मण्डली अगुवा अधिकारी होइनन्

15 फेब्रुअरी 2022

मत्तेव, फ्रान्स

मेरो नाउँ म्याथ्यू हो र मैले तीन वर्षअघि सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। सन् २०२० को अक्टोबरमा म मण्डली अगुवा भएँ। यो ठूलो जिम्मेवारी हो भनेर बुझेँ मलाई अलिक तनाव भयो तर निकै गर्व पनि लाग्यो। अरूभन्दा म धेरै क्षमतावान् भएकोले त्यो कर्तव्यको लागि छानिएँ भन्‍ने मलाई लाग्यो। मैले आफ्नो कर्तव्यलाई निकै गम्भीरतासाथ लिएँ, मैले अरूको कर्तव्यमा आइपर्ने समस्याहरू समाधान गर्न तिनीहरूसँग सक्दो सङ्गति गरेँ। समयसँगै, मलाई आफू धेरै समस्याहरू समाधान गर्न सक्षम छु भन्‍ने लाग्‍न थाल्यो, र सङ्गतिको लागि जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ निसङ्कोच तुरन्तै गइहाल्थेँ। म सबैमाझ आफू उत्कृष्ट अगुवा र असल समस्या समाधानकर्ता भएको प्रमाणित गर्न चाहन्थेँ।

त्यसपछि, केही ख्रीष्टविरोधीहरूले मण्डलीमा अफवाह फैलाउन थाले। तिनीहरूले समूह भेलाहरूमा कम्युनिष्ट पार्टीले परमेश्‍वरको निन्दा गरेका झूटहरू फैलाइरहेका थिए, तथ्यहरूलाई तोडमोड गर्दै, परिस्थितिलाई उल्टोपाल्टो अर्थ्याउँदै, परमेश्‍वरको घरको कामको आलोचना गरिहरेका थिए। तिनीहरू मानिसहरूलाई बहकाउन र परमेश्‍वरबाट टाढा लैजान चाहन्थे। मैले सक्दो भेला र सङ्गतिहरू आयोजना गरिरहेको थिएँ, र मैले आफू दुश्मनविरुद्ध सेनाको नेतृत्व गर्ने सैनिक कमाण्डर भएझैँ महसुस गरेँ! म सबैको रक्षा गर्न सक्छु भनेर प्रमाणित गर्न चाहन्थेँ ताकि तिनीहरूले म गह्रौं बोझ बोक्‍न सक्छु र जिम्मेवार छु भनेर देख्‍न सकून्। तर वास्तवमा, मलाई एकदमै कमजोर महसुस भएको थियो। केही ख्रीष्टविरोधीहरूका भ्रामक कुराको कसरी खण्डन गर्ने हो मलाई थाहै थिएन र त्यसले मलाई पनि असर गरिरहेको थियो। तर म आफ्नो कमजोरी अरूलाई देखाउन चाहन्‍नथेँ। म गतिलो र बलियो देखिन चाहन्थेँ, त्यही नै साँचो अगुवा हुनु हो भन्‍ने सोचेँ। मैले कहिल्यै आफ्नो स्थितिबारे खुलेर बताइनँ किनभने मैले सोचेँ, यदि अगुवाको रूपमा कमजोरीको झलक देखाएँ भने, आफ्नो शक्तिको पहिचान गुमाउनेछु। तिनीहरूले मलाई के सोच्लान्? तिनीहरूले मैले धर्मसिद्धान्त मात्र बताउन सक्छु र मसित सत्यताको वास्तविकता छैन भनेर सोच्लान् कि? मैले सोचेँ, मण्डली अगुवाको रूपमा म राष्ट्रपति वा सैनिक कमाण्डरजस्तै सख्त हुनुपर्छ। मैले आफ्नो कमजोरी कसैलाई पनि देखाउन सक्दिनँ! त्यसैले भेलाहरूमा, म जहिले पनि परमेश्‍वरका वचनहरूबारे आफ्नो “गहन” बुझाइ र आफ्नै अनुभवबारे बताउथेँ, जस्तो कि, कसरी दाजुभाइ र दिदीबहिनीहरू मेरो मदतद्वारा सुसमाचार सुनाउने काममा अझ प्रभावकारी हुन सक्छन् भनेर बताउँथेँ। तर आफ्नो असफलता र भ्रष्टतालाई चाहिँ ढाकछोप गर्थें, आफूले गरेका सही कुराहरूतिर तुरन्तै कुरा मोडिहाल्थेँ। यदि भेलामा मलाई निद्रा लाग्यो भने, त्यो म स्वीकार गर्दिनथेँ, यदि मसित कुनै समस्या छ भने, आफ्नो समस्यालाई तुरुन्तै समाधान गर्ने तरिका निकालिहाल्छु भनेर भन्थेँ। म आफ्ना असल कामहरू देखाउन कसरी मैले नयाँ विश्‍वासीहरूलाई पानी हालेँ र कसरी तिनीहरूलाई सिक्‍ने अवसरहरू प्रदान गरेँ भनेर बताउथेँ। मैले आफ्नो अनुभव बताउँदा, आफूले परमेश्‍वरका लागि गरेका त्यागहरूबारे बताउन मन पराउथेँ, सबैले मलाई मान गरून् भनेर कसरी म आफ्नो कर्तव्यका लागि रातभरि जागा बसेँ भनेर भन्थेँ। मेरी पार्टनर सिस्टर मेरिनेटले मेरो खुबै प्रशंसा गर्थिन् किनभने तिनलाई उनको स्थितिसित मिल्दो परमेश्‍वरका वचनहरूद्वारा सधैँ मदत गर्थेँ। तिनले प्रशंसा गर्दा म निकै खुसी, निकै सन्तुष्ट हुन्थेँ। दाजुभाइ र दिदीबहिनीहरूलाई सिञ्‍चन कर्तव्यको प्रशीक्षण दिंदा पनि मैले निकै प्रशंसा पाउथेँ, एकपटक एक जना सिस्टरले मलाई फोन गरेर तिनले मबाट सिकेको कारण आफ्नो कर्तव्य गर्न सक्षम भएकी कुरा बताइन्। यसले मेरो अभिमानलाई चारो हालिदियो। मैले तिनलाई मेरो मदतगार सङ्गति सबै नै परमेश्‍वरको मार्गदर्शन थियो, यो परमेश्‍वरको अन्तर्दृष्टिबाट आएको र सबै महिमा उहाँलाई नै जानुपर्छ भनेर कहिल्यै बताइनँ। मेरो सङ्गतिपछि केही दाजुभाइ र दिदीबहिनीहरूले “आमेन” वा “म्याथ्यूले भनेको एकदम सही हो,” वा “म्याथ्यूको सङ्गतिको लागि म एकदमै कृतज्ञ छु” भन्थे। कहिलेकहीं तिनीहरूले मेरो प्रशंसा गर्दै बोल्थे, र तिनीहरूले आफ्ना कर्तव्यमा निर्णय गर्नुपर्दा सधैँ मेरो राय माग्थे, तिनीहरूले मलाई सोध्थे, “म्याथ्यू, के यो ठीक हो?” तिनीहरूको हृदयमा मेरो महत्वपूर्ण स्थान थियो भनेर म भन्‍न सक्थेँ। तिनीहरूले मेरो असाध्यै प्रशंसा गरेको देख्दा, मलाई अलिअलि असजिलो लाग्थ्यो, तर मान पाउन मलाई मन पर्थ्यो। यसबाट म खुसी हुन्थेँ। त्यसपछि एक दिन, मैले “प्रदर्शन गरेर भएको हानि” भन्‍ने गवाही भिडियो हेरेँ। त्यो साँच्‍चै प्रेरणादायी थियो। एक जना अगुवा सिस्टरले आफ्नो कर्तव्यमा सधैँ आफूलाई उच्‍च पारिरहेकी हुन्छिन्। तिनले परमेश्‍वरको स्वभावलाई चिढ्याइन् र बिमारमार्फत अनुशासित हुनुपर्‍यो। मुख्य कुरा, तिनको व्यवहार परमेश्‍वरको नजरमा घृणित थियो। त्यो भिडियो हेर्दा मेरो आँखाबाट आँशु बरबर झऱ्यो र अरूको प्रशंसा पाउन आफ्नो प्रदर्शन गरेर मैले परमेश्‍वरको विरोध गरिरहेको थिएँ भनेर बुझेँ। म ख्रीष्टिविरोधीको मार्गमा हिंडिरहेको थिएँ। देखावटी गर्नु यत्तिको गम्भीर समस्या हुन सक्छ भन्‍ने मलाई कहिल्यै लागेको थिएन। मैले मनमनै भनिरहेँ, “मैले परमेश्‍वरको क्रोधलाई भड्काएको छु।” मलाई साह्रै डर लाग्यो, के गर्ने? केही थाहा भएन।

अनि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ, त्यसले मलाई आफ्नो भ्रष्टता बुझ्न मदत गऱ्यो। परमेश्‍वरका वचनहरूले भन्छन्, “मानिसहरूले आफूलाई उच्‍च ठानून् भन्‍ने प्रयास गर्दै आफ्नै बढाइ गर्ने र गवाही दिने, तडकभडक देखाउने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफ्नै बढाइ गर्छन् र गवाही दिन्छन्? तिनीहरूले यो लक्ष्य कसरी प्राप्त गर्छन्? एउटा तरिकाचाहिँ तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले कति धेरै काम गरेका छन् र तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन् भनेर गवाही दिनु हो। तिनीहरूले यी कुराहरूलाई व्यक्तिगत पुँजीको रूपमा बताउँछन्। अर्थात्, यसले तिनीहरूलाई मानिसहरूका मनमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान दिन्छ भनेर तिनीहरूले यी कुराहरूलाई आफैँलाई उच्‍च गराउने पुँजीको रूपमा प्रयोग गर्छन्, ताकि अधिक मानिसहरूले तिनीहरूलाई सम्मान, प्रशंसा र आदरका साथसाथै श्रद्धा, पूजा र अनुसरण समेत गरून्। त्यो अन्तिम प्रभाव हो। यो लक्ष्य प्राप्त गर्न तिनीहरूले गर्ने कुराहरू—आफैँलाई उच्‍च पार्ने र आफ्नै गवाही दिने सबै कुराहरू—उचित छन् त? अहँ छैनन्। तिनीहरू तर्कशक्तिको क्षेत्रबाहिर छन्। यी मानिसहरूमा शरम छैन: तिनीहरूले परमेश्‍वरको निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुरा कुनै शरमविना तिनीहरूले गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव र विशेष सिपहरू वा आफूलाई संचालन गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू र मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरूको तडकभडक पनि देखाउँछन्। आफैँलाई उच्च पार्ने र आफ्नै गवाही दिने तिनीहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। मानिसहरूले जहिले पनि तिनीहरूको विलक्षण प्रतिभा मात्र देखून् भनेर तिनीहरूले आफ्ना कमजोरी, कमीहरू र असफलताहरू लुकाउँदै ढोंग गर्छन् र भेष बदल्छन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्; तिनीहरूसँग खुल्‍ने र संगति गर्ने हिम्मतको अभाव हुन्छ र तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा परमेश्‍वरको घरलाई पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधरण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति असल छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन कुनै प्रतीक्षा गर्दैनन्। के यो तिनीहरूको आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने तरिका होइन र? के तेरो आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कार्य सामान्य मानवताको तर्कसङ्‍त सीमाभित्र छ? अहँ छैन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कारी स्वभाव सबैभन्दा मुख्य प्रस्फुटन हो, त्यसपछि कपट आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्‍च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका कथाहरू पूर्ण रूपमा गल्ती भेट्टाउन नसकिने हुन्छन्; तिनीहरूका शब्दहरूमा स्पष्ट रूपमा अभिप्रेरणा र कपट-योजनाहरू समावेश हुन्छन्, र तिनीहरूले आफूले रबाफ देखाइरहेको तथ्यलाई लुकाउने तरिका पत्ता लगाएका हुन्छन्, तर तिनीहरूले जे भन्छन् त्यसको लक्षित परिणाम भनेको मानिसहरूलाई अझ पनि तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्‍ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गर्न सकिन्‍न? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्वहरू हुन्छन्? यो एक प्रकारको दुष्ट स्वभाव हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू आफैलाई उच्च पार्छन् र आफ्नै बारेमा गवाही दिन्छन्”)। परमेश्‍वरका वचनहरूले मेरो हृदयमा सिधै प्रहार गरे। अनि मभित्र के लुकेको रहेछ भनेर मैले एकदमै स्पष्टसित देख्‍न सकेँ। म आफ्नो बलियो र सिद्ध व्यक्तिको छवि बनाउन चाहन्थेँ। मैले आफ्नो अनुभवबारे सङ्गति गर्दा मैले आफ्ना “साहसिक” कामहरूको प्रदर्शन गरेँ, आफ्ना सफलताहरूबारे कुरा गरेँ तर आफ्ना विफलताबारे कहिल्यै कुरा गरिनँ। आफू कमजोर वा नकारात्मक हुँदा वा आफूलाई केही समस्याहरू आइपर्दा, वा खराब स्थितिमा हुँदासमेत, म यसो मात्र भन्थेँ, “म ठीक छु। अलिकति परीक्षा झेल्दै छु तर परमेश्‍वरको मदतले त्यो पार गर्नेछु।” तर वास्तवमा, म असाध्यै पीडामा हुन्थेँ। म सधैँ आफूले कर्तव्यमा भोगेका कष्टबारे कुरा गरिरहेको हुन्थेँ, म निकै जिम्मेवार छु भनेर देखाउँथेँ। तर वास्तविक कुरा त्यस्ता हुँदैनथे। मैले कर्तव्यमा त्यागहरू गर्दा, ती धेरैजसो आफ्नै नाउँ र हैसियतको लागि हुन्थे। अरूले प्रशंसा गरेको देख्दा मेरो मनमा केही हलचल हुन्थ्यो, यो राम्रो होइन भनेर मलाई थाहा थियो। तर यसलाई रोक्‍न मैले अझै पनि केही गरेको थिइनँ। मैले मानिसहरूलाई मेरो प्रशंसा नगर्नू भनेको थिइनँ किनभने म तिनीहरूबाट प्रशंसा र सराहना चाहन्थेँ, यहाँसम्म कि तिनीहरूको हृदयमा परमेश्‍वरलाई उछिनेर आफ्नो स्थान बनाउन चाहन्थेँ। के म प्रधानदूत जत्तिकै अहङ्कारी थिइनँ र? मैले अरूलाई परमेश्‍वरसामु ल्याइरहेको थिइनँ, बरु तिनीहरूलाई मेरोसामु ल्याइरहेको थिएँ। मैले दाजुभाइ र दिदीबहिनीहरूको हृदयमा परमेश्‍वरको स्थान लिन लागेको रहेछु भनेर बुझेपछि, म डरले कामेँ, परमेश्‍वरले मेरो व्यवहारलाई तिरस्कार गर्नुहुन्छ भनेर मैले हृदयबाटै थाहा पाएँ। तथ्यको सामना गरेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले आफ्नो प्रदर्शन गरिरहेको छु, सबैले मलाई उच्‍च तहको र तिनीहरूका सबै समस्या समाधान गर्ने व्यक्तिको रूपमा हेरून् भन्‍ने चाहना गर्छु। मैले तपाईंको महिमा हडप्दै छु। हे परमेश्‍वर, म तपाईंसँग पश्‍चात्ताप गर्न चाहन्छु।” मलाई असाध्यै पछुतो भयो। त्यसपछि मैले माफी पत्र लेखेँ त्यसमा मैले आफ्नो वास्तविकता र आत्म-महिमा खुलासा गरेँ र प्रत्येक समूह भेलामा पठाएँ। मैले सबैलाई मेरो प्रशंसा गर्नुहुँदैन भनेर पनि स्पष्टसित बताएँ। विशेष गरी मलाई मान गर्ने केही मानिसहरूलाई म चिन्थेँ, त्यसैले तिनीहरूलाई मैले आफ्नो पर्दाफास गर्दै व्यक्तिगत सन्देश पठाएँ। केही दिनपछि, सिस्टर मेरिनेटले मलाई खुलस्तसित के भनिन् भने, तिनले पहिला मेरो प्रशंसा गर्थिन् र मैले तिनको हृदयमा महत्वपूर्ण स्थान आगटेको थिएँ। यो सुनेर म साह्रै लज्‍जित भएँ र यो त मेरो दुष्टताको प्रमाण हो भन्‍ने मलाई लाग्यो। त्यतिबेला मैले आफ्नो कुरूपता देखेँ। मैले अरूबाट प्रशंसा पाउन आफ्नो प्रदर्शन गरिरहेको थिएँ। मैले सबै तर्कशक्ति गुमाएको थिएँ। त्यो त कसरी कर्तव्य निर्वाह गरेको भयो र? परमेश्‍वरले मलाई अगुवाको पदमा रखेर उच्‍च पार्नुभयो र मैले उहाँको ऋण तिरेको त्यही हो त? म यत्ति लज्‍जित भएँ कि पहिले कहिल्यै त्यस्तो महसुस भएको थिएन। तर अझै पनि मैले आफ्नो भ्रष्टता त्याग्‍न वास्तवमै सत्यताको खोजी गरिनँ, त्यसैले, तुरुन्तै म पुरानै स्थितिमा फर्कें।

अरू मण्डली अगुवाहरू पनि सहभागी हुने एउटा अललाइन भेला थियो। मलाई लाग्यो, दाजुभाइ र दिदीबहिनीहरूको सङ्गति एकदमै सामान्य छ र म चिन्तित थिएँ। तिनीहरूको सङ्गति सतही छ र अरू अगुवाहरूले कुनै उच्‍चकोटिको कुरा भनिरहेका छैनन् भनेर मैले सोचेँ। सबैसित आफ्नो बुझाइ बाँड्न म असल सङ्गति कस्तो हुन्छ भनेर तिनीहरूलाई देखाउन चाहन्थेँ ताकि मैले भन्‍न चाहेका कुराबाट तिनीहरूले धेरै कुरा सिक्‍न सकून्। म तिनीहरूलाई मार्ग देखाउन चाहन्थेँ। त्यसैले, आफूले भन्‍न चाहेको कुराबारे मानसिक रूपमा तयार भएँ। अझ धेरै अन्तर्दृष्टिपूर्ण कुरा भन्छु भनेर सोचेँ, त्यसो गर्दा म भीडमा अलग्गै देखिन र केही गहकिलो सङ्गति दिन सक्थेँ। मैले आफ्नो सङ्गतिलाई सर्वोत्तम तरिकामा प्रकाश पार्ने शब्दहरूबारे सोचेँ। म आफूसित उच्‍चस्तरको बुझाइ छ भनेर प्रमाणित गर्न चाहन्थेँ ताकि अरूले मेरो अन्तर्दृष्टिको कदर गरून्। मैले धेरै उदाहरण र अलङ्कारहरू प्रयोग गरेँ ताकि मैले विस्तारमा र गतिलो सङ्गति गर्न सक्छु भनेर तिनीहरूले थाहा पाऊन्। मैले सङ्गति सिध्याएपछि, सबैले “आमेन” भनेको सुन्दा म साह्रै खुसी भएँ। त्यसपछि, कतै दाजुभाइ र दिदीबहिनीहरूले मेरो सङ्गतिबारे केही राम्रो कुरा लेखेका छन् कि भनेर च्याट विन्डो हेरेँ। हाम्रो भेला सकिन लाग्दा, ब्रदर जीनले केही सङ्गति गर्नुभयो, तर तिनले हामीले सदा गरेझैं सबै कुरा परमेश्‍वरका वचनहरूमा आधारित गरेनन् र तिनलाई उद्धृत पनि गरेनन् बरु मेरो सङ्गतिलाई उल्लेख गरे, र मेरो सङ्गतिको आधारमा काम गर्नुपर्छ भनेर बताए। तिनले मेरो सङ्गतिलाई आफ्नो बुझाइको पूर्ण जगको रूपमा प्रयोग गरे। मैले आफ्नै महिमा गाइरहेको र अरूलाई मेरो भक्ति गर्न लगाइरहेको देखेँ। त्यतिबेला, मलाई असाध्यै असजिलो महसुस भयो। हामीले भर्खरै सङ्गति गरेका परमेश्‍वरका केही वचनहरूलाई सम्झेँ। परमेश्‍वरका वचनहरूले भन्छन्, “यदि दाजुभाइ-दिदीबहिनीहरू एकअर्कालाई भरोसा गर्न, एकअर्कालाई सहयोग गर्न, र एकअर्काको भरणपोषण गर्न सक्‍ने हुन चाहन्छन् भने, हरेक व्यक्तिले आ-आफ्नो साँचो अनुभवहरूको बारेमा बताउनुपर्छ। यदि तैँले तेरो आफ्‍नै वास्तविक अनुभवहरूको बारेमा कुरा गर्दैनस्, यदि तैँले धर्मसिद्धान्तका अस्पष्ट शब्‍दहरू मात्र दोहोर्‍याउँछस्, र परमेश्‍वरमाथिको विश्‍वासको बारेमा सुत्रवाक्यहरू र दिक्‍क लाग्‍ने सामान्य उक्तिहरू मात्र सुगारटाइ रट्छस्, तर आफ्‍नो मनमा भएको कुराको बारेमा खुलेर कदापि कुरा गर्दैनस् भने, तँ इमानदार व्यक्ति होइनस्, र तँ इमानदार हुन नसक्‍ने व्यक्ति होस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। “परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले कस्ता-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्ने बारेमा नै धेरै कुरा गर्नुपर्दछ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै सहेका छौ, र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ; तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूको बारेमा बताउनुपर्छ, जुन साँचो हुन्छ र हृदयबाट निस्केको हुन्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूले ती देख्दा तिनको सराहना गर्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। “यदि तैँले सत्यताको खोजी गर्दैनस्, र सधैँ मानिसहरूलाई जित्‍ने प्रयास गर्छस्, सधैँ आफ्‍नै अभिलाषा र इच्‍छाहरूलाई सन्तुष्ट पार्न, र हैसियतसम्‍बन्धी आफ्‍नै तृष्णा मेटाउन चाहन्छस् भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छस्। के ख्रीष्टविरोधीहरूको मार्गको कुनै कुरा सत्यताअनुरूप हुन्छ? (हुँदैन।) यसमा सत्यतासँग नमिल्‍ने के कुरा छ? यी मानिसहरू केको खातिर कार्य गर्छन्? (हैसियतको खातिर।) हैसियतको खातिर यस्ता कुराहरू गर्ने मानिसहरूले के प्रकट गर्छन्? कतिपयले भन्‍छन्, ‘तिनीहरूले सधैँ धर्मसिद्धान्तका वचनहरू बोल्छन्, तिनीहरूले कहिल्यै पनि सत्यताको वास्तविकताको बारेमा सङ्गति गर्दैनन्, तिनीहरूले सधैँ आफ्‍नै खातिर बोल्छन्, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको बढाइ गर्ने वा परमेश्‍वरको साक्षी दिने गर्दैनन्। जो मान्छेमा यस्ता कुराहरू प्रकट हुन्छन् तिनीहरू हैसियतको खातिर काम गर्छन्।’ तिनीहरूले किन धर्मसिद्धान्तका यस्ता वचनहरू बोल्छन्? किन तिनीहरूले परमेश्‍वरको बढाइ गर्ने र परमेश्‍वरको साक्षी दिने गर्दैनन्? किनभने, तिनीहरूको हृदयमा हैसियत र पद मात्रै हुन्छन्—परमेश्‍वर त हुँदै हुनुहुन्‍न। त्यस्ता मानिसहरूले हैसियत र अख्‍तियारलाई आदर्श मान्छन्, तिनीहरूका लागि पद अत्यन्तै महत्त्वपूर्ण हुन्छ, पद र हैसियत तिनीहरूको जीवन बनेको हुन्छ; तिनीहरूको हृदयमा परमेश्‍वरको उपस्थिति हुँदैन, तिनीहरूले परमेश्‍वरको डर मान्दैनन्, तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्ने कुरा त परै जाओस्; तिनीहरूले आफैलाई उचाल्‍ने, आफ्नै साक्षी दिने, र अरूबाट सम्‍मान पाउन आफ्‍नो प्रदर्शन गर्ने मात्रै गर्छन्। त्यसकारण, तिनीहरूले सधैँ तिनीहरूले के गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले परमेश्‍वरलाई कति सन्तुष्ट पारेका छन्, तिनीहरूको निराकरण गर्दा तिनीहरू कति सहनशील थिए भन्‍नेबारेमा बारम्‍बार धाक लगाउँछन्, र यो सबैको उद्देश्य मानिसहरूको सहानुभूति र आदर पाउनु मात्र हुन्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधीहरूजस्तै प्रकारका मानिसहरू हुन्, तिनीहरू पावलको बाटोमा हिँड्छन्। अनि, तिनीहरूको अन्तिम परिणाम के हुन्छ? (तिनीहरू ख्रीष्टविरोधीहरू बन्छन् र तिनीहरूलाई हटाइनेछ।)” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, व्यक्तिसँग अभ्यासको निश्‍चित मार्ग हुनुपर्छ”)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, मैले आफ्नो मन खोल्नुपर्छ र आफ्नो साँचो अनुभव बताउनुपर्छ, खुलस्तसित बोल्नुपर्छ, आफूलाई प्रदर्शन गर्न खोक्रो शब्दहरू र बेकारका उक्तिहरू बोल्नु हुँदैन। साँचो अगुवाले आफ्नो अनुभव र परमेश्‍वरका वचनहरूबारे आफ्नो बुझाइ बताउँछ, अरूलाई सत्यता बुझ्न र परमेश्‍वरसामु आउन मार्गदर्शन गर्छ। ख्रीष्टविरोधीले सराहना र प्रशंसाका लागि आफूलाई प्रदर्शन गर्न र अरूलाई आफूसामु ल्याउन खोक्रो शब्दहरूले सङ्गति गर्छ। मेरो सन्दर्भमा भन्‍नुपर्दा, मैले मानिसहरूलाई अभ्यासको मार्ग प्रदान नगरी केवल खोक्रो सिद्धान्तहरू बताइरहेको थिएँ। मैले कुनै वास्तविक समस्याहरू समाधान गरेको थिइनँ। मेरो उद्देश्य तिनीहरूलाई सत्यता बुझ्न र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न मदत गर्नु नभई मेरो प्रशंसा गर्न लगाउनु थियो। आफूलाई प्रदर्शन गर्दा हुने परिणामहरू एकदमै स्पष्ट थिए। अरूले मेरो मान गरे र परमेश्‍वरका वचनहरूको गवाही दिएनन्, त्यसको सट्टा मेरो सङ्गतिलाई आफ्नो सन्दर्भको रूपमा प्रयोग गरे। मानसिहरूले सधैँ यस्ता कुराहरू भन्थे, “म्याथ्यूको सङ्गतिले गर्दा” वा “ब्रदर म्याथ्यूले भनेजस्तै।” मैले पावलबारे सोचेँ, जो सधैँ देखावटी गर्थे र प्रभु येशूका वचनहरूको गवाही दिंदैनथे। त्यसले विश्‍वासीहरूलाई २,००० वर्षदेखि पावलका वचनहरूको प्रशंसा गर्ने र गवाही दिने तुल्यायो। के म पनि पावलजस्तै गरिरहेको र ख्रीष्टविरोधीकै परमेश्‍वरविरोधी मार्गमा हिंडिरहेको थिइनँ र? मलाई असाध्यै डर लाग्यो र आफैलाई घृणा गरेँ। मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले त्यही गल्ती गरिरहेको छु। तपाईंका वचनहरूले मलाई मार्ग देखाए तर मैले अझै शैतानलाई पछ्याइरहेको छु, आफ्नो आत्म-प्रशंसालाई तृप्त पारिहेको छु। मैले फेरि शैतानको भूमिका निर्वाह गरिरहेको छु। हे परमेश्‍वर, कृपया मलाई मदत गर्नुहोस्, कृपया मलाई बचाउनुहोस्!”

एक साँझ, भेलाको तयारी गर्दै गर्दा, मैले यो खण्ड देखेँ: “परमेश्‍वरप्रतिको मानिसको सेवामा सबैभन्दा ठूलो निषेधित कुरा के हो? के तिमीहरूलाई थाहा छ? अगुवाको रूपमा सेवा गर्ने कतिपय मानिसहरूले सधैँ पृथक हुने, अरूभन्दा माथि हुने, र तिनीहरू कति सक्षम छन् भनी परमेश्‍वरलाई देखाउन केही नयाँ युक्तिहरू पत्ता लगाउने प्रयास गर्छन्। तैपनि, तिनीहरूले सत्यतालाई बुझ्‍ने र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्ने कार्यमा ध्यान दिँदैनन्; तिनीहरूले सधैँ आफ्‍नो क्षमताको धाक देखाउने प्रयास गरिरहेका हुन्छन्। के अहङ्कारी प्रकृतिको प्रकटीकरण ठीक यही होइन र? … परमेश्‍वरको सेवा गर्ने क्रममा, मानिसहरूले ठूला-ठूला प्रगति गर्न, ठूला-ठूला काम गर्न, महान् शब्‍दहरू बोल्‍न, महान् कार्य गर्न, ठूला-ठूला सभा आयोजना गर्न, र महान् अगुवा बन्‍न चाहन्छन्। यदि तँसँग सधैँ यस्ता ठूला महत्वाकांक्षाहरू हुन्छन् भने, तैँले परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्नेछस्; यसो गर्ने मानिसहरू चाँडै नै मर्नेछन्। यदि परमेश्‍वरप्रतिको सेवामा तँ सधैँ राम्रो व्यवहार गर्ने, समर्पित, र विवेकी छैनस् भने, ढिलो-चाँडो तैँले उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यताविना, व्यक्तिले परमेश्‍वरलाई चिढ्याउने सम्‍भावना हुन्छ”)। परमेश्‍वरका यी वचनहरूले मलाई स्तब्ध बनाए। यो प्रकाशमार्फत मैले ठूल्ठूला कुराहरू हासिल गर्ने मेरो उग्र महत्वाकाङ्क्षा र चाहनालाई बुझेँ। मैले आफ्नो वाकपटुता देखाउन भेलाहरूमा अगुवाइ गर्न चाहन्थेँ। मलाई आफ्न प्रदर्शन गर्न मन पर्थ्यो र त्यस्तो कुनै अवसर कहिल्यै गुमाउदिनथेँ। म प्रशंसा र अरूले यसो भनेको चाहन्थेँ, “ब्रदर म्याथ्यूले खुबै गजबका भेलाहरू सञ्‍चालन गर्नुहुन्छ! उहाँभन्दा राम्रो अगुवा अरू छैन!” यी चाहनाहरूले प्रेरित भएर, म एक भेलादेखि अर्को भेलामा दौडिन्थेँ, काम गर्थें, भेला गर्थेँ, समस्याहरू समाधान गर्थें। मलाई त्यस प्रकारको नेतृत्व गर्न मन पर्थ्यो। अनि मैले यो कुरा पढेँ, “यदि तँसँग सधैँ यस्ता ठूला महत्वाकांक्षाहरू हुन्छन् भने, तैँले परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्नेछस्; यसो गर्ने मानिसहरू चाँडै नै मर्नेछन्।” त्यसपछि, म थरथर भएँ, मेरो हृदयभित्र डर पैदा भयो। मैले परमेश्‍वरलाई सन्तुष्ट पारिरहेको छु भनेर सोच्थेँ तर उहाँलाई घृणा गरिररेहको रहेछु भनेर बुझेँ। म आफैलाई पनि आफैदेखि घृणा लागिरहेको थियो। म कुनै भव्य कुरा गर्न, उच्‍चकोटिको प्रचार गर्न चाहन्थेँ। म परमेश्‍वरको गवाही दिने वा सत्यता अभ्यास गर्ने कुराद्वारा अभिप्रेरित थिइनँ, र मैले दाजुभाइ र दिदीबहिनीहरूको जीवनका लागि भार उठाइरहेको थिइनँ। यी सबै आफ्नै महिमा गाउन वा अरूको हृदयमा विशेष स्थान बनाउनका लागि थिए। त्यो त परमेश्‍वरका प्रशासनिक आदेशहरूको उल्लङ्घन थियो। जसले भन्छन्, “मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।” “परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँको आज्ञापालन र आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्नु हुँदैन। यो परमेश्‍वरको निम्ती असहनीय हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। यो कुरा प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने आत्म-महिमा मात्र थिएन, तर त्योभन्दा पनि खराब त, मैले अरूलाई गलत मार्गमा लगी परमेश्‍वरको प्रतिरोध गर्न लगाएको थिएँ किनभने तिनीहरूले व्यक्तिको प्रशंसा गरिरहेका थिए। यसका परिणामहरू गम्भीर छन् र यिनले अवश्य परमेश्‍वरलाई क्रोधित तुल्याउँछन्। म भयभित भएँ। मैले परमेश्‍वरको स्वभावलाई चिढ्याएकोमा उहाँले सायद मलाई क्षमा दिन सक्‍नुहुन्‍न भनेर सोचेँ। म दुःखी थिएँ। मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, म साह्रै पीडामा छु। मैले तपाईंको क्रोध भड्काइरहेको छु भनेर थाहा थिएन; म पश्‍चात्ताप गर्न चाहन्छु। हे परमेश्‍वर, कृपया मलाई तपाईंको इच्छा बुझ्न मदत गर्नुहोस्।”

म डरले लुगलुग हुँदा, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैंले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैंले आफैलाई चिन् भन्ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैंले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र अनाज्ञाकारी छस् भन्ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैंले अनुभव प्राप्त गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्‍वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा ल्याउनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ)। यो खण्ड पढ्दा मलाई शान्ति महसुस भयो। मैले परमेश्‍वरलाई अक्षम्य तरिकामा चिढ्याएको छु भनेर सोचेँ, तर कुरा त्यस्तो थिएन। परमेश्‍वरले मलाई अनुशासनमा राखिरहनुभएको थियो, उहाँले मलाई घृणा गर्नुभएन। म परिवर्तन भएको उहाँ चाहनुहुन्थ्यो। मैले परमेश्‍वरको धार्मिकता, सहनशीलता र क्षमाशीलता देख्‍न सकेँ। मैले सत्यता खोज्नुपर्छ र आफ्नो भ्रष्टता त्याग्‍नुपर्छ भनेर यसपटक मलाई थाहा भयो।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “एक इमान्दार व्यक्तिको रूपमा, तैँले आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोँच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो मुहारको झलक पाउन सकून्; तैँले भेष बदल्ने वा आफूले आफूलाई राम्रो भएको भनी प्रस्तुत गर्नु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमान्दार मान्नेछन्। यही नै इमान्दार व्यक्तिको सबैभन्दा आधारभूत अभ्यास अनि पूर्वावश्यकता हो। तैँले सधैँ बहाना बनाइरहेको हुन्छस्, सधैँ पवित्रता, सच्चरित्रता, महानताको ढोंग गरिरहेको छस्, र उच्च नैतिक गुणहरूको स्वाङ पारिरहेको छस्। तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा असफलताहरू हेर्न दिँदैनस्। तैँले मानिसहरू समक्ष झूटो प्रतिरूप प्रस्तुत गर्छस् ताकि तिनीहरूले तँ इमानदार, महान्, आत्मत्यागी, निष्पक्ष र निस्वार्थ छस् भनी विश्‍वास गरून्। यो छलीपन हो। छली भेष प्रयोग नगर्, र ढोंग गर्दै आफूलाई प्रस्तुत नगर्; बरु अन्य व्यक्तिहरूले हेर्नको लागि आफूलाई र आफ्नो हृदयलाई उदाङ्गो पार्। यदि तैँले अन्य व्यक्तिहरूले हेर्नको लागि आफ्नो हृदयलाई उदाङ्गो पार्न सक्छस् भने, र आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सोचहरू र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के तँ इमानदार भएको हुँदैनस् र? यदि तैँले अन्य व्यक्तिहरूले हेर्नको लागि आफूलाई उदाङ्गो पार्न सक्छस् भने, परमेश्‍वरले समेत तँलाई हेर्नुहुनेछ र भन्नुहुनेछ, ‘अन्य व्यक्तिहरूले हेर्नको लागि तैँले आफूलाई उदाङ्गो पारेको छस्, त्यसैले अवश्य तँ मेरो अगाडि पनि इमानदार छस्।’ यदि तैँले आफू अन्य व्यक्तिको नजरभन्दा बाहिर भएको बेलामा परमेश्‍वरको अगाडि मात्र आफूलाई उदाङ्गो पार्छस्, र उनीहरूको साथमा भएको बेलामा तँ सधैँ महान र सच्चरित्रवान वा न्यायसंगत र निस्वार्थ भएको बहाना गर्छस् भने, परमेश्‍वरले के सोच्नुहुनेछ र के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, ‘तँ साँच्चिकै छली होस्; तँ विशुद्ध रूपमा पाखण्डी र तुच्छ होस्; अनि तँ इमान्दार व्यक्ति होइनस्।’ परमेश्‍वरले यसरी तँलाई दोषी ठहराउनुहुनेछ। यदि तँ इमान्दार बन्न चाहन्छस् भने, चाहे परमेश्‍वरको अगाडि हुँदा होस् वा अन्य व्यक्तिहरूको अगाडि हुँदा होस्, तैँले आफूमा प्रकट भएका कुराहरूको बारेमा र तेरो हृदयमा भएका शब्दहरूको बारेमा विशुद्ध र खुलस्त वृतान्त दिन सक्‍नुपर्छ। के यो हासिल गर्न सजिलो छ त? यसको लागि समय लाग्छ; यसको लागि आन्तरिक संघर्ष चाहिन्छ, र हामीले निरन्तर अभ्यास गर्नुपर्छ। अलि-अलि गर्दै, हाम्रो हृदय खुल्नेछ र हामीले आफूलाई उदाङ्गो पार्न सक्‍नेछौं(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। यस खण्डले मलाई परमेश्‍वर मबाट के चाहनुहुन्छ भनेर बुझ्न मदत गऱ्यो। म इमानदार व्यक्ति बनेको उहाँ चाहनुहुन्थ्यो। त्यसको मतलब, मैले अरूसित आफ्नो भ्रष्टता र सोचहरू इमानदारीपूर्वक खुलासा गर्न सिक्‍नुपर्थ्यो ताकि तिनीहरूले मेरा कमजोरी र समस्याहरू देख्‍न सकून्। यदि मैले आफ्नो असफलता र कमजोरीहरूलाई प्रकट नगरी सङ्गतिमार्फत केवल झूटो छवि बनाएर आफ्नै महिमा गाइरहेँ भने, त्यो झूट हुनेछ। यो, अरू मानिस वा परमेश्‍वरप्रति इमानदारी हुनेछैन। म पूर्ण रूपले इमानदार व्यक्ति हुनुपर्छ भनेर मैले त्यो दिन बुझेँ। मैले आफ्ना गलत विचारहरूबारे पनि केही बुझाइ प्राप्त गरेँ। अगुवा भनेको कमीकमजोरी नभएका वीर व्यक्ति हुनुपर्छ भनेर सोच्थेँ, जस्तो कि, संसारका केही निर्देशक, अरूभन्दा उच्‍च ओहोदामा भएका, अरूभन्दा उत्तम व्यक्ति। तर परमेश्‍वरले चाहनुहुने त्यो होइन। परमेश्‍वर सरल र इमानदार मानिसहरू चाहनुहुन्छ। यस्ता मानिसहरूले आफ्ना दोषबारे खुलेर बताउन सक्छन्, तिनीहरूले सत्यतालाई प्रेम र अभ्यास गर्छन। तिनीहरूले दाजुभाइ र दिदीबहिनीहरूको जीवन प्रवेशमा ध्यान दिन्छन् र सत्यताका सिद्धान्तहरू खोजी गर्छन्, आफ्ना महत्वाकाङ्क्षाहरू पूरा गर्न खोज्दैनन्। प्रभु येशूले भन्‍नुभएको कुरा मैलै सम्झेँ: “तर तिमीहरूलाई रब्बी नभनियोस्: किनभने तिमीहरूका मालिक, ख्रीष्‍ट समेत एउटै हुनुहुन्छ; र तिमीहरू सबै दाजुभाइ हौ। … तिमीहरूलाई मालिक पनि नभनियोस्: किनभने तिमीहरूका मालिक, ख्रीष्‍ट समेत एउटै हुनुहुन्छ। तर तिमीहरूमध्येको सबैभन्दा ठूलो तिमीहरूको नोकर हुनेछ। अनि जसले आफैलाई उच्‍च पार्छ त्यसलाई होच्याइनेछ; र जसले आफैँलाई नम्र तुल्याउँछ त्यसलाई उच्च पारिनेछ(मत्ती २३:८-१२)। मैले आफ्नो सारा समय अगुवाको रूपमा नाटक मात्र गरिरहेको थिएँ, मानिसहरूले मेरो भक्ति गरून् भन्‍ने आशा गरिरहेको थिएँ। मैले परमेश्‍वरका मापदण्डको एक छेउ पनि पूरा नगरेको महसुस गरेँ। अगुवाले सेवकको भूमिका निर्वाह गर्छ, ऊ थुप्रै जिम्मेवारी बहन गर्ने सेवक हो। उसले सधैँ आफ्नो जिम्मेवारी मनमा गुन्‍नुपर्छ, मतलब, दाजुभाइ र दिदीबहिनीहरूलाई मलजल र सहयोग गर्नुपर्छ, तिनीहरूलाई समस्या समाधानमा मदत गर्न सत्यता खोज्नुपर्छ। अगुवा अधिकारी होइन र कोहीभन्दा माथि हुँदैन। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र जुनसुकै पदका भए पनि, सबै मानिस सृष्टि गरिएका प्राणी हुन्। हामी सबैले सृष्टिकर्ताको उपासना गर्नुपर्छ। त्यतिबेला, मैले आफ्नो भूमिका र जिम्मेवारी बुझेँ, मैले सृष्टि गरिएको प्राणीको स्थानमा बस्‍नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। त्यस क्षणयता, मैले आफ्नो मानसिकता परिवर्तन गरेँ र इमानदार हुन काम गर्न थालेँ। मैले आफ्नै बढाइ गरिरहेको थाहा पाउँदा, त्यो खुलेर बताउथेँ र आफ्ना भ्रष्टता र दोष खुलासा गर्ने सुनिश्‍चित गर्थें। कहिलेकाहीँ त्यो पीडादायी हुन्थ्यो, तर त्यसले म वास्तवमा कत्तिको इमानदार रहेछु भनेर देखाउँथ्यो। मैले धेरै खेल खेलेको र मानिसहरूलाई निकै मूर्ख बनाएको थिएँ। म जति धेरै खुलस्त भएँ, उति नै धेरै मैले आफ्नो साँचो रूप र कदलाई बुझेँ। म केही पनि होइन रहेछु भनेर थाहा पाएँ। मेरा सबै सङ्गतिमा, मैले आफूलाई उच्‍च पारिरहेको थिएँ, धर्मसिद्धान्तद्वारा मानिसहरूलाई प्रोत्साहन र मदत दिइरहेको थिएँ। तर अबचाहिँ दाजुभाइ र दिदीबहिनीहरूलाई खुलस्त भएर आफ्नो स्थिति बताउन थालेँ। तिनीहरूसित भएकै कठिनाई, तिनीहरूसित भएकै भ्रष्टता मसित थिए, म अगुवा थिएँ तर हामी उस्तै थियौँ। हाम्रा कर्तव्य मात्र बेग्लाबेग्लै थिए। मैले यो गरेपछि, आफूलाई अरूभन्दा जान्‍ने-बुझ्ने ठानिनँ। बरु, मैले तिनीहरूका अनुभवबाट पाठ सिक्‍न सकेँ र अरूको सङ्गतिबाट अन्तर्दृष्टि प्राप्त गर्न सकेँ। पहिला, म अरूको सङ्गतिमा प्रायः ध्यान दिंदिनथेँ, अहङ्कारी हुँदै अरूलाई अन्तर्दृष्टि दिने मै हुँ भन्ठान्थेँ। परमेश्‍वरका वचनहरूको कारण, मैले अरूसित अझ घनिष्ठ सम्बन्ध विकसित गरेँ, मैले तिनीहरूलाई अझ राम्ररी बुझेँ र तिनीहरूको वास्तविक स्थिति देख्‍न सकेँ। तिनीहरूलाई मदत गर्दा, परमेश्‍वरका प्रबन्धहरूले मलाई तिनीहरूबाट धेरै कुरा सिक्‍न मदत गर्दा रहेछन् भनेर बुझेँ। हामीले सँगै सङ्गति गर्दा मैले धेरै कुराहरू सिकेँ। म अति हठी र अभिमानी हुन छोडें। मैले अरूलाई समान, अझ मनासिब र सामान्य तवरमा व्यवहार गर्न सकेँ, अनि कहिलेकाहीं, मैले सङ्गति गर्दा आफ्नो अगुवाको हैसियतलाई पुरै भुल्थेँ। मेरो यस परिवर्तनका लागि म परमेश्‍वरप्रति अति कृतज्ञ छु।

कहिलेकाहीँ, मैले अझै पनि आफूलाई प्रदर्शन गरिरहेको पाउँछु, र यसले मलाई म शैतानद्वारा कत्ति भ्रष्ट पारिएको रहेछु भनेर देखाउँछ। यो क्षणिक कुरा होइन, मेरो नसा-नसामा, रगतमा बसेको कुरा हो। सत्यताको पोषणबिना, परमेश्‍वरको न्याय र सजायबिना, मैले दाजुभाइ र दिदीबहिनीहरूलाई आफ्नो नियन्त्रणमा राखिरहेको र परमेश्‍वरसित होड गरिरहेको हुन्थेँ। त्यो तथ्य हो। परिवर्तन हुन नसक्‍नु साँच्‍चै खतरनाक हो। सत्यताले मात्र मलाई मेरो शैतानी स्वभावबाट मुक्त हुन मदत गऱ्यो। सत्यताबिना, म ख्रीष्टविरोधी बन्थेँ र निन्दित हुन्थेँ। परमेश्‍वरको मार्गदर्शन पाएकोले गर्दा, मैले आफ्नो दृष्टिकोण बदलेको छु, र अहिले अगुवाको रूपमा आफ्नो कर्तव्यप्रित मेरो दृष्टिकोण अझ शुद्ध भएको छ। त्योभन्दा पनि महत्वपूर्ण, परमेश्‍वरले मलाई शैतानी स्वभावद्वारा नियन्त्रित हुनबाट बचाइरहनुभएको छ। धन्यवाद सर्वशक्तिमान् परमेश्‍वर!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

रोगबाट आएका आशिषहरू

क्षियाओ लान, चीन२०१४ मा, चिनियाँ कम्युनिस्ट पार्टीले मेइ २८ झाओयुआन प्रकरणको सिर्जना गर्‍यो र यसद्वारा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई...

म यी अध्ययनहरूको पछि लाग्दिनँ

मेरो जन्‍म इसाई परिवारमा भएको हो। मेरा आमाबुबा दुवै किसान हुनुहुन्छ। मेरो परिवारले सागसब्‍जी र धान खेती गरेर जीविकोपार्जन गर्छ। विद्यालयमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्