परमेश्वरले किन राज्यको युगमा सर्वशक्तिमान् परमेश्वरको नाउँ लिनुहुन्छ

17 सेप्टेम्बर 2020

धेरै मानिसहरू यो बुझ्दैनन् कि सर्वशक्तिमान् परमेश्‍वर फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ भने प्रभु येशू आखिरी दिनहरूमा न्यायको काम गर्न आउनुहुँदा किन उहाँलाई “सर्वशक्तिमान् परमेश्‍वर” भनिन्छ। उहाँले किन अझै “येशू” नाउँ धारण गर्नुहुन्न? वास्तवमा, परमेश्‍वरले हरेक पल्ट उहाँको एक चरणको काम गर्नुहुँदा उहाँले नयाँ नाउँ धारण गर्नुहुन्छ। परमेश्‍वर स्वयमले उहाँको काम सुहाउँदो हुने गरी यो नयाँ नाउँ धारण गर्नुहुन्छ—यो मानिसहरूले तिनीहरूलाई मन लागेअनुसार उहाँलाई पुकारेको जस्तो होइन। आखिरी दिनहरूमा फर्कनुभएका प्रभु येशूको नाउँको धेरै अघि नै बाइबलमा अगमवाणी गरिएको थियो। प्रकाशको पुस्तकमा, यसो भनिएको छ, “जो विजयी हुन्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ, र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्‍नेछु, जुन स्वर्गबाट मेरो परमेश्‍वरबाट तल ओर्लने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्‍नेछु(प्रकाश ३:१२)। “सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ(प्रकाश १:८)। “अनि मैले ठूलो भीडको जस्तो आवाज र धेरै पानीको जस्तो आवाज र शक्तिशाली गर्जनको जस्तो आवाज सुनेँ, जसले भनिरहेको थियो, हल्लेलूयाह: किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले शासन गर्नुहुन्छ(प्रकाश १९:६)। राज्यको युगका सर्वशक्तिमान् परमेश्‍वरको नाउँ प्रकाशको पुस्तकका अगमवाणीहरूको पूर्ण परिपूर्ति हो। परमेश्‍वरले प्रत्येक युगमा धारण गर्नुहुने नाउँको गहन महत्त्व छ र त्यो त्यस युगको अवधिमा हुने परमेश्‍वरको कामसँग घनिष्ठ रूपमा जोडिएको हुन्छ। सर्वशक्तिमान् परमेश्‍वरले यसो भन्दा यससम्बन्धी रहस्यहरू प्रकट गर्नुभयो,

प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले परमेश्‍वरको सम्पूर्णता प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एउटा निश्‍चित युगमा परमेश्‍वरको स्वभावको विशेषताको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व मात्रै गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ। चाहे त्यो यहोवाको युग होस् वा येशूको युग होस्, उहाँकै नाउँले प्रत्येक युगको प्रतिनिधित्व गर्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))

मैले इस्राएलमा मेरो काम गर्दा ‘यहोवा’ नाउँ धारण गरेँ र यसको अर्थ (परमेश्‍वरले चुन्नुभएको) इस्राएलीहरूको परमेश्‍वर भन्‍ने हुन्छ, जो मानिसलाई टिठ देखाउनुहुन्छ, सराप दिनुहुन्छ, र मानिसको जीवन डोर्‍याउनुहुन्छ; त्यो परमेश्‍वर जसले महान्‌ शक्ति धारण गर्नुहुन्छ र जो बुद्धिले पूर्ण हुनुहुन्छ। ‘येशू’ इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमले पूर्ण र करुणाले पूर्ण पाप बलि भन्‍ने हुन्छ र जसले मानिसलाई उद्धार गर्नुहुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँले अनुग्रहको युग प्रतिनिधित्व गर्नुहुन्छ र उहाँले व्यवस्थापन योजनाको कामको एक हिस्साको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। यसको तात्पर्य, यहोवा मात्र इस्राएलका चुनिएका मानिसहरूको परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, याकूबका परमेश्‍वर, मोशाका परमेश्‍वर र इस्राएलका सारा मानिसहरूका परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हालको युगमा, यहूदी मानिसहरू बाहेक सारा इस्राएलीहरूले यहोवाको आराधना गर्छन्। तिनीहरूले उहाँलाई वेदीमा बलि चढाउँछन् र पूजाहारीको पोसाक लगाएर मन्दिरमा उहाँको सेवा गर्छन्। तिनीहरूले आशा गर्ने कुराचाहिँ यहोवाको पुर्नउदय हो। येशू मात्र मानवजातिको उद्धारक हुनुहुन्छ, र उहाँ मानवजातिलाई पापबाट उद्धार गर्ने पापबलि हुनुहुन्छ। जसको तात्पर्य, येशूको नाउँ अनुग्रहको युगबाट आयो र अनुग्रहको युगमा उद्धारको कामको कारणले अस्तित्वमा आयो। येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई नयाँ जन्म दिन र मुक्त गर्न अस्तित्वमा आयो, र यो समग्र मानवजातिको उद्धारको निम्ति एउटा विशेष नाउँ हो। यसैले, येशूको नाउँले उद्धारको कामको प्रतिनिधित्व गर्छ, र अनुग्रहको युगलाई सूचित गर्छ। यहोवा नाउँ व्यवस्थाको अधीनमा बसेका इस्राएलका मानिसहरूको निम्ति विशेष नाउँ हो। हरेक युग र कामको हरेक चरणमा, मेरो नाउँ आधारहीन छैन, तर यसले प्रतिनिधिमूलक महत्त्व राख्छ: हरेक नाउँले एउटा युगको प्रतिनिधित्व गर्छ। ‘यहोवा’ ले व्यवस्थाको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो इस्राएलको मानिसहरूले आराधना गर्ने परमेश्‍वरलाई बोलाउने आदरार्थी नाम हो। ‘येशू’ ले अनुग्रहको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो अनुग्रहको युगको अवधिमा छुटकारा पाएकाहरू सबैका परमेश्‍वरको नाउँ हो। यदि मानिसले अझै आखिरी दिनहरूको अवधिमा मुक्तिदाता येशूको आगमनको चाह गर्छ, र अझै उहाँले यहूदियामा वहन गर्नुभएको स्वरूपमा उहाँ आउनुभएको अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षको व्यवस्थापनको योजना छुटकाराको युगमा रोकिन्थ्यो, र अलिकता पनि अघि बढ्न सक्दैनथ्यो। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएन, र त्यो युगको अन्त कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको उद्धार र मुक्तिको निम्ति मात्र हुनुहुन्छ। अनुग्रहको युगका सबै पापीहरूका खातिर मात्र मैले येशूको नाउँ धारण गरेँ, तर मैले समग्र मानवजातिलाई अन्तमा ल्याउने नाउँ यो होइन। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँहरूले मेरो व्यवस्थापन योजनाका विभिन्न युगहरूलाई सूचित गर्छन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई पुकार्ने नाउँहरूले मेरो सम्पूर्ण स्वभाव र म जे छु सो सारा कुरालाई स्पष्टसँग व्यक्त गर्न सक्दैनन्। ती विभिन्न युगहरूको अवधिमा मलाई पुकारिने विभिन्न नाउँहरू मात्र हुन्। त्यसैले जब समाप्तिको युग—अन्तिम युग—आउँछ, मेरो नाउँ फेरि बदलिनेछ। मसीह भन्नु त छोडिदिऊँ, मलाई यहोवा वा येशू पनि भनिनेछैन—मलाई शक्तिशाली र सर्वशक्तिमान् परमेश्‍वर स्वयम्‌ भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त ल्याउनेछु। मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युग अन्त्य गर्ने परमेश्‍वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)

सर्वशक्तिमान् परमेश्‍वरले स्पष्ट भन्नुभयो कि प्रत्येक युगमा परमेश्‍वरले धारण गर्नुहुने नाउँको प्रतिनिधिमूलक महत्त्व हुन्छः प्रत्येकले परमेश्‍वरको काम र त्यस युगमा उहाँले व्यक्त गर्नुहुने स्वभावलाई प्रतिनिधित्व गर्दछ। व्यवस्थाको युगको अवधिमा, परमेश्‍वरले उहाँका व्यवस्थाहरू र आज्ञाहरू घोषणा गर्न र पृथ्वीमा मानवजातिको जीवनलाई डोऱ्याउन यहोवा नाउँ प्रयोग गर्नुभयो; यहोवा नाउँले परमेश्‍वरको स्वभावलाई प्रतिनिधित्व गर्दछ जसले मानिसमाथि कृपा गर्ने र श्राप दिने दुवै काम गर्न सक्छ। अनुग्रहको युगको अवधिमा परमेश्‍वरले मानवजातिको छुटकाराको काम गर्न र परमेश्‍वरको दया र कृपाको स्वभाव व्यक्त गर्न येशू नाउँ प्रयोग गर्नुभयो; र राज्यको युगको अवधिमा, परमेश्‍वर सर्वशक्तिमान् परमेश्‍वर कहलाइनुहुन्छ, र उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसका भ्रष्ट स्वभावहरू खुलासा गर्न र न्याय गर्न परमेश्‍वरको घरानाबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, यसैले कि तिनीहरू शुद्ध होऊन्, परिवर्तन होऊन् र मुक्ति पाऊन्, त्यसद्वारा कुनै दोष नसहने उहाँको धार्मिक, प्रतापी स्वभाव प्रकट गर्नुहुन्छ। परमेश्‍वरले आफ्नो नाउँ प्रयोग गरेर युग परिवर्तन गर्नुहुन्छ, र यस नाउँलाई त्यस युगको काम प्रतिनिधित्व गर्न प्रयोग गर्नुहुन्छ। जब यहोवा परमेश्‍वरले व्यवस्थाको युगको कार्य गर्नुभयो, यहोवाको नाउँमा प्रार्थना गरेर र उहाँका व्यवस्थाहरू र आज्ञाहरू पालन गरेर मात्र मानिसहरू आशिषित र परमेश्‍वरद्वारा सुरक्षित हुन सक्थे। अनुग्रहको युगको आगमनसँगै, परमेश्‍वरले छुटकाराको काम गर्न येशू नाउँ प्रयोग गर्नुभयो, र मानिसहरूले प्रभु येशूलाई मुक्तिदाताको रूपमा ग्रहण मात्र गर्नुपर्थ्यो, र तिनीहरूका पापहरूको क्षमा पाउन र प्रभु येशूद्वारा प्रदान गरिएको सत्यता र अनुग्रहको आनन्द लिन प्रभुको नाउँमा पश्चात्तापका निम्ति प्रार्थना गर्नुपर्थ्यो। यदि मानिसहरू अझै पनि यहोवाको नाउँमा अल्झिन्छन् र प्रभु येशूलाई ग्रहण गर्न इन्कार गर्छन् भने तिनीहरूले परमेश्‍वरको वास्ता र सुरक्षा गुमाउँथे र यहूदी फरिसीहरूले जस्तै परमेश्‍वरबाट श्रापित र दण्डित भैँइकन, अन्धकारमा पर्थे। आखिरी दिनहरूको आगमनसँगै, परमेश्‍वरले सर्वशक्तिमान् परमेश्‍वरको नाउँ प्रयोग गरी परमेश्‍वरको घरानाबाट सुरु गर्दै न्यायको काम सम्पन्न गर्नुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरको नाउँलाई स्वीकार गरेर, परमेश्‍वरको कामका चरणहरू सँगसँगै हिँडेर अनि सर्वशक्तिमान् परमेश्‍वरको न्याय र सजाय भोगेर मात्र मानिसहरूले सत्यलाई बुझ्न र प्राप्त गर्न, पापबाट अलग्गिन, शुद्ध हुन अनि परमेश्‍वरको मुक्तिलाई ग्रहण गर्न सक्छन्। अन्त्यमा, परमेश्‍वरले एकै पल्टमा सधैंका निम्ति भ्रष्ट मानवजातिलाई पापबाट मुक्ति दिनुहुनेछ; उहाँले भलो मानिसलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ, प्रत्येकलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गर्नुहुनेछ, र मानवजातिलाई मुक्ति दिने उहाँको छ हजार वर्षे व्यवस्थापन योजनाको अन्त्य गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्‍वरको नाउँलाई स्वीकार गर्न नचाहनेहरू र आखिरी दिनहरूका उहाँको न्यायको कामलाई इन्कार गर्नेहरूले आफैलाई पापको बन्धनबाट स्वतन्त्र पार्न सक्दैनन्, र तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न सधैंका लागि अयोग्य हुनेछन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सर्वशक्तिमान् परमेश्वरको मण्डली सम्बन्धी आधारभूत आस्थाहरू

(१) सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सिद्धान्तहरू ख्रीष्टिय मतका मूल सिद्धान्तहरू बाइबलबाट आएका हुन्, र सर्वशक्तिमान् परमेश्‍वरको मण्डली...

सर्वशक्तिमान् परमेश्वर र प्रभु येशू एउटैपरमेश्वर हुनुहुन्छ

जब मानवजाति शैतानद्वारा भ्रष्ट पारियो, परमेश्‍वरले मानवजातिको मुक्तिका लागि आफ्नो व्यवस्थापन योजना सुरु गर्नुभयो। परमेश्‍वरले मानवजातिको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्