इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग १६: सिसिपि इसाईहरूलाई कसरी सताउँछ—दुई इसाईलाई यातना दिइयो र जेल सजाय सुनाइयो

20 मे 2026

नास्तिक क्रान्तिकारी कम्युनिस्ट पार्टीले शासन गरेको देश चीनमा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको कम्युनिस्ट पार्टीको विरोध गर्नुसरह हो। विश्‍वासीहरूलाई राजनीतिक अपराधीको बिल्ला लगाइन्छ, पक्राउ गरिन्छ, र दोषी ठहर गरिन्छ। विशेषगरी, सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नेहरू पक्राउ परे भने, तिनीहरूलाई “कुटेरै मार्न सकिन्छ र त्यसो गर्दा कुनै दण्ड पाइँदैन।” फलस्वरूप, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका धेरै इसाई पक्राउ परेका छन् र अमानवीय क्रूरताको सिकार भएका छन्: कोही पक्राउ परेपछि सबै प्रकारका क्रूर यातनाको सिकार भए र निलडाम बस्ने गरी कुटिए; कोही कुटाइ खाएर अपाङ्ग बने, र सामान्य जीवन बिताउन असमर्थ भए; कोहीलाई जेल सजाय सुनाइयो; कसैलाई लामो समयसम्म निगरानीमा राखियो र उनीहरूको स्वतन्त्रता खोसियो; धेरैजना सिसिपिको गिरफ्तारीबाट बच्न भागेर लुक्न बाध्य छन्, र घर फर्कन सकेका छैनन्; र कोही निरन्तरको विस्थापन र कठिनाइमा बाँच्दै, विदेश पलायन हुन बाध्य भएका छन्। सिसिपिको दीर्घकालीन र क्रूर सतावट सामना गर्दा पनि, धेरै इसाई डराएर दबिएका छैनन्। यस कठोर वातावरणमा पनि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न जारी राख्छन्, आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्‍वरलाई पछ्याउन लागिपर्छन्। यसले दुष्ट दियाबलस सिसिपिलाई क्रुद्ध बनाएको छ, जसले निरन्तर नयाँ गिरफ्तारी र सतावटका अभियानहरू सुरु गर्छ, र “उन्मूलन पूरा भएपछि मात्र सेना फिर्ता हुनेछ” भनेर घोषणा समेत गरेको छ। फलस्वरूप, भेलाहरूको दौरान इसाईहरू पक्राउ पर्ने घटनाहरू निरन्तर भइरहन्छन्। सन् २०२३ को अगस्ट २१ देखि २२ सम्म, ग्वाङदोङ प्रान्तको ग्वाङ्झोउमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका धेरै इसाई भेला भइरहेको बेला प्रहरीद्वारा पक्राउ गरिए। प्रहरीले उनीहरूलाई गोप्य सोधपुछका लागि सार्वजनिक सुरक्षा ब्युरोमा लग्यो। उनीहरूले के भोगे भन्ने कुरा हालसालैसम्म हामीलाई प्रायः थाहा थिएन। अहिले, लगभग तीन वर्ष बितिसकेको छ। केही समयअघि, हामीले त्यसबेला पक्राउ परेका दुई इसाई, सियाओ युन र छङ जीसँग अन्तर्वार्ता लिएका थियौँ। अन्तर्वार्ताका क्रममा, हामीले के थाहा पायौँ भने सोधपुछका बेला उनीहरूलाई विभिन्न प्रकारका यातना र दुर्व्यवहारको सिकार बनाइएको थियो, जसमा भोकै राख्ने, सुत्न नदिने, र क्रूरतापूर्वक कुटपिट गर्ने जस्ता आम तरिकाहरू समावेश थिए। उनीहरूलाई पछाडिबाट हतकडी पनि लगाइएको थियो, र हतकडीमा १५ किलोग्रामको कङ्क्रिटको ब्लक लामो समयसम्म झुन्ड्याइएको थियो। सियाओ युनलाई माकुरा र हरियो खबटे कीरा जस्ता विभिन्न कीरा खान बाध्य पारियो, र साथसाथै उनलाई सास्ती दिन उनको लुगाभित्र माकुरा र झुसिल्कीरा जस्ता कीराहरू कोचिए। यो एकदमै डरलाग्दो थियो, तर प्रहरीहरूले उनलाई यातना दिने नयाँ तरिकाहरू सोचिरहँदा मज्जाले हाँस्ने काम मात्र गरे। सियाओ युन र छङ जीलाई प्रहरीले पूरै एक महिनासम्म यातना दियो, जसले गर्दा उनीहरूले ठूलो शारीरिक र मानसिक कष्ट भोगे, तर पनि उनीहरूले “तीन बयानको पत्र” मा हस्ताक्षर गर्न अस्वीकार गरे। त्यसपछि, उनीहरूलाई जेल सजाय सुनाइयो।

00:23 मुख्य अंशहरू

04:45 सियाओ युनलाई भोकै राखिन्छ र पछाडिबाट हतकडी लगाइन्छ

10:02 प्रहरीले सियाओ युनलाई पासोमा पार्ने र दबाब दिने कोसिस गर्छन्, र “मगजधुलाइ विशेषज्ञ” ले उनीमाथि दाउपेच प्रयोग गर्छ

15:30 प्रहरीहरूले सियाओ युनलाई चिसोले जमाएर र कोर्रा हानेर यातना दिन्छन्

24:14 प्रहरीहरूले सियाओ युनमाथि कीराहरू फ्याँक्छन् र उनलाई जबरजस्ती ती निल्न लगाउँछन्

28:06 सियाओ युनलाई हतकडी लगाइन्छ, नाडीमा कङ्क्रिटको ब्लक झुन्ड्याइन्छ, चिसोले जमाइन्छ, र अन्ततः सजाय सुनाइन्छ

35:08 छङ जीले एक महिनासम्म अमानवीय यातना भोग्छन्

40:41 इसाईहरूलाई सताउने दुष्ट सिसिपि प्रहरीहरूको सूची (भाग १)

45:05 अन्तिम टिप्पणीहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्