What Are the Aims of The Church of Almighty God?
The Church of Almighty God waters and shepherds God’s chosen people in complete accordance with the words of God in the Bible and The Word...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
जब मानवजाति शैतानद्वारा भ्रष्ट पारियो, परमेश्वरले मानवजातिको मुक्तिका लागि आफ्नो व्यवस्थापन योजना सुरु गर्नुभयो। परमेश्वरले मानवजातिको मुक्तिका लागि तीन चरणका काम पूरा गर्नुभएको छ, ती व्यवस्थाको युगमा यहोवा परमेश्वरको काम, अनुग्रहको युगमा प्रभु येशूको काम र राज्यको युगमा सर्वशक्तिमान् परमेश्वरको काम हो। व्यवस्थाको युगको अवधिमा, यहोवा परमेश्वरले व्यवस्थाहरू जारी गर्नुभयो र मानवजातिको जीवनलाई डोऱ्याउनुभयो, मानिसहरूलाई तिनीहरूले परमेश्वरको आराधना गर्नुपर्छ भनी जान्ने बनाउनुभयो र पाप के हो सो जान्ने तिनीहरूलाई बनाउनुभयो। तर व्यवस्थाको युगको अन्तिम चरणहरूमा आइपुग्दा मानवजातिको भ्रष्टता झनै गहिरो हुँदै गयो, र मानिसहरूले अक्सर व्यवस्थाहरू भङ्ग गरे, अनि यहोवा परमेश्वरको विरुद्धमा पाप गरे। तिनीहरूका आज्ञा उल्लङ्घनको कारण तिनीहरूले दण्ड पाउने र मृत्यु हुने जोखिमको सामना गरे। यसरी, मानवजातिको खाँचोहरूको जवाफमा परमेश्वरले अनुग्रहको युगको अवधिमा मानव रूप धारण गर्नुभयो र प्रभु येशू बन्नुभयो। उहाँलाई मानवजातिको खातिर क्रूसमा काँटी ठोकियो र मानिसलाई पापबाट छुटाउनुभयो, मानिसहरूलाई परमेश्वरको सामु आउन र परमेश्वरसित प्रार्थना गर्न, पाप स्वीकार र पश्चात्ताप गर्न, तिनीहरूका पापको लागि क्षमा दिइन, र परमेश्वरको अनुग्रह र आशिष्हरूको प्रशस्ततामुनि जिउन सक्ने तुल्याउनुभयो। तर मानिसहरूका पापी स्वभावको अझै समाधान भएको थिएन, र तिनीहरूले अझै पनि पाप गर्थे र परमेश्वरको विरोध गर्थे, त्यसैले राज्यको युगमा प्रभु येशूको छुटकाराको कामको जगमा परमेश्वरका घरानाबाटै सुरु गरेर न्यायको काम गर्न, र मानवजातिको मुक्ति र शुद्धीकरणका सबै सत्यताहरू व्यक्त गर्न सर्वशक्तिमान् परमेश्वरको नाउँ प्रयोग गर्दै, मानवजातिको पापी प्रकृति हटाउँदै, मानवजातिलाई परमेश्वरप्रतिको तिनीहरूका अनाज्ञाकारिता र परमेश्वरप्रतिको प्रतिरोध समाप्त गर्न लाउँदै, मानिसहरूलाई साँचो रूपले परमेश्वरको आज्ञापालन र परमेश्वरको आराधना गर्ने अनुमति दिदैँ, र अन्तिममा मानवजातिलाई एउटा सुन्दर गन्तव्यतिर डोऱ्याउँदै, परमेश्वर एकचोटि फेरि देह बन्नुभयो। यद्यपि परमेश्वरले व्यवस्थाको युगमा, अनुग्रहको युगमा र राज्यको युगमा गर्नुभएका कामहरू फरक-फरक भए पनि र उहाँले लिनुभएका नाउँहरू र उहाँले प्रकट गर्नुभएका स्वभावहरू फरक-फरक भए पनि, उहाँको कामको सार र उद्देश्य एउटै हुन्—सबै मानवजातिको मुक्तिका लागि हुन् र सबै काम परमेश्वर आफैद्वारा गरिएका हुन्। जसरी सर्वशक्तिमान् परमेश्वरले भन्नुभयो, “यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणको कामसम्म, यी तीन चरणले परमेश्वरको सम्पूर्ण व्यवस्थापनलाई एउटै निरन्तर धागोमा समावेश गर्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्वर सधैँ मानवजातिको व्यवस्थापन गर्दै काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगमा र विभिन्न स्थानमा हुने कामका तीन चरणहरू निस्सन्देह रूपमा एकै आत्माले गर्नुहुने काम नै हुन्। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्वरकै विरोधमा खडा हुन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३))।
हजारौं वर्षदेखि थोरै मानिसहरूले साँच्चिकै जान्दछन् कि प्रभु येशू ख्रीष्ट परमेश्वर स्वयम् हुनुहुन्छ, उहाँ परमेश्वरको देखा पराइ हुनुहुन्छ र उहाँ देहधारी शरीरमा हुनुहुने परमेश्वर हुनुहुन्छ। वास्तवमा, बाइबलले धेरै समय अघि प्रभु येशूले भन्नुभएको कुरा स्पष्ट रूपमा लेखेको छ, “जसले मलाई देखेको छ उसले पितालाई देखेको छ” (यूहन्ना १४:९)। “पिता ममा हुनुहुन्छ र म उहाँमा छु” (यूहन्ना १०:३८)। “म र पिता एक हौँ” (यूहन्ना १०:३०)। जब प्रभु येशूले “म र पिता एक हौँ,” भन्नुभयो, त्यस बेला उहाँ र यहोवा एउटै आत्मा हुनुहुन्छ भनी भन्दै हुनुहुन्थ्यो। प्रभु येशूद्वारा बोलिएका वचनहरू र यहोवाले बोल्नुभएका वचनहरू एकै हुन्—ती दुवै सत्य हुन्, ती एउटै आत्माका वाणीहरू हुन्, र तिनीहरूको स्रोत एउटै हो; अर्थात्, प्रभु येशू र यहोवा एउटै परमेश्वर हुनुहुन्छ। त्यसरी नै, आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरूको स्रोत र प्रभु येशूद्वारा व्यक्त गर्नुभएका वचनहरूको स्रोत उस्तै हुन्, ती पवित्र आत्माका वाणीहरू हुन्, ती सत्य हुन्, र ती परमेश्वरको आवाज हुन्। प्रभुमा विश्वास गर्ने सबैले जान्दछन् कि बाइबलका धेरै अगमवाणीहरू प्रभुको पुनरागमन र आखिरी दिनहरूका परमेश्वरको न्यायको कामसित सम्बन्धित छन्। जसरी प्रभु येशूले भन्नुभयो, “अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म आफै लिएर जानेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सकौ” (यूहन्ना १४:३)। “अनि हेर, म चाँडै आउँछु” (प्रकाश २२:१२)। “अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमासित बादलमा आइरहेको देख्नेछन्” (लूका २१:२७)। “हेर, म चोरजस्तै आउँछु” (प्रकाश १६:१५)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४८)। पत्रुसको पहिलो पत्रमा यो पनि भनिएको थियो, “किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)। यी धर्मशास्त्रहरूमा प्रभु येशू आखिरी दिनहरूमा फर्केर आउनुहुनेछ, र वचनहरू व्यक्त गर्नुहुनेछ र न्यायको काम गर्नुहुनेछ भनी प्रस्टै भनिएको थियो। जब आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्वर आउनुहुन्छ, उहाँले प्रभु येशूको छुटकाराको कामको जगमा परमेश्वरको घरानाबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, मानवजातिको शुद्धीकरण र मुक्तिका लागि सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ। यद्यपि सर्वशक्तिमान् परमेश्वरको र प्रभु येशूको काम फरक छन्, तापनि उहाँहरूको स्रोत एउटै छ—एउटै परमेश्वर! यसले प्रभु येशूको अगमवाणीलाई पूर्ण रूपमा पूरा गर्दछः “अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)। आखिरी दिनहरूका देहधारी सर्वशक्तिमान् परमेश्वर सत्यका आत्माको मूर्तरूप हुनुहुन्छ; सर्वशक्तिमान् परमेश्वर फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
The Church of Almighty God waters and shepherds God’s chosen people in complete accordance with the words of God in the Bible and The Word...
पूर्वीय ज्योतिको उल्लेखले प्रभुका धेरै दाजुभाइ र दिदिबहिनीहरूलाई अलमल्लमा पारेको छ: किन होला सम्पूर्ण धार्मिक समुदाय समग्रमा अत्यन्तै उजाड...
संसारका दुई ठूला धर्म—ख्रीष्टिय मत र क्याथोलिक धर्म—दुवैले प्रभु येशूमा विश्वास गर्दछन् र उहाँ परमेश्वरको देहधारण हुनुहुन्थ्यो भनी स्वीकार...
Like the churches of Christianity, The Church of Almighty God came into existence because of the work of God become flesh. The churches of...