Nepali Christian Movie | प्रत्याशा | Trailer
7 अप्रिल 2021
दुई हजार वर्ष पहिले, प्रभु येशूले आफ्ना जनहरूलाई यसो भनेर प्रतिज्ञा गर्नुभएको थियो: “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि यदि म जान्छु र तिमीहरूको निम्ति ठाउँ तयार पर्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई म आफै ग्रहण गर्नेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सक” (यूहन्ना १४:२-३)। यसले गर्दा, पुस्तौं-पुस्तादेखि विश्वासीहरूले प्रभुको प्रतिज्ञा पूरा हुने दिनको उत्कट आशा र प्रार्थना गर्दै आइरहेका छन्, अनि जब प्रभु आउनुहुन्छ तब तिनीहरू प्रभुलाई भेट्नको लागि उठाई लगिन सकून् र स्वर्गको राज्यमा प्रवेश गर्न सकून् भनेर तिनीहरू आशा र प्रार्थना गर्छन्।
यसले यो चलचित्रको मुख्य पात्र, चेन जियाङ्गुवाङ्को बारेमा पनि व्याख्या गर्छ। उनी उत्साहको साथ खोजी गर्ने व्यक्ति हुन्, प्रभुको पुनरागमनलाई स्वागत गर्नको लागि उनले सुसमाचार फैलाउँछन्, र प्रभुको साक्षी दिन्छन्। विद्यालयको आफ्नो पदबाट उनलाई निष्कासन गरिएको र उनको परिवारका सदस्यहरूले उनको कुरा बुझ्न नसकेको भए पनि, उनले आफ्नो हृदयमा कहिल्यै हरेस खाँदैनन्। एक दिन भेला भइरहेको बेला, चेन जियाङ्गुवाङ्लाई चिनियाँ कम्युनिस्ट सरकारले पक्राउ गर्छ र जेलमा हाल्छ। परमेश्वरको आश्चर्यजनक नियम र बन्दोबस्तहरूमा, उनले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको एक विश्वासी, झाओ झिमिङ्गलाई भेट्छन्। प्रभुको पुनरागमनको लागि आशा र प्रार्थना गर्दै वर्षौंसम्म उनले राखेका धारणा र कल्पनाहरूलाई समाधान गर्दै, झाओ झिमिङ्गले उनलाई आखिरी दिनहरूमा परमेश्वर देखा पर्नुको घटना र कार्यको बारेमा साक्षी दिन्छन्। जेलबाट निस्केपछि, चेन जियाङ्गुवाङ्ले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको बारेमा खोजतलास गर्न अगुवाइ गर्छन्। आखिरमा सबैले स्वर्गको राज्यमा उठाई लगिनु भनेको के हो, राज्य वास्तवमा पृथ्वीमा छ कि स्वर्गमा, र प्रभुको पुनरागमनलाई मानिसहरूले कसरी स्वागत गर्नुपर्छ भन्ने कुरा बुझ्छन् …
अन्य प्रकारका भिडियोहरू