सर्वशक्तिमान् परमेश्वर र प्रभु येशू एउटैपरमेश्वर हुनुहुन्छ

17 सेप्टेम्बर 2020

जब मानवजाति शैतानद्वारा भ्रष्ट पारियो, परमेश्वरले मानवजातिको मुक्तिका लागि आफ्नो व्यवस्थापन योजना सुरु गर्नुभयो। परमेश्वरले मानवजातिको मुक्तिका लागि तीन चरणका काम पूरा गर्नुभएको छ, ती व्यवस्थाको युगमा यहोवा परमेश्वरको काम, अनुग्रहको युगमा प्रभु येशूको काम र राज्यको युगमा सर्वशक्तिमान् परमेश्वरको काम हो। व्यवस्थाको युगको अवधिमा, यहोवा परमेश्वरले व्यवस्थाहरू जारी गर्नुभयो र मानवजातिको जीवनलाई डोऱ्याउनुभयो, मानिसहरूलाई तिनीहरूले परमेश्वरको आराधना गर्नुपर्छ भनी जान्ने बनाउनुभयो र पाप के हो सो जान्ने तिनीहरूलाई बनाउनुभयो। तर व्यवस्थाको युगको अन्तिम चरणहरूमा आइपुग्दा मानवजातिको भ्रष्टता झनै गहिरो हुँदै गयो, र मानिसहरूले अक्सर व्यवस्थाहरू भङ्ग गरे, अनि यहोवा परमेश्वरको विरुद्धमा पाप गरे। तिनीहरूका आज्ञा उल्लङ्घनको कारण तिनीहरूले दण्ड पाउने र मृत्यु हुने जोखिमको सामना गरे। यसरी, मानवजातिको खाँचोहरूको जवाफमा परमेश्वरले अनुग्रहको युगको अवधिमा मानव रूप धारण गर्नुभयो र प्रभु येशू बन्नुभयो। उहाँलाई मानवजातिको खातिर क्रूसमा काँटी ठोकियो र मानिसलाई पापबाट छुटाउनुभयो, मानिसहरूलाई परमेश्वरको सामु आउन र परमेश्वरसित प्रार्थना गर्न, पाप स्वीकार र पश्चात्ताप गर्न, तिनीहरूका पापको लागि क्षमा दिइन, र परमेश्वरको अनुग्रह र आशिष्‌हरूको प्रशस्ततामुनि जिउन सक्ने तुल्याउनुभयो। तर मानिसहरूका पापी स्वभावको अझै समाधान भएको थिएन, र तिनीहरूले अझै पनि पाप गर्थे र परमेश्वरको विरोध गर्थे, त्यसैले राज्यको युगमा प्रभु येशूको छुटकाराको कामको जगमा परमेश्वरका घरानाबाटै सुरु गरेर न्यायको काम गर्न, र मानवजातिको मुक्ति र शुद्धीकरणका सबै सत्यताहरू व्यक्त गर्न सर्वशक्तिमान् परमेश्वरको नाउँ प्रयोग गर्दै, मानवजातिको पापी प्रकृति हटाउँदै, मानवजातिलाई परमेश्वरप्रतिको तिनीहरूका अनाज्ञाकारिता र परमेश्वरप्रतिको प्रतिरोध समाप्त गर्न लाउँदै, मानिसहरूलाई साँचो रूपले परमेश्वरको आज्ञापालन र परमेश्वरको आराधना गर्ने अनुमति दिदैँ, र अन्तिममा मानवजातिलाई एउटा सुन्दर गन्तव्यतिर डोऱ्याउँदै, परमेश्वर एकचोटि फेरि देह बन्नुभयो। यद्यपि परमेश्वरले व्यवस्थाको युगमा, अनुग्रहको युगमा र राज्यको युगमा गर्नुभएका कामहरू फरक-फरक भए पनि र उहाँले लिनुभएका नाउँहरू र उहाँले प्रकट गर्नुभएका स्वभावहरू फरक-फरक भए पनि, उहाँको कामको सार र उद्देश्य एउटै हुन्—सबै मानवजातिको मुक्तिका लागि हुन् र सबै काम परमेश्वर आफैद्वारा गरिएका हुन्। जसरी सर्वशक्तिमान् परमेश्वरले भन्नुभयो, “यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))

हजारौं वर्षदेखि थोरै मानिसहरूले साँच्चिकै जान्दछन् कि प्रभु येशू ख्रीष्ट परमेश्वर स्वयम् हुनुहुन्छ, उहाँ परमेश्वरको देखा पराइ हुनुहुन्छ र उहाँ देहधारी शरीरमा हुनुहुने परमेश्वर हुनुहुन्छ। वास्तवमा, बाइबलले धेरै समय अघि प्रभु येशूले भन्नुभएको कुरा स्पष्ट रूपमा लेखेको छ, “जसले मलाई देखेको छ उसले पितालाई देखेको छ(यूहन्ना १४:९)। “पिता ममा हुनुहुन्छ र म उहाँमा छु(यूहन्ना १०:३८)। “म र पिता एक हौँ(यूहन्ना १०:३०)। जब प्रभु येशूले “म र पिता एक हौँ,” भन्नुभयो, त्यस बेला उहाँ र यहोवा एउटै आत्मा हुनुहुन्छ भनी भन्दै हुनुहुन्थ्यो। प्रभु येशूद्वारा बोलिएका वचनहरू र यहोवाले बोल्नुभएका वचनहरू एकै हुन्—ती दुवै सत्य हुन्, ती एउटै आत्माका वाणीहरू हुन्, र तिनीहरूको स्रोत एउटै हो; अर्थात्, प्रभु येशू र यहोवा एउटै परमेश्वर हुनुहुन्छ। त्यसरी नै, आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरूको स्रोत र प्रभु येशूद्वारा व्यक्त गर्नुभएका वचनहरूको स्रोत उस्तै हुन्, ती पवित्र आत्माका वाणीहरू हुन्, ती सत्य हुन्, र ती परमेश्वरको आवाज हुन्। प्रभुमा विश्वास गर्ने सबैले जान्दछन् कि बाइबलका धेरै अगमवाणीहरू प्रभुको पुनरागमन र आखिरी दिनहरूका परमेश्वरको न्यायको कामसित सम्बन्धित छन्। जसरी प्रभु येशूले भन्नुभयो, “अनि यदि म जान्छु र तिमीहरूको निम्ति ठाउँ तयार पर्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई म आफै ग्रहण गर्नेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सक(यूहन्‍ना १४:३)। “अनि हेर, म चाँडै आउँछु(प्रकाश २२:१२)। “अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमासित बादलमा आइरहेको देख्‍नेछन्(लूका २१:२७)। “हेर, म चोरजस्तै आउँछु(प्रकाश १६:१५)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्ना १२:४८)। पत्रुसको पहिलो पत्रमा यो पनि भनिएको थियो, “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ(१ पत्रुस ४:१७)। यी धर्मशास्त्रहरूमा प्रभु येशू आखिरी दिनहरूमा फर्केर आउनुहुनेछ, र वचनहरू व्यक्त गर्नुहुनेछ र न्यायको काम गर्नुहुनेछ भनी प्रस्टै भनिएको थियो। जब आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्वर आउनुहुन्छ, उहाँले प्रभु येशूको छुटकाराको कामको जगमा परमेश्वरको घरानाबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, मानवजातिको शुद्धीकरण र मुक्तिका लागि सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ। यद्यपि सर्वशक्तिमान् परमेश्वरको र प्रभु येशूको काम फरक छन्, तापनि उहाँहरूको स्रोत एउटै छ—एउटै परमेश्वर! यसले प्रभु येशूको अगमवाणीलाई पूर्ण रूपमा पूरा गर्दछः “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। आखिरी दिनहरूका देहधारी सर्वशक्तिमान् परमेश्वर सत्यका आत्माको मूर्तरूप हुनुहुन्छ; सर्वशक्तिमान् परमेश्वर फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सर्वशक्तिमान् परमेश्वरको मण्डली सम्बन्धी आधारभूत आस्थाहरू

(१) सर्वशक्तिमान् परमेश्वरको मण्डलीका सिद्धान्तहरू ख्रीष्टिय मतका मूल सिद्धान्तहरू बाइबलबाट आएका हुन्, र सर्वशक्तिमान् परमेश्वरको मण्डली...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्