“वचन देहमा देखा पर्नुहुन्छ” ले परमेश्वरका वाणीहरू समाविष्ट गर्छन् भनेर हामी किन भन्छौ?

25 नोभेम्बर 2020

बाइबलबाट हामी सबैले देख्न सक्छौं कि चाहे वचनहरू सिधै परमेश्वरका आत्माले बोल्नुभएका होस्, अगमवक्ताद्वारा बोलिएको होस्, वा प्रभु येशूको स्वरूपद्वारा देहधारी परमेश्वरले बोल्नुभएको होस्, सबै परमेश्वरका वाणीहरू हुन्। परमेश्वरको कुनै पनि वचनले मानिसहरूलाई तिनीहरूको अख्तियार र शक्ति महसुस गर्न सक्षम बनाउँछ र ती सबै सत्य हुन्; यो अकाट्य छ। परमेश्वरका वचनहरू बारम्बार पढने सबैले तिनीहरूमा उहाँको अख्तियार, सर्वशक्तिमानता र बुद्धिको अभिव्यक्ति, साथसाथै उहाँको धार्मिक स्वभावको अभिव्यक्ति देख्न सक्छन्, यसरी परमेश्वरको पहिचान र ओहदा उहाँका वचनहरूभित्र स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ। “वचन देहमा देखा पर्नुहुन्छ” परमेश्वरको दोस्रो देहधारणद्वारा व्यक्त गरिएका वचनहरूको एक संकलन हो र जुन परमेश्वरले अनुग्रहको युगमा मानवजातिको छुटकाराको काम पूरा गरिसक्नुभएपछि र उहाँको घरानाबाट सुरु गरेर, आखिरी दिनहरूमा आधिकारिक रूपमा न्यायको काम गरिसक्नुभएपछि बोलिएका थिए। यी वचनहरू आखिरी दिनहरूमा सबै मानवजातिका निम्ति बोलिएका परमेश्वरका वचनहरू हुन्। तिनमा, सर्वशक्तिमान् परमेश्वरले उहाँको छ हजार-वर्षको व्यवस्थापन योजनाको रहस्य, उहाँका तीन चरणको कामको उद्देश्य र महत्त्व, उहाँको देहधारणको रहस्य, आखिरी दिनहरूका न्यायको रहस्य, र मानवजातिको अन्त्य र गन्तव्यको रहस्य उजागर गर्नुहुन्छ। साथै मानवजातिको सार र सत्यतालाई शैतानले पुर्याएको भ्रष्टता पनि प्रकट गर्नुहुन्छ र मानवजातिलाई सत्यको अभ्यास गर्ने र तिनीहरूको जीवनका स्वभावहरूमा परिवर्तनहरू प्राप्त गर्ने मार्ग देखाउनुहुन्छ; इत्यादि—त्यसद्वारा प्रकाशको पुस्तकमा भएका अगमवाणीहरू पूरा गर्नुहुन्छः “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, जसको कान छ उसले सुनोस्(प्रकाश २:७)। “अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातमा बाहिर र भित्र लेखेर सात वटा मोहोरहरू लगाइएको एउटा पुस्तक मैले देखेँ। र एउटा शक्तिशाली स्वर्गदूतले ‘यो पुस्तक खोल्न र यो मोहोर हटाउन को योग्य छ?’ भनेर उच्‍च सोरमा भनिरहेको मैले देखेँ। र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि कतै पनि त्यो पुस्तक न त खोल्न सक्ने कुनै मानिस थियो न त हेर्न सक्ने न। अनि म निकै रोएँ, किनभने न त त्यो पुस्तकलाई खोल्‍न र पढ्न योग्य कुनै मानिस भेटियो न त त्यसलाई हेर्ने। अनि धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, नरोऊ: हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्(प्रकाश ५:१-५)। सर्वशक्तिमान्‌ परमेश्वरका वचनहरूले प्रकाशको पुस्तकका अगमवाणीहरू पूर्ण रूपमा पूरा गरिसकेका छन्। परमेश्वरले मात्र उहाँको आफ्नो व्यवस्थापन योजनाको रहस्यको उजागर गर्न सक्नुहुन्छ, र परमेश्वरले मात्र, सृष्टिकर्ताको रूपमा उहाँको पहिचानमा, सबै मानवजातिसँग उहाँको आफ्नो वाणीहरू बोल्न सक्नुहुन्छ, मानवजातिको भ्रष्टताको न्याय र प्रकट गर्नुहुन्छ, र सबै विभिन्न प्रकारका मानिसहरूका अन्त्य र गन्तव्यहरू निर्धारित गर्नुहुन्छ। सर्वशक्तिमान् परमेश्वरको वाणीहरूमा अख्तियार र शक्ति हुन्छ, र प्रत्येक शब्दले परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रतिनिधित्व गर्दछ। त्यसकारण हामी ठोकुवा दिएर भन्न सक्छौं कि “वचन देहमा देखा पर्नुहुन्छ” जुन सर्वशक्तिमान्‌ परमेश्वरद्वारा व्यक्त गरिएको छ त्यो परमेश्वरले आखिरी दिनहरूमा सारा मानवजातिसँग बोल्नुभएको वचनहरूको संकलन हो, साथै पवित्र आत्माद्वारा मण्डलीहरूका निम्ति बोलिएको वचनहरू हुन्।

प्रत्येक पटक जब परमेश्वर बोल्नका निम्ति देह बन्नुहुन्छ, उहाँले सधैं मानिसहरूलाई उपदेश दिने र माग गर्ने वचनहरू, भ्रष्ट मानिसहरूलाई न्याय गर्ने, सजाय दिने, र प्रकट गर्ने वचनहरू, साथै उनीहरूसँग प्रतिज्ञा गर्ने, र इत्यादि वचनहरू बोल्नुहुन्छ। परमेश्वरका वचनहरू सबै सत्य, बाटो र जीवनका अभिव्यक्तिहरू हुन्; ती उहाँको जीवनको सारको प्रकाशहरू हुन्, जसले उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो कुराको प्रतिनिधित्व गर्दछन्। यो प्रभु येशू उहाँ आफ्नो काम गर्न आउनुहुँदा उहाँले धेरै वचनहरू व्यक्त गर्नुभएको जस्तो हो। उदाहरणका लागिः “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ(मत्ती ४:१७)। “तैँले परमप्रभु आफ्नो परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू। यो पहिलो र महान्‌ आज्ञा हो। र दोस्रोचाहिँ यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नुपर्छ। सम्पूर्ण व्यवस्था र अगमवक्ताहरू यीनै दुई वटा आज्ञाहरूमा अडिएका छन्(मत्ती २२:३७-४०)। “तर शास्‍त्रीहरू र फरिसीहरू, तिमीहरूलाई धिक्कार, पाखण्डीहरू! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। प्रभु येशूका वचनहरूमा परमेश्वरले मानिसहरूसित गर्नुभएका मागहरू साथै उनीहरूको बारेमा उहाँको न्यायका वचनहरू सामेल छन्। यी सबै वचनहरू परमेश्वरद्वारा सृष्टिकर्ताको रूपमा उहाँको पहिचानमा मानिसहरूलाई बोलिएका थिए, अनि प्रभु येशूद्वारा व्यक्त गरिएका वचनहरूबाट, हामी बुझ्न सक्छौं कि परमेश्वरका वचनहरू सत्य छन्, ती आधिकारिक र शक्तिशाली छन्, र तिनले सम्पूर्ण रूपमा परमेश्वरको पहिचान र ओहदाको प्रतिनिधित्व गर्दछन्। सर्वशक्तिमान्‌ परमेश्वरले बोल्नुभएका वचनहरू पनि प्रभु येशूका वचनहरू जस्तै हुन्: ती सबै देहधारी परमेश्वरले मानवजातिका निम्ति बोल्नुभएका वचनहरू हुन्, र तिनले परमेश्वरको स्वभाव र पवित्र सार व्यक्त गर्दछन्, पूर्ण रूपमा उहाँको पहिचान र ओहदा व्यक्त गर्दछन्। सर्वशक्तिमान् परमेश्वरले परमेश्वरको छ हजार वर्षको व्यवस्थापन योजना सम्बन्धी रहस्य मात्र प्रकट गर्नुहुन्न, तर सारा मानवजातिको भ्रष्टताको सार र स्रोत पनि प्रकट गर्नुहुन्छ, र मानिसहरूका हृदय र मनका भ्रष्टताहरूलाई पनि उजागर गर्नुभएको छ, जसको बारेमा तिनीहरूलाई थाहै समेत छैन। यी वचनहरू पढ्दा मानिसहरूले सम्पूर्ण हृदयले ती कुराहरूलाई स्वीकार गर्छन्। त्यसको साथसाथै सर्वशक्तिमान् परमेश्वरका वचनहरूले उनीहरूलाई शैतानको अन्धकारको प्रभाव छोड्ने र शुद्ध हुने अनि मुक्ति प्राप्त गर्ने बाटो देखाउँदछ, र ती कुराले मानिसहरूलाई उनीहरूले अभ्यास गर्नुपर्ने सबै सत्यता र तिनीहरूका विश्वासमा प्रवेश गर्ने कुराहरू बताउँदछन्, जस्तै कसरी इमानदार व्यक्ति बन्ने, कसरी परमेश्वरलाई प्रेम गर्ने उहाँको अधीनमा बस्ने, कसरी उहाँको भय मान्ने र खराबीबाट टाढा बस्ने, कसरी उहाँको सेवा गर्ने, कसरी सामान्य मानव जीवन जिउने, आदि। सर्वशक्तिमान् परमेश्वरले आखिरी दिनहरूमा व्यक्त गर्नुभएका सत्यका विभिन्न पक्षहरूले प्रभु येशूको अगमवाणीलाई पूरा र सम्पन्न दुवै गर्छन्: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। सृष्टिकर्ताबाहेक, कसले सारा मानवजातिसँग बोल्न सक्छ? कसले परमेश्वरको इच्छा प्रत्यक्ष रूपमा व्यक्त गर्न र मानवजातिसँग मागहरू गर्न सक्दछ? परमेश्वरबाहेक, भ्रष्ट मानवजातिको सत्यता र सार कसले देख्न सक्छ? मानव हृदयको सबैभन्दा गहिरो एकान्त भागमा लुकेका शैतानी प्रकृतिलाई कसले उदाङ्गो पार्न सक्छ? आखिरी दिनहरूमा कसले परमेश्वरको न्यायको काम सम्पन्न गर्न सक्दछ र मानिसहरूलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्ति दिन सक्छ? कुनै पनि सेलिब्रिटी, महान् व्यक्ति, बौद्धिक वा धर्मशास्त्रीले सत्य व्यक्त गर्न वा सारा मानवजातिसित बोल्न सक्दैन, मानिसहरूको भ्रष्ट सार देख्न वा तिनीहरूलाई शैतानको अख्तियार क्षेत्रबाट मुक्ति दिने कुरा त परै छाँडौ; केवल सृष्टिकर्तासँग मात्र यस प्रकारको अख्तियार र शक्ति छ! सर्वशक्तिमान् परमेश्वरका वचनहरू परमेश्वरको अद्वितीय अख्तियार र शक्तिको पूर्ण प्रकटीकरण हुन्; ती उहाँको पहिचान र सारको अभिव्यक्ति हुन्। त्यसकारण सर्वशक्तिमान् परमेश्वरका वचनहरू परमेश्वरका र पवित्र आत्माका वचनहरू हुन्, र यसमा कुनै शङ्का छैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सर्वशक्तिमान् परमेश्वरको मण्डली सम्बन्धी आधारभूत आस्थाहरू

(१) सर्वशक्तिमान् परमेश्वरको मण्डलीका सिद्धान्तहरू ख्रीष्टिय मतका मूल सिद्धान्तहरू बाइबलबाट आएका हुन्, र सर्वशक्तिमान् परमेश्वरको मण्डली...

किन सर्वशक्तिमान् परमेश्वरको मण्डलीले देहधारी परमेश्वरमा विश्वास गर्छ भनिएको छ

संसारका दुई ठूला धर्म—ख्रीष्टिय मत र क्याथोलिक धर्म—दुवैले प्रभु येशूमा विश्वास गर्दछन् र उहाँ परमेश्वरको देहधारण हुनुहुन्थ्यो भनी स्वीकार...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्