा गएँ। मैले दुष्कर्मीलाई आश्रय दिएँ र बहाना बनाएँ। म एक दुष्कर्मीको पक्षमा उभिएँ, र उनको रक्षा गर्ने कार्य गरें। के यसले मलाई अपराधीको सहयोगी र साथी बनाएन र? परमेश्‍वरले मलाई नेतृत्वको जिम्मेवारी दिएर सम्मानित गर्नुभयो, तर मसँग उहाँप्रति कुनै श्रद्धा थिएन। मैले सत्यतालाई स्पष्टसँग बुझेको थिएँ, तैपनि मैले यसको अभ्यास गरिनँ, बरु मण्डलीमा एक दुष्कर्मीलाई राख्नको लागि जानाजानी छलमा संलग्न भएँ, जहाँ उनले मण्डली जीवनलाई भङ्ग गरेकी थिइन् र मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गरेकी थिइन्। मैले जानाजानी र विचारपूर्वक परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरिरहेको थिएँ! मेरो कार्यले अरू मानिसहरूलाई धोका दिन सक्थ्यो, तर तिनले परमेश्‍वरलाई धोका दिन सकेनन्। हाम्रो हृदयमा जे छ त्यो परमेश्‍वरले देख्नुहुन्छ। मनोमानी ढङ्गले हतारमा काम गर्ने म जस्तो व्यक्तिलाई उहाँले कसरी सहन सक्नुहुन्थ्यो? मैले पहिले नै एउटा अपराध गरिसकेको थिएँ, र मलाई थाहा थियो कि मैले पश्चात्ताप गरिनँ भने, परमेश्‍वरले मलाई हटाउनुहुनेछ। त्यसैले मैले तुरुन्तै पश्‍चात्ताप गर्न परमेश्‍वरलाई प्रार्थना गरें। मेरा धेरै सहकर्मीहरूसँग यसको छलफल गरिसकेपछि, हामीले हान बिंगको दुष्कर्महरूको सूची तयार गर्यौं र उनलाई मण्डलीबाट निकाल्न आवेदन दियौं। मैले परमेश्‍वरको दिशामा फर्कने इच्छा गरेपछि, मेरो मुखको अल्सर रहस्यमय रूपमा निको भयो।

दुई दिनपछि, म कुनै काम गर्न मेरो सासूको घरमा गएँ, र हान बिंग पनि त्यहीँ थिइन्। जब उनले मलाई देखिन्, उनले मलाई कठोर नजरले हेरिन् र त्यसपछि फर्केर गइन्। मेरी सासूले रिसाएर मलाई भनिन्, “तपाईंकी सालीले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेकी छिन्, र सुसमाचार फैलाउनका निम्ति यति धेरै कष्ट भोगेकी छिन्। कुन व्यक्तिको स्वभाव भ्रष्ट हुँदैन र? यदि मण्डलीले उनलाई निष्कासन गरिन् भने, के उनले परमेश्‍वरको मुक्ति पाउने मौका गुमाउँदिनन् र? तपाईं उनीप्रति यत्तिको निर्दयी हुनु हुँदैन!” मेरी श्रीमतीले पनि हान बिंगको पक्षमा बोल्न सुरमा सुर मिलाइन्। उनीहरू कत्ति भावनात्मक भए, र हान बिंगप्रति उनीहरूको बुझाइ थोरै रहेछ भन्‍ने देखेर, मैले उनको खराब व्यवहारको बारेमा उनीहरूसँग सङ्गति गरें। तर मेरो सासूले ध्यानै दिइनन्। बरु, उनले मलाई आँखाभरि आँसु झार्दै नराम्ररी चिच्याइन्। उनको रीस देखेर मेरी श्रीमती पनि मलाई हप्काउँदै उभिरहिन्। यो सबै देखेर, मलाई यति कमजोर र दयनीय अनुभूति भयो कि मैले खानसमेत सकिनँ। त्यो रात, ओछ्यानमा गएपछि, जति नै प्रयास गरे पनि निदाउन नसकेर म यताउति पल्टिरहेँ। एकातिर, मैले मण्डलीको कामको रक्षा गर्न दुष्कर्मीलाई निष्कासन गर्नु परेको थियो तर अर्कोतर्फ मेरी श्रीमती र सासूले आरोप लगाइरहेका थिए। मैले के गर्नुपर्थ्यो? यदि मैले मेरी सालीलाई निकालिदिएँ भने, मैले मेरो सासूको सम्पूर्ण परिवारलाई अपमान गर्नेथिएँ, जुन कार्यले मेरी श्रीमतीसँगको मेरो सम्बन्धलाई असर गर्न सक्थ्यो र मेरो आफ्नै परिवार टुक्रिने सम्‍भावना हुन्थ्यो। तर यस दुष्कर्मीलाई मण्डलीमा रहन दिँदा मण्डली जीवनलाई खतरा हुन सक्थ्यो र यसले मेरा दाजुभाइ-दिदीबहिनीहरूको जीवनलाई हानि पुर्‍याउनेथियो। यी सबैको बारेमा सोच्दा म साह्रै दुःखित र विचलित भएँ। मैले गर्न सक्ने कुरा त परमेश्‍वरलाई व्यग्र प्रार्थना गर्नु मात्र थियो: “हे परमेश्‍वर, म अत्यन्तै कमजोर भएको महसुस गर्छु। हान बिंगलाई निष्कासित गर्ने सम्बन्धमा, म तपाईंलाई अपमान गर्न चाहन्न, तर म मेरा भावनाहरूद्वारा बाँधिएको छु र सत्यतालाई अभ्यास गर्न मलाई समस्या भएको छ। म तपाईंसँग बिन्ती गर्दछु, मलाई शक्ति दिनुहोस् र अन्धकारको शक्तिलाई जित्न मलाई मार्गदर्शन दिनुहोस्, ताकि मैले दृढ भएर खडा भई तपाईंको गवाही दिन सकूँ।”

मैले प्रार्थना गरेपछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो”)। “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १३”)। परमेश्‍वरका वचनहरूको हरेक निन्दनीय प्रश्नले मेरो मुटु छेड्यो। मैले ती वचनहरूमा उहाँको जरुरी इच्छा र आवश्यकताहरूको अनुभूति गरें। मैले मेरो भावना वा व्यक्तिगत अनुभूतिहरूमा भर नपरी दुष्कर्मीलाई निष्कासन गर्ने विषयलाई सम्हाल्नेछु, र म परमेश्‍वरको पक्षमा अटल भई खडा हुनेछु र उहाँको इच्छालाई पूरा गर्न सत्यताको अभ्यास गर्नेछु भन्‍ने आशा परमेश्‍वरले गर्नुभएको थियो। मैले परीक्षाको अवधिमा अय्यूबले के गरेका थिए त्यसको बारेमा सोचेँ, र सतही तवरमा, कसरी उनको सम्पत्ति लुटिए, उनका छोराछोरी मरे, उनका नोकरहरू मारिए, र तिनकी श्रीमती र तीन जना साथीले उनलाई आक्रमण गरे, यी सबै घटनाहरूको पछाडि परमेश्‍वरसँगको शैतानको बाजी थियो। ती कुराहरू अय्यूबमाथि आइपरेका शैतानका प्रलोभनहरू थिए। अन्तमा, अय्यूब आफ्नो विश्‍वास र परमेश्‍वरप्रतिको श्रद्धाका कारण परमेश्‍वरको पक्षमा उभिन सके। उनले शैतानलाई पूर्ण अपमान र असफलतामा पारे, र उनले परमेश्‍वरको लागि कडा र गहन गवाही दियो। मेरी सासूले मलाई बाहिरबाट दबाब दिएको कुरा वास्तवमा आत्मिक क्षेत्रको लडाई थियो। यो शैतानको छलकपट थियो। यो मेरो भावनात्मक सम्‍बन्धहरूको फाइदा उठाउँदै सत्यको अभ्यास गर्नबाट मलाई रोक्ने प्रयास थियो, ताकि कुकर्मीले त्यही स्थानमा बसेर मण्डलीको कामलाई भङ्ग गर्न र नष्ट गर्न जारी राख्न सक्थ्यो। तर परमेश्‍वरले मलाई जाँच्‍न, मेरी श्रीमती र सासूको अवरोधका कारण म शैतानको अधीनमा सुम्पिन्छु कि, म धार्मिकतालाई समर्थन गर्ने, सत्यताको अभ्यास गर्ने र सिद्धान्तहरूअनुरूप काम गर्ने गर्छु सो हेर्न यस घटनालाई प्रयोग गर्दैहुनुहुन्थ्यो। यदि मैले मेरो देहलाई सन्तुष्ट गर्ने र शैतानको पक्षमा खडा हुने निर्णय गरेको भए, के म शैतानको छलकपटमा फसेको हुँदैनथिएँ र? यदि मैले त्यसो गरेको भए, मैले परमेश्‍वरको उपस्थितिमा गवाही गुमाउनेथिएँ।

जब मैले यी सबै कुराको बारेमा सोचेँ, मैले आफ्‍नै बारेमा सोच्न थालें: यी सबै समयमा, यस छनौटको सामना गर्नु पर्दा, मैले किन चेपारोमा परेको महसुस गरें र यति विचलित भएँ? मैले मण्डलीको कामको रक्षा गर्नुपर्ने आवश्यकतालाई राम्ररी बुझेको थिएँ तर किन मैले आफ्ना भावनाहरूमा रहेर काम गरिरहेँ, र सत्यताको अभ्यास गर्न र सिद्धान्तहरूअनुरूप काम गर्न मलाई गाह्रो भयो? तत्पश्चात्, मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ, “यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई ‘उच्‍च शिक्षा दिइने’ संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, जीवनयापनको घृणित दर्शनशास्‍त्र, पूर्णतया मूल्यहीन अस्तित्व, र भ्रष्‍ट जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्‍न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको स्वरूपलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको क्षेत्र अन्तर्गत रहेर, हिलोको भूमिमा शरीरको भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन” (वचन देहमा देखा पर्नुहुन्छको “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो”)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, म आफ्ना भावनाहरूभित्र रहेर बाँचिरहेको थिएँ, सत्यको अभ्यास गर्न असमर्थ थिएँ र परमेश्‍वर विरुद्धको विद्रोह र प्रतिरोधको स्थितिमा थिएँ, किनकि मलाई शैतानले भ्रष्ट पारेको थियो। दियाबलसहरूको राजा, शैतानले मलाई अन्य व्यक्तिप्रतिको मेरो भावनाहरू जीवनको सबैभन्दा महत्त्वपूर्ण चीजको रूपमा हेर्न, सुरक्षित सम्बन्धहरू र मानिसहरूको भावनाप्रति संवेदनशील हुनु भनेको मान्छे बन्‍नु हो भनेर सोच्ने बनाउन, र त्यसो नगर्नु निर्दयी र विश्‍वासविहीन हुनु हो, र यसको लागि मलाई अरूले दोष लगाइनेछन् भन्ने मलाई विश्‍वास गर्ने तुल्याउन ममा “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “रगत पानीभन्दा गाढा हुन्छ,” र “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ?” जस्ता शैतानी दर्शनशास्त्र प्रत्यारोपण गर्न सामाजिक मत-शिक्षण र स्कूलमा प्राप्त गरेको शिक्षा प्रयोग गर्यो। मैले यी शैतानी दर्शनशास्त्रहरूलाई सकारात्मक चीजको रूपमा लिएँ, र ती कुराहरूलाई बाँच्नका लागि चाहिने सिद्धान्तहरू ठानेँ, र यी शैतानी दर्शनशास्त्र र नियमहरूअनुसार मेरो जीवन बिताउँदा, म सही र गलतको बारेमा सिद्धान्तविहीन र भ्रमपूर्ण, अत्यन्त स्वार्थी, तुच्छ, धूर्त र छली भएँ। हान बिंगलाई निष्कासित गर्ने सम्बन्धमा, मलाई मेरा आफन्तहरूले अकृतज्ञ र निर्दयी हुँ भनेर भन्नेछन्, र यसले मेरो परिवारलाई भत्काउनेछ भन्‍ने डर मलाई भयो; यसले गर्दा मैले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवनलाई बेवास्ता गर्ने बनायो। म वास्तवमै स्वार्थी र घृणित थिएँ। यस प्रकारको व्यवहार गरेर, म वास्तवमै अकृतज्ञ र निर्दयी थिएँ। हाम्रो समाज किन अन्धकार र दुष्ट छ र किन त्यहाँ निष्पक्षता वा न्याय छैन भन्ने कारण के हो भने, सबै मानिसहरू यी शैतानी दर्शनशास्त्र र नियमअनुसार आफ्नो जीवन जिउँछन्। मानिसहरूले केवल शारीरिक भावनात्मक सम्बन्धको बारेमा मात्र चिन्ता गर्छन्। तिनीहरू आफ्‍ना नजिकका मानिसहरूको पक्षमा मात्रै बोल्छन्। जब यी व्यक्तिहरूले केही अवैध काम गर्छन् वा कुनै अपराध गर्छन्, त्यस बेला समेत उनीहरूले तिनीहरूलाई सुरक्षा र सहायता गर्ने तरिकाहरूको बारेमा सोच्छन्, र तिनीहरूको लागि बोल्ने प्रयासमा सही र गलतमा भ्रमित हुन्छन्। त्यसपछि मात्र मैले यी शैतानी दर्शनशास्त्र र नियमहरू तर्कसङ्गत र नैतिक र मानवीय धारणाहरूसँग मेल खाने देखिन्छन्, तर तिनीहरू वास्तवमा मूर्खतापूर्ण भ्रमहरू हुन् जुन शैतानले मानिसहरूलाई धोका दिन र भ्रष्ट पार्न प्रयोग गर्छ। ती सत्यता र परमेश्‍वरसँगको दुस्मनीमा छन्। जब हामी यी चीजहरूद्वारा जिउँछौं, हामीले परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने, अरूलाई हानि पुर्‍याउन र भूत आत्माहरूको प्रकृतिमा बाँच्न मात्रै सक्छौं। विगतमा, म त्यस्ता शैतानी दर्शनशास्त्र र नियमहरूअनुसार जीवन बिताउथें, दुष्कर्मीलाई जोगाउथें, र उनको गल्तीहरूमा पनि सहभागी हुन्थें। तर परमेश्‍वरले मेरो विगतका अपराधहरूलाई मेरो विरुद्ध प्रयोग गर्नुभएन, र अझै मलाई पश्चाताप गर्ने मौका दिनुभयो, जसको लागि म परमेश्‍वरप्रति अत्यन्तै आभारी छु। त्यसैले, मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरें र शपथ खाएँ: हे परमेश्‍वर, म अबदेखि आफ्नो भावनाहरूमा रहेर काम गर्न चाहन्न। म तपाईंले प्रेम गर्ने कुरालाई मात्र प्रेम गर्न र तपाईंको वचनहरूअनुसार तपाईंले घृणा गर्ने कुरालाई घृणा गर्न, सत्यका सिद्धान्तहरूलाई पालन गर्न र दुष्कर्मीहरूलाई तुरुन्तै मण्डलीबाट निष्कासन गर्न मात्रै चाहन्छु।

भोलिपल्ट, सहकर्मी सभामा मैले सहकर्मीहरूबाट के सुनेँ भने, हान बिंगले अझै पनि आफूलाई बुझ्न सकेको छैन वा कुनै पश्चाताप देखाएकी छैन, र उनले अझै पनि क्रोध पैदा गर्ने, असहमति पैदा गर्दै, र गुटबन्दी गर्ने प्रयास गरिरहेकी छिन्। जब मैले यो सुने, मैले आफैलाई अझै बढी दोष दिएँ। मैले उनलाई मण्डली जीवनमा बाधा पुर्याउन दिँदै, मेरो भावनाहरूमा रहेर काम गरेकोले र उनलाई समयमै निष्कासन नगरेकोले मैले आफूलाई घृणा गरें। पछि, अर्को सभाको क्रममा, मैले ईमान्दारीपूर्वक परमेश्‍वरका वचनहरू प्रयोग गरी हान बिंगको प्रत्येक खराब व्यवहारहरूको विश्लेषण र विचार गर्न सुरु गरें, र सङ्गतिको माध्यमबाट, उनको बहकाउमा परेका दाजुभाइ-दिदीबहिनीहरूले पनि विवेकको विकास गरे र उनलाई अस्वीकार गर्न थाले। मेरी श्रीमतीले सत्यताको बुझाई हासिल गरिसकेपछि हान बिंगको प्रकृति र सारको बारेमा सत्य कुरा पत्ता लगाइन्, र त्यस उप्रान्त उनले उनकी बहिनीलाई अनुचित व्यवहार गरिएको थियो भनेर तर्क गरिनन्। हान बिंगलाई मण्डलीबाट निष्कासन गरिसकेपछि, यसलाई अब उप्रान्त दुष्कर्मीले बाधा दिएन, त्यसैले दाजुभाइ-दिदीबहिनीहरूले फेरि सामान्य रूपमा नै सभाहरूमा उपस्थित हुन र आफ्नो कर्तव्य पूरा गर्न सके। हामी सबैले परमेश्‍वरलाई उहाँको धार्मिकताको लागि प्रशंसा गर्यौ! यस घटनाले मलाई के कुरा देखायो भने, परमेश्‍वरको घरमा, उहाँका वचनहरू र सत्यतासँग नै शक्तिको स्वामित्व हुन्छ, सबै कुरा सत्यको सिद्धान्तहरूअनुसार संचालन गरिन्छ, र अविश्‍वासीहरू, कुकर्मीहरू, र ख्रीष्ट विरोधीहरूले परमेश्‍वरको घरमा आफूलाई राख्न सक्दैनन्। मैले पनि व्यक्तिगत रूपमा के अनुभव गरें भने, शैतानी दर्शनशास्त्र र नियमहरूको आधारमा बाँच्दा हामीलाई पीडा मात्र हुन सक्छ। यसले हामीलाई वा अरू कसैलाई फाइदा गर्दैन। केवल परमेश्‍वरका वचनहरू अनुसार जिउँदा मात्र हामीले सँधै सुरक्षित र शान्त महसुस गर्न सक्छौं। आज म अब उप्रान्त शैतानी दर्शनशास्त्र र नियमहरूद्वारा बाँच्दिन, र मैले मेरा भावनाहरूको अवरोधलाई तोडिदिएको छु, मैले केही सत्यताको अभ्यास गर्न सकेको छु, र केही धार्मिकताका साथ बाँच्न सकेको छु—परमेश्‍वरको मुक्तिको कारणले नै मैले यी सबै गर्न सकेको हुँ, र यो पूर्णतया परमेश्‍वरको वचनहरूको न्याय र सजायद्वारा हासिल गरिएको एउटा प्रभाव हो। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको सारको ज्ञान तेरो कल्‍पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्‍वरको अख्तियारलाई जान्‍नको लागि तँ कल्‍पनामा भर पर्न नसक्‍ने हुँदा, तैँले कुन तरिकाले परमेश्‍वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्‍वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्‍वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो;

हृदयको छुटकारा

एक समय थियो म लगातार ईर्ष्यालु, भ्रष्ट स्वभाव लिएर बाँचिरहेको थिएँ। यो निकै पीडादायक थियो। मैले यसलाई जित्न वा छोड्न सकिनँ। मलाई मेरो खिल्ली उडाउँछन् भन्ने ठूलो डर हुन्थ्यो। यो दबाबपूर्ण अत्याचार थियो। ती साँच्चिकै थकाइ लाग्दो, कठिन समयहरू थिए। मलाई मेरो शैतानिक स्वभावको बन्धनबाट उम्कन अगुवाइ गर्ने परमेश्‍वरको वचन थियो। र यसले मेरो आत्मालाई स्वतन्त्र तुल्यायो।

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

परीक्षाहरूद्वारा शुद्ध पारिएको

यो खण्ड पढ्दा मैले एक पटक अनुभव गरेको रोगको परीक्षा याद आउँछ। त्यसबेला केही पीडा र धेरै आँसु आएको थियो, तर मैले केही सत्यहरू बुझेँ, मैले आफ्नो विश्‍वासमा त्यति धेरै आशीर्वादहरू खोज्न छोडेँ र महसुस गरें कि परीक्षाहरू र शोधनहरू मानिसको लागि परमेश्‍वरका साँचो प्रेम र मुक्ति हुन्।

Leave a Reply