Christian Song | परमेश्वरले अझ धेरै मानिसले उहाँको मुक्ति पाऊन् भनी इच्छा गर्नुहुन्छ | २०२६ स्तुतिका स्वरहरू
14 जनवरी 2026
१
परमेश्वर अझ धेरै मानिसले उहाँका वचन र कामसामु ध्यान दिएर अनुसन्धान गर्न, र यस महत्त्वपूर्ण सन्देशलाई गम्भीरता र भक्तिभावसाथ लिन सकून् भन्ने आशा गर्नुहुन्छ। उहाँ तिनीहरू दण्डितहरूको पाइलामा नहिँडून्, र अझ बढी, साँचो मार्ग स्पष्टसित थाहा भएर पनि जानाजानी त्यसलाई अवज्ञा गरेर पापबलि गुमाएको पावलजस्तो नहोऊन् भन्ने आशा गर्नुहुन्छ। परमेश्वर अझ धेरै मानिसले दण्ड पाऊन् भन्ने चाहनुहुन्न, तर त्यसको साटो अझ धेरै मानिसले मुक्ति पाऊन्, र अझ धेरै मानिसले उहाँका पाइलाहरू पछ्याऊन् र उहाँको राज्यमा प्रवेश गरून् भन्ने आशा गर्नुहुन्छ।
२
परमेश्वर हरेक व्यक्तिसँग धार्मिकताका साथ व्यवहार गर्नुहुन्छ; तेरो उमेर जति भए पनि, वा तँसँग जति नै वरिष्ठता भए पनि, वा तैँले जति धेरै दुःख-पीडा भोगेको भए पनि, यी कुराका कारण परमेश्वरको धर्मी स्वभाव कहिल्यै परिवर्तन हुनेछैन। परमेश्वर कसैलाई पनि उच्च मान्नुहुन्न, उहाँ कसैप्रति पक्षपात गर्नुहुन्न। मानिसहरूप्रति उहाँको मनोवृत्ति भनेको तिनीहरूले सत्यता र उहाँको नयाँ काम स्वीकार गर्नका लागि सबै कुरा त्याग्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा आधारित हुन्छ। यदि तँ उहाँको नयाँ कामलाई स्वीकार गर्न सक्छस् र उहाँले व्यक्त गर्ने सत्यता स्वीकार गर्न सक्छस् भने, तैँले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्नेछस्।
—सर्वशक्तिमान् परमेश्वरलाई प्रतिरोध गर्दा दिइने दण्डका नमुना उदाहरणहरू, सन्दर्भग्रन्थ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू