पूर्वीय ज्योतिको समृद्धिको उत्पत्ति

19 मार्च 2021

पूर्वीय ज्योतिको उल्लेखले प्रभुका धेरै दाजुभाइ र दिदिबहिनीहरूलाई अलमल्लमा पारेको छ: किन होला सम्पूर्ण धार्मिक समुदाय समग्रमा अत्यन्तै उजाड र पतित हुँदै गर्दा, पास्टर र एल्डरहरूले पूर्वीय ज्योतिको निन्दा गर्ने र निषेध गर्ने क्रममा बढ्दो रूपमा आरक्षी र रूढिवादी हुँदै गर्दा, पूर्वीय ज्योति उजाड वा क्षीण बनेको छैन, बरु यो त रोक्न नसकिने, मडारिरहेको तरंगझै मूलभूमि चीनमा व्यापक रूपमा बढिरहेको छ, र अब त यो चीनको सीमानादेखि विदेशी भूमि र क्षेत्रहरूमा समेत फैलिएको छ र यसलाई विश्‍वव्यापी रूपमा धेरैभन्दा धेरै मानिसहरूले स्वीकार गरिरहेका छन्? यस तथ्यको सामना गर्नुपर्दा, धार्मिक मानिसहरू पूरै अचम्भित भएका छन्, जबकि यसको कारण वास्तवमा एकदमै सरल छ: विभिन्न सम्प्रदायले भनेका छन् कि पूर्वीय ज्योति भनेको स्वर्गबाट तल “सेतो बादल” माथि झर्दै फर्किनुभएका मुक्तिदाता येशू हुनुहुन्छ; यो त व्यावहारिक परमेश्‍वर स्वयम् हुनुहुन्छ, जो देहमा फर्कनुभएको छ! यसकारण, चिनियाँ कम्युनिष्ट पार्टीको सरकार र धार्मिक संसारका पास्टर र एल्डरहरूले आखिरी दिनहरूका देहधारी परमेश्‍वर वा उहाँको कामप्रति गरेको प्रतिरोध, आक्रमण वा निन्दाको बावजूद, उहाँले प्राप्त गर्न चाहनुभएको कुरालाई कहिल्यै बाधा पुर्‍याउन वा दमन गर्न सक्ने कुनै व्यक्ति वा शक्ति छैन। परमेश्‍वरको अख्तियार, शक्ति, र उहाँको सर्वशक्तिमान्ता र बुद्धि शैतानको कुनै पनि शक्तिद्वारा माथ खुवाउन नसकिने छ।

धेरै मानिसहरूले विश्‍वास गर्छन् कि धर्मगुरूहरू र सत्तारूढ पार्टीले निन्दा गरेको कुनै पनि कुरा साँचो मार्ग हुन सक्दैन, तर के यो दृष्टिकोण सत्यतासँग मेल खान्छ? अनुग्रहको युगको बारेमा फेरि विचार गर्नुहोस् जुन बेला परमेश्‍वर यहूदियामा आफ्नो नयाँ काम सुरू गर्न प्रभु येशूको रूपमा देहधारी हुनुभयो। शुरूदेखि अन्त्यसम्ममा यहूदी प्रधान पुजारी, शास्त्री र फरिसीहरूले उहाँलाई दोषी ठहराए, प्रतिरोध गरे र सताए। तिनीहरूले प्रभु येशूलाई एउटा सिकर्मीको छोरोको रूपमा इन्साफ गरे, उहाँविरूद्ध सबै प्रकारका अभियोगहरू फेला पार्ने प्रयास गरे र उहाँले भूतको राजाको सहायताले भूतहरू धपाउनुभयो भनी ईश्वरनिन्दा गरे। तिनीहरूले प्रभु येशूलाई मार्नको लागि सकेको जति सबै गरे। अन्तमा, तिनीहरूले रोमसँग मिलेर प्रभु येशूलाई पक्राउ गराए, र तिनीहरूले दयालु प्रभु येशूलाई क्रूसमा टाँगे। यहाँसम्म कि प्रभु येशूको पुनरूत्थान र स्वर्गारोहण भएपछि पनि, तिनीहरूले अझै सबै किसिमका अफवाहहरू फैलाए, साथै तिनीहरूले यूहन्ना, पावल अनि अन्य प्रेरित र चेलाहरूलाई “नासरीका गुट”, “विधर्मीहरू”, र “गुटवादीहरू” भन्दै उनीहरूलाई झूटो आरोप लगाए र निन्दा गरे। तिनीहरूले प्रभु येशूका चेलाहरूलाई खोजी-खोजी सताउन हरसम्भव प्रयास गरे। तर परमेश्‍वरको बुद्धिले सधैं शैतानका युक्तिहरूको सदुपयोग गर्छ र तिनलाई आधारशिला बनाउँछ; शैतानले कसरी उहाँको कामलाई बाधा पुर्‍याउन वा नष्ट गर्न सक्थ्यो र? यहूदीहरू र रोमी साम्राज्यको स्वेच्छाचारी सतावट र निष्कासनलाई परमेश्‍वरले चेलाहरूलाई धेरै देशहरूमा भाग्न बाध्य तुल्याउन प्रयोग गर्नुभयो जसले गर्दा प्रभु येशूको मुक्ति टाढा-टाढासम्म फैलियो। दाजुभाइ तथा दिदीबहिनीहरू, विचार गरौं त: यहूदी अगुवाहरू र रोमी सरकारले प्रभु येशू र उहाँको कामको घोर विरोध र निन्दा गरे। के त्यो प्रभु येशू साँचो परमेश्‍वर नहुनुभएकाले गर्दा भएको थियो? के त्यो प्रभु येशूले सही मार्ग नल्याइरहनुभएकाले गर्दा भएको थियो? के त्यो धर्मगुरूहरू र रोमी सरकारले त्यागेका र प्रतिरोध गरेका कुराहरू परमेश्‍वरको मार्ग नभएकाले भएको थियो? के त्यो साँचो मार्ग धर्मगुरूहरू र राजनैतिक अधिकारीहरूले निर्धारित गरिने भएकाले भएको थियो? प्रभु येशूले भन्नुभयो: “अनि दण्ड यही हो, कि ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कार्यहरू दुष्ट थिए। किनभने दुष्ट कार्य गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, न त त्यो ज्योतिमा आउँछ, नत्रता त्यसका कार्यहरूको निन्दा गरिन्छ” (यूहन्‍ना ३:१९-२०)। “यो दुष्ट पुस्ता हो” (लूका ११:२९)। १ यूहन्ना ५:१९ मा भनिएको छ, “सारा संसार दुष्टतामा छ” (१ यूहन्‍ना ५:१९)। शैतानले मानवजाति भ्रष्ट पारेपछि ऊ सत्यलाई तुच्छ ठान्ने र घृणा गर्ने विन्दुसम्मै खस्क्यो र परमेश्‍वरको शत्रु बन्यो। सारा संसार पूर्णतया शैतानद्वारा नियन्त्रित छ, र सम्पूर्ण धार्मिक समुदाय धेरै समयदेखि ढोंगी फरिसी र ख्रीष्टविरोधीहरूद्वारा नियन्त्रण गरिएको छ। सबै शैतानद्वारा शासित छ। तसर्थ, जब देहधारी परमेश्‍वर आफ्नो काम गर्न देखा पर्नुहुन्छ, धर्मगुरू र शैतानी शक्तिहरू परमेश्‍वर र उहाँको कार्यको निन्दा र प्रतिरोध गर्न उठ्ने कुरा अपरिहार्य नै हुन्छ। स्पष्टै छ, धर्मगुरूहरूले वा शैतानी सरकारहरूले यसको निन्दा गर्छन् कि गर्दैनन् भनेर सत्यताको मूल्यांकन गर्नु गलत र असंगत हुन्छ!

अहिले, यी आखिरी दिनहरूमा, परमेश्‍वर फेरि उहाँको घरानाबाट सुरू हुने न्यायको काम अघि बढाउन चीनमा देह बन्नुभयो, जुन नास्तिकताको कट्टर किल्ला, ठूलो रातो अजिङ्गरको उही गुँड हो। शैतानको अन्धकारको प्रभावबाट मानिसलाई पूर्णतया बचाउने उद्देश्यले, मानवजातिलाई न्याय गर्न र स्वच्छ पार्न परमेश्‍वरले सत्य प्रकट गर्नुहुन्छ, र अन्तमा, उहाँले ती उद्दार गरिएकाहरूलाई परमेश्‍वरको राज्यमा ल्याउनुहुनेछ र तिनीहरू परमेश्‍वरसँग एकसाथ विश्राममा प्रवेश गर्नेछन्। यद्यपि, ऐतिहासिक त्रासदी फेरि एकपटक लागू भइरहेको छ। धार्मिक संसारका पास्टर र एल्डरहरू तिनीहरूकै धार्मिक धारणाहरूमा अडिग रहिरहन्छन्, र जब तिनीहरूले आखिरी दिनहरूको परमेश्‍वरको नयाँ कामको सामना गर्छन्, तिनीहरूले यसको खोजी वा अनुसन्धान गर्दैनन्, न त तिनीहरूले प्रभु येशूको पुनरागमनलाई नै स्वागत गर्छन्। यसको सट्टा, तिनीहरूले सबै प्रकारका झूटो शिक्षा र भ्रमहरू फैलाउँछन्। तिनीहरूले देहधारी परमेश्‍वरलाई आक्रमण र निन्दा गर्छन् र उहाँको कामउपर “दुष्ट पंथ” वा “झूटो शिक्षा” को दोषारोपण गर्छन्। यहाँसम्म कि तिनीहरूले आखिरी दिनहरूमा परमेश्‍वरको सुसमाचार फैलाउनेहरूलाई सताउन र पक्राउ गर्न चिनियाँ कम्युनिष्ट सरकारसँग साठगाँठ समेत गर्छन्। तिनीहरूका कामहरू कुनै समय प्रभु येशूलाई झूटो आरोप लगाउने र सताउने यहूदी धार्मिक समुदायका कामहरूभन्दा फरक छैनन्। यस तथ्यले प्रभु येशूको भविष्यवाणी पूर्ण रूपले पूरा गरेको छ, “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२४-२५)। मानिसमाझ बोल्न र काम गर्न, मानवजातिलाई छुटकारा दिलाउन र मानवजातिको उद्दार गर्न परमेश्‍वर दुईपटक देहधारी भइसक्नुभएको छ, र दुवैपटक उहाँले धर्मगुरू र सत्तासीन शासकहरूको दोषारोपण, ईश्वरनिन्दा र प्रतिरोधको सामना गर्नुपरेको छ; प्राचीनकालदेखि नै साँचो मार्गलाई सताइएको छ भनी प्रमाणित गर्न यो तथ्य एक्लै पर्याप्त छ। मार्ग जति बढी सत्य हुन्छ र यो जति बढी परमेश्‍वरको देखा पर्ने घटना र काम हुन्छ, त्यति नै बढी यसले धर्मगुरू र शैतानी शासन-पद्धतिहरूको अस्वीकार र निन्दा भोग्छ। चलाख व्यक्तिहरूले सर्वशक्तिमान् परमेश्‍वर र आखिरी दिनहरूको उहाँको कामलाई धार्मिक संसारका पास्टर र एल्डरहरूले अनि चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले निर्लज्ज तवरमा गरेको सतावट र दोषारोपणबाट यो साँचो मार्ग हो वा होइन भनी निर्धारण गर्न र सोहीअनुरूप बुद्धिमानीपूर्ण छनौट गर्न सक्छ।

त्यसो भए, पूर्वीय ज्योति नै साँचो मार्ग हुँदा पनि, किन धर्मगुरूहरूले यसको विरोध गरे? यसका लागि मुख्यतया दुई कारणहरू छन्: १) पवित्र आत्माको कामको दिशालाई मानिसहरूले बुझ्दैनन् र तिनीहरूले “परमेश्‍वरको काम सँधै अगाडि बढ्छ” भन्ने वाक्यांशको अर्थ बुझ्दैनन्। तिनीहरूले केवल आफ्ना बाइबलको ज्ञान र धार्मिक धारणाहरू र विगतमा परमेश्‍वरले के गर्नुभयो सो कुराको आधारमा परमेश्‍वरको नयाँ कार्यलाई मापन गर्छन्। यदि तिनीहरू आफूलेले देखेको कुराहरूसँग सहमत हुँदैनन् भने, तिनीहरूले परमेश्‍वरको नयाँ कामलाई “अपधर्मी” वा “पंथगत” मान्छन्। २) किनकि मानवजातिको शैतानी प्रकृतिको काम नै सत्यलाई घृणा र द्वेष गर्नु हो। जब आफ्ना विश्‍वासीहरू सर्वशक्तिमान् परमेश्‍वरको वचन पढेर अनि सत्य बुझेर सर्वशक्तिमान् परमेश्‍वरमा फर्कन्छन्, तब यी धर्मगुरूहरू एकलोपन र तिरस्कारदेखि डराउँछन्, त्यसैले धार्मिक संसारको स्थायी नियन्त्रण सुनिश्चित गर्न र आफ्नै प्रतिष्ठा र जीविकाको रक्षा गर्न तिनीहरूले अन्धाधुन्ध रूपमा सर्वशक्तिमान् परमेश्‍वरको निन्दा र प्रतिरोध गर्छन्। तसर्थ, परमेश्‍वरको सबै नयाँ कामले मानिसहरूको विरोधको सामना गर्नुको कारण उहाँको नयाँ काममा कुनै त्रुटि हुनु होइन, न त उहाँको मार्गमा कुनै त्रुटि हुनु नै हो। बरु, यस्तो हुनुको कारण त मानिसहरूले परमेश्‍वरको काम नबुझ्नु र तिनीहरूले सत्यलाई घृणा र द्वेष गर्नु हो। यदि धर्मगुरूहरूले परमेश्‍वरको नयाँ कामको विरोध र त्याग गरेको कारणले मात्र यो सही मार्ग होइन भनेर मानिसहरूले निर्णय गरे भने, यो निरर्थक र हास्यास्पद हुनेछ। यदि तिनीहरूले यसको परिणामस्वरूप आखिरी दिनहरूमा परमेश्‍वरको मुक्ति गुमाए भने, यो मानिसहरूको लागि अनन्त हानि हुनेछ, एक अपरिवर्तनीय र अकाट्य मृत्युशील त्रुटि हुनेछ।

त्यसो भए, ठ्याक्कै कसरी हामीले सही मार्ग र गलत मार्गबीच भिन्नता छुट्याउँछौ? परमेश्‍वरको वचनले हामीलाई सिद्धान्तहरू दिन्छ जसद्वारा हामीले भिन्नता छुट्याउन सक्छौं। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ: “परमेश्‍वरको कार्य बुझ्नु भनेको सजिलो कुरा होइन। तेरो खोजीमा तँसँग मापदण्डहरू र उद्देश्य हुनुपर्छ, तैँले साँचो मार्ग कसरी खोज्ने भन्ने बारे जान्नुपर्छ, यो सही मार्ग हो कि होइन, र यो परमेश्‍वरको कार्य हो कि होइन भन्ने कसरी मापन गर्ने सो जान्नुपर्छ। साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो? यस मार्गमा पवित्र आत्माको कार्य छ कि छैन, यी शब्दहरू सत्यताको अभिव्यक्ति हुन्‌ कि होइनन्‌, को प्रमाणित भएको छ, र यसले तेरो लागि के ल्याउँछ भनी तैँले हेर्नुपर्छ। साँचो मार्ग र झूटो मार्गबीचको भिन्नता छुट्ट्याउनको लागि आधारभूत ज्ञानका धेरै पक्षहरू चाहिन्छ, जसको सबैभन्दा आधारभूत पक्ष भनेको त्यसमा पवित्र आत्माको कार्य उपस्थित छ कि छैन भनी बताउनु हो। किनकि परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सारतत्त्व भनेको परमेश्‍वरको आत्मामाथिको विश्‍वास हो, र यो देह नै परमेश्‍वरको आत्माको वासस्थान भएकोले, देहधारी परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास पनि हो, जसको अर्थ यो हो कि यस्तो विश्‍वास भनेको अझै आत्मामाथिको विश्‍वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्‍वास गरेपनि त्यो परमेश्‍वरको अन्तर्निहित सारतत्त्व नै हो। त्यसैले, यो साँचो मार्ग हो कि होइन भनेर छुट्ट्याउँदा, सबैभन्दा मुख्य कुरा तैँले यसमा पवित्र आत्माको कार्य छ कि छैन भन्ने कुरा हेर्नुपर्छ, त्यसपछि तैँले यस मार्गमा सत्यता छ कि छैन हेर्नुपर्छ। सत्यता भनेको सामान्य मानवत्वको जीवन स्वभाव हो, भन्नुको मतलब, यो त्यो कुरा हो जुन परमेश्‍वरले सुरूमा मानिसलाई सृष्टि गर्नुहुँदा उबाट माग गर्नुभएको थियो, जस्तो कि, (मानव भाव, अन्तर्दृष्टि, बुद्धि, र मानिस हुनुको आधारभूत ज्ञान लगायत) सामान्य मानवत्वको सम्पूर्णता। अर्थात्‌, यस मार्गले मानिसहरूलाई सामान्य मानवत्वको जीवनमा डोर्याउन सक्छ कि सक्दैन, बोलिएको सत्यता सामान्य मानवत्वको यथार्थअनुसार माग गरिएको छ कि छैन, यस सत्यता व्यवहारिक र वास्तविक छ कि छैन, र यो सर्व समय सापेक्षिक छ कि छैन भनी तैँले हेर्नुपर्छ। यदि सत्यता छ भने, यसले मानिसलाई सामान्य र वास्तविक अनुभवहरूमा अग्रसर गराउन समर्थ हुन्छ; यसको साथै, मानिसहरू पहिलाभन्दा अझै सामान्य हुन्छन्‌, तिनीहरूको मानव भाव पहिलाभन्दा अझ पूर्ण हुन्छ, शरीरमा तिनीहरूको जीवन र आत्मिक जीवन पहिलाभन्दा अझ व्यवस्थित हुन्छन्‌, र तिनीहरूको भावनाहरू पहिलाभन्दा अझ सामान्य हुन्छ। यो दोस्रो सिद्धान्त हो। एउटा अर्को सिद्धान्त छ, जुन मानिसहरूसँग परमेश्‍वरको बारेमा बढ्दो ज्ञान छ कि छैन, र यस्तो कार्य र सत्यता अनुभव गर्दा यसले तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेमको निम्ति प्रेरणा दिन सक्छ कि सक्दैन र तिनीहरूलाई पहिलाभन्दा अझ परमेश्‍वरको नजिक ल्याउँछ कि ल्याउँदैन भन्ने हो। यसमा यो नै साँचो मार्ग हो कि होइन भनी यसलाई मापन गर्न सकिन्छ। सबैभन्दा आधारभूत कुरा यो मार्ग अलौकिकभन्दा पनि व्यावहारिक छ कि छैन, र यसले मानिसको जीवन प्रदान गर्न समर्थ छ कि छैन भन्ने हो। यदि यो यी सिद्धान्तहरूसँग मिल्छ भने, यही मार्ग सत्य मार्ग हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌”)। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा मुख्यतया तीन ओटा चीजहरू छन् जसलाई हामीले कुनै कुरा वास्तविक मार्ग हो, होइन भनी भिन्नता छुट्याउन महसुस गर्नुपर्दछ:

पहिलो, हामीले यसमा पवित्र आत्माको काम समावेश छ कि छैन भनी हेर्नुपर्छ, जुन एउटा महत्त्वपूर्ण बुँदा हो। यदि यो साँचो मार्ग हो भने, यो परमेश्‍वर स्‍वयम्‌ले गर्नुभएको कार्य हो, जसको अर्थ यसमा पवित्र आत्माको काम समाविष्ट हुनुपर्छ भन्ने हुन्छ। मानिसहरूले देहधारी परमेश्‍वरमा विश्‍वास गर्नुको कारण यो देह परमेश्‍वरको आत्माको मूर्तरूप हुनु हो, त्यसैले उहाँले जे गर्नुहुन्छ त्यो पवित्र आत्माको काम हो र त्यसमा पवित्र आत्माको सत्यापन हुन्छ। त्यसकारण, मानिसहरूले उहाँलाई विश्‍वास गर्छन् र उहाँलाई पछ्याउँछन्। यो ठीक त्यस्तै हो जब प्रभु येशूले आफ्नो काम गर्नुभयो: सतही रूपमा उहाँ एक साधारण र सामान्य व्यक्ति हुनुहुन्थ्यो झैं लाग्थ्यो, तैपनि उहाँको वचन र उहाँका कामबाट मानिसले पवित्र आत्माको काम देखे। यस्तो किन हो भने सबै मानवजातिले प्रभु येशूका वचन र काम अख्तियार र शक्तिले भरिएका छन् भनी देख्न सक्थे। उहाँले अन्धोलाई देख्ने वा पक्षाघात भएकोलाई हिड्ने र कुष्ठरोगीलाई निको पार्न सक्नुहुन्थ्यो। उहाँले पाँचवटा रोटी र दुई टुक्रा माछा प्रयोग गरी पाँच हजार मानिसहरूलाई खुवाउन सक्नुहुन्थ्यो। उहाँले मरेकाहरूलाई पनि बिउँताउन सक्नुहुन्थ्यो। उहाँले मानिसहरूको हृदयको गहिराइमा देख्न र तिनीहरूको अन्धकारमय गोप्यता उजागर गर्न सक्नुहुन्थ्यो। यसबाहेक, उहाँले स्वर्गका रहस्यहरू मानवजातिलाई बताउन सक्नुहुन्थ्यो। उहाँलाई पछ्याएपछि मानिसहरूले आफ्नो हृदयमा शान्ति र आनन्द प्राप्त गरे। मानिसहरू प्रभु येशूको पछि लाग्नु र उहाँ मसीह हुनुहुन्छ भनेर स्वीकार गर्नुको कारण भनेको उहाँले जे गर्नुहुन्छ त्यो सबै पवित्र आत्माको काम हुनु हो। हामी देख्न सक्छौं कि यो सत्य मार्ग भइञ्जेलसम्म, यसमा पवित्र आत्माको काम समावेश हुन्छ। त्यसकारण, कुनै कुरा साँचो मार्ग हो कि होइन भनेर विचार गर्दा, हामीले पहिला यसमा पवित्र आत्माको काम छ कि छैन भनेर हेर्नुपर्छ।

कुनै कुरा साँचो मार्ग हो कि होइन भनेर विचार गर्दा हामीले तौलनुपर्ने दोस्रो पक्ष भनेको यसमा सत्य समावेश छ कि छैन र यसले कुनै व्यक्तिको मानवतालाई प्रगतिशील रूपले सामान्य बनाउनको लागि उसको जीवन स्वभावलाई क्रमिक रूपमा परिवर्तन गर्न सक्छ कि सक्दैन भनेर हेर्नु हो। हामी सबैलाई थाहा छ, परमेश्‍वर सत्य, मार्ग, र जीवन हुनुहुन्छ र उहाँको कार्यको प्रत्येक नयाँ चरण परमेश्‍वरले मानिसको लागि जारी गर्नुहुने सत्यतामा आधारित हुन्छ, जसले नयाँ युगमा अभ्यासको पथलाई दर्शाउँछ। परमेश्‍वरले मानिसलाई जीवनको लागि चाहिने आवश्यक कुराहरू सुनिश्चित गरिदिनुहुन्छ, ताकि ऊ क्रमिक रूपले एउटा सामान्य मानवतामा बाँच्न सकोस्, र ताकि ऊ क्रमिक रूपले परमेश्‍वरले मानिस सृष्टि गर्नुहुँदाको मूल स्वरूपमा फर्कन सकोस्। यो साँचो मार्गको स्पष्ट विशेषता हो। यो प्रभु येशूले अनुग्रहको युगमा आफ्नो काम शुरू गर्नुभएको जस्तै हो। त्यस समयमा, उहाँले मानिसहरूको लागि अभ्यास गर्ने धेरै सत्यताहरू जारी गर्नुभयो र तिनीहरूलाई अरूलाई पनि आफूलाई जस्तै प्रेम गर्न, क्रूस बोक्न, आफूलाई इन्कार गर्न र अरूलाई सत्तरी पटक सात गुणा क्षमा दिन सिकाउनुभयो। प्रभु येशूले मानिसहरूलाई आत्मा र सत्यतामा परमेश्‍वरको आराधाना गर्न आज्ञा गर्नुभयो। प्रत्येक साँचो विश्‍वासीले प्रभु येशूका शिक्षाहरूमार्फत आफ्नो बाहिरी आचरणमा केही परिवर्तन ल्याउन सक्थ्यो। प्रभु येशूमार्फत, तिनीहरूले आफूलाई नम्रता र धैर्यतासाथ व्यवहार गर्न सक्थे, र यसबाट सामान्य व्यक्तिको केही स्वरूप पाउन सक्थे। तसर्थ, जबसम्म यो साँचो मार्ग हो, तबसम्म सत्यता अभिव्यक्त हुनेछ। त्यसपछि यसले व्यक्तिको मानवता र भावनालाई झनझन सामान्य बनाउनेछ, अनि ऊ वास्तविक व्यक्ति जस्तो हुनुपर्ने हो अझ बढी रूपमा त्यस्तो देखिनेछ।

साँचो मार्गमा चिन्तन गर्नको लागि हामीले ध्यानमा राख्नुपर्ने तेस्रो पक्ष भनेको यस मार्गले मानिसहरूलाई परमेश्‍वरको ज्ञान बढाउँदै लान्छ कि लाँदैन र यसले तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेम जगाउँछ कि जगाउँदैन र ‍तिनीहरूलाई परमेश्‍वरको नजिक ल्याउँछ कि ल्याउँदैन भनेर हेर्नु हो। हामी सबैलाई थाहा छ कि यो साँचो मार्ग भएकोले, यो परमेश्‍वर स्‍वयम्‌कै काम हो, र उहाँको कामले अनिवार्य रूपमा उहाँको स्वभाव र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ सो सबै प्रस्तुत गर्छ। जब मानिसहरूले परमेश्‍वरको कामको अनुभव गर्छन्, तिनीहरू स्वाभाविक रूपमा परमेश्‍वरको साँचो बुझाइमा आइपुग्छन्, यसरी तिनीहरूले आफूभित्र परमेश्‍वरका लागि प्रेमिलो हृदय सिर्जना गर्छन्। यो कुरा व्यवस्थाको युगको जस्तै हो, जब पृथ्वीमा मानिसहरूको जीवनलाई डोर्‍याउन यहोवा परमेश्‍वरले नियम-व्यवस्था जारी गर्नुभयो। उहाँको कामको अनुभव गरेर, तिनीहरूले यहोवा परमेश्‍वर एक साँचो परमेश्‍वर हुनुहुन्छ भनेर पहिचान गरे। यसबाहेक, तिनीहरूले परमेश्‍वरको प्रताप र क्रोधलाई र उहाँको स्वभावलाई चोट पुर्‍याउनुहुँदैन भन्ने कुरालाई पहिचान गरे, जसले तिनीहरूमा परमेश्‍वरप्रति श्रद्धालु हृदय सृर्जना गर्यो। अनुग्रहको युगमा, देहधारी परमेश्‍वर मानवजातिको छुटकाराको लागि कामको एक चरण पूरा गर्न पृथ्वीमा आउनुभयो। मानिसहरूले प्रभु येशूको कामलाई अनुभव गरेर परमेश्‍वरको प्रेमिलो र कृपालु स्वभावको पहिचान गरे। मानिसहरूले परमेश्‍वर आत्मा मात्र हुनुहुन्न, उहाँले त नम्र मानव रूप पनि लिन सक्नुहुन्छ, र उहाँले चमत्कारहरू गर्न, रोग निको पार्न र भूतहरू भगाउन सक्नुहुन्छ भन्ने पनि बुझे…। प्रभु येशूले गर्नुभएका यी सबै कामहरूले मानिसहरूलाई परमेश्‍वरबारे नयाँ बुझाइ दिलायो, जसले मानिसहरूको हृदयमा परमेश्‍वरप्रति श्रद्धाभाव प्रेरित गरायो। तसर्थ, यदि यो साँचो मार्ग हो भने, यसले मानिसहरूलाई परमेश्‍वरको बारेमा अझ बढी बुझ्न र परमेश्‍वरको स्वभावको बारेमा अझ बढी बुझाइ हासिल गर्न प्रेरित गर्नेछ।

परमेश्‍वरको कार्य सँधै अगाडि बढ्ने भए तापनि, जबसम्म यो परमेश्‍वर स्‍वयम्‌कै कार्य र साँचो मार्ग हुन्छ, यसले अवश्य पनि माथि उल्लेखित तीन गुणहरू धारण र अभिव्यक्त गर्नेछ। भन्नुको तात्पर्य, साँचो मार्गले पक्कै पनि पवित्र आत्माको कार्यलाई समाविष्ट गर्नेछ, सत्यता जारी गर्नेछ, र मानिसहरूलाई परमेश्‍वरको अझ बृहत बुझाइ प्राप्त गराउनेछ र उहाँको अझ नजिक ल्याउनेछ। तसर्थ, यदि हामीले यी तीन मापदण्डहरूलाई तौलेर साँचो मार्गलाई छुट्याउँछौं भने, हामी साँचो र गलतलाई छुट्याउन सक्षम हुनेछौं, जसले गर्दा हामीले परमेश्‍वरको वर्तमान कार्यलाई समयसापेक्ष हिसाबमा राख्न सक्छौं, सत्य, मार्ग र जीवन प्राप्त गर्न सक्छौं, साथसाथै परमेश्‍वरका महान् प्रतिज्ञा र आशिष्हरू प्राप्त गर्न सक्छौं।

यी आखिरी दिनहरूमा, परमेश्‍वरले फेरि नयाँ काम गरिरहनुभएको छ, जसमा उहाँको न्यायको काम गर्नलाई उहाँको वचन जारी गर्ने र भ्रष्ट मानवजातिलाई स्वच्छ पार्ने काम समावेश छ। यो काम उहाँको योजनाअनुसार गरिएको छ र आखिरी दिनहरूका मानिसहरूको वास्तविक आवश्यकताहरूमा आधारित छ। यो प्रभु येशूको कामको जगमा आधारित नयाँ, उच्च काम हो। यदि हामीले शान्त हृदयले ध्यानपूर्वक खोजी र अध्ययन गर्छौ भने, हामीले देख्न सक्छौं कि परमेश्‍वरको नयाँ कामको यस चरणमा पवित्र आत्माको काम मात्र समावेश छैन, बरु यसले त सत्यता पनि जारी गर्छ र हामीलाई परमेश्‍वरको स्वभावको बारेमा अनि परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबैको बारेमा अझ साँचो, विस्तृत र व्यावहारिक बुझाइ हासिल गराउँछ। तल, हामीले पहिले छलफल गरेका साँचो मार्ग मूल्याङ्कनका तीन मापदण्डहरूको आधारमा, आखिरी दिनहरूको परमेश्‍वरको कामसम्बन्धी हाम्रा अनुभवहरू र बुझाइको बारेमा सङ्गति गर्नेछौं।

पहिलो, साँचो मार्गले पवित्र आत्माको काम समावेश गर्छ। सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ र राज्यको युग स्थापना गर्नुभएको छ, परमेश्‍वरको घरानाबाट शुरु गरेर न्यायको नयाँ काम गर्नुभएको छ, मानिसहरूलाई न्याय गर्न र स्वच्छ पार्न उहाँको वचन जारी गर्नुभएको छ, र मानवजातिलाई जीवनका नयाँ प्रबन्धहरू आपूर्ति गर्नुभएको छ। प्रत्येक सम्प्रदायमा भएका विश्‍वासयोग्य व्यक्तिहरू एक पछि अर्को गर्दै, उहाँको नाममुनि सर्वशक्तिमान् परमेश्‍वरतिर फर्केका छन्। मानिसले जे-जसरी प्रतिरोध गरे पनि वा जे-जस्ता अवरोधहरू देखा परे पनि, परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार अझै पनि समुद्रका छालहरूजस्तै बढेको छ र सम्पूर्ण मूलभूमि चीनभरि फैलिएको छ। सबै मानिसहरू खुशीको उत्सवमा पवित्र पहाडतर्फ ओइरिरहेका छन्। हामी सबै विभिन्न सम्प्रदायबाट आएका भए पनि, हामी एकसाथ मिलेर बस्न र एक-अर्कालाई सहयोग गर्न सक्षम छौं। यहाँ कुनै गुटहरू छैनन् र मण्डली जीवन जीवन-शक्तिले भरिपूर्ण छ। यहाँका दाजुभाइ र दिदिबहिनीहरूले हाम्रा सभाहरू कहिल्यै पर्याप्त छैनन् भन्ने महसुस गर्छन्, र यहाँ गाउन र रमाइलो गर्नको लागि भजनहरू र हामीलाई अन्तर्दृष्टि दिने प्रार्थनाहरू छन्। प्रत्येक पटक हामी भेला हुँदा हामी सबै सर्वशक्तिमान् परमेश्‍वरको वचनबाट नयाँ प्रावधानहरू प्राप्त गर्न सक्षम हुन्छौं, हामी हाम्रा आफ्नै कमीकमजोरीहरू पहिचान गर्न सक्छौं, र परमेश्‍वरको वचनबाट हामीले अभ्यासको बाटो भेटाउँछौं। हामी सामान्य रूपले सह-अस्तित्वमा रहन सक्छौं र एक-अर्कालाई परमेश्‍वरको वचनअनुसार प्रेम गर्न सक्छौं। जब हामीले फरक विचारहरू सामना गर्छौ, तब हामी सबैले हाम्रा आफ्ना धारणाहरूलाई पन्छाएर ध्यानपूर्वक अन्य व्यक्तिहरूका विचारहरू सुन्न सक्षम छौ। जब भ्रष्टतालाई पर्दाफास गरिन्छ, परमेश्‍वरको वचनको आधारमा हामी आफ्नै बारेमा चिन्तन र विश्लेषण गर्न सक्षम छौं। जब हामीले मण्डलीको हितको हानि पुर्‍याउने कुराहरू गर्छौं, तब हामीसँग तथ्यपूर्ण सत्यताको सामना गर्ने र छाँटकाँट र निराकरण स्वीकार्ने साहस हुन्छ, र हामी मण्डलीमा परमेश्‍वरका वचनहरूको सत्यताको अख्तियारसामु झुक्छौं; हाम्रा दाजुभाइ र दिदिबहिनीहरू विश्‍वासले भरिपूर्ण छन्, तिनीहरूले भक्तिसाथ परमेश्‍वरको कार्यभार वहन गर्न सक्छन्, र आफ्नो सम्पूर्ण हृदयका साथ परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने कामको लागि शारीरिक सुखसयल त्याग्न सक्छन्। विभिन्न सम्प्रदायहरूले हामीसँग जे-जस्तो व्यवहार गरे पनि वा हामीलाई अस्वीकार, सतावट, कुटपिट, वा श्रापित गरिए पनि, हामी कुनै पनि कठिनाइ सहन तयार हुन्छौं र हामी सदाझैं परमेश्‍वरको इच्छा पूरा गर्न आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचार प्रचार गरिरहन्छौं। आज, परमेश्‍वरले चुन्नुभएका व्यक्तिहरूले धेरै वर्षदेखि परमेश्‍वरको न्याय र सजायको अनुभव गरेका छन्, तिनीहरूको जीवन स्वभाव विभिन्न हदसम्म परिवर्तन भएको छ, र परमेश्‍वरले चुन्नुभएका धेरै मानिसहरूले परमेश्‍वरको कार्यको बारेमा तिनीहरूको आफ्नै अनुभवबाट साँचो वृतान्तहरू दस्तावेजीकरण गर्दै, लेख र भजनहरू रचेका छन् र परमेश्‍वरको साक्षी दिन इन्टरनेटमा अपलोड गरेका छन्, जसमध्ये धेरैजसोलाई फिल्म र भिडियोमा रूपान्तरण गरिएको छ। यी लेख, भजन, र चलचित्रहरूले परमेश्‍वरका चुनिएका व्यक्तिहरूको जीवन स्वभावमा भएको साँचो परिवर्तनको गवाही दिन्छन् र तिनले परमेश्‍वरका चुनिएका व्यक्तिहरूको सत्यतासम्बन्धी बुझाइ र परमेश्‍वरसम्बन्धी इमान्दार ज्ञानको गवाही दिन्छन्। ती विजेताहरूका गवाही हुन्। के यस्तो गवाहीको बढ्दो मात्रा परमेश्‍वरको न्याय र सजायको कार्यको असर होइन र? पवित्र आत्माको कामविना यस्तो परिणाम कसले हासिल गर्न सक्छ र? हाम्रा दाजुभाइ र दिदिबहिनीहरूको अनुभव र गवाहीहरूबाट जोकोहीले सर्वशक्तिमान् परमेश्‍वरको अख्तियार र शक्ति देख्न सक्छन्। सर्वशक्तिमान् परमेश्‍वरको कार्यमा पवित्र आत्माको कार्य समावेश छ। यद्यपि, परमेश्‍वरको नयाँ कार्यसँग कदममा कदम मिलाउन नसक्ने विभिन्न सम्प्रदायहरूको हकमा भने, प्रचार गर्नेहरूसँग कुनै उपदेश छैन, विश्‍वासीहरू नकारात्मक र कमजोर छन्, र तिनीहरूको विश्‍वास चिसो छ। तिनीहरू ईर्ष्यालु र द्वन्द्वपूर्ण छन्, तिनीहरूले गुट बनाउँछन्, र तिनीहरूले उही कार्य गरिरहेका हुन सक्ने भए पनि, त्यो उही कारणहरूको लागि हुँदैन। यो कुरा धार्मिक समुदायमा पवित्र आत्माको कामको अभाव छ भनेर प्रमाणित गर्न पर्याप्त छ। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमा पवित्र आत्माको काम समावेश छ, त्यसैले यो जीवन-शक्तिले भरिपूर्ण छ, जबकि विभिन्न सम्प्रदायहरू उदास, उजाड छन् र तिनीहरूले पवित्र आत्माको काम गुमाएका छन्, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीभन्दा बिल्कुल फरक छन्। त्यसकारण, कुनचाहिँ साँचो मार्ग हो र कुनचाहिँ पुरानो मार्ग हो भन्ने कुरा स्वतः स्पष्ट छ।

दोस्रो, साँचो मार्गले सत्य समावेश गर्छ, नयाँ युगमा मानिसहरूलाई अभ्यासको मार्ग संकेत गर्न सक्छ, र मानिसहरूलाई जीवनका लागि नयाँ प्रावधानहरू दिलाउन सक्छ। तिनीहरूको जीवन स्वभाव झनझन परिवर्तन हुँदै जान्छ र तिनीहरूको मानवता झनझन सामान्य हुँदै जान्छ। आखिरी दिनहरूको उहाँको काममा, सर्वशक्तिमान्‌ परमेश्‍वरले विभिन्न क्षेत्रहरूमा धेरै सत्यताहरू जारी गर्नुहुन्छ। यसमा परमेश्‍वरको कार्य बुझ्नेबारेका सत्यता र नयाँ युगमा कसरी अभ्यास गर्ने र प्रवेश गर्ने भन्नेबारेका सत्यताहरू सामेल छन्। उदाहरणको लागि, यसमा यी कुराहरू समावेश छन्: परमेश्‍वरको व्यवस्थापनको उद्देश्य; उहाँको कामको पछाडिका सिद्धान्तहरू; व्यवस्थाको युग र अनुग्रहको युगमा भएका परमेश्‍वरको कामका भित्री सत्यहरू; परमेश्‍वरले उहाँको न्यायको काम कसरी गर्नुहुन्छ; परमेश्‍वर देह बन्नुको महत्व; आजसम्म मानवजाति कसरी विकसित भएको छ; शैतानले मानवजातिलाई कसरी भ्रष्ट बनाउँछ; परमेश्‍वरले मानवजातिलाई कसरी उद्दार गर्नुहुन्छ; मानवजातिको भविष्यको गन्तव्य कस्तो हुनेछ; विभिन्न प्रकारका मानिसहरूको अन्त्य कस्तो हुनेछ; विश्‍वासीहरूले कस्तो धारणा राख्नुपर्छ; कसरी आफ्नो कर्तव्य विश्‍वासपूर्वक निर्वाह गर्ने; कसरी इमानदार व्यक्ति हुने; कसरी मानिसले सामान्य मानवतामा जिउनुपर्छ; कसरी उहाँको इच्छा पूरा हुने गरी परमेश्‍वरको सेवा गर्ने; र कसरी परमेश्‍वरप्रतिको साँचो आज्ञाकारिता प्राप्त गर्ने र परमेश्‍वरलाई प्रेम गर्ने। सर्वशक्तिमान् परमेश्‍वरले यी सत्यता जारी गर्नाले मानिसहरूलाई परमेश्‍वरको काम र उहाँको स्वभावको बारेमा अझ राम्रो बुझाइ हुनुका साथै तिनीहरूको आफ्नै प्रकृति र सार र तिनीहरूको भ्रष्टताको तथ्यको बारेमा अझ राम्रो बुझाइ हुन्छ। यसका साथै, यी सत्यताहरूले मानिसहरूलाई तिनीहरूको स्वभाव बदल्नको लागि उनीहरूले पछ्याउनुपर्ने मार्ग स्पष्ट रूपमा देख्ने तुल्याउँछ। सर्वशक्तिमान् परमेश्‍वरको न्याय र सजायको अनुभव गरेर, मानिसहरूले अन्ततः आफ्नो पुरानो विश्‍वासका अव्यवस्थित पक्षहरू बुझ्न सक्छन र तिनीहरूले परमेश्‍वरको छुटकारा र प्रशस्त अनुग्रह पाइसकेका भए पनि अझै तिनीहरू परमेश्‍वरबाट थप शारीरिक आनन्द र भौतिक आशिष् प्राप्त गर्ने र परमेश्‍वरमार्फत आफ्नो भाग्य र सपना पूरा गर्ने गहन तृष्णा गर्छन्। यसबाहेक, तिनीहरूले परमेश्‍वरको लागि काम गर्न हतार गरे तापनि, तिनीहरू आशिषित हुन र मुकुट पहिरनको खातिर त्यसो गरिरहेका हुन्छन्। यो त तिनीहरूले व्यक्तिगत प्रसिद्धि र लाभको नाममा गर्छन्। तिनीहरूले यी कुराहरू सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न गर्दैनन्। मानिसहरूले परमेश्‍वरबाट जति नै अनुग्रह वा जति नै धेरै आशिष् किन नपाऊन्, यदि परमेश्‍वरले गर्नुहुने कुनै कुरा तिनीहरूको धारणाहरूसँग अलिकति मात्र पनि मिलेन भने, तिनीहरूले तुरून्तै परमेश्‍वरलाई प्रतिरोध र गुनासो गर्छन्। तिनीहरू सार्वजनिक रूपमा परमेश्‍वरको विरोधी हुने, वा परमेश्‍वरलाई त्याग्ने हदसम्म समेत पुग्छन्। मानिसहरूले धेरै पहिले नै आफ्नो मौलिक विवेक र परमेश्‍वरको उपस्थितिमा हुने तर्कसंगत सोचको क्षमता गुमाए। मानिसहरूलाई शैतानले यति भ्रष्ट बनायो कि तिनीहरूले आफ्नो मानव झल्को पूर्ण रूपमा गुमाए। सर्वशक्तिमान्‌ परमेश्‍वरद्वारा जारी गरिएको सत्यले मानिसहरूलाई तिनीहरूको आफ्नै भ्रष्टताको सही बुझाइ हासिल गराउँछ र तिनीहरू स्वार्थी, तुच्छ र मानवताविहीन छन् भन्ने देखाउँछ। यसै समयमा, तिनीहरूले आफूहरूमाथि गरिएको परमेश्‍वरको मुक्तिको कामको महत्वका साथै परमेश्‍वरको सोचपूर्ण, दयालु अभिप्राय र मानिसको उद्दार गर्न गरिएको कष्टकर प्रयास र तिरिएको मूल्यलाई बुझ्छन्। मानिसहरूको आत्मा यसरी थोरै-थोरै गरेर जागृत हुन थाल्छ र तिनीहरूको विवेक र तर्कसंगत रूपमा सोच्न सक्ने तिनीहरूको क्षमता दिनदिनै पुनर्स्थापित हुन थाल्छ। मानिसहरूले अबउप्रान्त आफ्नो देह तृप्त पार्न खोज्दैनन् र अब परमेश्‍वरसँग व्यापारिक सम्झौता गर्दैनन्। यसको सट्टा, तिनीहरू केवल परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न खोज्छन् र आफूसँग भएको सबै कुरा परमेश्‍वरलाई अर्पण गर्छन्। यस तरिकाले, सृष्टि गरिएका प्राणीहरूको रूपमा, मानिसहरूले क्रमिक रूपमा सृष्टिकर्तासँग सामान्य सम्बन्ध पुनः प्राप्त गर्छन्। तिनीहरू परमेश्‍वरप्रति झनझन प्रेमिलो, अझ बढी आज्ञाकारी र अझ बढी आराधानापूर्ण हुँदै जान्छन्, र अन्तमा तिनीहरू मानिस जस्तो देखिनुपर्ने हो त्यस्तो देखिन शुरू गर्छन्। छोटकरीमा भन्नुपर्दा, सर्वशक्तिमान्‌ परमेश्‍वरले हामीलाई परमेश्‍वरमाथिको विश्‍वासमा मुक्ति पाउन हामीले तुरून्तै बुझ्न आवश्यक पर्ने सत्यता दिनुहुन्छ। उहाँले हामीलाई नयाँ युगको मार्गको दिशा देखाउनुहुन्छ, र उहाँले हामीलाई जीवनको लागि चाहिने सबभन्दा वास्तविक प्रबन्धहरू प्राप्त गर्न दिनुहुन्छ। यी सबैले प्रमाणित गर्छन् कि सर्वशक्तिमान् परमेश्‍वरको मार्ग साँचो मार्ग हो।

तेस्रो, साँचो मार्गले मानिसलाई परमेश्‍वरको बारेमा नयाँ र व्यावहारिक बुझाइ प्रदान गर्छ, र मानिसलाई परमेश्‍वरलाई बढी प्रेम गर्न सक्षम पार्छ। दाजुभाइ र दिदिबहिनीहरू, यदि तपाईं सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू व्यक्तिगत रूपले पढ्न सक्नुहुन्छ र आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई ग्रहण गर्नेहरूसँग सम्पर्कमा हुनुहुन्छ भने, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका दाजुभाइ र दिदिबहिनीहरूले सत्यताको खोजी गर्ने तिनीहरूको जुन शैली छ सो शैलीमार्फत परमेश्‍वरको बारेमा नयाँ ज्ञान र अझ सुक्ष्म बुझाइ प्राप्त गरेका छन् भन्ने कुरा पत्ता लगाउन गाह्रो छैन। सर्वशक्तिमान् परमेश्‍वरको न्याय र सजायको अनुभव गरेर, मानिसहरूले परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्छन् र परमेश्‍वरको अन्तर्निहित स्वभावमा प्रेम र कृपा मात्र छैन, यसमा त प्रताप र क्रोध पनि छ, र उहाँको स्वभावले मानवजातिको कुनै पनि उल्लंघनलाई सहँदैन भन्ने देख्छन्। सर्वशक्तिमान् परमेश्‍वरको कामको अनुभव गरेर, मानिसहरूले देख्न सक्छन् कि परमेश्‍वरले मानवजातिलाई उसलाई न्याय गर्ने सत्यता अभिव्यक्त गरेर मात्र उद्दार गर्नुहुन्न, उहाँले त मानिसहरूलाई प्रकाश पार्ने सबै प्रकारका परिस्थिति र वातावरणको प्रबन्ध गरेर पनि मानिसहरूलाई उद्दार गर्नुहुन्छ, र अन्तमा, उहाँले शोधन र शुद्ध पार्ने विपत्तिहरू प्रयोग गरेर पनि मानिसहरूलाई उद्दार गर्नुहुन्छ। यही समयमा, मानिसहरूले परमेश्‍वरले कसरी ख्रीष्टविरोधीहरू, दुष्कर्म गर्नेहरू र मण्डलीका अविश्‍वासीहरूलाई प्रकाश पार्नुहुन्छ र आफ्ना चुनिएका मानिसहरूलाई सिद्धताका लागि सेवा गर्न लगाउन ठूलो रातो अजिङ्गरलाई कसरी प्रयोग गर्नुहुन्छ भनेर पनि देख्छन्। यसरी मानिसहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता, बुद्धि, आश्चर्यजनकता र अथाहपनको बारेमा केही व्यावहारिक ज्ञान प्राप्त गर्छन्। यसअलावा, तिनीहरूले मानवजातिलाई उद्दार गर्नमा परमेश्‍वरको दयालु अभिप्राय, मानवजातिप्रति उहाँको साँचो प्रेम, र उहाँको पवित्रता र सौन्दर्यको सारको बारेमा अझ व्यावहारिक बुझाइ पनि प्राप्त गर्छन्। सर्वशक्तिमान् परमेश्‍वरको कार्य र वचनको अनुभवले परमेश्‍वरको बारेमा मानिसहरूसँग भएका धेरै गलत धारणाहरू समाधान गर्न मद्दत गर्छ र तिनीहरूलाई परमेश्‍वर केवल इस्राएलीहरूका परमेश्‍वर हुनुहुन्न, उहाँ त अन्य जातिका सबै राष्ट्रहरूका परमेश्‍वर हुनुहुन्छ, र सृष्टि गरिएका सबै प्राणीहरूका परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा महसुस गर्न मद्दत गर्छ। मानिसहरूले परमेश्‍वरको काम सधैं नयाँ हुन्छ र कहिले पनि पुरानो हुँदैन र कुनै नियमहरूद्वारा बाँधिएको हुँदैन भन्ने पनि बुझ्छन्। धेरै तरिकाहरूमा, मानिसहरूले परमेश्‍वरका धेरै प्रिय पक्षहरू छन् भन्ने देख्छन्, मानवजातिको निम्ति परमेश्‍वरको प्रेम महान र व्यावहारिक छ भन्ने देख्छन्, जसपश्चात् तिनीहरूको हृदयमा परमेश्‍वरप्रतिको साँचो प्रेम पैदा हुन्छ, तिनीहरू सत्यको पछि लाग्न चाहन्छन, र तिनीहरू सृष्टि गरिएको प्राणीको रूपमा तिनीहरूको कर्तव्य पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट गर्न दिलोज्यान लगाउँछन्। यसबाट हामी के जान्दछौं भने, सर्वशक्तिमान् परमेश्‍वरको कार्य र आखिरी दिनहरूका वचनहरूले परमेश्‍वरको बारेमा मानिसलाई अनुग्रहको युगको दौरान सम्भव भएको भन्दा गहन बुझाइ दिन सक्छ; यो एक बुझाइ हो जुन बढी व्यावहारिक साथै बढी विस्तृत छ। परमेश्‍वरलाई बुझ्ने मानिसको क्षमता गहन हुँदै जाँदा परमेश्‍वर र मानिसबीचको सम्बन्ध झनझन नजिकिँदै जान्छ। परमेश्‍वर स्‍वयम्‌को कार्यले मात्रै यस्तो प्रभाव पार्न सक्छ, र परमेश्‍वर स्‍वयम्‌ले मात्रै मानवजातिको लागि आफ्नो स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै प्रस्तुत गर्न सक्नुहुन्छ। निःसन्देह, सर्वशक्तिमान् परमेश्‍वरको मार्ग नै साँचो मार्ग हो।

सर्वशक्तिमान् परमेश्‍वर प्रभु येशू हुनुहुन्छ, जो आखिरी दिनहरूमा देहमा फर्किआउनुभएको छ—उहाँ अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ। केवल तीस वर्षमा, सर्वशक्तिमान् परमेश्‍वरको राज्यको सुसमाचार चीनको सम्पूर्ण मूलभूमिमा फैलियो। परमेश्‍वरको वचन र परमेश्‍वरको नाम लाखौं घरहरूमा फैलिएको छ। विभिन्न सम्प्रदायहरूमध्ये, सत्यलाई पछ्याउने र परमेश्‍वरलाई साँच्चै चाहनेहरू सर्वशक्तिमान् परमेश्‍वरतर्फ फर्किआएका छन्। लाखौं मानिसहरूले परमेश्‍वरको वचनको आनन्द लिइरहेका छन्, परमेश्‍वरको न्याय, शोधन, मुक्ति र सिद्धता प्राप्त गरिरहेका छन्, र परमेश्‍वरका अचम्मका कार्यहरूको प्रशंसा गरिरहेका छन्। परमेश्‍वरले चीनमा विजेताहरूको एउटा समूह बनाउनुभएको छ र उहाँले उहाँसँग एकै हृदय र एकै मन भएका मानिसहरूको समूहलाई प्राप्त गर्नुभएको छ। परमेश्‍वरको काम उहाँको महिमान्वीकरणका साथ छिट्टै समाप्त हुनेछ र यो पूर्व अर्थात् चीनबाट पश्चिमी विश्‍वमा द्रुत गतिमा सर्छ, र सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीले दर्जनौं देशहरूमा शाखाहरू स्थापना गरिसकेको छ, जुन प्रभु येशूको भविष्यवाणीको पूर्ण परिपूर्ति हो: “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:२७)। मेरा आत्मिक सहकर्मीहरू, तपाईंका कल्पित धारणाहरूलाई शीघ्र तल राख्नुहोस् र यसको सट्टामा परमेश्‍वरको आवाज सुन्ने प्रयास गर्नुहोस्, कृपया उत्सुकतासाथ परमेश्‍वरको अघि आउनुहोस्: सर्वशक्तिमान् परमेश्‍वर तपाईंको पुनरागमनको प्रतीक्षामा हुनुहुन्छ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सर्वशक्तिमान् परमेश्वर र प्रभु येशू एउटैपरमेश्वर हुनुहुन्छ

जब मानवजाति शैतानद्वारा भ्रष्ट पारियो, परमेश्वरले मानवजातिको मुक्तिका लागि आफ्नो व्यवस्थापन योजना सुरु गर्नुभयो। परमेश्वरले मानवजातिको...

“वचन देहमा देखा पर्नुहुन्छ” ले परमेश्वरका वाणीहरू समाविष्ट गर्छन् भनेर हामी किन भन्छौ?

बाइबलबाट हामी सबैले देख्न सक्छौं कि चाहे वचनहरू सिधै परमेश्वरका आत्माले बोल्नुभएका होस्, अगमवक्ताद्वारा बोलिएको होस्, वा प्रभु येशूको...

सर्वशक्तिमान् परमेश्वरको मण्डली सम्बन्धी आधारभूत आस्थाहरू

(१) सर्वशक्तिमान् परमेश्वरको मण्डलीका सिद्धान्तहरूख्रीष्टिय मतका मूल सिद्धान्तहरू बाइबलबाट आएका हुन्, र सर्वशक्तिमान् परमेश्वरको मण्डली...

परमेश्वरले किन राज्यको युगमा सर्वशक्तिमान् परमेश्वरको नाउँ लिनुहुन्छ

धेरै मानिसहरू यो बुझ्दैनन् कि सर्वशक्तिमान् परमेश्वर फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ भने प्रभु येशू आखिरी दिनहरूमा न्यायको काम गर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्