इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग १४: सिसिपिको अमानवीय यातनाबाट एक इसाई अपाङ्ग बने

23 अप्रिल 2026

२०१८ मा, सिसिपिले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीप्रति लक्षित “१००-दिने लडाइँ” र “अपरेशन थन्डर” जस्ता शृङ्खलाबद्ध विशेष दमन कारबाहीहरू सुरु गर्‍यो। देशभरिका सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूलाई निरन्तर गिरफ्तारी, घर-खानतलासी, यातना र मगजधुलाइको सिकार बनाइयो। अपूर्ण तथ्याङ्कअनुसार, २०१८ मा मात्रै, कम्तीमा ११,१११ जनालाई पक्राउ गरियो; कम्तीमा ६८५ जनालाई विभिन्न प्रकारका यातना वा जबरजस्ती मगजधुलाइको सिकार बनाइयो; ३९२ जनालाई जेल सजाय सुनाइयो; र कम्तीमा २० जना इसाईलाई सताएर मारियो। झेजियाङ प्रान्तको निङ्बोका लिउ झी (छद्मनाम), यस्तो गम्भीर सतावट भोग्ने थुप्रै इसाईमध्येका एक मात्र हुन्। सन् २०१८ को सेप्टेम्बर १८ मा, लिउ झीलाई प्रहरीले अचानक पक्राउ गर्‍यो। आफ्नो सोधपुछको क्रममा, लिउ झीले “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न दृढतापूर्वक अस्वीकार गरे अनि सिसिपिका प्रहरीले उनलाई निरन्तरको यातना र हिंसात्मक मगजधुलाइको सिकार बनाए, अनि उनलाई ६ वर्षको जेल सजाय सुनाइयो। प्रहरीले अन्य कैदीहरूलाई निर्दयतापूर्वक उक्साएर उनको गुप्ताङ्गमा बाँसको सिन्का गहिरोसँग घोच्न अनि पालैपालो लिउ झीका दुवै खुट्टालाई उनको टाउकोसम्म उठाएर जबरजस्ती उनका कण्डरा तन्काउँदै उनलाई यातना दिन लगाए। यसले अन्ततः उनलाई लगभग पूर्ण रूपमा अपाङ्ग बनायो र सामान्य रूपमा हिँड्न नसक्ने अवस्थामा पुर्‍यायो। यस भागमा, हामी यातनाद्वारा अपाङ्ग बनाइनुसम्बन्धी लिउ झीका वास्तविक अनुभवहरूबारे रिपोर्ट प्रस्तुत गर्दैछौँ।"

00:25 मुख्य अंशहरू

03:59 लिउ झीलाई अचानक पक्राउ गरिन्छ र एउटा हिरासत केन्द्रमा २२ दिनसम्म हिंस्रक मगजधुलाइको सिकार बनाइन्छ

07:30 लिउ झीलाई एउटा होटलमा सारिन्छ, जहाँ धेरै प्रहरीले पालोपालो यातना दिँदै उनीसँग सोधपुछ गर्छन्

12:37 लिउ झीलाई आफ्नो आस्था त्याग्न बाध्य पार्न, प्रहरीले उनलाई “रोस्टेड होल ल्याम्ब” र यौन दुर्व्यवहार जस्ता यातनाको सिकार बनाउँछ

20:30 लिउ झीलाई छ वर्षको कठोर जेल सजाय सुनाइन्छ; गार्डहरूले कैदीहरूलाई सजाय कम गरिदिने प्रलोभन देखाउँदै उक्साएर उनलाई यातना दिने तरिकाहरू खोज्न लगाउँछन्

29:33 लिउ झीका खुट्टाका कण्डराहरूलाई बारम्बार जबर्जस्ती तन्काइन्छ र उनलाई अपमानजनक यातना दिइन्छ, जसले गर्दा उनी बेहोस हुन्छन्

41:09 लिउ झी अन्ततः रिहा हुन्छन्, तर सिसिपिको दीर्घकालीन क्रूरताले उनको दाहिने आँखा र दुवै खुट्टामा अपाङ्गता छोडेर जान्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्