सर्वशक्तिमान् परमेश्‍वर देखा पर्ने घटना र उहाँको कार्य

17 सेप्टेम्बर 2020

अनुग्रहको युगमा, प्रभु येशूले आफ्ना अनुयायीहरूसित यो प्रतिज्ञा गर्नुभयो, “अनि यदि म जान्छु र तिमीहरूको निम्ति ठाउँ तयार पर्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई म आफै ग्रहण गर्नेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सक(यूहन्‍ना १४:३)। उहाँले यो पनि अगमवाणी गर्नुभयो, “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। आखिरी दिनहरूमा, उहाँ आफैले प्रतिज्ञा र अगमवाणी गर्नुभएअनुसार, वचन प्रयोग गर्दै, प्रभु येशूले गर्नुभएको छुटकाराको कामको आधारमा न्याय, दण्ड, शुद्धीकरण र मुक्तिको काम गर्नका लागि परमेश्‍वर फेरि देहधारी हुनुभएको छ र संसारको पूर्वमा, अर्थात् चीनमा ओर्लनुभएको छ। यसमा, बाइबलका यी अगमवाणीहरू, “परमेश्‍वरको घरानाबाट न्याय सुरू हुन्छ(१ पत्रुस ४:१७) र “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश २:७) पनि पूरा भएका छन्। आखिरी दिनहरूका परमेश्‍वरको कामले अनुग्रहको युगको अन्त्य गरेको छ र परमेश्‍वरको राज्यको युग सुरु गरेको छ। सर्वशक्तिमान् परमेश्‍वरको राज्यको सुसमाचार चीनको मुख्य भूमिमा द्रुत रूपमा फैलिएपछि, सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको देखापराइको इच्छा गर्ने सबै धर्म र सम्प्रदायका मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढे र ती सत्यता हुन्, ती परमेश्‍वरको आवाज हुन् भनी स्वीकार गरे। तिनीहरू सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी निश्चित भए, र एकपछि अर्को गर्दै तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गरे। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली अस्तित्वमा आयो। तथ्यहरूले प्रमाणित गरेअनुसार, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली पूर्ण रूपमा सर्वशक्तिमान् परमेश्‍वरको देखापराइ र कामको परिणामको रूपमा अस्तित्वमा आएको थियो, र त्यो कुनै मानिसद्वारा स्थापना गरिएको थिएन। किनकि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको चुनिएका मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरको नाउँमा प्रार्थना गर्छन्, उहाँको कामको पालना गर्छन्, र उहाँले व्यक्त गर्नुभएका सबै सत्यताहरूलाई स्वीकार गर्छन्। यसरी यो स्पष्ट छ कि चुनिएका मानिसहरूले मानिसमा विश्‍वास गर्नुको साटो ख्रीष्टमा विश्‍वास गर्छन्, जसले आखिरी दिनहरूमा अवतार लिनुभएको छ, व्यावहारिक परमेश्‍वर, जो शरीरमा प्रकट हुनुभएका आत्मा हुनुहुन्छ। बाहिरी रूपमा, सर्वशक्तिमान् परमेश्‍वर मानिसको एक साधारण पुत्रभन्दा बढी केही हुनुहुन्न, तर सारमा उहाँ परमेश्‍वरका आत्माको मूर्त रूप हुनुहुन्छ र सत्यता, मार्ग र जीवन हुनुहुन्छ। उहाँको काम र वचन परमेश्‍वरका आत्माको प्रत्यक्ष अभिव्यक्ति हुन् र व्यक्तिमा परमेश्‍वरको प्रकटीकरण हुनुहुन्छ। त्यसकारण, उहाँ देहधारी हुनुभएका व्यावहारिक परमेश्‍वर हुनुहुन्छ।

सन् १९९१ मा, सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टले आधिकारिक रूपमा चीनमा आफ्नो सेवकाइ गर्न थाल्नुभयो। त्यसपछि, उहाँले लाखौँ वचनहरू व्यक्त गर्नुभयो र आखिरी दिनहरूको ठूलो सेतो सिंहासनको न्यायको काम सुरु गर्नुभयो। जसरी सर्वशक्तिमान् परमेश्‍वरको वचनले भन्छ, “न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा कुनै पनि मानवले यो गर्न सक्दैन। मानवजातिलाई जित्नका लागि न्यायचाहिँ सत्यताको प्रयोग भएको हुनाले, मानवका बीचका यस किसिमको काम गर्नका लागि परमेश्‍वर अझै पनि देहधारी रूपमा प्रकट हुनुहुनेछ भन्ने कुरामा कुनै प्रश्न छैन। त्यसो भन्नुको अर्थचाहिँ, आखिरी दिनहरूका ख्रीष्टले, सारा संसारभरिका मानिसहरूलाई सिकाउन यो सत्यता प्रयोग गर्नुहुनेछ र तिनीहरूलाई सबै सत्यताहरू प्रकट गरिदिनुहुनेछ। परमेश्‍वरको न्यायको काम यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। “परमेश्‍वरले अन्तका दिनहरूमा वचनहरूको काम गर्नुहुन्छ, यस्ता वचनहरू पवित्र आत्माका वचनहरू हुन्, किनभने परमेश्‍वर पवित्र आत्मा हुनुहुन्छ र उहाँ देह पनि बन्न सक्नुहुन्छ; यसकारण, विगतमा बोलिएजस्तै, पवित्र आत्माका वचनहरू आज देहधारी परमेश्‍वरका वचनहरू हुन्। … कामको कार्यान्वयन गर्नको लागि वाणीहरू बोल्‍न, उहाँ शरीर बन्‍नुपर्छ; नत्र, उहाँको काम यसको लक्ष्य पूरा गर्न सक्षम हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?)। आखिरी दिनहरूको ख्रीष्टको देखापराइ र वाणीहरूको कारण, सत्यताका निम्ति तिर्खाउने र त्यसलाई खोज्ने अझ धेरै मानिसहरूलाई सर्वशक्तिमान् परमेश्‍वरको वचनले जितेको र शुद्ध पारेको छ, र परमेश्‍वरको न्याय र सजायमा परमेश्‍वरको देखापराइ र उद्धारकर्ताको पुनरागमन देखेका छन्।

सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली सर्वशक्तिमान् परमेश्‍वरको देखापराइ र कामको कारणले— फर्केर आउनुभएका प्रभु येशू—आखिरी दिनहरूका ख्रीष्टको कारणले, र उहाँको धार्मिक न्याय र दण्डको अधीनमा अस्तित्वमा आएको हो। मण्डली ती सबै मानिसहरू मिलेर बन्दछ, जसले आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्‍वरको कामलाई साँच्चै स्वीकार गर्छन् र जो परमेश्‍वरको वचनद्वारा जितिएका र बचाइएका हुन्छन्। यो पूर्ण रूपमा सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा स्थापना गरिएको थियो, र व्यक्तिगत रूपमा उहाँद्वारा नेतृत्व र गोठालो गरिएको छ, र यो कुनै पनि प्रकारले मानिसद्वारा स्थापित गरिएको थिएन। यो सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा भएका सबै चुनिएका मानिसहरूले स्वीकार गरेको तथ्य हो। देहधारी परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरू परमेश्‍वरद्वारा पूर्वनिर्धारित भएका हुन्छन्, र परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा नियुक्त गरिएका र जाँचिएका हुन्छन्, जसरी येशूले व्यक्तिगत रूपमा बाह्र चेलालाई चुन्नुभयो र नियुक्त गर्नुभयो। जो परमेश्‍वरद्वारा प्रयोग गरिएका छन् तिनीहरूले उहाँको काममा सहकार्य मात्र गर्दछन्, र परमेश्‍वरको स्थानमा रहेर उहाँको काम कहिल्यै गर्न सक्दैन। भ्रष्ट मानवजाति सत्यता रहित भएकोले र सत्यतालाई कहिल्यै व्यक्त गर्न नसक्ने भएकोले, मण्डली स्थापना गर्ने कुरा त परै जाओस्, मण्डलीलाई परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूद्वारा स्थापित गरिएको थिएन, न त परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई विश्‍वास गर्छन्, न पछ्याउँछन्। अनुग्रहको युगका मण्डलीहरू पावल र अन्य प्रेरितहरूले स्थापना गरेका थिएनन्, तर प्रभु येशूको कामको उपज थिए र प्रभु येशू आफैले स्थापना गर्नुभएको थियो। त्यस्तै गरी, आखिरी दिनहरूको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली परमेश्‍वरले प्रयोग गर्नुभएको मानिसद्वारा स्थापित गरिएको होइन, तर सर्वशक्तिमान् परमेश्‍वरको कामको उपज हो। परमेश्‍वरले प्रयोग गर्नुभएको मानिसले मानिसकै कर्तव्य पूरा गर्दै मण्डलीमा पानी हाल्छ, खुवाउँछ र नेतृत्व गर्छ। परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसद्वारा नेतृत्व गरिए, पानी हालिए र आपूर्ति गरिए पनि तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरबाहेक अरू कसैलाई विश्‍वास गर्दैनन् र अरू कसैलाई पछ्याउँदैनन्, अनि तिनीहरूले उहाँको वचन र कामलाई स्वीकार र पालना गर्छन्। यो कसैले नकार्न नसक्ने तथ्य हो। आखिरी दिनहरूमा भएको देहधारी परमेश्‍वरको देखापराइ र कामको कारणले गर्दा, सबै धार्मिक सम्प्रदायहरूमा प्रभुका साँचो विश्‍वासीहरूले अन्ततः परमेश्‍वरको आवाज सुनेका छन्, प्रभु येशू पहिले नै आइसक्नुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम सुरु गरिसक्‍नुभएको छ भन्‍ने देखेका छन्, र तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनेर पुष्टि गरेका छन्—र परिणाम स्वरूप, तिनीहरूले आखिरी दिनहरूको उहाँको कामलाई स्वीकार गरेका छन्। सर्वशक्तिमान् परमेश्‍वरको वचनद्वारा जितिएकाहरू सबै उहाँको नाउँको अधीनमा हुन्छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सबै चुनिएका मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरसित प्रार्थना गर्छन्, र उहाँको अनुसरण, आज्ञापालन र आराधना गर्छन्। चीनका चुनिएका मानिसहरू परमेश्‍वरको न्याय र सजायको कामको अनुभव गर्ने, उहाँको धर्मी स्वभावको कदर गर्ने, र उहाँको महिमा र क्रोध देख्ने प्रथम मानिसहरू थिए। त्यसकारण तिनीहरू परमेश्‍वरको वचनद्वारा पूर्ण रूपमा जितिएका छन् र सर्वशक्तिमान् परमेश्‍वरको सामु घोप्टेर लम्पसार परेका छन्, र परमेश्‍वरको वचनको न्याय र सजायलाई मान्न र स्वीकार गर्न इच्छुक छन्। तिनीहरूले साँच्चै पश्चात्ताप गरेका छन् र परिवर्तन भएका छन्, र यसरी, तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गरेका छन्।

अघिल्लो: Woe to Those Who Crucify God Once Again

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौं, प्रभु येशू ख्रीष्टको प्रशस्त...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्