इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग १५: क्याम्पसहरू सतावटको अग्रपङ्क्ति बन्दै: परमेश्‍वरमाथिको आस्थाका कारण कलेजका विद्यार्थीहरूलाई कलेज छोड्न बाध्य पारियो, मगजधुलाइ गरियो, र जेल सजाय सुनाइयो

4 मे 2026

सिसिपिले सधैँ धार्मिक विश्वासलाई सताउँदै आएको छ, र यसले देशभरिका क्याम्पसहरूमा परमेश्‍वरमा आस्था राख्ने विद्यार्थीहरूलाई समेत छोड्दैन। यसले लामो समयदेखि सबै धर्मलाई बाहिर राख्ने प्रयास गर्दै क्याम्पसहरूमा धर्म-विरोधी प्रचारबाजी पनि फैलाउँदै आएको छ। यसले विद्यार्थीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न पूर्ण रूपमा निषेध गर्छ, क्याम्पसमा सुसमाचार प्रचार गर्ने कुरा त परै जाओस्। कलेज र विश्वविद्यालयहरूमा, सिसिपिले “विज्ञानमाथिको विश्वास मबाट सुरु हुन्छ,” “विज्ञानको वकालत गर्नू, र धार्मिक आस्थालाई क्याम्पसबाट बाहिर राख्नू,” “आफ्नो दिमागलाई विज्ञानले सुसज्जित गर्नू,” “विज्ञानको वकालत गर्ने माहोल सिर्जना गर्न क्याम्पसहरूमा पन्थ-विरोधी शिक्षा ल्याउनू,” “पार्टीको इतिहास अध्ययन गर्नू, आफ्नो विश्वासलाई बलियो बनाउनू, पन्थलाई अस्वीकार गर्नू, र पार्टीलाई पछ्याउनू,” “क्याम्पसमा पन्थलाई अस्वीकार गर्नू र घुसपैठ रोक्नू,” र “पन्थको विरोध बालबालिकाबाटै सुरु हुन्छ” भनी प्रचार गर्छ। सिसिपि विशेषगरी कलेज तथा विश्वविद्यालयहरूमा बारम्बार धर्म-विरोधी सामग्रीहरू वितरण गर्छ र विषयगत व्याख्यानहरू आयोजना गर्छ। यसले विद्यार्थीहरूलाई आफ्नो कुनै धार्मिक विश्वास छैन भनी लेखिएको प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न माग गर्छ र विद्यार्थीहरूलाई परमेश्‍वरलाई इन्कार गर्न र उहाँको निन्दा गर्न बाध्य पार्न हरसम्भव प्रयास गर्छ। यसले सबै विद्यार्थीलाई क्यामेराको अगाडि परमेश्‍वरलाई इन्कार गर्ने र उहाँको निन्दा गर्ने सामग्रीहरू सबैसामु पढ्न बाध्य पार्छ, ताकि उनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् कि गर्दैनन् भनेर तय गर्न सकियोस्। यसले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई खोजतलास गर्न यस्ता घृणास्पद र दुष्ट तरिकाहरू अपनाउँछ। परमेश्‍वरमाथिको विश्‍वासमा अडिग रहनेहरूलाई कलेज छोड्न बाध्य पारिन्छ वा निष्कासित गरिन्छ, र कतिपयलाई त सार्वजनिक सुरक्षा अधिकारीहरूको जिम्मासमेत लगाइन्छ। यस भागमा, हामी परमेश्‍वरमा आस्था राखेकै कारण सिसिपिको क्रूर सतावट भोगेका कलेजका विद्यार्थीहरूबारेको सत्यतथ्य रिपोर्ट गर्नेछौँ।

00:22 मुख्य अंशहरू

04:25 कलेज विद्यार्थी छन याङ परमेश्‍वरको निन्दा गर्न अस्वीकार गर्छिन्; उनलाई जबरजस्ती मगजधुलाइ, निगरानी र हैरानीको सिकार बनाइन्छ; र बिदा लिन बाध्य पारिन्छ

10:47 कलेजकी छात्रा झाङ लिनलाई कलेजले छानबिन गर्छ अनि अन्य विद्यार्थीहरूसँगै उनलाई पनि कुनै धर्म नमान्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न अनिवार्य गरिन्छ

15:08 कलेज विद्यार्थी ली स्याओ सिसिपिका मागहरूअनुसार प्रश्नहरूको जवाफ दिन वा परमेश्‍वरलाई इन्कार गर्न अस्वीकार गर्छिन्; उनलाई जबरजस्ती पक्राउ गरी मगजधुलाइ गरिन्छ; र शारीरिक तथा मानसिक दुवै रूपमा अपार यातना दिइन्छ

26:51 कलेज विद्यार्थी सु वानछिङलाई परमेश्‍वरमाथिको आस्थाका कारण पक्राउ गरी हिरासतमा राखिन्छ, र उनको कलेजले उनलाई कलेज छोड्न बाध्य पार्छ

29:06 केही विश्वविद्यालय तथा विद्यावारिधिका विद्यार्थीलाई प्रान्तीय सिमाना पार गरेर पक्राउ गरियो भने, अन्य केहीलाई दीर्घकालीन हिरासतमा राखी दिनमा तीन पटक सोधपुछ गरियो

32:11 स्नातकोत्तर विद्यार्थी लिन सिउवेनलाई वर्षौँअघि उनको आस्थाका कारण पक्राउ गरी हिरासतमा राखिएको थियो, उनको कलेजद्वारा निष्कासित गरिएको थियो, र उनको करियरका सम्भावनाहरू बर्बाद पारिएको थियो

35:39 अन्तिम टिप्पणीहरू

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्